पार्टीको आठौ महाधिवेशन, एकिकृत जनक्रान्ति र माक्र्सवादमा बिकाश –धर्मेन्द्र बास्तोेला

२०७३ माघ २७ गते, बिहीबार

क्रान्तिको पुनराबृत्ति हुँदैन, केबल बिकाश मात्र हुन सक्छ भत्रे बैज्ञानिक मान्यता स्थापित मात्र होईन ब्यबहारिक रुपमा प्रमाणीत पनि भैसकेको छ । पेरिस कम्युनको पुनराबृत्ति रुसी क्रान्तिमा हुन सक्दैन्थ्यो र त्यसको पुनराबृत्ति चीनीया क्रान्तिमा । न रुसी र चीनिया क्रान्तिको पुनराबृत्ति क्युवामा हुन सक्थ्यो न कोरीया र भियतनाममा । प्रयोेग भैसकेका बिधि र तरीकाहरुबाट क्रान्ति हुन सक्दैन्थे । कुनै न कुनै रुपमा बिकाश हुनु अनिबार्य हुन्थ्यो क्रान्तिकालागि ।
माक्र्सवाद–लेनिनवाद–माओवादले अनुसन्धान गरेका सार्बभौम नियमहरु सबै ठाउँमा लागु हुन्छन् । क्रान्तिको सन्दर्भमा बिशिष्ट देशहरुको बिशिष्ट परिस्थितिले त्यसको प्रयोग भित्र प्रकारले हुने गर्छ । त्यसलाई सार्बभौमिकता, बिशिष्ठताको संयोजन भनिएको हो । जहाँ सार्बभौमिकता र बिशिश्टाताको सम्योजन गर्न सकियो ती देशहरुमा क्रान्ति सम्पत्र भए । जुन देशमा त्यसप्रकारको संयोजन मिल्न सकेन त्यहाको क्रान्तिले धक्का खाए । उसो त, यो नियम समाजवादी आन्दोलनमा मात्र होईन पूजीवादी आन्दोलनमा पनि लागु भैरहेको हुन्छ । अहिलेको साम्राज्यवाद र सर्बहारा युगको एक्काईसौ शताब्दीमा बिकाश भएको उत्तर साम्राज्यबादी भूमण्डलीकृत पूजीबादी चरणमा पूजीवादी नीतिको सृजनात्मक प्रयोग गर्न नजात्रे पूजीवादी शाशकले देशलाई दलाल पूजीबादमा पतन गराउँछ । पूजीवादको सृजनात्क बिकाश गर्ने देशहरु यसियामा जापान, युरोपमा जर्मनी, फान्स र बेलायत, अमेरीकामा संयुक्त राज्य अमेरीका आर्थिक समृद्धिको बाटोमा छन । तर पूजीबादको अन्धानुकरण गर्ने र सृजानत्मक बिकाश गर्न नसक्ने देशहरु चाहे ती बिकशित हुन या बिकाशउन्मुख, चाहे ती अल्प बिकाशीत हुन या उत्पीडित तीनीहरु दलाल पूजीबादमा पतन भएका छन । ती देशहरु केबल बिकशीत देशमा उत्पादन गरेका सामान खपत गर्ने बजार मात्र बनेका छन । युरोप, अमेरीका, यसिया र अफ्रकाका कतिपय बिकाशीत देशहरु यो परिधिमा आउँछन र तमाम उत्पीडित, बिकाशोन्मुख र अल्पबिक बिकशित देशहरु पनि यो परिधिमा आउँछन ।
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मालेमावादका सार्बभौम नियमहरुको अनुसरण मात्र गर्नुले जढसुत्रबादमा पतन गरायो र बिशिष्टतामा मात्र ध्यान दिनेलाई ब्यबहारबादमा । तीनै सच्चा कम्युनिष्टहरु अथवा सच्चा समाजवादी सामाजिक बैज्ञानिकहरु जढसुत्रबाद र ब्यबहारबादको समस्याबाट मुक्त हुन सके जसले माक्र्सवादका सार्बभौम नियमहरुलाई आफ्नो देशको बिशिष्टता र विश्व परिवेशको जटिलतासंग जोडन सके ।
एकीकृत जनक्रान्तिको कार्यदिशामा देशको बिशिष्ट परिस्थितिलाई सात बुँदामा संस्लेशित गरीएको छ । एक भूपरिबेष्टित देश, दुई गाउँ र शहरको सम्बन्ध, तीन, मध्यमबर्गको बिस्तार, चार, जातीय, क्षेत्रीय, लिंगीय र सास्कृतिक बिभेद, पाँच, देशभक्त शक्तिशरुको प्रभाव छ, दलाल पूँजीवादको प्रभाव र सात बिज्ञान र प्रबिधिको प्रयोग रहेका छन । त्यसको बारेमा सबिस्तार ब्याख्या दस्तावेजहरुमा र यो भन्दा अगाििडक कैयो लेख, निबन्ध रचनामा गरीसकिएका छन् ।
यो लेखलमा मालेमावादका सार्बभौम नियमहरुमा आसत्र आठौ महाधिवेशनमा बहस र नीतिको तर्जुमा गर्न केही बिकाश गरीएको छ त्यसबारे संक्षेपमा बिबेचना गरीने छ । समाजका मुख्य तीन संघटक अंगहरु हुने गर्छन, ती हुन, राजनैतिक नीति शास्त्र अथवा दर्शन, राजनैतिक अर्थ सास्त्र, र राजनैतिक समाज सास्त्र । माक्र्सवाद–लेनिनवाद–माओवादी क्षेत्रमा अथवा समाजवादी बिज्ञानमा दर्शनमा द्वन्दात्मक भौतिकवाद, अर्थ शास्त्रमा माक्र्सवादी अर्थशास्त्र र समाज बिज्ञानमा बैज्ञानिक समाजवाद समाजका संगठक अंगहरु हुन । एकीकृत जनक्रान्तिको कार्यदिशामा यी बिषयहरुमा बिकाश गर्ने प्रयत्न गरीएको छ ।
माक्र्सवादी अर्थसास्त्रमा हामीले पूजीबादको भूमण्डलीकृत चरण उत्तर साम्राज्यवाद भनेका छौ । द्वन्दात्मम भौतिकवादमा बस्तुको स्वरुपान्तरणा भनेकाछौ । र बैज्ञानिक समाजवादमा निरन्तर क्रान्तिकारण र त्यसको रक्षा भनेका छौ । हामीले एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेपछि यी तिनै क्षत्रमा अहिलेको समाजको बिकाश अनुसार केही थप ब्याख्या र बिश्लेषण गर्नु आबस्यक देख्यौ ।
अहिलेको बिश्वमा राजनैतिक, आर्थिक सामाजिक सास्कृतिक प्रभाव जमाउने राजनैतिक अर्थ शास्त्र उत्तर साम्राज्यबादी अर्थ प्रणाली हो । हामीले उत्तर साम्राज्यवाद भत्राले सामान्यतः साम्राज्यवाद पछिको युग या साम्राज्यवादको अन्त्य पछिको समय भनेको होईन, यसको तात्पर्य सबै भन्दा पछिल्लो बिकाश भनिएको चरण भनिएको हो । लेनिनले पूजीवादको उच्चतम चरण भत्रु भएको थियो । सामान्यतया उच्चतम चरण भत्राले त्यो भन्दा माथि बिकाश हुने स्थान समाप्त भयो भत्रे अर्थ बुझिन्छ । तर आज भन्दा दुई शताब्दी अघि माक्र्स र एक शताब्दी अघि लेनिनको समयमा जून रुपमा साम्राज्यबाद थियो त्यो भन्दा निश्चित रुपले अहिले फरक छ । माक्र्सको समयमा रहेको पूजीबाद लेनिनको समयमा आउँदा फरक थियो । लेनिनको समयको पूजीबाद अहिले फरक अबस्थामा बिकाश भएको छ । यहि फरक र बिकशित अबस्थालाई उत्तर साम्राज्यवाद भनिएको हो ।
उत्तर साम्राज्यवाद पूजीवादको भूमण्डलीकृत चरणमा रहेको अवस्था हो । भूमण्डलीकृत चरण यसकारणले कि साम्राज्यवाद केबल पूजीको लगानी र लुटमा मात्र केन्द्रीत छैन, यसले भूमण्डलीकृत रुपमा आर्थिक नियन्त्रणको साथमा राजनैतिक, फौजी, कानुनी, सामाजिक एब सास्कृतिक नियन्त्रण बनाएको छ । लेनिनले पूजीबादका केन्द्रीकृत, परजीबी र मरणासत्र गरी तीन चरीत्रको बिश्लेषण गर्नु भयो । आर्थिक क्षेत्रमा अति केन्द्रीत हुँदै गैरहेको छ । विश्को पूजी बितरण हेर्ने हो भने सन २०००मा विश्वका २ प्रतिशत मानिस संग विश्वको कुल पूजीको ५० प्रतिशत वा आधा हिस्सा थियो । सन २०१५ मा त्यो पूजीको बितरण अझ केन्द्रीकृत हुँदै १ प्रतिशतमा पुग्यो । १८ जनवरी २०१६मा बेलायतबाट प्रकाशित हुने पत्रिका द गार्डियनका अनुसार अक्सफार्मले गरेको अनुसन्धानमा सन २०१५को अन्त सम्म आउँदा पूजीको केन्द्रीकरण यति तिब्र बन्यो कि विश्वका ६२ जना ब्यक्ति संग बिश्वको कुल पूजीको आधा सम्पत्ति रहेको पाईएको छ ।
लेनिनको समयमा बिश्वको पूजी जर्मनी, फान्स, अमेरीकाका केही दर्जन सिन्डिकेट र कर्टेल्सहरुको हातमा रहेको अबस्था थियो, तर अहिले परिस्थिति फेरीएको छ र त्यो पूजी केही संस्थाहरु अन्तराष्ट्रिय मुद्राकोष तथा बिश्व ब्याङकको हातमा केन्द्रीत रहेको छ । यसप्रकारको भूमण्डलीकृत पूजीले सबै प्रकारका राष्ट्रिय घेराहरु तोडेको छ र माक्र्सले अन्तराष्ट्रियताको बहस गर्दा पूजीबादले कल्पना गर्न नसक्ने अन्तराष्ट्रियताबाद पूजीपति बर्गकालागि तयार गरेको छ ।
पूजीको भूमण्डलीकृत चरणको रुपमा साम्राज्यबादलाई उत्तर साम्राज्यवादको रुपमा बिश्लेषण गर्दा साम्राज्यबादको बिकाशको नियममा लेनिनले पत्तालागउनु भएका नियमहरु अहिले पनि बिद्धेमान छन । लेनिनले अहिलेको युगलाई साम्राज्यबाद र सर्बहारा क्रान्तिको युग बताउनु भएको थियो । साम्राज्यबादी पूजीको कारण साम्राज्यवादी मुलुकहरुमा मजदुरबर्गमा पनि मजदुर कुलिनता बिकाश हुने कुरा बताउनु भएको थियो, त्यो अहिले पनि कायम रहेको छ । बजार तथा कच्चा पदार्थको लुटकालागि साम्राज्यबादी सक्तिहरु बिचको प्रतिस्प्रधा हुने र त्यसले द्वन्द र मिलनको प्रक्रिया चल्ने अबस्था रहने अहिले पनि बिद्धेमान रहेको छ । त्यस्तै गरी साम्राज्यबादीहरुको बिचको अन्तरबिरोधको कारण अहिले पनि बिश्व युद्धको खतरा बिद्धेमान रहन्छ । लेनिनका यी बिश्लेषणहरु अहिले पनि उत्तिकै जीबन्त र प्रयोगात्मक छन जति लेनिनको समयमा थिए । र यी बिश्लेषण हरु जबसम्म सर्बहारा क्रान्तिबाट साम्राज्यबादको निशेध हुँदैन तबसम्म यथावत रहने छन ।
द्वन्दात्मक भौतिकवादाको क्षत्रमा बिगतका कतिपय गलत स्कुलिंङहरुलाई सच्च्याउनु परेको छ । प्रचण्डको दार्शनिक स्कुल भडुवावादीे, अवसरवादीे, यान्त्रिक र धार्मिक अन्धबिश्वसबादी प्रकारको रह्यो जसले माओवादी आन्दोलनलाई बिघटनमा पु¥याउन मदत ग¥यो । मुलत प्रचण्डको बिश्लेषण बिपरितहरुको एकत्वको सन्दर्भमा अवसरवादी प्रकारको रह्यो । बिपरितहरुको एकत्व पार्टीमा प्रयोग हुँदा र्बहारा र बुर्जुवा बर्गको एकत्वको रुपमा लिईयो । र त्यो सर्बहारा भनेको प्रचण्ड र बुर्जुवा भनेको बाबुरामका रुपमा पार्टीमा स्थापति मात्र गरीएन त्यस अनुसारको ब्यबहार पनि गरीयो । प्रचण्ड स्कुलिंको यान्त्रिकता या अवसरबादी चरीत्र के कुरामा अभिब्यक्त हुन पुग्यो भने बिपरितहरुको एकत्वमा बिपरित तत्वहरु निरन्तर कायम रहने र स्वपरिबर्तन नहुने अथवा आँफैमा परिवर्तन नहुने रुपमा बुझीयो । तसर्थ प्रचण्ड बुर्जुवामा नबदलीने र बाबुराम सर्बहारामा नबदलीने बिधिका रुपमा बुभियो । त्यो बुझाई गलत थियो ।
बिज्ञानको नियम मानिसको इच्छा भन्दा बाहिर आफ्नो गतिमा चलीरहेको हुन्छ । जसअनुसार हिजको माओबादी प्रचण्डलाई अहिले समयले अवसरबादी प्रचण्डमा रुपान्तरित ग¥यो र हिजको अवसरबादी बाबुरामलाई अहिलेको सामन्त तथा दलाल पूजीबादी बाबुराममा रुपान्तिरीत ग¥यो । बिज्ञानले प्रमाणीत गरेको बिषय हो कि बस्तु आफ्नै गतिमा चलायमान र बिकाश हुने गर्छ । द्वन्तबादले प्रमाणी गरेको बिषय हो कि दीक र काल जो निरपेक्ष सत्य हो, त्यो बस्तुको बिकाश र रुपान्तणमा आउदा सामान्य सापेक्ष र बिशिष्ट सापेक्षेतामा समयको गतिसंगै बिभित्र रुपमा बदलिन्छन । यहाँ निरपेक्ष सत्य भनेको दिक कालमा रुपान्तरित हुने र काल दीकमा रुपान्तरित हुने हो । दीक र काल भनेको दुई भित्र तत्वको एकता नभएर त्यसको स्वरुपान्तरण हो । जब निरपेक्ष सत्य भनेको स्वरुपान्तरण हो भने सापेक्ष सत्य, सामान्य सापेक्ष सत्य तथा बिशिष्ट सापेक्ष सत्य पनि बिभित्र रुपान्तरणमा अभिब्यक्त हुन्छन । समाजमा त्यसप्रकारका परिबर्तनहरु देखिन्छन । पार्टीमा पनि त्यहि प्रकारका परिबर्तन देखिन्छन ।
जसरी प्रचण्ड स्कुलमा बस्तुको अवस्थीतिको अभिब्यक्ति बिपरितहरुको एकत्वलाई स्वरुपान्तरणको रुपमा नलिई यान्त्रिक तरीकाले दुई भित्र बस्तुको एकताको रुपमा लिईयो, अथवा दुईको एकमा समायोजनको आदर्शवादी बिधिमा लिईयो, त्यस्तै अहिले नेपाली समाजको अबस्थालाई पनि दलाल पूजीबादबाट बिकाश हुन नसक्ने या कुनै समाजबादी मुलुकले खाईदिनु पर्ने रुपमा परिभाषित गरीँदैछ । यो बिचार बाबुरामको बिसर्जनबादमा बढी पाईन्छ । चुनवाङ बैठकमा जसरी प्रचण्ड र बाबुरामले एकआपसमा लिन भएको घोषणा गरेका थिए, प्रचण्डको बिपरितहरुको एकत्व भत्रे द्वन्दवादी मान्यताको गलत ब्याख्याकाकारण पार्टीको केन्द्रीय समित केबल कथित बुर्जुवा बबाबुरामको कथित सर्बहारा प्रचण्डमा लीन भएको यान्त्रिक बुझाई, अथवा मनोगत आकाक्षा बनेको थियो । तर स्वरुपान्तरित प्रक्रियामा बिपरितको एकत्व बत्रे द्वन्दवादमा प्रचण्डको बिचारहरु बाबुरामको बिचारमा लीन भैसका थिए जो बस्तुगत ब्यबहारले पुष्टि गरेको छ र अहिले बाबुरामको बिसर्जन भनेको बाबुराम–प्रचण्डहरुको बिसर्जनबादी चिन्तन हो भत्रे तथ्य स्पष्ट भएको छ ।
द्वन्दात्मक भौतिकवादको स्वरुपान्तरणले यो कुरा पुष्टि भैसकेको छ कि खास समयमा पूजीबादी अबस्थामा रहको रुस समाजबादमा रुपान्तरीत भयो र साजवादी रुस पूजीबादमा । खास समयमा अर्धसामन्तवादी समयमा रहेको चीन समाजवादमा रुपान्तरित भयो भने खास समयमा दलालपूजीवादी अबस्थामा रहेको नेपाल पनि समाजवादमा रुपान्तरित हुन सक्छ ।
त्यस्तै गरी हामीले बैज्ञानिक समाजवादको क्षेत्रमा केही नयाँ अवधारणाको बिकाश गरीएको छ । माक्र्सले बुझ्नु मात्र सबै कुरा होईन, बदल्नु मुख्यत कुरा हो भत्रु भयो । माक्र्स देखि दुई शताब्दी यता आउँदा यो तत्थ्य पनि स्पष्ट भएको छ कि बुझ्नु र बदल्नु मात्र यथेष्ट छैन, बदलिएको लाई रक्षा र बिकाश गर्नु महत्वपूर्ण कुरा हो । माक्र्सले बदल्नु मुख्य कुरा हो भन्दै गर्दा बुझ्ने कुरालाई कहिल्यै निशेध गर्नु भएन । अथवा बुझ्नु मात्र होईन बदल्नु पनि मुख्य हो भत्रु भयो । तयस्तै यहाँ बदलीएकोलाई रक्षा गर्नु मुख्य हो भन्दै गर्दा बुझ्ने र बदल्नेको निशेध गरीदैन । बरु समाज बिज्ञानमा बुझ्नु–बदल्नु–रक्षागर्नु–बिकाशगर्नु अहिलेको साजको गतिको श्रृखला हुन आउँछ ।
अव समावजादी सत्ताको रक्षा र बिकाश कसरी गर्ने भत्रे प्रश्नको जवाफ हामीले खोज्नु पर्छ । यस सन्दर्भमा तत्कालिन माओबादीको नेतृत्वमा २०५७ सालको दोश्रो राष्ट्रिय सम्मेलनले समाजबादको अवधारणाबारे केही बैज्ञानिक प्रस्तावनाहरु अगाडि सारेको थियो । जस अनुसार समाजबादको रक्षा गर्नकालागि या समाजवादमा प्रतिक्रान्ति हुनबाट रोक्नकालागि कम्युनिष्ट पाटीृलाई जनताको मातहतमा राख्नु पर्छ र सरकारलाई पार्टीको मातहत राख्नु पर्छ भनिएको थियो । कम्युनिष्ट पार्टीलाई जनताको मातहतमा राख्ने बिधि भनेको सम्पूर्ण जनतालाई शैन्य तालिम दिनु पर्छ र महान सर्बहारा सास्कृतिक क्रान्तिको बाटोबाट अगाडि बढ्नु पर्छ भनियो । र सरकारलाई पार्टीको मातहतमा राख्नकालागि सरकार जनताबाट निर्बाचित हुनु पर्ने र पार्टीको प्रमुख र ठुलो हिस्सा जनताको बिचमा रहने ब्यबस्था हुनु पर्छ भनियो । यसकालागि पार्टीको सानो हिस्सा सरकारमा जाने र सरकारमा जाने पनि जनताबाट निर्बाचित भएर मात्र जाने भनियो । समाजबादी ब्यबस्थामा कम्युनिष्टहरुको प्रतिस्प्रधा हुने ब्यबस्थामा जनताको क्षेत्रबाट पनि चुनावमा जाने र पार्टी पनि चुनावमा जाने ब्यबस्था हुनु पर्ने नीति बनाईयो । यद्धेपि यी नीतिलाई प्रचण्ड बाबुरामहरुले सम्बिधान सभाको चुनावमा उलंघन गरे तथापि यी नीतिहरु अहिले पनि सहि छन । एकीकृत जनक्रान्तिको कार्यदिशामा बिकाश गर्दै जाँदा हामी यो निस्कर्षमा पुगेका छौ कि माक्र्सले “समाजवादमा हुने क्षमता अनुसारको काम र काम अनुसारको दाम” र “साम्यवादमा हुने क्षमता अनुसारको काम र आबस्यकता अनुसारको दाम” भत्रु भएको ब्यबस्थामा समाजवादी कालमा जनताको हकमा क्षमता अनुसारको काम र काम अनुसारको दाम हुनु पर्छ र नेता तथा सरकारको हकमा क्षमता अनुसारको काम र आबस्यकता अनुसारको दामको ब्यबस्था हुनु पर्छ । यो ब्यबस्था, जस्तो कि जनताको नियन्त्रणमा पार्टी, पार्टीको नियन्त्रणमा सरकार र सरकारको उत्पादन पद्धति क्षमता अनुसारको काम र आबस्यकता अनुसारको दामले समाजवादमा प्रतिक्रान्ति हुन रोक्ने छ, त्यसले समाजको निरन्तर बिकाश गर्ने छ र त्यसले निरन्तर यौटा सब्य र आदर्श समाज तिर मानिसलाई लैजाने छ र त्यसले छिटो भन्दा छिटो समस्त मानब जातिमा राजनैतिक, आर्थिक, सामाजिक समृद्धि ल्यउँदै साम्यबादको बाटोमा लैजान्छ ।
जनताको निम्ती आबस्यकता अनुसारको दामभनेको जनताले समाजबादी कालमा निश्चित पैमानामा ब्यक्तिगत सम्पत्तिको आर्जन गर्न पाउने भत्रे हो र नेता तथा सरकारको हकमा क्षमता अनुसारको काम र आबस्यकता अनुसारको दाम भनेको ब्यक्तिगत सम्पत्तिको अन्त्य भत्रे हो । क्षमताको कुरा गर्ने हो बुर्जुवा राज्य ब्यबस्था भित्र सरकारमा रहने या त्यसको संजालमा रहने हरेक बयक्ति क्षतावान भएको मानिन्छ किन भने उसले नै देश चलाउने नियम कानुनहरु, राज्यको ब्यबस्था र बजेटको तर्जुमा गर्छ । यदि त्यत्रो क्षमता भएको स्थानमा ब्यक्तिगत सम्पत्ति रहने ब्यबस्था हुने हो भने त्यसले स्वभाबिक रुपमा त्यहि अनुसारको कानुन, नियम र भ्रष्टाचार तस्करी गर्नु अनिबार्य हुन जान्छ । त्यहि कारण हो कि आज विश्वको आधि सम्पत्ति शक्तिशाली सत्तामा या त्यसको वरीपरी रहेका केबल विश्वका २६ जना ब्यक्तिहरुको हातमा केन्द्रीत रहेको छ र त्यो कुनै पनि कानुनमा गैरकानुनी छैन । नपालमा सत्तामा भएका मानिसहरु पुवातो चौधरी होस या नानीमैया दाहाल, पानी टंकीमा पैसालुकाउने एमालेका नेताहरु हुन या सुनको तस्करी गर्ने एमाओबादीका नेताहरु, सुर्ती र सुपारीको तस्करी गर्ने काग्रेसका नेताहरु हुन या लागु औषधको ब्यापार गरी धनकुबेर बत्रे प¬ञ्चायती नेताहरु सबै मानिसहरु समाजमा जतिसुकै असक्षम भएपनि सत्तामा रहेको समयमा सम्पत्ति आर्जन गर्न, नियमहरु बनाउन, कानुनहरुको तर्जुमा गर्न सत्तामा बिराजमान हुनुको कारण सामान्य नागरिक भन्दा धेरै क्षमतावान हुने गर्छन । जब क्षमतावान मानिसको ब्यक्तिगत सम्पत्ति हुुने ब्यबस्था हुन्छ, उसले निश्चित रुपमा आफनो सम्पत्तिको आर्जन र सुरक्षा, त्यसको लागि सत्तामा रहने प्रक्रियाको निरन्तरतालाई पहिलो सुचीमा राख्ने हुन्छ र अहिलेको पूजीबादी विश्वमा त्यहि हुँदै आएको छ । यो समस्याको निराकरण गर्नु बैचारिक एबं ब्यबहारिक रुपले अनिबार्य हुन आउँछ ।
क्षमता अनुसारको काम र आबस्यकता अनुसारको दामका आधारमा राज्य सत्ता चल्ने हो भने राज्यका तीन अंगहरु ब्यबस्थापिका, न्यायपालिका र कार्यपालिका जस्ता राज्यका प्रमुख क्षेत्रमा काम गर्ने, निर्बाचित हुने या पदोत्रति हुने ब्यक्तिहरुको सम्पत्ति राष्ट्रियकरण हुनेछ जसबाट राज्यको नियम कानुन निर्माण गर्ने, त्यसको कार्यन्वयन गर्ने र त्यसको रक्षा गर्ने ब्यक्तिहरु समस्त रुपमा कुनै पनि प्रलोभनबाट मुक्त हुनेछन, उनिहरुको परिवार भनेको सम्पूर्ण जनता हुने छ र उनिहरुको सम्पत्ति भनेको सम्पूर्ण देशको सम्पत्ति हुने छ ।
मानिलिउ कि ब्यबस्थापमिका क्षत्रका कानुनका निर्माता केन्द्रीय जनप्रतिनिधिहरु, कार्यपालीकाका मन्त्री तथा राष्ट्रपतिहरु, शेनाका जनरल स्टाफका सदस्यहरु, प्रहरीका प्रमुखहरु, कर्मचारीका सहसचीब, सचीब र मुख्य सचिबहरु, र न्यायपालिका क्षेत्रका जिल्ला, क्षेत्र र केन्द्रीय न्यायलयका न्यायधिसहरु हुनकालागि उनिहरुको सम्पूर्ण दक्षता उनिहरुको बौद्धिकता, योजना र जनहीतका बिचार हुने तर उनिहरुको सम्पत्ति राष्ट्रिय करण हुनु पर्ने ब्यबस्था हुने हो भने समाजको कुनै पनि क्षेत्र भ्रष्टाचार, तस्करी, घुसखोरी, ढीलासुस्ती, अनियमितता, अन्याय, नातावाद, कृपावाद जस्ता बिकृतिहरुबाट पूर्ण रुपले मुक्त हुने छ र यसप्रकारका समस्याहरु समाज र देशबाट समुल नष्ट हुनेछन् । यसले जनतामा समृद्धि ल्याउनेछ र नेतृत्वमा प्रसिद्धि ल्याउने छ । यो ब्यबस्थाले जनता र नेतृत्वको सम्बन्धलाई एक अर्कामा अहिलेको जस्तो दुस्मनी, शत्रुताको र अन्तरबिरोधी होईन, एकआपसमा अन्तरनिहीत, अन्तरसम्बन्धित, परिपुरक र सृजनात्मक बनाउने छ ।
मानिसलाई लाग्न सक्छ कि आबस्यकता अनुसारको दाम भनेको कति हुन्छ र यौटा राष्ट्रपति, मंत्रीहरु, शेनाका जर्नेलहरु, न्यायधिसहरु तथा सचीब स्तरका हजार भन्दा माथि हुने संख्याका कर्मचारीहरुलाई कति आबस्यक पर्छ ? यसको सिधा र सपाट कुरा के हुन्छ भने यी ब्यक्तिहरुले ब्यक्तिगत सम्पत्तिको प्रलोभनमा यौटा हस्ताक्षर गरेर देशका अस्मीता बेच्दा जति नोक्सान हुन्छ, देशका प्राकृतिक सम्पदाहरु बिक्रि गर्दा जति क्षति हुन्छ, जनतको भबिस्यमाथि खेलबाड गर्ने निर्णहरु गर्दा जनताले जति दुख पाउने गर्छ त्यो भन्दा हजारौ र लाखौ गुणा कम खर्चमा त्यो दर्जाका पदाधिकारीहरुको उचित ब्यबस्थापन गर्न सकिन्छ र उनिहरुको प्रतिष्ठा पनि अहिलेका शाशकहरुको भन्दा हजारौ गुणा बढी हुने छ ।
यस प्रकारको ब्यबस्थामा जो मानिसको निर्बाचनमा भागलिनेछ त्यसको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण भैसक्ने र ब्यक्तिगत सम्पत्तिबाट मुक्त हनुले अहिलेको जस्तो कुनै पनि ब्यक्तिको प्रतिस्प्रधा अमेरीका, बेलायत, फान्स जस्ता कथित सब्य र धनि मुलुक देखि तेश्रो बिश्वका असब्य र गरीब मुलुकका नेताहरुले कति सम्पत्ति चुनाबमा खर्च गर्छन्, कसले कति जालझेल गर्छ, कसले कति तागतको प्रयोग गर्छ भत्रे कुराबाट मापन गरीने छैन, कुन नेताबाट कुन प्रकारको बुझाई राख्दछः समाज, देश र बिश्वको निम्ती कस्तो प्रकारको योजना प्रस्तुत गर्दछ, मानब सब्यता र सम्बन्धको बिकाशकालागि कुन प्रकारको क्षमता राख्दछ र यस प्रकारको योजना कार्यन्वन गर्न कुन प्रकारको बैज्ञानिक एबं बौद्धिक ज्ञान राख्छ भत्रे कुराको प्रतिस्प्रधाबाट निर्धारित हुनेछ ।
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आठौ महाधिवेशनमा मालेमावादका यी सार्बभौम नियमहरुमा नयाँ प्रकारको ब्याख्या, अहिले दुनियामा भएका बिज्ञानको बिकाश र देशको बिशिष्ट परिबेशमा देखापरेका बिशिष्टताहरुको एकीकरण गरी एकीकृत रुपमा क्रान्ति सम्पत्र गर्ने बाटोमा मात्र जाने छैन कि नेपालमा क्रान्ति सम्पत्र भैसके पछि त्यसको बिकाश, बिस्तार र रक्षाकालागि बैचारिक, राजनैतिक, संगठनात्मक धरातल पनि पैदा गर्नेछ । यो महाधिवेशनले नेपाली जनता र नेपाली समाजलाई मात्र होईन, बिश्वको उत्पीडित जनतालाई समेत आआफने मुलुकहरुमा पूजीवादी सत्ताका बिरुद्ध हमला बोल्न, ती देशहरुमा नयाँ जनवाद र बैज्ञानिक समाजबादी क्रान्तिको सम्पत्र गर्ने उज्जल भविस्मा डो-याउने छ । हाम्रो पार्टीको आठौ महाधिबेशनसंगै ठुला–ठुला चुनौतिहरु खडा भएकाछन, तर भबिस्य पनि सुनौलो छ, उज्जल छ ।
(लेखक: नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा विदेश बिभाग प्रमुख हुन् )

प्रतिक्रियाहरु

[anycomment]