एकिकृत जनक्रान्ति र लोकमान प्रकरण बारे – चन्द्रबहादुर बुढा
आज फेरि देश भ्रमपूर्ण षडयन्त्रको जालोमा फस्दैछ । संसदीय व्यवस्थाका पक्षधरहरुले सयौ बर्ष देखि नेपाली जनताले अस्विकार गर्दै आएको असफल सिद्ध संसदीय राज्य व्यवस्थालाई गणतन्त्र रुपी रङले लिपापोती गर्दै नयाँ रुपले आफ्नो लुटपाटको स्वर्ग बचाई राख्ने मूर्खता गरिरहेको छन् । दुःखद र पिडादायी कुरा त के छ भने हजारौं जनताको त्याग, बलिदान र समर्पणले स्थापित माओवादी आन्दोलनका धरोहरहरु धरमराउँदै संसदवादी दल र तिनका मालिकहरुको तलुवा चाट्न विवश छन् र माओवादी आन्दोलनको गैरवमय इतिहास र सुन्दरतालाई मूल्यहिन बनाउन उद्दत छन् । केवल व्यक्तिगत स्वार्थ र सत्ताका लागि एक थरी राता मानवहरु दानवमा बदलिदैछन् र माओवादी आदर्शबाट टाढा टाढा हुँदैछन् आत्मसमर्पणवादी धोकेबाजहरु भने अर्काे थरि मान्छेहरु यसैको मौकामा जनताको विचमा भ्रमपूर्ण निराशा, त्रास र अविस्वासहरु भर्दै आफ्नो लुटको सत्ता सुदृढ गर्ने खेलमा चलाखी अपनाइरहेका छन् जे होस् अनैतिक धन्दा देशमा चलिरहेको छ परन्तु देश भ्रष्टाचार, कालोबजारी, तस्करी हत्या, हिंसा र कमिशन खोरीको पर्यायवाची वन्दै छ । यी तमाम खाले विशेषताको नेतृत्व दलाल पूजीबादी संसदीय व्यवस्थाले गरिरहेको छ । यसका मतियारहरुको रुपमा काँग्रेस, एमाले, माओवादी केन्द्र र केही साना शक्तीहरु देखा परेका छन् ।
यो एउटा प्रवृत्ति हो, दृष्टिकोण हो । जो राष्ट्र र जनताको लागि घातक प्राय निश्चित छ । यो निष्कर्ष सहित दलाल पूजीवादी संसदीय व्यवस्थाका विरुद्ध एकिकृत जनक्रान्ति तिव्र वेगमा अगाडी बढिरहेको छ । यसको नेतृत्व नेकपा माओवादीले गरिरहेको छ । अहिले गाउँ, वस्तीहरु अनि सहरका गल्ली गल्ली र चोकहरुमा एउटा आशा र विश्वासको दियो बल्न थालेको छ । नेपाली राजनीतिको परिदृश्य भित्र राष्ट्रघाती दलालहरु र देशभक्त क्रान्तिकारीहरु विचको भिषण संघर्ष हुने चित्र स्पष्ट देख्न सकिन्छ र चलिरहेको छ पनि । यसैका घटनाक्रमहरु क्रमश लिपुलेख सम्झौता विरुद्धको संघर्ष, भारतीय नाकावन्दी, सुकुम्बासी बस्ती माथिको कुरुप दमन, एनसेल प्रकरण, भारतीय कम्पनी जि.एम. आर. माथिको कारवाही, झापाको अवैध सुपारी उद्योग माथिको कारवाही, कालोबजारी र महंगी विरुद्धको संघर्ष, भारतीय एयर मार्शल सम्झौता विरुद्धको संघर्ष र भ्रष्टाचारीहरु विरुद्धको कारवाहीको उत्कर्ष रुप लोकमानसिंह प्रकरण आदि हुन् । यस्ता संघर्षका कार्यक्रमहरुमा देशभक्त सेना, प्रहरी, क्रान्तिकारी जनता र कम्युनिष्ट पार्टी (नेकपा माओवादी) को राम्रो सहकार्य भएको देखिन्छ । यसको अर्काे उदाहरण हो उपत्यकाको रुद्रमती, बागमती, विर अस्पताल, त्रिभुवन पार्क र नयाँ बसपार्क सरसफाईका कार्यक्रमहरु हुन् । जहाँ सेना, प्रहरी, जनता र माओवादीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसले जनता र राष्ट्रियताको जिवनमा उत्साह र उमंग थपेको छ । क्रमश ः जनताहरु संसदीय राजनैतिक फोहोरी खेलको रिङबाट बाहिरिदै क्रान्तिको सुन्दर मार्गतिर अघि बढ्न थालेको देखिन्छ । देशको बस्तुगत अवस्था, जनता र सत्ता बिचको अन्तरविरोध र सत्ताको चरित्रको सुन्दर व्याख्याको आधारमा तयार पारिएको एकिकृत जनक्रान्तिको राजनैतिक कार्यदिशाले व्यवहारिक रुप धारण गर्दैछ । दलाल र भ्रष्टाचारी विरुद्धको संघर्षमा लोकमानसिंङ प्रकरण एउटा ऐतिहासिक संघर्ष हो ।
अनुभूति
लोकमानसिंङ कार्कि एउटा नेपालको चर्चित नाम हो । नामुद दलाल, राष्ट्रघाती, भ्रष्टाचारी र तस्करीको उपनाम हो र यो एउटा खतरनाक प्रबृत्तिको रुपमा विकास हुँदै गइरहेको छ । यसको जन्मदाता दलाल संसदीय व्यवस्था र यसका मतियारहरु हुन् । लोकमान प्रबृत्ति नेपालको राजनैतिक, आर्थिक, प्रसासनिक, न्यायिक सबै क्षेत्रमा हाबी छ । यसको विरुद्धमा नेपाली जनता र नेकपा माओवादी निरन्तर संघर्षमा छन् । यहि प्रक्रियामा पार्टी र संगठनको योजनामा हामी लोकमानसिंङ कारवाहीमा सहभागी भयौं र यस कारवाहीको मोर्चामा कमानको भूमिका संगठनले ठोस गरिदियो । यो भूमिका पुरा गर्ने कुरा कम चुनौतिपूर्ण थिएन र जोखिमको अनुमान गर्न पनि कठिन थियो । झन् संयोग बस सर्वाेच्च अदालत परिसर भित्रै यो कारवाही गर्नु परेकोले ठूलो सुरक्षा घेराभित्र ख्क्ष्ए सुरक्षा सहितको राज्यको ख्क्ष्ए व्यक्तिमाथि जाईलाग्ने कुरा जिवन मरणको सवाल थियो । हामीले गौरवका साथ निर्णय ग¥यौं कि छातिमा हात राखेर, मुटुमा देश सजाएर, गंगालालहरुको योगदानले जहानीय राणा शासन ढलेको, हाम्रै आँखा अगाडी दिलबहादुर रम्तेलको बलिदानले राजतन्त्र ढलेको इतिहाँसलाई साक्षी राख्दै फेरि धोका र गद्दारीले पूर्नजन्म दिएको जनतामारा दालल पूजिवादी संसदीय व्यवस्थालाई ध्वसं गरि नयाँ जनवाद हुँदै बैज्ञानिक समाजवादको स्थापना खातिर नेपालका युवाहरुले एउटा साहस र विरता प्रदर्शन गर्नुपर्ने र राज्यको दायित्व पुरा गर्नुपर्ने ऐतिहासिक कार्यभार आएकाले कर्तव्य बोध गर्दै पार्टी र संगठनको योजना मुताविक लोकमानसिंङ कार्कीमाथिको कारवाही कुसलतापूर्वक सम्पन ग¥यौं र यसले दलालहरुको राज्यसत्तामा एउटा तरंग पैदा गरिदिएको छ भने जनतामा एउटा आशाको रक्तसंचार पैदा भएको छ । समय उथल पुथलको छ । यस्तो बेला स्वाभिमान नेपाली युवाहरुले एउटा साहसपूर्ण कदम चाल्नु पर्ने आवश्यकता छ । नकी दुई छाक भोक टार्नको लागि दलालहरुको गुलाम र दास बन्ने समय होइन । लाज छोप्नको लागि मरुभूमिका गल्लीहरुमा कुकुर झै भौतारिने समय पनि होइन । बरु मुक्त जिवन जिउने अधिकार प्राप्तीको संघर्षमा डट्ने बेला हो र २१ औं शताब्दीमा नयाँ इतिहाँस रच्ने बेला हो । यहि सन्देश दिन हामीले बरु हतकडी र जेल रोज्यौं । हामीलाई यो पनि थाहा थियो कि राज्यले यी विकृतिको विरुद्ध लड्ने स्वाभीमान नागरिकको सम्मान गर्ने हैसियत राख्दैन बरु दण्डित गर्छ । परन्तु ः हामीलाई सार्वजनिक अपराध र अदालतको मान हानी कसुरमा एक महिना जेल सजाय तोकिदियो । यहि सन्दर्भमा मेरो सहयोद्धा कम्रेड प्रकाश शाहीलाई सेन्टर जेलमा र मलाई भने सेन्टर कारागार भद्र जेलमा राखियो । यो प्रकरणमा सबै क्षेत्रबाट (न्याय प्रशासन, सुरक्षा, सञ्चार) खासगरि नेपाली जनताबाट पोजेटिभ रेस्पोन्स सहित बधाई र गर्भको भाव व्यक्त भएको पाइयो भने राजनीतिक कोणबाट हेर्दा एकिकृत जनक्रान्तिको कार्यदिशाले नेपालको वस्तुनिष्ट परिवेशको चित्र खिच्दै जनताको भावना र चाहनाको प्रतिनिधित्व गर्दै सहिदहरुको सपना पुरा गर्ने सुन्दर लक्ष्यको स्पष्ट मार्ग कोरेको कुरा लोकमानसिंङ कारवाहीको पक्षमा जनताले अभिव्यक्त गरेको अभिमतले पनि पुष्टि गरेको छ र भावी क्रान्तिको भविष्य निकै उज्वल र समृद्ध देखिन्छ ।
विर सहिद अमर रहुन् । शहीदहरुको सपना पुरा गर्नेछौं । एकिकृत जनक्रान्ति जिन्दावाद ।
( लेखक : अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् )