माओवादीको आठौं महाधिवेशन र पूर्वाञ्चलमा माओवादी रौनक – विकास

२०७३ फाल्गुन १ गते, आईतवार

माओवादी पार्टीको आठौं महाधिवेशन चलिरहेको छ । यो महाधिवेशन पार्टीको आन्तरिक र नियमित प्रक्रिया मात्रै होइन । यो केवाल औपचारिकताका लागि मात्रै पनि होइन । न त यो कुनै दैनिकी हो । बरु यो महाधिवेशन हाम्रो अगाडि यसरी उपस्थित भएको छ जो हाम्रो लागि भयानक चुनौति हो । महाधिवेशन सफल या असफल भन्ने बिषयले नेपाली राजनीतिको भविष्य निर्धारण हुँदैछ । मुलुक नयाँ क्रमभङ्गतासहित अग्रगमनतिर लम्कन्छ या पश्चगमनको दलदलमा भासिएर अनिश्चियको शिकार बन्छ ? यसको सफलता कि असफलता भन्ने प्रश्नको उत्तर हाम्रो हातमा छ । हामीले पूरा गर्ने कर्तव्य, अपनाउने पद्धति, द्वन्द्वात्मक भौतिकवादी बहस, धैर्यता र जिम्मेवारी बोधको उत्कर्ष आदि जस्ता शैली र विधिको आत्मसातीकरण र प्रस्तुतिकरण हाम्रो हातको कुरा हो जसलाई हामीले आफ्नो कावुभित्र राख्न सकिन्छ । महान उद्देश्य पूरा गर्न गलत शैली र क्रियाकलापबाट स्वयम् आपूmले आफैँलाई नियन्त्रण गर्न सकिँदैन भने बाह्य खरावीहरूलाई नियन्त्रण गर्न र राम्रा एवं सकारात्मक पक्षहरूको नेतृत्व गर्न पनि सकिँदैन ।
पार्टीले आठौं महाधिवेशनलाई विश्व समाज र राजनीतिको समीक्षाको आधार बनाउने उद्देश्य राखेको छ । महाधिवेशनबाट पारित गरिने राजनीतिक दस्तावेज विश्वक्रान्तिको दस्तावेजको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । यसका लागि आजको विश्वको आर्थिक प्रणाली, विज्ञान र प्रविधिमा भइरहेको विद्युतीय गतिको विकास, विश्वको धु्रवीकरण, साम्राज्यवादी धु्रवीकरण आदि जस्ता मुख्य बिषयहरूले आजको विश्वमानव चेतनामा परिरहेको प्रत्यक्ष प्रभाव र त्यसबाट बिकसित भइरहेको नयाँ विश्व अन्तरविरोधहरूको सही समाधानको लागि गहन छलफलको जरुरी छ । यी र यस्ता किसिमका यक्ष प्रश्नहरूको सही जवाफका लागि विश्व अन्तरविरोधका मूल कारणमा प्रवेश गर्नु र सूक्ष्म ढंगले अध्ययन गर्नु अत्यावश्यक देखिन्छ । मूलतः र विशेषतः आजको प्रधान बस्तु भनेको दर्शनको विकाससम्बन्धी प्रश्न हो । नेपाली समाजमा भनिने र सुनाइने सामान्य उखान पनि ‘सत्यको विजय’ हुन्छ भन्ने छ । माक्र्सवादी द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादको मान्यताअनुसार त झन् सत्य कै विजय हुने नै भयो । तर, आज विश्वमा जे जति घटना र क्रियाप्रतिकृयाहरू भइरहेका छन्, त्यसको मूल चरित्रमा सत्यभन्दा असत्य, भौतिकवादभन्दा अध्यात्मवाद हावी भइरहेको अवस्थामा छ । यो बिषय माक्र्सवादी क्रान्तिकारीहरूको लागि चुनौतीपूर्ण छ । तथापि असत्य जुन उचाइमा हावी हुन खोजिरहेको अवस्था छ, विद्रोह पनि त्यही उचाइबाट संगठित हुने आधारहरू संसारभर तयार भइरहेको छ ।
नेपाली राजनीतिक सन्दर्भमा मात्रै होइन, यो विश्व राजनीतिक सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक भएर गएको छ । परिवर्तनको यही विश्वव्यापी चाहना र आवश्यकताको मर्मलाई आत्मसात गरी क्रान्तिका लागि चाहिने कुशल दस्ता नेकपा (माओवादी¬ गठन भयो । नेकपा (माओवादी) गठन गर्दाका बखतको विषय सन्दर्भ र आज करिव २६ महिना पछिको समय सन्दर्भ धेरै फरक र विकसित अवस्थामा छ । नयाँ राजनीतिक परिवेशमा नयाँ ढंगको क्रान्ति उठान, संचालन र समापन गर्नुपर्ने आवश्यकता बोधका कारण पार्टीको आधिकारिक र सर्वोच्च निकाय आठौँ महाधिवेशनको प्रकृया सुरु भई जारी छ ।
आठौं राष्ट्रिय महाधिवेशन कार्यान्वयनको प्रकृयासँगै अभिन्न रूपमा जोडिएका तल्लो निकायका सम्मेलनहरू पनि सम्पन्न भइसकेको छ । पार्टी केन्द्रले महाधिवेशनको आवश्यकता र महत्वलाई जे जसरी रूपमा लिएको छ, तल्ला इकाईका सम्मेलनहरू सम्पन्न गर्ने प्रक्रियामा सिंगो कार्यकर्ता पंक्तिमा पनि प्रत्यक्ष प्रभाव परेको छ । महाधिवेशनको मिति निर्धारण गरिँदाको बखतको पार्टीले गरेको आँकलन र तल्ला निकायहरूमा केन्द्रीय कार्यालयबाट निर्देशन पछिको कार्यकर्ताले गरेको आँकलनभन्दा सयौं गुणाले पार्टीले नयाँ गति हासिल गरेको छ । जनयुद्धका समयमा पनि पश्चिमको तुलनामा अलिक पछि नै रहेको पूर्वाञ्चलको माओवादी गतिविधिले अहिले आएर एउटा उत्कर्ष पैदा गरेको छ । पूर्वाञ्चलमा पार्टी हरेक दृष्टिले पश्चिमको तुलनामा धेरै नै पछि परेको र असन्तुलनको स्थिति पैदा भई समग्र क्रान्तिको विकासमा कठिनाई पैदा हुने चिन्ताको विषयमा केन्द्रिय समितिमा छलफलको विषय समेत बनेको थियो । तर, जब राष्ट्रिय महाधिवेशनको तयारीलाई पार्टीले महाअभियान र उत्सवको रूपमा लिएर जनतामाझ कार्यकर्तालाई पठायो तब छोटै समयमा पार्टीमा सम्पूर्ण रूपले विकास भएर आयो । निराशा, कुुण्ठा, अविश्वास, पश्चाताप, अनिश्चयजस्ता चिन्तालाग्दो अवस्थाबाट नयाँ जोश, उत्साह, तन्दुरुस्ती, आशा, विश्वास र सक्रियतामा विकास हुन पुगेको छ । वडा, गाऊँ, नगर र जिल्ला सम्मेलनसम्म आइपुग्दा संगठन, राजनीति, प्रचारप्रसार, संघर्ष, कारवाही तथा पार्टी सदस्य विस्तार र धु्रवीकरणको हिसावले समेत पूर्वाञ्चलको पार्टीले अपत्यारिलो छलाङ मारेको छ । अहिले आमकार्यकर्ता तहमा नयाँ जोश र उत्साहको तरंग नै पैदा भएको छ । यस बीचमा अभियान र भेटघाट कार्य पनि व्यापकतामा सम्पन्न भएको छ । शहीद परिवार, बेपत्ता परिवार र घाईते तथा अपाङ्ग योद्धाहरूसँगको भेटघाट पनि अति फलदायी भयो । जिल्लाहरूले आपूmलाई आएको जिम्मेवारी पूरा गर्ने र व्यूरो स्तरमा अभियानहरू संचालन गर्ने कार्य युद्ध स्तरमा नै सम्पन्न भए । सम्मेलनहरू सम्पन्न गर्ने अभियान कै समयमा दलित, महिला, सुकुम्वासी, विद्यार्थी, मजदूर, युवा, किसान र विशेष टीमका सांगठनिक र राजनीतिक अभियानहरू भव्य एवं शानदार रूपमा सम्पन्न भयो । पार्टी केन्द्रले कार्यान्वयनका लागि निर्देशित गरेका संघर्षका अधिक कार्यहरू सफलता पूर्वक सम्पन्न गरियो । पर्चा वितरण, भित्तेलेखन जस्ता प्रचारात्मक कार्यहरू व्यापक मात्रामा सम्पन्न गरियो । मोरङ्ग जिल्लाको विराटनगरबाट सुरु भई सुनसरी जिल्लाको इटहरी, धरान, भेडेटार, धनकुटाको धनकुटा बजार, हिले, पाख्रीवास, सिधुवा हुँदै तेह्रथुम जिल्लाको संखुवासभासम्मका मुख्य सहर बजार र मुख्या सडकछेउका भित्ताहरूमा व्यापक भित्तेलखन गरिएको छ । गाउँगाउँमा समेत भित्तेलेखन कार्य गरिएको छ । विशेष युवाको दुईवटा टोलीले एउटाले संखुवासभाबाट र सुरु गरी धनकुटा, सुनसरी हुँदै मोरङ्ग झ¥यो भने अर्को टोलीले विराटनगरबाट सुरु गरी सुनसरी, धनकुटा हुँदै संखुवासभातिर चढ्यो । दुवै टोलीले व्यापक मात्रामा भित्तेलेखन संगै राजनीतिक, सांगठनिक र भेटघाटलाई तीव्रै बनायो ।
यसरी पूर्वाञ्चलको कोशी व्यूरोमा समग्र राजनीतिक कामकारवाहीहरू संचालन गरियो । महाधिवेशनको तयारी प्रक्रिया र तल्ला निकायहरूको सम्मेलनहरू सम्पन्न गर्ने चरणबद्ध अभियानका क्रममा प्राप्त परिणाम र उपलब्धिले कोशी व्यूरोलाई नयाँ सम्भावना र नयाँ चुनौतीको स्तरमा उठाएको छ । क्रान्तिकारी, देशभक्त, राष्ट्रवादी तथा परिवर्तनकारी शक्ति र हिस्सामा व्यापक उत्साह र जागरुकता पैदा भएको अवस्था छ भने दलाल तथा प्रतिक्रियावादी कित्तामा आतंक र त्रास पनि फैलिएको छ । यी समग्र गतिविधि र यसबाट प्राप्त उपलब्धि पछि विकसित नयाँ मोडले माथि देखि तलसम्मका पार्टी पंक्ति तथा नेता, कार्यकर्ताहरूले अति जिम्मेवारी वोधका साथ अगाडि बढ्नु पर्ने खवरदारी गरेको छ । एकदम नगण्य हिस्साबाहेक अधिकाँश जनहिस्सामा शक्ति र सत्ताका हिसावले नयाँ विकल्पको खोजीमा लागेका छन् । यो करिव पाँच महिनाको अभियान र परिणाम तथा त्यसले नेपाली समाज र राजनीतिमा थपेको उत्साह, विश्वास र प्रेरणाले के कुराको थप पुष्टि गरेको छ भने, नेपालमा क्रान्ति अत्यावश्यक छ र त्यो सम्भव पनि छ । यसका लागि सर्वप्रथम क्रान्तिकारी शक्ति नै क्रान्तिकारी शक्ति जस्तो बनाउनु पर्दछ । क्रान्तिकारी कार्यदिशा, यसलाई कार्यान्वयन गर्ने अनुशासित संगठन, बलियो केन्द्र, र अद्भूत सक्रियताको आवश्यकता हुन्छ । बलियो केन्द्रियताको आधारमा जनवाद, केन्द्रमा एउटा बलियो नीति निर्माण टोली, तथा बिचार, दर्शन, राजनीतिले लैस र क्रान्तिकारी संस्कार, संस्कृति र शैली भएको एउटा बलियो दस्ता तयार गरी अगाडि बढ्ने हो भने जनताले जहिले पनि जहाँ, जतिसुकै बेलामा पनि साथ दिने देखियो । यसका लागि चालु महाधिवेशनमा हामी सम्पूर्ण नेता तथा कार्यकर्ताहरूले आपूmलाई केवल औपचारिकताका लागि मात्रै होइन, एउटा महत्वपूर्ण पात्रको रूपमा माहाधिवेशनमा प्रस्तुत गर्नुपर्ने खाँचो पनि देखियो । पार्टी नेतृत्वले त झन हजारौं गुणा कसरत गर्नु पर्दछ । प्रचण्ड र बाबुरामहरूले जस्तो आपूmलाई मात्रै अन्तिम बुजु्रक र अन्तिम बहादूर ठान्ने सामन्तवादी अहमताको शिकार बन्ने कमजोरी हामीले गर्नु हुँदैन । हरेक वस्तु र पदार्थमा गति हुन्छ र गतिले नै त्यो वस्तुको विकास हुन्छ भन्ने गति सम्बन्धि नियम पनि पुरानो भइसक्यो । अहिलेको विज्ञानमा टाईम डिफिरेन्स (समयको भिन्नता) को विषय बहसमा अगाडि आइसकेको छ । यहाँ पहिले जस्तो युग, शताब्दी, बर्ष, महिना, साता वा हप्ता आदिको कुरा होइन । आजको गति विज्ञानमा घण्टा र मिनेट पनि लामो भएर सेकेण्डभन्दा तल मिलिसेकेण्डको बहस चलिरहेको छ । यसर्थ आजका २१ औं शताब्दीका क्रान्तिकारीहरूले लेनिनको पुच्छर समाएर होइन, माओको व्याख्या गरेर होइन, जनयुद्धको व्याज खाएर पनि होइन एक सेकेण्ड अगाडिको बस्तु अर्को सेकेण्ड पछि अर्कै अवस्था र आकारमा विकास हुन्छ भन्ने गतिको विकास र नियमलाई दह्रोसंग पक्रेर अगाडि बढ्नु पर्दछ । माक्र्सवाद–लेनिनवाद(माओवाद मात्रै जपेर आजको क्रान्तिको नेतृत्व गर्न कदापि सम्भव छैन । जनयुद्ध पूर्व अर्थात् २०५२ अगाडिको माओवाद र आजको माओवाद एउटै र उस्तै हुनु सम्भव छैन । यसर्थ आठौं राष्ट्रिय महाधिवेशनले हल गर्नु पर्ने यति धेरै विषयहरू छन् । यो महाधिवेशनको बहसको विषय बिचार केन्द्रित हुुनुपर्दछ र बनाउनु पर्दछ । विचार र कार्यदिशाको बहस जेसुकै होओस् तर मैले चाहिँ पद पाउनै पर्छ भन्ने गलत र गैरजिम्मेवार सोच यदि कसैको छ भने कृपया महाधिवेशनको बन्द सत्रमा प्रवेश गर्नु अगावै बाहिरै फालेर प्रबेश गरौँ । यस तरिकाले अगाडि बढ्ने हो भने निकट भविष्यमा नै नेपालमा नयाँ समाजवादी व्यवस्था उदाउन सक्ने प्रचुर सम्भावना छ । सबै सचेत बनौँ । युगको नेतृत्व गरौं । मानव कर्तव्य पालना गरौं ।
(लेखक : नेकपा (माओवादी)का पोलिटव्यूरो सदस्य हुन् ।)

प्रतिक्रियाहरु

[anycomment]