स्मरणमा जनयुद्ध – पृथीछक बुढा मगर

२०७३ माघ २६ गते, बुधबार

२२ बर्ष पार गरिसकेछ नेपाली भुमिमा चलेको जनक्रान्तीले । पुरानो राज्यसत्ता ध्वस्त गर्दै नयाँ जनवादी सम्पन्न गर्ने महान अभियानका साथ शुरु भएको जनयुद्द आज २२ बर्ष पूरा गरिसकेको छ । यो २२ बर्षमा नेपाली जनताले के पाए रु राज्य ब्यबस्थामा कस्तो फेरवदल आयो रु त्यसको सिहवलोकन गर्ने आफ्नो ठाउँमा हुन सक्छ । आज यति नै भनौं, नेपाली क्रान्ती श्रमजिवि बर्गको लागि थियो । किसानको लागि थियो । मजदुरको लागि थियो । केही नहुनेहरुलाई केही दिलाउनको लागि थियो । भोको पेटहरुलाई भोजन दिलाउनको लागि थियो । नाङ्गा शरिरहरुलाई एकसरो लट्टा दिलाउनको लागि थियो । समग्रमा यति भनौं, सिङ्गो मानव जातीलाई आफ्नो भविष्यको मालिक आफै बनाउनको लागि थियो । आज के भयो रु ती सपनाहरु कति पूरा भए रु कति पूरा हुन बाकी छ रु जनता यहि प्रश्न सोधिरहेको छ । खोजिरहेको छ ।
८ र ९ बर्ष हुँदा गाउँ गाउँमा सिज अभियान आयो । रुकुमको एक विकट गाउँमा जन्मिएको त्यहाँ जीवन शर्माका रक्तिम गितहरु गाइन्थे । अहिले ती गितहरुका लय र शब्दहरु गुनगुनाउदा ती रक्तिम परिवारका गितहरु रहेछन भन्ने थाहा हुन्छ । पछि आएर कम्युनिष्टहरु फुट्ने र चोइटिने क्रममा तत्कालिन संयुक्त जनमोर्चा बिभाजन भएछ । त्यस पछि रक्तिम गितको ठाउँमा केही जुझारु गितहरु बज्न थाले । बन्दुकका गितहरु गाइन थालिए । रक्तबिजका गितहरु सुनिन थाल्यो । सायद, मेरो गाउँ घर तिर क्रान्ती शुरु गर्नु पर्छ भन्ने पक्षका कम्युनिष्टको पकड रह्यो । त्यसैले तिहारका देउसी भैलोमा पनि सिज अभियानका गितहरु गाउन थाले ।
गाउँ गाउँमा राती राती भेला हुने क्रम शुरु भयो । मेरो आमा पनि क्रान्तीको पक्षमा हुनु हुन्थ्यो सायद । बैठक छ भनी जानू हुन्थ्यो राती । आउँदा साथमा केही नौला महिला वा पुरुषहरु ल्याउनु हुन्थ्यो खानपिनको लागि । गाउँ गाउँमा मानिसहरु विच पिटापिट हुन थाल्यो । त्यति बेलै सुनेको हो, काङ्ग्रेस र कम्युनिष्ट भन्ने शब्द । भनिन्थ्यो, कम्युनिष्टहरु गरिवको लागि काम गर्छन । काङ्ग्रेसहरु धनीहरुको लागि मात्रै काम गर्छन । गाउँमा त्यहि देखिन्थ्यो, जो हुने खाने खालको हुन्थ्यो उ काङ्ग्रेस मानिन्थ्यो । सरकारको मान्छे कहलिन्थ्यो । त्यहाँ राज उसैको चल्थ्यो ।
मेरो मानसपटलमा ताजै रहेको नामहरु सन्तोष बुढा, पुर्ण घर्ती, मस्त विष्ट, अमीत पुन, छाँया पुन । यी नामहरु सुनिन्थ्यो । उनिहरुले जनवादी गित र नृत्यहरु लिएर आउँथे बेला बेलामा । सन्तोष बुढा जो हामिलाई तिहारको बेला देउसी भैलोको ठाउँमा ञसिज सलामझ भन्न सिकाउथ्यो । हामी उनिहरुको पछाडी पछाडी ञसिजसलामझ भन्दै हिंड्थ्यौ । बेला बेलामा उनिहरु नाटक लिएर आउथे । भाषण गर्थे । समानताको कुरा गर्थे । अधिकारको कुरा गर्थे । हामिलाई थाहा थिएन, समानता भनेको के हो रु अधिकार भनेको के हो रु तर हामिलाई रमाइलो लाग्थ्यो उनिहरु नाटक लिएर आउँदा । उनिहरुको वरपर केटाकेटिहरु जम्मा हुन्थे । हामिलाई औधी माया गर्थे । त्यसरी बिस्तारै काङ्ग्रेसको गढ कब्जा हुन थाल्यो ।
एक पटक चुनाव भएको याद छ हाम्रो स्कुलको प्राङ्गणमा । ती कम्युनिष्ट नाम दिईएका मान्छेहरुको विचमा मेरो मामा पनि आउनु भएको याद छ । उहाँले मेरो आमा बाबुलाई चुनावमा भोट हाल्नु हुन्न भनेको पनि सुने । बल्ल थाहा भयो मेरो मामा पनि कम्युनिष्ट हुनु हुने रहेछ । मेरो मामा हिरो लाग्थ्यो । सबै भन्दा बलवान लाग्थे । भाषण छिटोछरितो गर्नु हुन्थ्यो । सन्तोष बुढा , पुर्ण घर्ती, अमीत पुन, छायां पुनहरुको विचमा मेरो मामा पनि देख्न थाले । उनिहरुले मानव खप्परमा दुई वटा हड्डीको क्रस चिन्ह भएको जसको तल लेखिएको थियो, ञचुनाव बहिस्कार गरौंझ भन्ने पर्चा प्रत्यक चोक चोकमा तासिएका हुन्थे ।
हाम्रो गाउँ अशिक्षित थियो । मान्छेहरु बाटोकै डिलमै दिशा पिसाव गर्थे । रातदिन मान्छेहरु जांड रक्सी खाएर बस्थे । तास जुवा खेल्थे । रोधी बस्थे । कम्युनिष्टहरुले त्यहाँ सर्वप्रथम ञमहिला संघझको गठन गरे जसलाई त्यहाँ ञमाइला पुन्याझ भन्थे । ती महिलाहरुले गाउँमा जांड रक्सी बन्द गरे । जुवा तास बन्द गरे । रोधी बस्ने बन्द गरे । अरु त ठिकै हो यो रोधी बस्ने चलन बन्द गरेर यी माहिलाहरुले नगर्ने काम गर्दै छन भन्ने हामी भन्दा ठुला अल्लारेहरुको गुनासो सुनिन्थ्यो । महिलाहरु लोग्नेवाट कुटिने पिडावाट मुक्त हुन थाले । तास जुवा खेलेर समय बर्बाद गरिरहेका पुरुषहरु काम गर्न थाले । गाउँमा एक किसिमको उनिहरुको राज चल्न थाल्यो ।
महिला सेल गठन भईसके पछि महिलाहरु काममा सहकार्य गरेर समुह समूह बनाई काम गर्न थाले । यो प्रणालीलाई त्यहाँ सह्राना गर्न थालियो । महिनामा हाम्रो आमाले संघलाई पाँच रुपैया तिर्नु हुन्थ्यो । बैठकमा आउने जाने क्रममा त्यहाँका महिलाहरु बडो अनौठो र नबुझिने शब्दहरु प्रयोग गर्न थाले । सभा सम्मेलन प्रत्यक हप्ता दिनमा हुन थाल्यो । त्यस क्रममा कम्युनिष्टहरुले त्यहाँ किसान संघ खोले । मेरो बाबू पनि किसान संघमा आबद्द हुनु भयो ।
बाबुले खास यी कुराहरु त्यति चासो गर्नु हुन्नथ्यो तर पछि यो संघ किसान मज्दुरहरुको हक हितको लागि हो भनेर मामा आएर संझाए पछि उहाँले पनि काम गर्न थाल्नु भयो । त्यस पछि हाम्रो घरमा नौला नौला मान्छेहरु अझ बढी आउन थाले । एक दिन मेरो मामाको कम्मरमा सानो बन्दुक देखे । हाम्रो गाउँमा कहिलेकाही आउने असईको कम्मरमा भिरेको जस्तो बन्दुक । ञमामा यो कस्ले दिएको रुझ एक दिन उहाँको छेउमा बसेर सोधेको थिएँ । ञकसैलाई भन्नू हुन्न । पुलिसले देख्यो भने जेल हाल्छझ भन्नू भयो । म चुप भए । मलाई पुलिस देखि खुव डर लाग्थ्यो ।
अब बैठकहरु गोप्य रुपमा हुन थाले । प्रायः भेट्घाट राती राती भङ्ग, ओडार, जङ्गल र गोठहरुमा हुन थाल्यो । बाहिर भने कता कताबाट मान्छेका हुलहरु आउने जाने गर्थे । जनताका कामहरु दाउरा बोक्ने, ढुङ्गा बोक्ने, गारा लगाउने, बाटो खन्ने, काठे पुल निर्माण गर्ने काम गर्थे । कहिलेकाहीँ हाम्रा दिदीहरु पनि बाहिर अभियानमा हप्ता दिन उतै जान्थे । जनताको काम गरेर फर्किन्थे । बाटो, स्कुल, पातिपौवा, बिसौनी, पहरा, घरका भित्ताहरुमा लेखिएको देखिन्थ्यो, ञप्रतिकृयावादी राज्यसत्ता ध्वस्त गर्दै नयाँ जनबादी क्रान्तीको लागि जनयुद्दको महान दिशामा अघि बढौ, अमेरिकि साम्राज्यवाद र भारतिय बिस्तारवाद मुर्दावादझ जस्ता नाराहरु लेखिएका हुन्थे । प्रतिकृयावादी, राज्यसत्ता, नयाँ जनबादी, क्रान्ती, जनयुद्ध, साम्राज्यबाद, बिस्तारबाद यी भनेको के हो रु यहाँ के भइरहेको छ मलाई केही थाहा थिएन ।
एक दिन म आमासङ्ग महिला सेलको बैठकमा गएँ । सधैं भाषण गर्दै हिंड्ने हुकामका सावित्रीले भनिरहेको सुने, ञअब युद्द शुरु हुन लागेको छ । अब यसरी तपाईं हामी भेट नहुन पनि सक्छौं । दुस्मनले गाउँ गाउँमा आएर दमन गर्ने छ । त्यसको हामिले प्रतिरोध गर्नु पर्छ । पेरुमा महिलाहरुले पनि त्यतिकै बन्दुक पड्काउन सक्छन । अब नेपालमा पनि त्यो दिन आइसकेको छ ।झ त्यो रात आमा र बाबुलाई निद्रै परेन । हामी छोराछोरीहरु उहाँका कुराहरु सुनेर चिन्तित भयौं । ञडोरझ ९मान्छे मास्दै आउने जत्था०आउदै छ भन्थे । पहिले कुनै जमानामा भोट जग्गावाट डोर आउदा भोटेहरु यहि बाटो भएर भागेका, सुनका सिक्काहरु कौडिको भाउमा बेच्दै ज्यान बचाएको कहानी सुनीन थाल्यो । त्यस्तै डोर आउदै छ रे भन्ने हल्ला चल्न थाल्यो । अब मरिने भयले सताउन थाल्यो । बाबू आमाले हाम्रो चिन्ता गर्न थाल्नु भयो । ञएक्लै भए त जे पनि भोग्न तयार छौँ । यी केटाकेटीहरुलाई पो कसरी जोगाउने रुझ हुइया काढ्दै बाबुले भन्नू हुन्थ्यो, ञजनता जता घुम्छ उतै घुमौला ।
सायद ५२ साल फाल्गुन लाग्नै थालेछ । एक रात मामा ९काजी पुन० हाम्रो घरमा आउनु भयो । उहाँको साथमा कम्ब्याट लगाएका ५र६ जनाको जमात आएका थिए । आमासङ्ग केही गोप्य कुरा गरे त्यस पछि उहाँहरु राती नै निस्किनु भयो । पछि आमा र बाबूले कुराकानी गरेको सुनियो, ञअब केही दिनमा युद्द शुरु हुने छ । झ मामाले भन्नू भएको रहेछ, अब हामी फरार (भुमिगत) हुँदै छौँ । एक दिन जितेर मात्रै फर्किने छौँ । मामाको टोलिले होलेरी आक्रमण गर्न जाँदै रहेछ ।
युद्ध हुने गोप्य सुचना पाए पछि बाबूले मलाई उहाँसङ्ग बन लिएर जानू भयो । त्यति बेला म ६ कक्षामा पढ्ने भइसकेको थिएँ । डोरहरुले १२ बर्ष भन्दा माथिका कसैलाई पनि बाकी राख्दैनन भन्ने हल्ला सुनिन्थ्यो । म १२ बर्ष पुगेको कारण मेरो बाबुले मलाई आफैसङ्ग लुकाउन ञधोपाझ भन्ने लेकमा लिएर जानू भयो । मेरो पढाई थाती राखियो । ग्वाला भएँ ।
एक दिन गाउँबाट केही मान्छेहरु हाम्रो गोठमा आए । गाउँको खवर सुनाए । पुलिस आएको कुरा सुनाए । गाउँमा काट्मार चलिरहेको कुरा सुनाए । पहिले बिष्टको घर भित्र निर्वाद छिर्ने दलितहरुको टाउको फोडिएको कुरा सुनाए । महिला सेलका सदस्यहरुलाई बलात्कार गरिएको कुरा सुनाए । दुकान लुटिएको कुरा सुनाए । गाउँमा पहिले कम्युनिष्टहरुबाट चेपिएका मान्छेहरु अहिले गाउँमा पसेर जनताका खसी कुखुरा काटेर खाइरहेका कुरा सुनाए । झन भय उत्पन्न भयो मनमा । त्यस्तै वित्यो केही बर्ष । मेरो गाउँका जनताहरु भित्र भित्रै कम्युनिष्टहरुलाई सहयोग जारी राखेका थिए । सरकारले किलो सेरा अप्रेसन गर्यो । मान्छे धेरै मार्यो । मेरो कक्षाको सेकेन्ड विद्यार्थी लाल बहादुर गुरुङ्गलाई पनि पुपालमा जीउँदै आगोमा जलाए । तर कम्युनिष्टहरु प्रतिको आस्था कहिलै मरेन ।
५५ सालमा जब डोल्पाको सदरमुकाम दुनै कब्जा गर्ने योजना बन्यो तब हामिले गुरिल्लाहरुलाई पहिलो पटक देख्न अबशर पायौं मैकोटमा । म त्यति बेला कक्षा ८ मा पढ्थे । पासाङ्गलाई देखेको त्यतिखेरै हो । उनिहरुले प्वालै प्वाल भएका ९क्ःन्० बोकेका थिए । गुरिल्लाहरु त सियोको प्वालमा पनि छिर्न सक्छन रे भन्ने अफवाह सुन्ने गरेका थियौं । तर हामी जस्तै मान्छे रहेछन भन्ने कुरा बुझियो । केही जनसेनाहरु हाम्रै कोठामा बस्न थाले । त्यहीँ मैले अङ्ग्रेजी ब्याकरण र राइफल चलाउने तरिका सिकेको थिएँ । एक जना सेना जो मलाई ब्याकरण पढाउन सक्थ्यो ।
सरकारी दमनले पनि मेरो गाउँको मान्छेहरुको मन भित्रबाट माओवादी पार्टी प्रतिको माया सफाई गर्न सकेन । अन्ततः मेरो क्षेत्र आधार इलाका बन्यो । त्यहाँ माओवादिको कार्यालयहरु बने । अदालत बन्यो । सेना बन्यो । कर्मचारी बने । सहकारीहरु खुले । कम्युनहरु खुले । जनबादी शिक्षाहरु लागू भए । एउटा नमुना क्षेत्र बन्यो । त्यहाँ कुनै जात थिएन । कुनै धर्म थिएन । कुनै सामन्त थिएन । कुनै लिङ्ग थिएन । कुनै गरिव थिएन । सबै बराबरी । सबै सरावरी । नयाँ सस्कृती, नयाँ परम्पराको जग बस्न थाल्यो । नयाँ युगको जन्म हुन थाल्यो । सोझा मान्छेहरु पनि आफ्नो अधिकारको लागि बोल्न थाले । ६३ र ६४ सम्म यहि अबस्थामा थियो ।
शान्ती प्रकृया शुरु हुनु भन्दा पहिलेको मेरो गाउँ र शान्ती प्रकृया शुरु भईसके पछिको मेरो गाउँ अहिले म तुलना गर्छु । आफैसङ्ग तुलना गर्छु, जनयुद्धबाट हामिले के पायौं रु अनि के गुमायौ रु म घोरिन्छु । यिनै मान्छेहरु जो अहिले सिंहदरबार भित्र छिरेका छन कुनै समय यिनै मान्छेहरु रुकुम रोल्पाका गाउँ गाउँमा स्थानिय सत्ता कति कुशलताका साथ संचालन गरेका थिए । कति भर्जिन थिए हाम्रा नेताहरु । कति गौरव गर्न लायकका थिए ।
अहिले नेता शहर पसिसकेको छ । गाउँ रित्तिएको छ । मुक्तिको निम्ति भनी लडेका योद्दाहरु कोहि अपांग भएर बसेका छन । कोहि मरेर गए । तिनका अशिक्षित सन्ततिहरु अहिले खाडी र मलेसिया भासिएका छन । बचेका योद्दाहरु कोहिलाई अयोग्य घोषित गरेर अपमान गरियो । कोहिलाई पाँच लाखे लाहुरे बनाएर बिधिगत रुपमा जनयुद्धको समाप्त पारियो ।
आज मेरो गाउँ फेरि ५२ साल भन्दा पछाडी फर्किएको छ । अभाब उस्तै छ । गरिबी उस्तै छ । बेरोजगारी उस्तै छ । तासजुवा उस्तै छ । जाड रक्सी झन चलेको छ । रोधी जमेको छ । जातपात ब्युझेको छ । छुवाछुत शुरु भएको छ । कम्युन ध्वस्त भएको छ । सहकारी बन्द भएको छ । उनै सामन्तहरुको बोलिबाली शुरु भएको छ । त्यही पुरानै परम्परा, गरिबी, लालपुर्जा लिएर गयो चर्को ब्याजमा ऋण निकाल्यो बिदेश गयो । हो, मेरो गाउँ यस्तै भएको छ ।
आज २२ बर्ष पूरा गर्न लागेको छ जनयुद्दले । जो हिजो एक भएर जनयुद्द लडेको थियो आज २२ बर्ष पछि पाचौं टुक्रामा बिभाजन भएको छ । गाउँ गाउँमा संगठनहरु बिलय हुँदै गइरहेका छन । हिजोको माओवादी जनयुद्दमा रगतसङ्ग साटेका नयाँ चिजहरु ध्वस्त हुँदै गईरहेका छन । यदि यी चिजहरुलाई पुनर्जीवित गर्ने हो भने फेरि माओवादी आन्दोलन नयाँ शिरावाट उठ्नै पर्छ । तव मात्रै माओवादीहरुको ऐतिहासिक कार्यभार पुरा हुने छ ।

प्रतिक्रियाहरु

[anycomment]