स्ववियु निर्वाचन र आजको शैक्षिक सवाल – प्रशान्त लामा दोङ
नेपालको शैक्षिक आन्दोलन राणा शासनको अन्त पछाडि मूलुक दूत्रगतिमा अगाडी बढेको देखिन्छ । तर नेपाली राजनीतिमा देखा परेका विभिन्न कालखण्डका पश्चगामी कदमहरूले नेपालको शिक्षा कहिले पञ्चयति व्यवस्थाको गीत गाउने शिक्षा , कहिले प्रजातन्त्रको नाममा राजाको नाममा शाहि शासनको गीत गाउने अनि केवल साक्षरताको गीत गाउने शिक्षा बाहेक केही दिन सकिएन । यसरी शिक्षाले राजाको गीत गाउँदा , गाउँदा फेरी पनि मुलूक राजनीतिक द्वन्दमा सिकार भए । मुलूकमा लम्बेको दश बर्षे लामो द्वन्दले संटको भूमरीमा देश फस्यो । शिक्षाको नाममा देशको राजनीतिका शैक्षिक संगठनहरूले शैक्षिक राजनीति केवल राजनीतिको नेतृत्वको भर्याङ बनाउने काम बाहेक केही गर्न सकिएन । चाहे त्यो जुनसुकै राजनीतिक शैक्षिक संगठन होउन , ती सबैले आफ्नो राजनीतिक स्वार्थ पुग्ने काम बाहेक केही गर्न सकिएन । आज शैक्षिक संगठनहरू नेपालको हामीले उच्चा शिक्षा प्राप्तिको लागि यसो गर्यौ अनि उसो गर्यौ भन्दै स्ववियू निर्वाचनको बेला फलाक्दै हिँडिरहेका छन । मुखमा रामराम बगलीमा छुरा भनेझैँ जनताको अभिमत प्राप्तिको नाममा देखाउने र दाँत र चपाउने दाँतहरूको फरकफरक रंग देखाएर भएका संस्थागत उपलब्धि जुन तहको जनताको लागि चाहिने हो , उसको लागि शून्य बन्दैछ । शिक्षाले समाजलाई समतामूलक समाज निर्माण गर्नुपर्ने तर शिक्षाले दिन प्रतिदिन वर्गीय खाडल दिन प्रतिदिन बढ्दो छ । मुलुकमा विकसित बिभेदकारी शिक्षाले शैक्षिक दरार पैदा भइ हुनेखाने र साक्षरताको नाममा हुनेखानेले लिने शिक्षा आकाश र पातल बीचको अन्तर देखापरेको छ । शिक्षाले समाजलाई आत्मा निर्भर हुने जनमूखि शिक्षा दिनुपर्ने हो तर त्यसको ठीक बिपरित परनिर्भरताले शैक्षिक बेरोजगारहरू बढ्दो छ । यहाँ यसो भनिरहाँदा शैक्षिक बेरोजगारको भत्ताको गीत गाउने शैक्षिक संगठनहरू आफूलाई , व्यवहारिक र जनमूखी शिक्षाको गीत गाउने भजनमण्डेलेहरू बढो आफूलाई क्रान्तिकारी हूँ भन्दै फलाक्दैछन । हिजो सामुदायिक शिक्षा र निजि विद्यालय बीचको शैक्षिक दरार घोर भत्सर्न गर्नेहरू आफ्ना छोराछोरीहरू किण्डर गार्डेन स्कूलमा पठाएर बिचर सोझो जनताको छोराछोरीलाई हामीले यसो गर्यौ अनि उसो गर्यौ भन्दै फलक्दैछन । बढ्दो निजि विद्यालयको व्यापिकमा बढवा दिईरहेका शैक्षिक भजनमण्डलेहरू फलाक्दैछन । आफै २०६४ / ६५ ताका निधारमा रातो फेटा बानेर चिठ चोर्न पाउनुपर्छ भन्दै SLC केन्द्रको केन्द्रध्यक्षलाई धम्क्याउनेहरू आज राजनीतिको मखुण्डो ओढेर फलाक्दैछन । आफै त महादेव कसले देला भर भनेझैँ रातो फेटा बानेर सामुदायिक विद्यालयको शैक्षिक संरचनामा ध्वस्त पार्नेहरू बैज्ञानिक शिक्षा र व्यवहारिक शिक्षाको नारा लिएर फलाक्दैछन । आज कूलमान घिसिङ जस्ता एउटा व्यवहारिक र सैद्धान्तिक व्यक्तिको नाममा आफूलाई हिजो फेटा बानेर जबर्जस्ता SLC पास हुने राजनीतिको मखुण्डो ओढ्ने शैक्षिक दलाहरू फलाक्दैछन । हो , विद्यार्थीहरू कुलमान घिसिङको कार्यशैली तमाम विद्यार्थीले सम्मान गर्नैपर्छ तर कुलमानको नाम बेचेर खाने शैक्षिक दलालको भन्डाफोर गर्नैपर्छ । विद्यार्थी शैक्षिक सवालमा एकदिन नसोच्नेहरू आज अमूक नेताको नाम लिएर राष्ट्रिय राजनीतिको बिषयलाई लिएर फलाक्दैछन । आज तमाम कलेज गेटमा खुट्टा टेकेर सुनौलो सपना बोकेका विद्यार्थीहरूले प्रश्न गर्ने बेला आएको छ ,( संविधानको कार्यन्वयन भ्रष्टचोर नेताहरूलाई अलिसान महलमा पुर्याउनको निम्ति कि तमाम भ्रष्टहरूलाई फाँसी दिनको निम्ति , संविधान शंसोधन भ्रष्ट अपराधि र ज्यानमाराहरूलाई फाँसी दिनको निम्ति कि मूलुकलाई बिखण्डनको दिशातर्फ धाकेल्दै भारतीय बिस्तारबादको गुलामी गर्नको निम्ति ? हामीले स्ववियू निर्वाचनमा भाग लिनुको औचित्य के ? ) भन्दा उपयुक्त नै होला । आजको शैक्षिक सवाल व्यवहारिक शिक्षाको हो , भाषणको होइन । आजको शैक्षिक सवाल राष्ट्रिय एकताको , बिखण्डनबाद र शैक्षिक बिसर्जबादको हैन । आज शैक्षिक सवाल बिभेदकारी शैक्षिक संरचना ध्वस्त गर्ने हो , शैक्षिक दलाल र माफियालाई उन्मूक्ति दिइ बढवा दिन हैन । आज शैक्षिक सवाल विश्वपरिवेशको चुनौति सामना गर्नु हो , केवल साक्षरता र शिक्षित नाममा शैक्षिक बेराजगार नाम भत्ता लिन होइन । यदि राष्ट्रियताको र जनमूखी शिक्षा कुरो लिएर तपाई विद्यार्थी सामू आयो भने भन्नुहोस , भ्रष्टचारी , ज्यानमारा चोर नेतालाई फाँसी कहिले हुन्छ ? यदि अमूक विद्वानको नाम लिएर आयो भने भन्नुहोस , हाम्रो देशमा सियो कहिले बन्छ ? अनि हाम्रै देशको ख्यातिप्राप्त व्यक्तित्वको नाम लिएर भन्नुहोस , ” What are the electrical circuit & how can we show it ? ” त्यसैले आजको शैक्षिक सवाल र स्ववियू निर्वाचन , अनुत्तरित माथिका तमाम प्रश्नै प्रश्नाको हो भन्दा तमाम शैक्षिक सरोकारवाला तथा यतिखेर उच्चा शिक्षाको सपना बुनेर अध्यपन गराइरहेका विद्यार्थीहरूले भोट माग्न आउनेहरूलाई जवाफ माग्ने दायित्व हो भन्दा उपयुक्त उपयुक्त होला ।