अनुगमन र माध्यमिक शिक्षा परिक्षा – प्रशान्त लामा दोङ

२०७३ चैत्र ९ गते, बुधबार

आज मुलुकको संरचना पुर्नसंरचना पश्चात शिक्षामा पनि आम संरचनामा फेरबदल भएको देखिन्छ ।अब प्रश्न परिवर्तित शैक्षिक संरचनाले विकासमा फड्को मार्ला ? बास्तवत परिवर्तित संरचनामा संञ्चालित परिक्षा प्रणालीले परिवर्तित संघिय संरचनाको विकास गर्ला ? आज हामी शिक्षा जगतमा प्रवेश गरेका मान्छेहरूलाई माध्यमिक शिक्षा परिक्षामा जि . शि . का ले अनुगमनको नाममा खटाएको शैक्षिक अनुगमण टोलि देख्दा लाग्छ , कतै शिक्षाको जिम्बेवार निकाय जि.शि.का गैरजिम्बेवार तरिकाले प्रस्तुत भएको त होइन , अनुगमण परिक्षा शिक्षाको शैक्षिक गुणस्तर बृद्धिको लागि कि राजनीतिको नाममा शैक्षिक क्षेत्र डामाडोल पार्नको लागि हो ? के परिक्षाको अनुगमनको लागि कुनै शैक्षिक मापदण्ड र अनुभवको आवश्यकता छैन ? जि .शि .का ले अनुगमणको नाममा अमूक राजनीतिक दलको भातृ संगठनलाई परिक्षा अनुगमण गर्न लगाउने हो कि लामो समयसम्म शिक्षा क्षेत्रमा अनुभव सँगाले शैक्षिक बुद्धिजीविलाई अनुगमण गर्न लगाउने ? अनुगमण कर्ताको काम परिक्षालाई मर्यादिद बनाउने हो कि परिक्षालाई मर्यादित दिशाबाट बिपरित दिशातर्फ मोड्ने ? अनुगमण कर्ताको काम परिक्षाको नीति बिपरित परिक्षा बाहिराको क्रियाकलाप सच्याउने हो कि नीति बिपरित कार्यलाई बढवा दिने ? आज परिवर्तित संरचनामा सञ्चलित परिक्षा र अनुगमण टोलिको सिफारिस गर्ने प्रत्यक जि.शि . का लाई प्रश्न गर्ने बेला आएको छ ? एउटा अनुगमण कर्ताले परिक्षा हलभित्रको परिक्षा स्थिति रिपोर्टिङ दिन सक्तैन भने जि.शि.का ले के आधारमा अनुगमणको लागि सिफारिस पत्र दियो ? अनुगमण कर्ता स्वयम परिक्षाको मर्यादा बिपरित परिचालित हुन्छन भने जि.शि .का को भूमिका के ? एउटा अनुगमण कर्ताले परिक्षा हलबाहिरको परिक्षाको मर्यादा बिपरित क्रियाकलाप न्यूनिकरण गर्न सक्तैन भने अनुगमण कर्ताको औचित्य के ? हामी इतिहासको एउटा चरणमा छौँ , परिवर्तित संरचनाको सन्तुलित बिकासको लागि योग्य जनशक्ति खाँचो छ । हिजो केन्द्रिकृत राज्य प्रणालीले शैक्षिक विकासको लागि पाएको अधिकार आज जिशिकाले पाएको छ । यो एकदम सुखद पक्ष हो तर जिशिकाले माथि उल्लेखित समस्य र चुनौतिको न्यूनिकरण गर्न सकिएन भने जिशिकाकालाई परिवर्तित सन्दर्भको परिक्षा चलाउन हैसियत राख्दैन र महत्व छैन ।आज शिक्षामा राज्यले लगाएको लगानी बालुवाको पानी साबित भएको छ । एउटा विद्यार्थी दश बर्ष पढ्छ , उसको दश बर्षमा प्राप्त गरेको शैक्षिक सर्टीफिकेट अरब सागरमा भेडा चराउन योग्य हुन्छ भने दश बर्ष सम्म गरेको राज्यको लगानीको औचित्य के ? बाह्र बर्ष पढेर जपानको कारखानामा चौध घण्टा सामान लोड अनलोड गर्ने जनशक्ति मात्रै उत्पादन हुन्छ भने शिक्षाको औचित्य के ? शिक्षाले मुलूक विकास प्रति झुकाब जनशक्ति उत्पादन गर्न सक्तैन भने शिक्षाको औचित्य के ? आज परिक्षा प्रणालीमा परिक्षाको मर्यादा बिपरित देखिएका क्रियाकलापले शिक्षामा अभिभावकको चिन्तनमा नकरात्मक प्रभाव परेको देखिन्छ । परिक्षा परिक्षार्थीको क्षमता मापन गर्ने माध्यम मात्र होइन , परिक्षार्थीलाई क्षमता अभिवृत्तिको लागि सुधारको लागि सचेत गराउने एउटा विधि हो , परिक्षा परिक्षार्थीको सहभागिताको प्रमाण पत्र दिलाउने औपचारिक क्रियाकलाप होइन ,योग्य जनशक्ति छनोट गरि जनशक्तिलाई गतिशील बनाउने एउटा प्रक्रिया हो तर आज निजि विद्यालयले शिक्षालाई ब्यापारिकरण गरेर विद्यालयहरू बीचको अन्तरबिभेद सिर्जना गराउन खोज्ने , अनि सरकारी विद्यालयमा बिकृत राजनीतिको मियो जमाउन खोज्ने राजनीतिक प्रवृत्तिले नेपालको उत्पादनमूलक जनशक्तिको खडरी मुलुक भित्र सिर्जना हुने संभावना देखिन्छ , यसको अर्थ राजनीति शिक्षामा आवश्यक छैन भनेको भने हैन । शिक्षामा राजनीति गर , केबल बिकासको निम्ति । शिक्षामा राजनीतिक प्रतिस्पर्धा गर , शैक्षिक असन्तुलन पैदा गर्नको निम्ति होइन , गुणात्मक शैक्षिक विकासको निम्थि गर । तर आज चपाउने दाँत लुकाएर देखाउने दाँतले किमार्थ प्रभावकारी छैन । यसैले माथि उल्लेखित तमाम सामाजिक समस्या र चुनौतिको समाधान गर्ने र सामना गर्ने बिकल्प खोजि गर्न सम्बन्धित निकायको ध्यान जाओस् , अन्थथा कुनै पनि बेला मुलक महा भयाङ्कर भूमरीमा फस्ने पक्का छ ।

प्रतिक्रियाहरु

[anycomment]