एकीकृत जनक्रान्तिको जित सुनिश्चित छ – भोला घिमिरे
देशमा उत्पन्न भएको सत्ता खिचातानीले आज हाम्रो देश नेपाल बिखण्डनको भुमरीमा फसेको जस्तो देखिन्छ । एकथरी मान्छे पहाडीलाई उकास्दै छन भने अर्कोथरि मान्छे तराईबासी भित्रका मधेसी जनजातिलाई उकास्दै छन् । यसरी एउटै देशभित्रका नागरिकलाई दुई कित्तामा बाँडेर उकास्दै आन्दोलन गराउन तल्लिन भएकाहरु कोही आपूmलाई सच्चा राष्ट्रवादी हौ भन्दै तराईमा रहेका मधेसी जनतालाई भारतीय भन्ने र अर्कोथरि स्वतन्त्र मधेसको नारा लिएर पहाडीलाई गाली गर्ने जुन प्रवृत्ति अहिले देखिएको छ, निश्चय पनि यसको योजना गर्ने भारतीय बिस्तारवाद नै हो ।
यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा भारतीय बिस्तारवादले नेपालमा यी दुई पात्रलाई रोज्न पुग्यो र अहिले उसले चाहेअनुरुप नै नेपाल बिखण्डनको भुमरीमा परेको देखिन्छ । हामी नेपाली जनता यही विषयमा गम्भीर छैनौँ कि हामी कुन ट्र्याकमा हिँडिरहेका छौँ । हामीलाई देखाइएकोबाट गलत छ, छैन हामीले सोचेर मात्र यस्तो विषयमा र यस्ता मान्छेले चलाएका अबाहफमा लाग्नुपर्ने हुन्छ । एकातिर एउटा जातीलाई गाली गर्ने र अर्कोतिर एउटा जातिलाई काखी च्याप्ने मन्डले राष्ट्रटवाद र मन्डले राष्ट्रवादको पछिलाग्ने हामी जोसुकै नेपाली भए पनि यो ट्रयाक गलत हो या सही छुट्याउन सक्नुपर्छ ।
एउटा समुदायलाई गाली गर्ने र अर्को समुदायलाई भारतीय देख्ने अवश्य पनि सही हुँदै होइन । नेपाली माटोमा नेपाली माटोमा जन्मिएर हुर्केका मधेसीलाई भारतीयभन्दा ती नेपाली मधेसी, थारु, चौधरी जातिलाई पक्कै पनि असर अवश्य पनि पर्छ र त्यसको बदला लिन उनीहरु बिकल्पमा बसिरहेका हुन्छन् । त्यसैको बिकल्पमा मधेसमा सिके राउतको उदय हुनुले पनि उनीहरुलाई एउटा बिकल्प दिएको छ । पहाडिया केही शासकले निमुखा सुकुमबासी, मधेसी, जनजाति, दलितमाथि गरेको अत्याचारको बदला लिन पनि उनीहरु सिके राउतजस्ता बिखण्डनकारी ब्यक्तिको पछि लाग्न बाध्य बनेको देखिन्छ ।
तर, देशलाई बिखन्डन गरेर हामी कसैले अधिकार पाउने छैनौँ भन्ने कुरा बिकल्प खोज्दै सिके राउतलाई समात्न पुग्नेले बुझ्नुपर्छ । त्यसको बिकल्प भनेको बिद्रोह हो शासकबर्ग जो सत्तामा छन्, कोही सत्ताको बाहिर ढुङ फुकेर खोक्रो राष्ट्रवादको नारा लगाउँदै जनतालाई भ्रमित पार्दै आफ्नो सोख बचाउन तल्लिन छन, तिनीहरुको विरुद्धमा उठ्नुपर्छ । लड्नुपर्छ हामीले अधिकार लडेर लिनुपर्छ भन्ने कुरा आममधेसी जनताले पनि बुझ्नुपर्छ र सचेत नेपाली नागरिकले मधेसमा एउटा अभियान नै चलाउनुपर्ने देखिन्छ ।
बिद्रोह नै मुक्तिको लागि हो हामी मुक्ति चाहन्छौँ भने बिद्रोहको त्यहाँ आवश्यकता हुन्छ र गरिनुपर्छ यो संसारकै नियम हो । उत्पीडित बर्ग जाति, क्षेत्र, लिंग, महिला, दलित र शोषक बर्ग बीचमा हुने न्यायपूर्ण बिद्रोह र मुक्ति युद्धमा हामी कहिले पनि हार्ने छैनौं । हामीले आशा गर्नुपर्छ क्रान्तिप्रति प्रतिबद्ध भएर लाग्नुपर्छ साम्राज्यवाद र भारतीय बिस्तारवादको आडमा अडिएको तानाशाही फासिवादी संसदीय ब्यवस्थाको अन्त्य गर्दै समाजवादी ब्यवस्थाको परिकल्पना गर्न जरुरत छ । संसदीय ब्यवस्थाले वाक्क बनेका आमनेपाली जनताले एक पटक फेरि यो ब्यवस्थाको विरुद्ध मुक्ति युद्धमा हामीले हिम्मत गर्नुपर्छ । धर्म र जातजाति बीच दूरी बढाउने होइन, सहकार्य गरिनुपर्छ । हामी मानव जाति हौ मानव जातिमा यो धर्म र त्यो धर्मको मान्छे भनेर सामाजिक भड्काब ल्याएर देशलाई अनिर्णयको भुमरीमा धकेल्ने होइन हातमा हात मिलाएर प्रतिक्रियावादी राज्यसत्ता माथि बम गोला वर्षाउने वातावरण बनाउनुपर्छ । नेपालमा आजको आवश्यकता भनेको प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र बैज्ञानिक समाजवादको स्थापना हो । नेपालमा जति पनि उत्पीडित बर्ग, जाति, क्षेत्र, लिङ्ग छन्, तिनीहरु सबैलाई आत्मासम्मान गर्दै अधिकार सम्पन्न बनाउने एउटै आधार भनेकै बैज्ञानिक समाजवाद हो । यो अर्थमा अहिलेकै गणतन्त्र चलाउने दलाल प्रवृत्ति बोकेका शासकले त्यो ठाउँमा पुगेर सत्ता चलाए पनि अधिकारको कुरा सुन्न पाइने छैन, पहिले यी शासकहरुलाई भुइँमा पछार्न हामी सबै लामबद्ध हुन जरुरत छ । त्यसैले अहिलेको आमसमस्याको समाधान गर्ने एउटा मात्र बाटो एकीकृत जनक्रान्ति हो । यो क्रान्ति हाम्रै नेपाली माटो सुहाउँदो हुने छ । उत्पीडित बर्ग र जातिको समस्या के हो, त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर भएर सोच्दै र समाधानका बाटाहरु पहिल्याउँदै क्रान्तिलाई अगाडि बढाइने छ । किसान मजदुर जनजाति महिला गरिब मध्यम बर्गीय लेक्चरर प्रोफेसर सेना प्रहरी यहाँ भित्रका सम्पूर्ण देशभक्त नेपाली नागरिकले एकीकृत जनक्रान्तिलाई साथ दिनुपर्नेछ र दिइन्छ भन्नेमा दुईमत छैन । ढिलो चाँडो सबैले बुझ्ने छन् र हामीले पनि बुझाउने नै छौँ ।
क्रान्तिको बिकल्प छैन ।
हामी चाहन्छौँ– मुक्ति
उ चाहन्छ– मुक्ति
उसले चाहन्छ– मुक्ति
हामी सबै चाहन्छौ– मुक्ति
पुँजीवादबाट– मुक्ति
साम्राज्यवादबाट– मुक्ति
गरिबीबाट– मुक्ति
अशिक्षाबाट– मुक्ति
दलालबाट– मुक्ति
महङ्गीबाट– मुक्ति
कालोबजारीबाट– मुक्ति
भ्रष्टाचारीबाट– मुक्ति
यो सबै बाट मुक्त हुन आउनुहोस् हामी सबै हातेमालो गर्दै एकीकृत जनक्रान्तिमा लागौँ जित निश्चित छ मुक्ति निश्चित छ ।