पानीमाथिको राजनीति – सन्तोष बुढा मगर
सही ढंगले उपयोग गर्न नसक्दा उसको सुन्दरता वा उसमा रहेको बहुमुल्य बस्तुहरु नै उसको लागि अभिशाप बन्न पुग्दछन् । कस्तुरी मृगमा रहेको बहुमुल्य बस्तु कस्तुरीका कारण कस्तुरीलाई खोजी खोजी मारिन्छ । अहिले कस्तुरी मृग नै लोप हुने अवस्थामा पुगेको छ र नामै लोप हुँदै छ । त्यहि नै उसको मृत्युको एक मात्र कारण बन्दछ । गैंडामा रहेको खाकका कारण गैंडा टस्करी बढ्दो छ । एउटी महिला उसमा रहेको सुन्दरताका कारण सबैको आँखा गढ्छ । हिंसामा पर्छिन्, बेचिन्छिन् । दक्षिण अफ्रिकामा रहेको सुन खानी र समुद्री मोतीको कारण साम्राज्यबादीहरुको अपनिबेश बन्नु परेको इतिहास छ । खाडी मुलुकहरुमा साम्राज्यबादको आखडा हुनु र अहिले त्यहाँका मुश्लिम मुलुकहरुमा चलिरहेको अघोषित बिश्वयद्ध र नरसंहारको एक मात्र कारण ‘तेल’ हो । अहिले तेलले संसार चलाईरहेको छ । पहिले काठ्माण्डौंमा बाहिरबाट पटक पटक आक्रमण र लुटपात गर्ने कारण पनि त्यस बेलाका यहाँका सुन, रत्न जडित बहुमुल्य बस्तुहरु हात पार्नु थियो । पछिल्लो चरणमा नेपाल देश बने पछि नेपालमा सुगौली सन्धीदेखि नै लगातार साम्राज्यबादी उपनिबेश कायम हुँदै आएको छ । अहिले त नेपालमा पहिलो भारतीय बिस्तारबादको, दोस्रो अमेरिकी साम्राज्यबादको र तेस्रो युरोपीयन मुलुकहरु अनि चौथो चीन लगायतका अन्य बिकसित मुलुकहरुको पनि आँखा गढेको छ । यसको कारण नेपाल प्राकृतिक रुपले सुन्दर पनि छ र प्राकृतिक साधन श्रोतले धनी छ र सामरिक ठाउँमा पनि छ । एउटै देशमा संसारभरीका हावा पानी र मौसम छ । यहाँका जनता परिश्रमी, इमान्दार, मिलनसार छन् । गरिबी छ, अशिक्षा छ, अचेतना छ, सस्तो श्रमशक्ति छ । जति लुटे पनि लुट्न पाइन्छ । यहाँ शासक बर्गहरु लोभी–पापी र स्वार्थी छन् । दलाल मनोबृत्तिका छन् । किन्न र स्वार्थ लुट्न पाइन्छ । अचेतना र गरिबीका कारण जनता तत्काल त्यसको बिरोध प्रतिरोधमा उत्रन तयार छैनन् भन्ने बुझेर नै यी सबैको गिद्धे दृष्टि नेपाल माथि पर्दै आएको हो । यो समग्र स्थिति हो । यहाँ भारतको लामोे समयदेखिको नेपाल माथिको गिद्धे दृष्टि पर्दै आएको छ । यसमा माथि भनिएका साधन श्रोतहरु त हुँदै हुन् त्यसमा पनि मुख्यतः ‘पानी’ हो । अँग्रेजहरु यहाँका प्राकृतिक सुन्दरता र साधन श्रोतहरुहरु हात पार्न पटक पटक आक्रमण गरे, सकेनन् । अनि यहाँका बहादुर र साहसी जनशक्ति युवा बर्गमा हात हाले, संसार जित्न । गोर्खा भर्ति केन्द्र त्यो नवउपनिबेशको ‘उपहार’ हो । अंग्रेजहरु हटे पछि पनि स्वतन्त्र भारतले यहि अंग्रेजहरुको दृष्टिकोणलाई पछ्याउनुका साथै मूख्य त नेपालका जलश्रोत अर्थात पानी माथि आँखा गाडेको छ । त्यसैको कारण नेपाल भारतको नवउपनिबेशको शिकार बनेको छ ।
पानीको महत्व कति छ भन्ने कुरा कि खेतमा काम गर्ने किसानलाई थाहा छ कि साम्राज्यबाद र बिस्तारबादलाई थाहा छ । यहाँका दलाल शासकहरुलाई थाहा छैन । उनीहरुलाई पैसा र ऐयासी जीवन भए पुग्छ । बिल्डिङ ठड्याए पुग्छ । हामी देखिरहेका छौं पानी पँधेरादेखि खेतालासम्म र देशदेखि बिदेशसम्म, ब्यक्ति–ब्यक्ति, राष्ट्र–राष्ट्र बीचको झगडाको मियो पानी बनिरहेको छ । बाटो बन्द, देरा बन्द, नेपालबन्ददेखि नाकाबन्दसम्मका सबैको इस्यु पानी नै बनीरहेको छ । अहिले सारा जल माफियाहरु भ्mोला झोलामा खोला–नाला बोकेर हिँडीरहेकाछन् । सचिवहरु दराजभित्रका फाइलहरुका पन्ना–पन्ना पल्टाएर कुर्सीमा बसी–बसी खोला नाला बेचिरहेका छन् । देशै बेचीरहेका छन् । जनता अनबिज्ञ छन् । देशका बुद्धिजीबि भनाउँदाहरु पनि यसैलाई देश बिकासको जामा पहिराईरहेका छन् । क्रान्तिकारीहरु यसको बिराधमा कराईरहेकै छन्, चिच्याईरहेकै छन् । राज्य यो रोक्नुको सट्टा दिनदहादै खोला नाला र नेपालको पानी बेचेर अरवपति खरवपति बनीरहेकाहरुको संरक्षण गरिरहेकोछ । यसको बिरोध गर्नेहरुलाई जेल–नेल, मुद्दा र हिरासतको पुरस्कार दिइरहेकोछ । यो हो दलाल सत्ताको चर्तिकला ।
सबैलाई थाहा छ, नेपाल ब्राजिल पछिको बिश्वको दोस्रो धनी देश हो । नेपालमा गण्डकी, कोशी, कर्णली, महाकाली जस्ता अटुत रुपले बग्ने बिशाल हिमनदीहरु छन् । भनिन्छ, नेपालका सबै नदीनालाहरुबाट बिजुली निकाल्ने हो भने यहाँका रुखका पातपातमा बल्व झुण्डयाए पनि बिजुली पुग्नेछ । एशियाभरीलाई बिजुली पुग्छ र नेपालीहरुले केही नगरी बसी बसी खान पुग्छ । तर नेपालीहरु राती बिजुली बाल्न धौ भैरहेको छ ।
हामीले यो पनि सुनेका छौं – कोशी मातृकाले बेचे रे, गण्डकी बीपीले बेचे रे । हेर्दाहेर्दै गिरिजाले महाकाली बेचे । कम्युनिष्टहरुले यसको बिरोध गरे । तर सत्तामा पुगेपछि एमाले टनकपुर बेचे । बाबुरामले जलश्रोतहरुमा पुराना संझौताहरु रिन्यु गरे । प्रचण्डले दोस्रो पटक अपर कर्णाली, अरुण ३, भारतलाई सुम्पेर आए । २५ बूँदे संझौता गरेर अर्को राष्ट्रघाती काम गरे । जसका कारणले माओबादी पार्टी पनि बिभाजन भयो ।
हामीले पटक–पटक छिमेकी देश भारतबाट नाकाबन्दी खेपीरहेकाछौं । सुस्ता, महेशपुर, पश्चिम कालापानी, लिपुलेक, पूर्ब पशुपति नगर, मेची सीमास्तम्भ, कुर्दलाटन बाँध, लक्ष्मणपुर बाँध, टनकपुर बाँध, अपरकर्णली, कोशी हाईड्याम, अरुण तेस्रो, अपर मस्र्याङदी जस्ता ठूला मेघा आयोजनाका बारेमा बारम्बार कुरा उठ्ने गरेको भए पनि समस्या अझ बढ्दै गएको छ । भर्खरै बूढी गण्डकी आयोजनामा १२ मेघावाटको आयोजनामा भूमाफियाहरुले अरबौं खाएर जनताको उठिवास गरिरहेका छन् । पुलिस र जनताका बीचमा झडप, अश्रुग्याँस प्रहार, धरपकडका घटनाहरु भैरहेका छन् । तराईमा दशगजा नजिकैबाट हुलाकी सडकको नाममा दश मीटर अग्लो पूर्ब–पश्चिम भारतलाई निर्माण गर्ने गरी प्रचण्डले अर्को राष्ट्रघाती संझौतामा हस्ताक्षर गरेर आएकाछन् । यो सडक नभएर मौसमी बाँध हो जसले बर्षायाममा नेपालका हजारौं, लाखौं हेक्टर जमिन डुबानमा पर्ने छ, ताल बस्ने छ र नेपालका हजारौं बस्तीहरु डुब्नेछन् । नेपाली जनताको चिल्लीबिल्ली हुने छ । उठिबास हुने छ । भारतका सीमाबर्ती क्षेत्रका बस्तीहरु सुरक्षित हुनेछन् ।
तपाई हामीलाई थाहा छ । भारत र पाकिस्तानको सधैं झगडा भैरहन्छ । यसको मुख्य केन्द्र जम्बु–काश्मीर हो । यो क्षेत्र पानीका श्रोतको खानी हो । यहाँबाट बग्ने पाँच ठूला नदीहरु पञ्जाब झर्छन् ती मध्य ३ वटा पाकिस्तानमा र दुईओटा भारतमा बग्दछन् । पुरानो मानव सभ्याताका केन्द्रहरु नाइल, ह्वाङहो, मिसिसिपी, सिन्धु नदीका किनाराहरु थिए । त्यस मध्येको एक पुरानो माधव सभ्याताको केन्द्र सिन्धु घाँटीको सभ्याता हो । जो सिन्धु नदीको किनारामा अवस्थित छ । यो नदी हाल पाकिस्तानमा पर्दछ । यसको पनि मुख्य मुहान काश्मीर मै पर्दछ । यी भारतका सवा अरव जनता र पाकिस्तानका झण्डै एक चौथाई अरव मान्छेको जीवनदाताका रुपमा रहेका यी नदीहरुसंगै नेपालका गण्डकी कोशी कर्णाली नदीहरु भारतीय शासकहरुको नजरमा छन् । त्यसकारण भारतले ती पानी र नदीहरुको मुहान वा श्रोत एकलौटी कब्जा गर्न खोजीरहेको छ । त्यसैको लागि भारत र पाकिस्तानका बीच लडाई भैरहन्छ । पाकिस्तान क्षेत्रफलमा भारतभन्दा सानो भए पनि आणवीक शक्ति राष्ट्र हो । त्यसैले भारतको हस्तक्षेप र अतीक्रमण सहन सक्तैन, प्रतिरोध गरिरहन्छ । तर नेपाल सानो छ, हाम्रा पुर्खाहरु बीर पराक्रमी र साहसी थिए र कसैबाट हेपिएनन् । कसैको गुलामी भएनन् तर अहिलेका नेपालका शासकहरु यति कमजोर, यति हिम्मतहारा–हुतिहारा, कायर र राष्ट्रिय आत्मसमर्पणबादी छन् कि यी शासकहरुको कमजोरीका कारण भारतले निरन्तर हस्तक्षेप गर्दै हेप्दै आएको छ । यसको प्रतिरोध गर्न नेपाली शासकहरुको हिम्मत छैन । भारत र पाकिस्तान बीचको लडाई याने झगडाको रुप हिन्दु मुश्लीमको भन्दा पनि पानीको हो । पानीको मुहान काश्मीर कसले कब्जा गर्ने ? भन्ने हो । नेपाल भारतको नवउपनिबेश हुनुको एक मात्र कारण नेपालका निश्छल र अटुत रुपले बग्ने पानी र यहाँका प्राकृतिक साधन श्रोत तथा मनमोहक प्राकृतिक सौन्दर्य हो । यसैमा दुनियाँको आँखा गढेको छ । यसमा पनि मुख्य रुपले पानी नै हो । यसै पानीको लागि राष्ट्रिय र अन्तराष्ट्रिय राजनीति भैरहेको छ ।
अहिले बिश्वका शक्ति राष्ट्रमा बिद्यामान इन्धन पेट्रोलियम पदार्थको सटेज हुँदै गइरहेको र केही दशक वा शताब्दी पछि बिश्वमा इन्धन समस्या आउने निष्कर्षमा पुगेका छन् । उनीहरु यसको बिकल्प खोजीरहेकाछन् । अनुसन्धानबाट बिज्ञहरु के निष्कर्षमा पुगेकाछन् भने बिद्यामान इन्धन पेट्रोलियम पदार्थले केही सहस्राब्दीको मात्र धान्नेछ । पछि यसको श्रोत सुक्दै जाने छ र यस पछि बिश्वमा इन्धनको समस्या आउनेछ । यदि यसलाई हल गरिएन भने यसले मानव जीवनमा ठूलो समस्या ल्याउने छ । यसको बिकल्पमा अनेक खोजी, तर्क र प्रयोगहरु भए । न्यूक्लीयर पावर, सोलार पावर, हाइडोजन पावर आदि आदि । तर सबै बिकल्पहरु पेट्रोलियम पदार्थले जस्तै सहज बिकल्प देखिएन । अन्त्यमा पृथ्बीमा बिद्यामान यी बिकल्पहरुमध्ये सबैभन्दा उपयुक्त बिकल्प हाइड्रोजन पावर हुनेमा अनुसन्धानकर्ताहरु निष्कर्षमा पुगेकाछन् । पानीलाई हाइड्रोजन र अक्सीजनमा बिच्छेद गरेर निकालिने हाइड्रोजन पावरबाट पेट्रोलियम पदार्थको बिकल्प दिन सकिने उनीहरुको तर्कछ । यो निष्कर्ष पछि बिकसित देशहरु अहिले नै पानीको श्रोत कब्जा गर्ने दौदाहामा लागेकाछन् । जससंग प्रशस्त श्रोतहरु छन् । तिनलाई त के चिन्ता हुने भयो र तर जससंग श्रोतको अभाव वा अप्रयाप्तता छ तिनले आफ्ना छिमेकी वा टाडा कै राष्ट्र भए पनि कुनै न कुनै रुपमा नवउपनिबेशिक प्रभुत्व कायम गर्ने नीति अत्यन्त कुटनीतिक रुपबाट अगाडि सारेको देखिन्छ । त्यस मध्ये हाम्रो दक्षिण एशियाली क्षेत्रमा भारतले आफ्ना छिमेकी साना राष्ट्रहरुमाथि गर्दै आएका घटना परिघटनाहरु एउटा दृष्टान्तको रुपमा लिन सकिन्छ । त्यसमा पनि नेपाल माथि गर्दै आएको हस्तक्षेपकारी अभियान भारतीय पहिलो प्रधानमन्त्री जबाहारलाल नेहरुको पालादेखि लगातार जारी छ । भारतले एउटा छिमेकी राष्ट्र सिक्कीमको त अस्तित्व नै निलीदियो । अर्को सानो मुलुक भूटानमाथि आफ्नो नवउपनिबेशिक प्रभाव जमाएकै छ । नेपालमाथि पनि त्यहि नीति अवलम्बन गर्दै पहिलो नीति फिजीकरण गर्ने, दोस्रो भूटानीकरण गर्ने र तेस्रो सिक्कीमीकरण गर्ने । यी तीन स्टेपमा नेपालमाथि आफ्नो नवऔपनिबेशिक कदम अगाडि बढाएको छ । भारतले अहिले फिजीकरण र भूटानीकरणलाई जोड दिदै आएको छ । भारतबाट इन्दियन नागरिकहरु नेपाल पस्ने सबभन्दा ठूलो र सहज द्वार (ज्यभि) मधेशलाई देखेको छ । बेलैमा मधेशी नेपाली जनता सचेत नहुने हो भने यो खतरा अझै बढेर जाने र यसैमा भारतीय हस्तक्षेपकारी नीति मौलाउने छ । नेपाली मधेशी जनता नेपाली नागरिक हुन् तर मधेशी जनताको नामबाट नेपाल हुलिने भारतीय जनता नेपाली नागरिक होइनन् । भारत यस द्वारबाट आफ्नो नागररिक नेपाल हुल्ने प्रक्रियामा नागरिकता ऐन संशोधन गर्नु पर्ने माग राख्दछ । यो प्रदेशको आकार बढाउने गरी नामाङ्कन र सीमाङ्कनको बारेमा पनि हस्तक्षेप गर्दै आएकोछ । जनसंख्याको आधारमा निर्बाचन क्षेत्र निर्धाराण जस्ता कुराहरु प्याकेजमा आएका फिजीकरण प्रक्रियाका प्रारम्भिक कदम हुन् । यस्तै बिप्पा, औद्योगिक प्याकेज, जलश्रोत सम्बन्धि पहिलो अधिकारको प्रश्न, कतिपय घोषित र अघोषित असमान संझौता र सहमतिहरु, पछिल्लो चरणमा खास गरी यो तेस्रो नाकाबन्दीको सर्तहरुको पनि मुख्य सर्त जलश्रोत सम्बन्धि भारतको अग्राधिकारको माग भूटानीकरणभन्दा अझ खतर्नाक कदम हो । यी कदमहरु खतर्नाक छन् । यी कदमहरु ह्ेर्दा नेपाललाई भूटानीकरणबाट फिजीकरणसम्म पु¥याउन आधा सताब्दी पर्खिनु पर्ने छ । सिक्कीमसम्म पुग्न अर्को आधा सताब्दीभित्रको समय प्रयोग गर्न सक्छन् । यसभित्र नेपालीहरुको जनसंख्याभन्दा भारतीय नागरिकहरुको नेपालीकरणको प्रक्रिया दोब्बर बढ्न सक्छ । यदि नेपालका नदीनालालाई सहज रुपमा कब्जा गर्न सकिने स्थिति रहेन भने भूटानीकरण प्रक्रियालाई तीब्र बनाई दिनेछन् । यसरी पनि भएन भने फिजीकरणको प्रक्रियाबाट नेपाललाई नै निल्ने प्रक्रियामा जाने र अन्तमा सबै क्षेत्रमा आन्तरिक रुपबाट नै कब्जा जमाएर नयाँ सिक्कीम बनाउने अर्थात भारतको एक प्रान्त बनाउने दीर्घकालिक योजनामा छ भारत । यसरी अर्को इन्धन संकट आउनपूर्ब नेपालका नदीनालाहरु सब आफ्नो कब्जामा लिने भित्री योजनामा भारत छ । यो खतर्नाक योजना बडा मिहिन पाराले आइरहेको छ । यो काममा नेपाली मार्काका लेण्डुपे दोर्जेहरु क्रियाशीलछन् । तिनीहरुलाई खुला प्रतिस्पर्धा मार्फत बिज्ञापनमार्फत छानी–छानी कठपुतली सत्ताका नाइके बानाइदैछन् ।
यो सत्य हो कि नेपालमा अटुत रुपले बग्ने नदीनालाबाट सयौंको संख्यामा हाइड्रोजन पावर केन्द्रहरु स्थापना गर्न सकिने स्थिति छ । यसबाट सिङ्गो भारत नेपाल निर्भर बन्ने स्थिति आउन सक्छ । जबमु कास्मीरबाट बग्ने पाँच नदीहरुमध्ये ३ नदी पाकिस्तान झर्छन् । भारतको अधिकार क्षेत्रभित्र पर्ने बाँकी दुई नदी मात्र भारत र भारतीय जनताका लागि प्रयाप्त छैन । त्यस बेला भारतलाई अपुग आबश्यक इन्धन नेपालले आपूर्ति गर्नु पर्ने हुन्छ । त्यस बेला भारत नेपाल माथि निर्भर हुनुपर्नेछ । नेपालले नाकाबन्दी गरे भारत संकटमा पर्नेछ । यो कुरा भारतीय शासकहरुले राम्ररी बुझेकाछन् । हुनलाई प्रायदीपको रुपमा रहेको भारतको तीनतिर समुद्र छ । पानी नै पानीले घेरिएको छ भारत तर समुद्रको पानी लवणयुक्त छ । प्रशोधन प्रक्रिया निकै महँगो हुन जान्छ । दोस्रो उनीहरु ती क्षेत्रहरु सुरक्षाको दृष्टिले असुरक्षित बडो खतर्नाक क्षेत्रभित्र पर्दछन् र यसको संभावना निकै कम छ उनीहरु कै निष्कर्षमा । त्यसैले भारतको गिद्धे नजर नेपालमाथि लामो समयदेखि लामो समयसम्मका लागि पर्दै आएको छ । यसैको लागि भारतले रणनीति र कार्यनीति दुबै दृष्टिले नेपालमाथि नव–औपनिबेशिक नीति अख्तियार गर्दै आएको छ ।
भारतले गएको बर्ष नेपाल माथि तेस्रो दई महिना लामो अघोपित भनिएको तर घोषित नाकाबन्दी लगायो । सायद सबैले भारतीय नाबन्दीलाई संबिधान र केबल मधेशी मुद्दासंग मात्र जोडेर हेरेको देखिन्छ, कुरो त्यति मात्र होइन उनीहरुले नेपाललाई हेर्ने दीर्घकालिक र तात्कालिक आँखा दुबै छ । तत्कालिक मुद्दामा भुकाउँदै दीर्घकालिक लक्ष पूरा गर्ने उनीहरुको दाउ छ । यसमा कम्युनिष्टहरुलाई नै फसाउने रणनीति छ ताकि कम्युनिष्टहरुप्रति जनताको बितृष्णा पैदा होओस । किन कि नेपालका जनताको कम्युनिष्टहरुप्रति झुकाव छ । गएका चुनावी आँकडाहरुले पनि करीव ६५ प्रतिशत मत कम्युनिष्टहरुले पाएको देखिन्छ । भबिष्यमा यो देश कम्युनिष्टहरुको हातमा नजाओस भन्नेमा उनीहरु अन्यन्त सतर्कछन् । आफ्नै दलाल भएर पनि र नामधारी कम्युनिष्टहरुको सरकारसम्म भारतलाई पचेन ।
अन्तमा ‘पानी, नानी और जवानी नेपालमे नही रहसक्ती है’ भन्ने भारतीय नेताहरुको भाषण केवल भाषण मात्र होइन । यो नेपाल र नेपाली जनता माथिको भारतीय नीति हो र यो हाकाहकी हस्तक्षेपकारी अभिब्यक्ति हो । यो अभिब्यक्तिले नेपाल र नेपाली जनता सदाका लागि भारतको दास हो भन्ने अथ्र्याउँछ । यो हाम्रो बेइज्जति हो । उनीहरुको नेपालको पानीमाथिको गिद्धेनजर नै नेपाली भूमी कब्जाको एक मात्र रणनीति हो । यस लगायत बिश्व मै बिरलै पाइने जीवनबुटी लगायतका दुर्लभ जडीबुटीहरु, हावापानी र अन्य प्राकृतिक सौन्दर्यले भरीपूर्ण नेपाल कसको नजरभन्दा बाहिर हुन सक्ला र ? त्यसैमा अहिले इन्धनको समस्याले महिनौं नाकाबन्दी बेहोर्ने नेपालमा कुनै बेला बिश्वमा इन्धनको समस्या पर्दा नेपालले त्यसको आपूर्ति गर्नसक्ने संभावना भएको देशमाथि साम्राज्यबादी बिस्तारबादी राजनीतिको गिद्धेनजर गहिरो ढंगले परेकै छ तर अहिलेसम्मका नेपालका संसदीय राजनीतिक दलका नेता र नेपाली शासकहरुको चरित्र र चिन्तन भने यतातिर भन्दा पनि ब्यक्तिगत स्वार्थ, आत्मसमर्पण र गद्धारी, धोखेबाजी र राष्ट्रघाती रहँदै आएको छ । उनीहरुको राजनीतिक दर्शन र चरित्र नै आत्मसमर्पणबादी छ । यसैको कारण नै देश र जनताको यो हालत भएको हो । त्यसैले हाम्रो देश र नेपाली जनताको अमूल्य सम्पतिको रक्षा र ब्रम्हलुट गर्न नदिन, मुलुकलाई सुन्दर र समृद्ध नेपाल बनाउन, नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, एक स्वाधिन र स्वतन्त्र नेपाल बनाउन यो संसदीय दलाल तन्त्रको अन्त्य, यी असफल देश बेचुवा, अपराधि दलाल नेताहरुलाई सदाका लागि इतिहासको कठघेरामा उभ्याउन नेपालमा बैज्ञानिक समाजबादी ब्यवस्थामा आधारित जनगणतन्त्र नेपालको स्थापना अवको आबश्यकता हो । यसले मात्र यहाँका उत्पीडित बर्ग, समुदाय, आदिबासी जनजाति, महिला, मधेशी तथा पिछडिएको क्षेत्र र समुदायहरुको मुक्ति सम्भव छ । यसको लागि एक पटक नेकपा (माओबादी) लाई साथ दिऔं ।
र