चुनाव रोकि देशलाई द्वन्दबाट जोगाउ – इस्लाम हवारी

२०७३ चैत्र ४ गते, शुक्रबार

देशलाई फेरि एकचोटि सामन्तवादी र समराज्यवादी शक्तिले नेपाललाई कथित चुनावको नाममा गृह युद्धतिर लगिरहेका छन । अब आम नेपाली जनताले सोच्ने समय आइ सकेको छ । किन कि पहिला राणा थिए जनतालाइ दास बनाएर राज्य गरे त्यस पछि राजा आए रइथाने बनाएर राज गरे । त्यस पछी बहुदल आयो जनता लाई बेवकुफ बनाएर राज गरे । कारण :- नेपाली जनता जहिले पनि शान्तिको पक्षमा थिए । जो आए त्यसलाइ स्विकारे र बसे । त्यस पछि देशमा माओवादी ले जनयुद्ध गर्यो । मधेशले जनआन्दोलन गर्यो । नतिजा राजाको राज शासन अन्त्य भयो । लडाइ संघीयता र पहिचान समेतको अधिकारको भावना थियो ।त्यस लाई काङ्ग्रेस र एमाले ले जनतामा भ्रम छरी पहिचानलाई जातियेमा कन्भर्ट गरे र जनतालाई भ्रमित पारी द्वन्द निमत्याइ पहिलो संविधान सभा खारेज गराए । कारण त्यो संविधान सभामा उनीहरुको संख्या कम थियो । त्यसैले मधेशी नेतृत्वलाई मिलाइ आफ्नो पुरानो सत्ता जोगाउन तिर लागे जनता मा अधिकार दिन्छौ भन्दै भ्रम छर्दै चुनाव लडे । चुनावमा सघियाता र अधिकार नदिने पक्षधर काङ्ग्रेस र एमाले को बहुमत आयो । जसले परिवर्तन चाहेकै थिएन्न । त्यही काङ्ग्रेस, एमाले र नंया संसदीय साथी माके ले दुई तिहाइ बहुमत को बलमा संसदीय ब्यवस्थाको संविधान थोपारे । त्यही देखि देशमा अन्योल को बाताबरण बन्यो । कारण :- पहिलो संविधान सभामा सम्पुर्ण सदस्यहरु (काङ्ग्रेस बाहेक) प्रत्यक्ष निर्वाचन प्रणाली बाट राष्ट्रपति वा प्रधानमन्त्री चाहिन्छ भन्ने पक्षमा थिए । संसदीय ब्यवस्था को बिरुधमा थिए । मधेश, मुस्लिम तथा दलित जनजाती पिछडा वर्ग समेत संविधान घोषणा भएकै समय देखि आन्दोलनरत थिए । त्यो पनि रक्तपात पुर्ण आन्दोलन भयो । पछिम तिर थारु जनजाति आन्दोलनमा प्रहरी समेत आम जनता २० जना को हत्या काङ्ग्रेस को सरकार मा गरियो । मधेश आन्दोलनमा आफ्नो अधिकार माग्दा एमाले के.पि. को संसदीय सरकारले ६० जना नेपाली मधेशी जनताको हत्या गर्यो । हाल को माके प्रचन्ड्को सरकारले सिमाङ्कन सन्सोधनको पक्ष आवाज उठाउदा । सप्तरीको मलेठमा ५ जना नेपाली मधेशिको टाउको गोलि हानी हत्या गरियो र ३० भन्दा बढिलाइ घाइते परियो । के यो संविधान जनताले चहेको हो ! होइन । यो संविधान आम जनताको लागि होइन संसदीय ब्यवस्था मान्ने को लागि मत्र लादिएको संविधान हो । त्यसलाइ हातारमा लागू गराउन को लागि चालिएको कदमहो । किन यस्तो वातावरण बनाइयो । संविधान कसको लागि नेपाली जनताको लागि कि केही भारत प्रस्त र अमेरिकि प्रस्त मान्छे को लागि । प्रश्न याहा उमिएको छ । अहिले नेपालमा स्थानिय तह को चुनाव बैशाख ३१ गते गर्ने भने सरकार ले उर्दी जारी गरेको छ । किन ? यो देशमा आफैले भन्छन देश संघीय गणतन्त्र भइ सकेको छ । त्यसकै आधारमा संविधान बनेको छ भन्छन । अब किन संविधान बिपरित काम गर्न थाल्यो । यो सरकारले संघीय ब्यवस्थामा निर्वाचन प्रणाली यस्तो प्रकारको हुन्छन । १) संघले प्रदेशको निर्वाचन गराउछ । २) प्रदेशले स्थानीय निर्वाचन गराउ छ । तर याहा पन्चायत शैली जस्तै संघ र प्रदेश बनी सकेपनि केन्द्र (संघ) ले स्थानीय चुनाव गराउन खोजेको यो काहाको प्रावधान हो । यो प्रक्रिया उल्टो र गलत छ । यात भन्नु पर्यो हामी जे गर्छौ त्यो सब सहि हो । यो चुनाव लाई सामन्तवादी को चुनाव भन्नेर देशमा क्रान्तिकारी शक्तिले ससक्त बहिस्कार गर्ने घोषणा गरि सकेका छन ।जस्को लडाइबाट देशमा नंया परिवर्तन भएको छ । उसैलाई पाखा लगाएर संसदीय ब्यवस्था लादेर आफ्नो हिसाबले संविधान लेखे । त्यस लाई के क्रान्तिकारी शक्ति नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) , नेपाल क्रान्तिकारी माओवादी , मसाल, कम्युनिष्ट ध्रुबिकरणहरु लगायत सम्पुर्ण मधेशका पार्टीहरु र साना ठुला २० औ पार्टी हरु मिलि स्थानीय चुनाव को बिरोधमा उभिएका छन । हिसाब गर्दा ७५% आम जनता र पार्टी हरु यो स्थानीय तहको चुनाव को पक्षमा छैन्न । यदियो सरकार ले बन्दुक को भरमा चुनाव गराउन खोज्यो भन्ने । जनता पनि चुप लागाएर बस्नेवाल छैन्न । अब देशमा अर्को लडाइ को तैयारी हुँदै छ । अब देशमा शान्ति चाहियो भने । तुरुन्त चुनाव रोकि देशका सबै शक्ति सित एक चोटि फेरि वार्ता गरि संसदीय ब्यवस्ता खारिज गरी । नंया संविधान र सिमाङकन गर्न कोसिस गरौ । देशका सबै वर्ग, समुदाय, मधेश लगायत क्रन्तिकारी शक्ति लाई वार्ता लयाइ । देश लाई लडाइ बाट बचाउनु पर्यो । मधेशी र पहाडीयाको भेदभाव हटाउनु पर्यो । हामी सबै नेपाली हौ । अब याहा बन्दुकको शक्ति बाट राज्य चल्दैन । यो आधुनिक योग हो । एसमा बन्दुकको धाक चल्दैन । अहिले को नेपाली जनता मिसाइल सरहनै छ । समयमै बुझ्नु पर्छ । नेपाल रहे मधेश, पहाड, हिमाल, मधेशी, मुस्लिम, दलित, जनजाती, अन्य सबै रह्ने छन । हामी पनि बाच्ने छौ र सामन्तिवादी लाई लखेट्ने छौ ।
एकीकृत जनक्रान्ति जिन्दावाद । बैज्ञानिक समाजवाद जिन्दावाद ।

प्रतिक्रियाहरु

[anycomment]