माक्सवादलाई भ्रष्टिकरण गर्नेहरु गोलबन्द हुदै – हस्तवहादुर केसी

२०७३ पुष १३ गते, बुधबार

नेपालमा माक्सवादलाई भ्रष्टीकरण गरि खानेहरु एउटै मञ्चमा गोल्बन्द हुदैछन् । भेडा भेडासंगै बाख्रा बाख्रासंग भने झै नेपालका क्रान्तिकारी कम्युनिस्टहरु एउटा कित्तामा गोल्बन्द हुदै जाने र दक्षिन्पन्थी संशोधनवादीहरु अर्को कित्तामा गोल्बन्द हुदै जानु महान नेपाली नयाँ जनवादी क्रांतीका निम्ति खुसिको कुरा हो ।किन भने अहिले दक्षिन्पन्थी संशोधनवाद नेपाली क्रान्तिका निम्ति मुख्य खतरा बन्न पुगेको छ । यसलाई प्रास्त नगरि नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्न बाधा पर्दछ । हाल सालै एमालेका घनश्याम भुसाल संयोजक र माओवादी केन्द्रका सुरेन्द्र वहादुर कार्की (राम कार्की ) सहसंयोजग रहेको साम्यवादका प्रवर्तक कार्ल माकर्सको दुइसयौ जन्मजयन्ती समारोह समिति गठन गरिएको छ।
यी संयोजक र सहसंयोजक दुबै बिगत केहि वर्षदेखि बुध्दिविलासको नाममा महान सर्वहारा वर्गको मुक्तिको सिध्दान्तलाई भ्रष्टिकरण गर्ने ठेक्का लिएका उत्तर्अाधुनिकवादका नेपाली एजेण्ड हुन् । माकर्सवादको टपर्टुइयाँ अध्ययन गर्दै अाएका यी दुई चरम अवसरवादी र महत्वाकांक्षि अाचरण बोकेका र माकर्सवादका यी अल्पज्ञानीहरुले माकर्सवादका नाममा विविध प्रकारका भ्रमको खेति गर्दै अाएका थिए, अाज तिनैले माकर्स जस्तो महान व्यक्तितवको जन्म दिवसको बहानामा अर्को कुरुप खालको भ्रमको खेति गर्दै छन् । कहिले अाजको माकर्सवाद त कहिले हिजो र भोली माकर्सवादको नाम दिएर बिज्ञानको रुपमा रहेको माकर्वादलाई भ्रष्टिकरण गरेर सिंगो माकर्सवादको अाधारभूत सिध्दान्तलाई समेत कुरुप बनाउने उद्देश्यले नवमाकर्सको बाटो हुदै उत्तर्अाधुनिकवादकोबाटो पकड्न पुगेका यी नवसंशोधनवादीहरुदेखि क्रान्तिकारी कम्युनिस्टहरुले भने नयाँ सजक्ता अपनाउनै पर्ने हुन्छ ।
यो उत्तर्अाधुिनिक्ताबादी क्याम्पमा अहिले एमाले, माओवादी केन्द्र,माले माकर्वादी लगायतका दक्षिन्पन्थी कम्यनिस्ट नामधारी पार्टीहरु सामेल भ एका छन् । यो इतिहासको माग पनि हो । संसदबादी का्यिनस्टहरु एउटै कित्तमा सामेल हुनुले एउटा भ्रमलाई चिर्ने काम गरेको छ
अाज प्रतिकान्तिकारीहरुको अाक्रमनका कारण क्रान्तपकारी माकर्सवादको सिर्जनात्मक प्रयोग र विकास तथा रक्षाको काममा कठिनाइहरु पैदा भएका छन् । यसले गर्दा अाज बैज्ञानिक समाजवाद पनि रक्षात्मक अवस्थामा पुगेको छ । र संसारभर प्रतिक्रान्तिकारीहरु हावी भइरहेका छन् ।
अाअ माकर्सको जन्म भएको १९८ वर्ष भएको छ भने उनले माकर्वादको प्रतिपादन गरेको १६८ वर्ष पुगेको छ । योविचमा विश्व मानव समुदाषमा ठूलो उथलपुथल भइसकेको छ । माकर्सवाद- लेनिनवादको पथप्रदर्शकमा बनेका र संचालित रुस,चीन, भियतनाम, कम्वोडिया , यत्तर कोरिया लगायत विश्वका बीसौ राष्ट्रहरुमा स्थापना गरिएको बैज्ञानिक समाजवादामथि जुन प्,तिक्रान्तिकारीहरुबाट अाक्रमण भयो त्यसबाट टिक्न नसकेर अाज संसारमा एउटा देशमा पनि बैज्ञानिक समाजवाद छैन ।
नेपालमा पनि माकर्सवाद-लेनिनवादको पथप्रदर्शनमा २००६ सालमै नेपाल का्युनिस्ट पार्टी स्थापना भएको हो । यसले अाज ६७ वर्ष पुरा गर्दैछ । जन्मकालदेखि नै यसले नयाँ जनवादी क्रान्तिको कार्यक्रम अगाडि सारेको हो , अझै सम्म नेपालमा महान नेपाली नयाँ जनवादी क्रन्ति पुरा गर्ने काम अधुरै छ ा
महान दश वर्षे जनयुध्दको नेतृत्व समेत गरेर अाएकन प्रचण्ड र बावुराम भट्टनाराईले देशी विदेेशि प्रतिक्रियावादीहरुका सामु लम्पसार परेर अात्म समर्पण गरेरजनयुध्दलाई प्रतिक्रियावादीहरुको हातमा पुर्याइ दिए पछि प्रतिक्रन्तिले टाउको उठाय‍ो र जनयुध्दलाई समाप्त तुल्याइदियो । अहिले एमाले, माओवादी केन्द्र लगायतका नामधारी कम्युनिस्टहरु कांग्रेस र दरवारीयहरुलाई समेत उछिनेर वर्तमान प्रतिक्रियावादी संविधनानलाई संसारकै उत्कृष्ठ संविधान भएको खुलेअाम घोषणा गर्दै यसको संशोधनकन लागि मरिहत्य गरेेरहेका छन् ।
वर्तमान अवस्थामा अाइपुग्दा नेपालमन नेपाली कम्युनिस्ट अान्दोलन क्रान्तिकारी धारा र संशोधनवादी धारा गरि दुई विपरित धारामा परिणत हुन पुगेको छ । क्रान्तिकारी धाराको प्रतिनिधित्व नेकपा ( क्रान्तिकारी माओवादी र नेकपा(माओवादी) ले गरेका छन् भने संशोधनवादी धाराको नेतृत्व एमाल र माओवादी केन्द्रले गर्दै अाएका छन् । यसरी अाज नेपाली कम्युनिस्ट अान्दोलन स्पष्ट रुपले दुई विपरित कित्तामा ध्रुवीकृत हुन पुगेका छन् । यस प्रक्रियाले नेपाली क्रान्तिको बाट‍ो सफा गरि दिएको छ । अब एकातिर क्रान्तिकारीहरुलाई विचार मिल्नेहरुसित एकता गर्दै अगाडि बढेर क्रान्तिका लागि अाबश्यक तयारी गर्ने ढोका खोलिदिएको छ भने अर्कोतिर एमाले- माओवादी केन्द्र लगायतका संशोधनवादी पार्टीहरुलाई एकता विकल्प नरहेको पुष्टि समेत गरेको छ ।
यसबाट पाठ सिक्दै क्रान्तिकारी कम्युनिस्टहरुले के कर्तव्य निर्वाह गर्नु पर्ने छ भने एमाले-माओवादी केन्द्र लगायतका नामधारी कम्युनिस्ट पार्टीको झण्डा हल्लाउदै इमान्दार नेवाली जनतादाई ढाँट्दै र क्रान्तिका नाममा ठगि र कृत्य झालसाँधी गर्दै आएका संशोधनवादीहरुलाई सोरसार पारेर कण्टेनरमा फ्याक्नुको विकल्प छैन ।
यी संसदवादी कम्युनिस्टहरुले सुधारको नाममा फैलाएका भ्रमहरुलाई चिर्न र संसदीय व्यवस्थाबाटै क्रान्ति सम्पन्न गरिने छ भन्ने मिलेराँवादी सिध्दान्तको अाड लिएर जनताका बिचमा ठूलो भ्रमको खेती गरिरहेका छन् र राजनीतिक क्रान्ति सम्पन्न भइसक्यो अब अार्थिक क्रान्ति गर्नु पर्छ भन्ने उदारीकरणको सिध्दान्तलाई अाधार बनाएर नेपाली जनतालाई ढाँट्ने र भ्रम फैलाउने कोसिस् गरिरहेका छन् ।
यस प्रकारका भ्रमहरुबाट नेपाली जनतालाई मुक्त गर्दै क्रान्तपकारी कम्यसनिस्टहरुले क्रान्तिका लागि सबै प्रकारका अावश्यक तयारी गरेर अगाडि बढ्न जरुरी छ । संसदवाद र संसदीय व्यवस्था नेपाली क्रान्तिको मुख्य बाधकको रुपमा खडा हुदै आएको छ । यहि संसदीय व्यवस्थालाई समेत अन्त्य गर्ने उद्देश्यका साथ दश वर्षे जनयुध्द समेत गरेर अाएको एउटा शक्ति एमाओवादी हुदै माओवादी केन्द्रमा परिणत भएर उसले समेत यहि संसदीय व्यवस्थाबाटै क्रान्ति सम्पन्न गर्ने सपना बाढ्दै हिड्न थाले पछि यसले नेपाली जनताको विचमा ठूलो भ्रम सिर्जना गरिरहेको छ यसलाई पनि क्रान्तिकनरीहरुले कुशलतापूर्बक चिर्न अावश्यक छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु