क्रान्ति टाढा छैन – विष्णु पन्त
२०७४ वैशाख १३ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीद्धारा एउटा नयाँ प्रकारको कार्यक्रमहरुको आयोजना गरीयो, जसले नेपाली राष्ट्रवादी र प्रगतिवादी श्रष्टाहरुमा एउटा वेग्लै तरङ्गको सञ्चार गर्यो । त्यो कार्यक्रमको नाम “जनसांस्कृतिक योद्धाहरुको सम्मान कार्यक्रम” रहेको थियो र त्यहाँ सम्मानित हुने जनसांस्कृतिक योद्धाहरु थिए – रायन श्रेष्ठ, जे.वी. टुहुरे, खुसीराम पाखरीन, जीवन शर्मा र कवी पूर्णविराम । वास्तवमा यो कार्यक्रममा सम्मान गर्ने, सम्मानीत हुने र दर्शकहरु सबैमा एउटा मिठो र नौलो अनुभुति भएको देखिन्थ्यो । ती जनकलाकार जो जीवनभर जनता, श्रमजीवि वर्ग र राष्ट्रियताका लागी भोकभोकै लागीरहे, लडीरहे, जसले कहिल्यै आफ्नो विचार र आदर्श भन्दा बाहीर गएनन र जो कहिल्यै दुश्मनका सामु झुकेनन र पद, प्रतिष्ठा अनि पैसाका लागी विकेनन । बरु भोकभोकै हिंडे तर पैसाका लागी गीत गाएनन, ती कलाकारहरुको सम्मान हुँदा हलमा उपस्थित सबैले चरम आनन्दको अनुभुति गरे । आफ्नो मन्तव्य राख्दै सम्मानीत व्यक्तित्व रायनले भने –“मेरा गीतहरु कहिल्यै रेडीयो नेपाल र एनटीभीमा बजेनन ।” ७९ वर्षीय रायनले भने – “राष्ट्रप्रतिको सम्मान अस्विकार गरें किनकि ति हातहरुमा कलंक थियो, राष्ट्रघात, जनघात अनि भ्रष्टाचार थियो । नेपाल कम्प्युनिष्ट पार्टीको सम्मान सोंचविचारका साथ ग्रहण गरीएको छ । यो पार्टी प्रति आशा, विश्वास अनि शुभकामना छ यी हातहरु विग्रीनै छैनन् ।” उनले भावुक हुँदै थपे – “हामीले सम्मानीत हुन यहाँ आउँदा हामीलाई समन गर्नेहरुको हातलाई निष्कंलकीत देखेर मात्र आएका हौं, हामीलाई आशा छ हामीलाई सम्मान गर्ने यी हातहरु भोलिको दिनमा पनि स्वच्छ रहुन र सम्मान लिएकोमा हामीले पश्चाताप लिन नपरोस ।” यसो भनीरहँदा हलमा सबैले हात उठाएर गड्गडाहरु तालीको आवाजले गुञ्जायमान भएको थियो । सम्मान गर्ने र सम्मानीत हुने दुवै भावुक र स्तब्ध र स्तब्ध भएका थिए । फेरी अझै अगाडी बढेर रायनले थप्दै गए – “नेपालमा हामी जनताका सेवक, गायक, कवी, कलाकारहरुलाई माया गर्ने एउटा राजनीतिक पार्टी पनि रहेछ । त्यसको नाम नेपाल कम्युनिष्ट पार्टी रहेछ, जसले हामी जनकलाकारहरुलाई माया गर्दो रहेछ ।” यसो भन्दा हलमा धेरैको आँखाबाट आँशु निस्कीएको थियो । मञ्चमा बस्ने र तल बस्ने सबै भावुक थिए र धेरैका हातहरु आँखाबाट आँशुको पुछ्न निस्किएको थियो । मञ्चमा बस्ने र तल बस्ने सबै भावुक थिए र धेरैका हातहरु आँखाका आशुहरु पुछ्न तल्लीन थिए । भावुक मुद्रामा रायनले फेरी थपे – “हामी सर्वहारा श्रमजीवी वर्गको मुक्तीको लागी आवाज बुलन्द गरी रहन्छौं, हाम्रा शरीरका अंगहरु चल्दासम्म र दिमागले काम गर्दा सम्म हामी निरन्तर गाईरहन्छौं र लेखीरहन्छौं ।” उनले फेरी दोहो¥याएर भने – “हामीले थुप्रै सम्मान, तक्मा र मेडलहरुलाई अस्वीकार गरेका छौं, तर यो सम्मानलाई हामीले सहर्ष स्वीकार गरेर यहाँ आएका छौं । विगतमा अरु जस्तै यी हातहरु नव्रिग्रीउन, जनताको विश्वासको धोका नहोस ।”
मञ्चमा राखिएको हंसिया हथौडा अंकीत रातो झण्डा तर्फ लक्षित गर्दै उनले आफ्नो पुरानो रातो झण्डाको गौरवगाथा गाएको मर्मस्पर्शी गीत गाएर हललाई रोमाञ्चीत बनाए । उनले भावूक हुँदै अगाडी थपे – “यो रातो झण्डामुनी दुष्टहरु बढ्न नपाउन, दुष्टहरु, जनवैरीहरुको हातमा यो झण्डा नपुगोस किनकी यो झण्डाका लागी हजारौं शहिदहरुको रगत बगेको छ । लाखौं जनताको श्रम र पसिना बगेको छ । यसमा हाम्रो र मेरो पनि जीन्दगीभरको श्रम, पसिना र रगत बगेको छ । म चाहान्छु यो झण्डा कहिल्यै नझुकोस ।” वातावरण ज्यादै भावुक बन्दै थियो । हल पुरै आँशु र हाँसोको रंगमञ्चमा परिणत भएको थियो । स्वंय महासचिव विप्लव र रायन दुवैको अनुहारमा भावावेगहरु तरङ्गीत भएका थिए । दुवैको आँखामा पटक–पटक आँशु बगेका थिए र अनुहारमा रातोपन सहित भावनाहरुको उद्धेलन देख्न सकिन्थ्यो । त्यसपछी जे.वी. टुहुरे, खुशीराम पाख्रीन र जीवन शर्माको मर्मस्पर्शी भनाई र गीतहरुले सबैलाई आकर्षित गर्यो । त्यतीमात्र हैन कवि पूर्णविरामको कविताले सबैलाई तान्यो । स्रष्टाहरुको सामुहिक प्रतिवद्धता थियो – “हामी अहिले जहाँ भएपनि हामीलाई र नेपाली जनतालाई क्रान्ति चाहिएको छ र क्रान्तिका लागी हाम्रो साथ र समर्थन रहन्छ ।”
अन्त्यमा, सम्मान कार्यक्रमको औचित्य प्रष्ट पार्दै महासचिव विप्लवले भने – “हामी चाहन्थ्यौं यस्ता खालका सम्मान यो भन्दा धेरै पहिला नै हुनु पर्दथ्यो तर इतिहासको त्यो जिम्मेवारी आज आएर हाम्रो काँधमा आएको छ । धेरै पहिला देखि नै हाम्रो एउटा सपना थियो कि जीवनभर जनताको पक्षमा लाग्ने स्रष्टाहरुको सम्मान गर्न पाउँ, आज आएर त्यसको सुरुवात गरीएको छ ।” महासचिव विप्लवले भावुक हुँदै अगाडि भने – “आज जिन्दगीभर जनताको पक्षमा लाग्ने स्रष्टाहरु, योद्धाहरु, नेता कार्यकर्ताहरुको जीवनमा निराशा, वितृष्णा मात्र होला जस्तो हुने, उनीहरुको जिन्दगी खाली अभाव र पीडामा मात्र पिल्सिनु पर्ने जस्तो देखिने जुन प्रवृत्ति छ, त्यसलाई तोड्न जरुरी छ । जुनसुकै अवस्था भएपनि कलाकारहरु स्रष्टाहरु पार्टीभन्दा माथी हुन्छन् र उनीहरु समाज र राष्ट्रका सम्पत्ति हुन र उनीहरुको जीवनयापनको जिम्मा राज्यले लिनु पर्छ र हाम्रो पार्टीले त्यो जिम्मा लिन्छ ।” यो विन्दुसम्म आईपुग्दा हलमा धेरै ताली बजीसकेका थिए । यो भनाईले स्रष्टाहरुको मन पग्लीएको थियो । रायनले धेरै पटक आँशु पुछेका थिए । विप्लवले अगाडि भन्दै गए –“हामीले महाधिवेशनबाटै एकमतले यो नीति बनाएका छौं र सुरुवात गरेका छौं ।”
वास्तवमा यो कार्यक्रम ज्यादै अविष्मरणीय बन्यो । यहाँ धेरै राष्ट्रवादी तथा प्रगतिवादी स्रष्टाहरुको उपस्थिति थियो । निर्दोष मनहरु माझामाझ भएका थिए एकतीर भने अर्कोतीर नेतृत्वप्रति खर्बदारी पनि भएको थियो । त्यसप्रति इंगीत गर्दै विप्लवले थपे – “तपाईहरु गीत गाउनुहोस , हामी तपाईहरुका गीत सुन्दै हिजो पनि लडेका थियौं र भोली पनि लड्न प्रेरित गर्ने गीत गाउनु होला ।” माओवादीहरु बीच एकता भए हुन्थ्यो भन्ने जे.वी. टुहुरे र खुशीराम पाख्ररीनको भनाईप्रति प्रतिक्रिया जनाउँदै विप्लवले भने – “हामी कम्युनिष्टहरु मात्र हैन सम्पूर्ण राष्ट्रवादी नेपाली सेना, प्रहरी र कर्मचारीसँग समेत एकताको लागी आह्वान गरेका छौं । हामीलाई थाहा छ, क्रान्ति हाम्रो मात्र सरोकारको विषय हैन, यो सम्पूर्ण जनता र राष्ट्रकै सरोकारको विषय हो । एकीकृत जनक्रान्तिको माध्यमबाट हामी सबैलाई एकत्रीत गर्दछौं ।” उनले अझ अगाडी थप्दै भने – “हामीलाई भित्रैबाट क्रान्ति चाहिएको हुनाले र हाम्रो एकमात्र सपना क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने भएकाले हामी आवश्यक परे जस्तोसुकै बलिदान गर्न डराउँदैनौं तर कुनै हालतमा पछाडी हट्ने छैनौं ।” उनले मर्मस्पर्शी भनाई पनि राखे, – “हाम्रो धेरै पहिला देखिको अर्को सपना छ – एउटा आर्दश कम्युनिष्ट समाजको निर्माण गर्ने ।” उनले भने – “निकट भविष्यमै हामी यस्ता नमुना कम्युनिष्ट समाजहरु निर्माण गर्दै जाने छौं ।” वास्तवमा यो प्रस्तावले धेरैको मन लोभ्याएको थियो । वातावरण यस्तो बनेको थियो की एउटा लामो संक्रमण पछी नेपाली क्रान्तिले फेरी एउटा सही इमान्दार, प्रतिवद्ध र दुरदर्शी नेतृत्व पाएछ । सबैलाई लाग्यो – “नेपाली क्रान्ति धेरै टाढा छैन ”