स्थानीय निर्वाचनविरुद्ध जुर्मुराएका स्रष्टा – खेम थपलिया
नेपाल कम्युनिस्ट पार्टीको नुवाकोटमा बसेको केन्द्रीय समितिको बैठकले शिक्षा, साहित्य तथा संस्कृति विभाग गठन ग¥यो । पार्टीका केन्द्रीय समिति सदस्य आरपी तिमिल्सिना प्रमुख रहनुभएको सो विभागका सदस्यहरूमा कौशल, खेम थपलिया, निभा शाह, शोभा दुलाल, लव प्रधान, खोमा तरामु र ध्रुबलाल शर्मा रहेको जानकारी भयो । साथै, नेपाल कम्युनिस्ट पार्टीले करिब एक महिना देशभर कविताका माध्यमबाट कथित स्थानीय निर्वाचन खारेज गर्ने अनि सरकारी योजनाको भण्डाफोर गर्नेगरी कार्यक्रम सञ्चालन गर्न केन्द्रीय योजना तय गरेर मातहतका समितिमा सर्कुलर सम्प्रेषण ग¥यो । पार्टी केन्द्रले तय गरेको निर्दिष्ट कार्यक्रमको समय र स्थान तालिका यस्तो थियो कञ्चनपुर– चैत २०, कैलाली– चैत २२, बर्दिया– चैत २५, सुर्खेत– चैत २७, दाङ– चैत २९, काठमाडौं– वैशाख ३, हेटौंडा– वैशाख ५, लाहान– वैशाख ७, धरान– वैशाख ९, मेची– वैशाख ११, चितवन– वैशाख १३, तनहुँ– वैशाख १५, बाग्लुङ– वैशाख १७, जुम्लालगायत ।
पार्टीका केन्द्रीय समितिका सदस्य एवम् विभाग प्रमुख आरपी तिमिल्सिनाको उपस्थितिमा विभागको पहिलो बैठक काठमाडौंमा बस्यो । बैठकमा कौशल, खेम थपलिया, निभा शाह र शोभा दुलालको उपस्थिति थियो । बैठकले पार्टी केन्द्रले दिएको जिम्मेवारीलाई कुनै पनि हालतमा भव्यतापूर्वक सफल पार्ने प्रतिवद्धता जाहेर ग¥यो । नेपालको पश्चिमी क्षेत्रका पाँच स्थानमा विभागीय प्रमुखसँगै विभाग सदस्य खेम थपलिया जाने कुराको पनि निधो गरियो । साथै, बैठकले नेपाल कम्युनिस्ट पार्टी, शिक्षा, साहित्य तथा संस्कृति केन्द्रीय विभागद्वारा आयोजित मूल शीर्षक ‘राष्ट्रिय स्वाधीनता एवम् समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ तय ग¥यो । यसको मूल ब्यानर, चिठी–पत्र, आर्थिक व्यवस्थापन, सम्पर्कलगायत काम सम्पन्न गरेर विभाग आफ्नो कार्यक्षेत्र पश्चिम नेपालतर्फ हानियो ।
देशमा विस्तारै स्थानीय निर्वाचनको माहोल तात्दै थियो । सबैलाई स्थानीय निर्वाचन लागे झैँ हुन थालेको थियो । हामीलाई पनि स्थानीय निर्वाचन लागेको थियो । अरूहरूलाई स्थानीय निर्वाचन कुनै पनि हालतमा टिकट लिने, जित्ने र ब्रह्मलुट गर्नु थियो भने हामीलाई चाहिँ सकेसम्म स्थानीय निर्वाचन हुनै नदिने, निर्वाचनमा बाकस राख्नै नदिने, राखिहाले भने पनि त्यो बाकसलाई खाली गरिदिने र त्यसका लागि जनताका बीचमा गएर अपील गर्नु थियो । वास्तवमा हामीलाई हजारौँ थबाङ जन्माउनु थियो ।
हाम्रो टोली २० गते जसरी पनि कञ्चनपुरको महेन्द्रनगर पुग्नु थियो । आवश्यक व्यवस्थापन र संयोजन गर्नका लागि विभागीय प्रमुख आरपी तिमिल्सिना एकदिनअघि नै त्यसतर्फ जानुभयो । म काठमामाडौंबाट १९ गते बिहान महेन्द्रनगरका लागि बस चढेँ । पृथ्वी राजमार्गका विभिन्न ठाउँका अवरोधलाई छिचोल्दै रातको १० बजेतिर अत्तरिया पुगेँ । त्यहाँ सहयोद्धा हिमशिखर सम्पर्कमा आउनुभयो । त्यो रात अत्तरियाकै एक होटलमा वास बसियो । दिनभरको यात्रामा बसको उफ्राइ र रातभरको लामखुट्टेको गीत–सङ्गीत चानचुने थिएन । त्यै पनि त्यो रात अत्तरियामा ताली पिटेरै बित्यो । भोलिपल्ट सबैरै स्थानीय पार्टीका कमरेडहरू आउनुभयो । उहाँहरूसित वैचारिक÷राजनीतिक कुराकानी भए । माओवादी केन्द्र र क्रान्तिकारी माओवादीसित आवद्ध कमरेडहरूसित पनि भेटघाट भयो । उहाँहरूसितको कुराकानीले मन चङ्गा भयो । पश्चिममा हाम्रो पार्टीको अवस्था मजबुत रहेको आभास भयो । त्यहाँबाट बस चढेर हामी महेन्द्रनगर पुग्यौँ ।
महेन्द्रनगर पुग्दा गर्मीले उत्पात मच्चाइरहेको रहेछ । त्यहाँ आरपी तिमिल्सिनासित भेट भयो । अग्नि, अर्जुनलगायत कमरेडहरूसित पनि भेट भयो । उहाँहरूले हामीलाई सेल्टरमा लिनु भयो । सेल्टरमा हामीले झोला बिसायौँ । त्यहाँ गजलकार कर्ण दयालसित पनि भेट भयो । विद्यार्थी नेता वीरेन्द्र शाहको व्यवस्थापन तारिफ गर्न लायक थियो । सेल्टरनजिकै रहेको एक होटलमा खानाको व्यवस्था गरिएको रहेछ । खाना खाएर एकछिन सेल्टरमा आराम गरियो । केही राजनीतिक, वैचारिक र कार्यक्रमका विषयमा कुराकानी हुँदै गर्दै महाकाली नदीले दिएको दुःख र भारतीय एसएसबीको ज्यादतीको कुराकानी भए । मलाई महाकाली नदी, त्यहाँको पुल, त्यहाँ मानिसका आवत–जावत हर्ने पुरानै इच्छा थियो । अलिकति समय रहेको जानकारी भएपछि मलाई दीपक ओझाले बाइकमा राखेर सिमाना देखाउन लैजानुभयो । एसएसबीले परेसम्म बाइक लैजान दिएन । वरै बाइक राखेर हामी त्यहाँ पुग्यौँ । नेपाल–भारत सीमाक्षेत्र सा¥है अस्तव्यस्त रहेछ, नरमाइलो अनुभव भयो । अझ त्यहाँको सीमा मिचिएको, भारतीयहरूको ज्यादतीको कथाले मनै अमिलो भएर आयो । एकपटक सिंहदरबारका शासकलाई ‘थुक्क’ भन्न मन लाग्यो । त्यहाँ महाकाली पुलको तस्बिर लिन नदिइँदो रहेछ तर पनि दीपकजीले चलाकीपूर्वक हाम्रोे संयुक्त सेल्फी लिनुभयो । त्यसपछि हामी फर्कियौँ र कविता कार्यक्रमस्थलतर्फ लाग्यौँ ।
कञ्चनपुर–महेन्द्रनगर : ‘राष्ट्रिय स्वाधीनता एवम् समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ को पहिलो कार्यक्रम चैत २० गते कञ्चनपुरको परिवार नियोजन सङ्घको जिल्ला कार्यालयको सभाकक्षमा कार्यक्रम राखिएको रहेछ । त्यो सभाकक्षको नाम द्वारिकादेवी ठकुरानी राखिएको रहेछ, जो नेपालको पहिलो महिला मन्त्री हुनुभएको थियो । कार्यक्रम सुरु भयो, विभाग प्रमुख आरपी तिमिल्सिनाले कार्यक्रमको अध्यक्षता गर्नुभयो । सञ्चालनको जिम्मा हिमशिखरले लिनुभयो । यो हाम्रो अभियानको पहिलो कार्यक्रम पनि थियो । सभाकक्ष खचाखच थियो । नेकपा, महाकाली ब्युरो कार्यालय सदस्य अग्नि, कञ्चनपुर सचिव अर्जुन एवम् नन्दबहादुर रोकायालगायत अतिथि हुनुहुन्थ्यो । त्यहाँ महाकाली साहित्य सङ्गमका वर्तमान अध्यक्ष हरिशप्रसाद जोशी, महाकाली साहित्य सङ्गमका पूर्व अध्यक्ष वीरबहादुर चन्द आदिको उपस्थिति थियो । अभियानमा विनोदप्रसाद भट्ट, सिद्ध आचार्य, रमेश पन्त, प्रेम भट्ट, हेमराज शर्मा, कर्ण दयाल, भुवन बोहोरा, कृष्ण नेपाली, पारश बोगटी, कैलाशचन्द्र, जानकी बोहोरा, ओमप्रकाश जोशी, प्रविण, नन्दबहादुर रोकाया, उत्तरा खत्री, वीरेन्द्र भट्ट, खगेन्द्र ऐर, हरिशप्रसाद जोशी, वीरबहादुर चन्दलगायत २ दर्जन जति स्रष्टाहरूले आ–आफ्ना सिर्जना वाचन गर्नुभयो । सबै स्रष्टाका एउटै आवाज थियो कि वर्तमान सत्ता जनताको विपक्षमा छ, स्थानीय निर्वाचन समस्याको समाधान होइन । कार्यक्रमको अन्त्यमा वाचित रचनाहरूको समीक्षा मैले गरेको थिएँ । त्यो अवसरमा कर्ण दयालद्वारा लिखित ‘आँखासामु’ गजलसङ्ग्रहको सार्वजनिकीकरणसहित र समीक्षा पनि गरिएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष एवम् विभाग प्रमुखले उचाइबाट विषय राखिसकेपछि सभाहल भावोद्वोलित भएको थियो । त्यहाँ बाँकावीर र भीमदत्तको गहिरोगरी स्मरण गरियो ।
भोलि मात्र कैलालीको धनगढी जाने सल्लाह भएपछि हामी बेलुकीपख महाकाली नदीमा रहेको एसियाकै दोस्रो लामो झोलुङ्गेपुल हेर्न हिमशिखर, वीरेन्द्र शाहका साथ गयौँ । हामी निकैबेर झोलुङ्गेपुलमा बसेर तस्बिरहरू लियौँ । बेलुका होटल कैलाशमा बस्ने बन्दोवस्त मिलाइएको रहेछ । त्यो रात हामी सोही होटेलमा बितायौँ । हामी २१ गते धनगढी पुग्यौँ । धनगढी बसपार्कसँगै जोडिएको होटल श्रीपालमा बस्ने व्यवस्था मिलाइएको रहेछ । हामी सोही होटल श्रीपालमा आश्रय लियौँ ।
कैलाली–धनगढी : ‘राष्ट्रिय स्वाधीनता एवम् समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ को दोस्रो कार्यक्रम चैत २२ गते होटल सनलाइटको सभाकक्षमा सहभागी भयौँ । यहाँ पनि विभागीय प्रमुखको अध्यक्षतामा कार्यक्रम अघि बढ्यो । कार्यक्रम सञ्चालन हिमशिखरले गर्नुभयो । स्वागत मन्तव्य कैलाली जिल्ला सचिव गणेश ढकालले राख्नुभएको थियो । कार्यक्रममा शिवहरि मुडभरी, तोयानाथ भट्ट, धर्मराज विक, रमेश साउद, गणेश विक, कर्ण दयाल, तीर्थराज पाण्डे, लक्षीराम आचार्य, भीष्म थापा, कोमल देवकोटा, गणेश ढकाल, प्रकाश राउत, कर्ण थापालगायतले कविता, गीत, गजल, मुक्तक, मन्तव्य राख्नुभयो । हिमशिखरले ‘रगतका मसीहरूले लेखिरहनेछौँ गीत’ गाउँदा हलमा पूरै भावोद्वोलित भएको थियो । सबै स्रष्टाहरू राष्ट्रिय स्वाधीनकाका पक्षमा र कथित स्थानीय निर्वाचनको विपक्षमा आफ्ना सिर्जनात्मक आवाज मुखरित गर्नुभएको थियो । स्रष्टालाई खादा र अबिरद्वारा सम्मान गरिएको उक्त कार्यक्रममा शिवहरि मुडभरीले आफ्नो मन्तव्य राख्नेक्रममा भन्नुभएको थियो, “यहाँ देशभक्तहरूको जमघट भएको छ । विश्वमा माक्र्स–लेनिनको ठूलो योगदान छ । अहिले नेपालमा रुस र चीनले बनाइदिएका भौतिक पूर्वाधारहरू ध्वस्त बनाइएका छन् । राष्ट्रियता चरम सङ्कटमा छ । देश बनाउँछु भन्ने नेताहरू भयङ्कर दिशाहीनतामा छन् । आर्थिक विकासमा सिन्डीकेट लगाइएको छ । तपाईंहरूजस्ता देशभक्तहरूलाई हाम्रो साथ र समर्थन छ ।”
चैत २३ गते पार्टी केन्द्रको बाँकेको कोहलपुरमा महाकाली, सेती, भेरी र कर्णाली ब्युरोको संयुक्त केन्द्रीय प्रशिक्षण कार्यक्रम रहेछ । कार्यव्यस्तताका कारण उपत्यका ब्युरोले आयोजना गरेको प्रशिक्षणमा पूरै समय सहभागी बन्न नसकेको र त्यहाँ एकदिनको समय बाँकी नै रहेको हुँदा सो प्रशिक्षण कार्यक्रममा सहभागी भएँँ । पार्टीका आदरणीय महासचिव, प्रवक्तालगायतका कमरेडहरूसित भेट भयो । प्रशिक्षित हुने अवसर प्राप्त भयो । मन चङ्गा भयो ।
बर्दिया–गुलरिया : लम्कीमा आरपी तिमिल्सिनाको घरमा उहाँको परिवारको हार्दिकतापूर्ण आतिथ्यताका साथ एकरात बसियो । त्यहाँबाट आएर कर्णालीको लामो पुलमा तस्बिर लिइयो अनि चिसापानी बजारमा माछाको स्वाद पनि चाखियो । त्यसपछि भुरीगाउँबाट दक्षिणतर्फको करिब ३० किलोमिटरको यात्रापश्चात चैत २४ गते बेलुका बर्दियाको गुलरिया पुगियो । त्यहाँ बर्दिया पार्टी सचिव युद्धसित भेट भयो । उहाँले विजया होटलमा बस्ने व्यवस्था गर्नुभएको रहेछ । त्यहाँ पार्टी इन्चार्ज देवकला अधिकारी, लेखक–साहित्यकार मणि शर्माहरूसित भेट भयो । कुराकानीहरू भए । त्यो रात त्यही होटलमा बिताइयो । चैत २५ गते हामी ‘राष्ट्रिय स्वाधीनता एवम् समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ को तेस्रो कार्यक्रमस्थलमा पुग्यौँ । त्यहाँ ७७ वर्षीय स्रष्टा किशोरीलाल वैश्यसमेतको उपस्थिति थियो । त्यहाँ छोटो तर अर्थपूर्ण कार्यक्रम भयो । कार्यक्रममा आरपी तिमिल्सिना, खेम थपलिया, किशोरीलाल वैश्य, दीपक शर्मा, मधु साश्रु, चन्द्रकान्त पौडेल, मणि शर्मा, बर्दियाली साहित्य समाजका उपाध्यक्ष हरिहर आचार्यलगायत स्रष्टाहरूले कविता, गजल, मुक्तक वाचन गर्नुभयो । यहाँ पनि स्रष्टाहरूले आ–आफ्ना सिर्जनाका माध्यमबाट स्थानीय निर्वाचनको विरोध गर्नुभएको थियो । कार्यक्रममा आरपी तिमिल्सिनाले वैचारिक मन्तव्य राख्नुभयो । कार्यक्रम सकेर सोही दिन हामी नेपालगञ्जतर्फ लाग्यौँ ।
विद्यार्थी नेता भरत रावलले हामीलाई नेपालगञ्जमा रहेको सीएसटी होटलमा हामीलाई बस्ने व्यवस्था मिलाउनुभएको रहेछ । त्यो रात हामी सोही होटलमा बितायौँ । बिहान नेपालगञ्जबाट सुर्खेत लाग्यौँ । सुर्खेत बसपार्कमा झरेर छिरिङ होटेल झोला राखेर पहिलेदेखि नै परिचित एक साइबरमा गएर रातोखबरलगायतका सञ्चार–माध्यमका लागि समाचार बनाएर पठाउने काम भयो । त्यसपछि हामीलाई नगर इन्चार्ज रगवीरले आफ्नै घरमा लैजानुभयो । सहरबाट अलिकति टाढा निकै सुन्दर ठाउँको बसाइ र रगवीर र उहाँको परिवारको न्यानो माया निकै स्मरणीय रह्यो ।
सुर्खेत–वीरेन्द्रनगर : चैत २७ गते सुर्खेतको घन्टाघर नजिकै रहेको एक सभाकक्षमा कार्यक्रम राखिएको रहेछ । यो हाम्रो ‘राष्ट्रिय स्वाधीनता एवम् समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ को चौथो कार्यक्रम थियो । सुर्खेतको कार्यक्रमको सञ्चालनको जिम्मा मलाई प¥यो । कार्यक्रममा अतिथिहरू नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य हिमाल, नेकपा, सुर्खेतका इन्चार्ज ध्रुब र सचिव यमराज, नेकपा, बाँकेका सचिव अडिक, साहित्यकार लिलाधर गौतम, भेरी साहित्य समाजका अध्यक्ष थानेश्वर लामिछाने, प्रलेसका केन्द्रीय समितिका सदस्य मणि पोखरेल, साहित्यकार तथा बुद्धिजीवी डा. दीपक गौतमलगायत साहित्यिक तथा राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । यमराजको स्वागत मन्तव्यसँगै अघि बढेको सो कार्यक्रममा खडानन्द भट्टराई, सिद्ध खड्का, मायाराम न्यौपाने, लक्ष्मणदेव गिरी, हरि महतारा, भक्तबहादुर सुनार, युद्धविक्रम शाही, भोजेन्द्र कुँवर, सरस्वती गौतम, रगवीर विक, बलभद्र भारती, मणि पोखरेल, डा. दीपक गौतम, चन्द्रा थानी, खगेन्द्र अधिकारी, लिलाधर गौतम, कुशल महतारा ‘आजाद’, थानेश्वर लामिछाने, महेन्द्र चौलागाईं, माइतुराम नेपाली, बालकृष्ण सुनार, नवराज न्यौपाने, दीपबहादुर विक, सनतकुमार शाही, धर्मराज न्यौपाने, गणेशबहादुर वलीलगायत स्रष्टाहरूले आ–आफ्ना कविता, गीत, मुक्तक, गजल वाचन गर्नुभएको थियो । सुर्खेतका स्रष्टाहरूले राष्ट्रियता, स्वाधीनताका पक्षमा र स्थानीय निर्वाचनको विरोध आफ्ना आवाज मुखरित गर्नुभएको थियो । सयौँ सङ्ख्यामा उपस्थित रहको र खचाखच हल भरिएको उक्त कार्यक्रमा डा. दीपक गौतमले वाचित रचनाको समीक्षा गर्नुभएको थियो । सोही कार्यक्रममा हरिलाल महताराको संयोजकत्वमा मायाराम न्यौपाने, सिद्ध खड्का, सरस्वती गौतम, धनबहादुर नेपाली, जैसरा बराल, कमलसिंह बुढा, मणि शर्मा, नवराज न्यौपानेलगायत रहेको ११ सदस्यीय अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, भेरी ब्युरो र सिद्ध खड्का संयोजक र सरस्वती गौतम, धनबहादुर नेपाली, जैसरा बराल, कमलसिंह बुढा, गणेशबहादुर वलीलगायत रहेको ९ सदस्यीय अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, सुर्खेत जिल्ला समितिको पनि घोषणा गरिएको थियो ।
हामी सुर्खेत–वीरेन्द्रनगरबाट दाङतर्फ लाग्यौँ । दाङको तुलसीपुरचोकमा उत्रेपछि हामीलाई स्थानीय कमरेडहरू लिन आउनुभयो । वीपीचोक नजिकै रहेको होटल माछापुच्छ«ेमा बस्ने व्यवस्था मिलाइएको रहेछ । दाङका पार्टी सचिव सविनसित भेट भयो । अन्य विद्यार्थी नेताहरू पनि त्यहाँ हुनुहन्थ्यो । भोलिपल्टको कार्यक्रमको सामान्य रूपरेखा तयार पारेर अन्य कमरेडहरू आ–आफ्नो काममा लाग्नुभयो भने हामी त्यही होटलमा आरामका लागि रह्यौँ ।
दाङ–घोराही : हामी चैत २९ गते राप्ती साहित्य परिषद्को सभाकक्षमा पुग्यौँ । यो हाम्रो ‘राष्ट्रिय स्वाधीनता एवम् समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ को पाँचौँ शृङ्खला थियो । यहाँ पनि मलाई कार्यक्रम सञ्चालनकै जिम्मा प¥यो । विभागका प्रमुख आरपी तिमिल्सिनाले कार्यक्रमको अध्यक्षता गर्नुभयो । कार्यक्रममा दाङका सेक्रेटरी सविन, छलफल चौतारीका संयोजक सुशील गौतम, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद्, जिल्ला शाखाका अध्यक्ष नगेन्द्र गुरु, थारु भाषा तथा साहित्य संरक्षण मञ्चका संयोजक छबिलाल कोपिला, साहित्यकार तथा राजनीतिकर्मी समिर यात्री, लेखक तथा पत्रकार केबी मसाल, वरिष्ठ कवि यज्ञबहादुर डाँगीलगायत अतिथि रहनुभयो । स्वागत मन्तव्य जानकी दहितले गर्नुभएको थियो । त्यहाँ रमेश लम्साल, समीर यात्री, नवीन अभिलाषी, घनश्याम अस्तित्व, नवीन शर्मा, शारदा शर्मा, अमर खड्का, सविना भुसाल, तिलक अधिकारी, दीपा धिताल, खगेश्वर भण्डारी, प्रीति प्रतीक्षा, पुरुषोत्तम खनाल, नगेन्द्र गुरु, छबिलाल कोपिला, यज्ञबहादुर डाँगीलगायत स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा वाचित सबै रचनाको एउटै अन्तर्वस्तु थियो– वर्तमान सत्ता राष्ट्रघाती छ, दलाल छ, यो स्थानीय निर्वाचन जनविरोधी छ, नेपालका सबै कम्युनिस्ट मिलेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्छ । सोही दिन बेलुकी हामी फेरि भेट्ने वाचासहित काठमाडौंका लागि बस चढ्यौँ ।
अन्तमा, चैत ३० गते बिहान काठमाडौंमा तन आइपुग्यो तर मन भने तिनै पश्चिम नेपालका आदरणीय अग्रज र सहयोद्धा स्रष्टा तथा उहाँहरूको कथित स्थानीय निर्वाचनविरुद्धमा र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिएका शक्तिशाली कविता–सिर्जना, उहाँहरूले देखाउनुभएको हार्दिकता, आत्मीयता र कमरेड्ली व्यवहार वरिपरि नै घुमिरहेको थियो ।