ससदिय ब्यवस्था अन्धाको दौड जस्तै – भोला घिमिरे
कथित स्थानीय निर्वाचन र संसदबादी दलहरुले देखाएको निर्बल्यताले जनता वाक्क दिक्क प्याक्क बनेको अवस्था छ । यसलाइ सबैले स्विकार्छन र स्विकार्नु पनि पर्छ । संसदिय ब्यवस्थामा छिरेका जति नै सन्त साधु र राम्रा मान्छे भएपनि तिनलाइ यो ब्यवस्थाले फटाहा दलाल कमिसनखोरी बनाएर जनताको माझमा हुत्याइ दिन्छ र त्यसैको चरित्रमाथी लगातार हमला गरिरहन्छ। यसको अर्थ जोड घटाउ गुडन भाग गरेर एउटालाई पल्टाउने र अर्कोलाई चढाउने हो। आफ्नो अनुकुल नभए आफ्नो अनुकुलमा पार्न एउटा इमान्दार मान्छेलाई फटाहा बनाएर जनताको सामु पछार्ने यो ब्यवस्था नै नया नेपाल बन्न बाट रोक्ने अस्त्र बनेको जाहेर नै छ ।
माओबादी आन्दोलनले बोकेको एजेन्डालाई आफ्नो एजेन्डा बनाएर जनतालाई झुक्याउने केही अरबपती र करोड पनि रातारात गाउँ गएर पैसाको खोलो बगाउदै भोट माग्छन जनता झुक्किएका छन । कसलाइ समर्थन गर्नुपर्ने हो त्यो बिर्सिएका छन । पुजीवादी समाजले त्यहा भित्रका पिल्सिएका जनतालाई केही आस देखाएर आफ्नो पकडमा तानेका छन । हुन त पुजीवादी ब्यवस्थालाई बचाउन लागेका दहिचिउरे कम्युनिस्टले नै यो सबै गर्दै छन भन्दा अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । एमाले पनि कम्युनिस्ट हु भन्छ, सर्बहारा हु भन्छ। मार्क्सवाद लेलिनबादलाई मान्छौ भन्छन तर उनिहरुको यो बहाना मात्र हो किनकी मार्क्स लेलिन र माओहरुले पुजीवादी सत्ता भित्रको सम्सदिय ब्यवस्था केही मुठ्ठी भर दलालहरुको ब्यवस्था हो भनेका छन । तर एमाले ,माओबादी केन्द्र कम्युनिस्टको खोल ओढेर जनता ढाट्ने र झुक्याउने पुजीवादी सत्ता भित्रको सम्सदिय ब्यवस्थाको राजा बनेका छन। पुजीवादी सत्ता र सम्सदिय ब्यवस्थाले विश्वासका धेरै देसहरुमा नरसंहार गर्दै आफ्नो अस्तित्वको रक्षा गर्दै आएको छ भनेर बुझ्नलाई अमेरिकी साम्राज्यवादले गरिरहेको पछिल्लो हर्कत हेरे पुग्छ । इरान, इराक ,सिरियामाथी गरेको बर्बरताको उदाहरण मात्र हेरे पुग्छ । पूरा विश्वलाई जन्जिरमा पारेर त्यहाँका लाखौ करोडौं जनताको हत्या गरेर आफ्नो साम्राज्यलाई बचाउन रातदिन नभनी लागिरहेको छ। यहि साम्राज्यवादको बफादार बनेर नेपालका केही कम्युनिस्ट नामधारीहरुले जसरी जनता ढाट्दै राजनीति गरिरहेका छन । त्यो एक दिन बिस्पोट भएर यिनका कर्तुतहरु छताछुल्ल बनेर आम जनतासामु पुग्ने त निस्चित नै छ । नेपाल मा ७० % जनता कम्युनिस्ट बिचारधारालाई आत्मासाथ गर्दै निरन्तर सङ्हर्समा छन। तर कम्युनिस्ट नीति सिद्धान्त र बिचारलाई आजसम्म पनि गाड्न सकिएको छैन यो बिडम्बना नै हो।
जनबादी सत्ता अर्थात जनताको सत्ताको स्थापना गर्छौ भनेर हजारौंको रगतपसिनामा टेकेर सत्तामा बसेका प्रचन्डहरुले आज जनबादी सत्ता भन्दा उनिहरुको पसिना छुट्ने गर्छ भने एमालेलाई यहाँ नजोडेकै जाती हुन्छ। जनबादी सत्ताका खातिर जनयुद्धको घँषणा गर्दा त्यसको विरुद्ध उठ्ने बर्गदुस्मन नै एमाले हो भने त्यो बेलाको जनबादी सत्ता स्थापना गर्छौ भनेर लडाइँ लड्नेहरु आज पुरानै सत्ताका मालिक बनेका छन। सुधारिएको ब्यवस्था भनिए पनि सारमा सम्सदिय ब्यवस्थामा फसेका प्रचण्ड बाबुराम बैध्यहरु लाई इतिहासले कठघरामा उभ्याउने निस्चित छ। जालमा परेको माछा जस्तै बनेका आम नेपाली जनता ले अब बुझ्नुपर्छ । कथित निर्वाचनको औचित्य छैन यो केबल सहरमा सिमित लुटतन्त्रलाई गाउगाउमा पुर्याएइको मात्र हो । यसो भन्दै गर्दा मैले चुनाब हुनौ नहुने भन्न खोजेको भने होइन। १० बर्ष अगाडी धुलो चाटेको सम्सदिय ब्यवस्थाको खारेजी र जनबादी ब्यवस्थासहित चुनाब हुनुपर्छ भन्ने हो ।
आर्थिक बिकासको रटान रट्ने काङ्ग्रेस एमाले र माओबादी सारमा एउटै हुन । एउटा डिब्बामा दुइटा टाउको हालेर दौड प्रतियोगितामा भाग लिन गएका दाजु भाइ मध्य भाइले भन्यो दाइ अगाडि केही देखिदैन कसरी दौडिनु ? फेरि दाइले जवाफ दिएछ हेर भाइ हामीले जसरी पनि जित्नुपर्छ नदेखिएर के भयो त सानो छदा आँखा चिम्लेर दौडिएको बिर्सिस र त्यसैगरी दौडिनु पर्छ। भाइलाइ रिस उठेछ र भनेछ दाइ त्यो त सानो को कुरा हो अब हामी ठुला भैसक्यौ । बट्टामा टाउको हालेर दौडिने खेललाई नै परिवर्तन गर्नुपर्यो । तर दाइले हुदैन भने पछि भाइले त्यो अन्धकार गेमको खुलेर बिरोध गर्छ। तर कसैले उसलाइ बुझ्दैनन । सबै उसको विरुद्धमा हुन्छन। यानिकी आफ्नै दाइले त भाइको कुरा लाई इन्कार गर्छ भने बाहिरी मान्छेले त्यस्तो कुरालाई स्विकार गर्ने कुरै भएन। ती दुई दाजुभाइमा दरार पैदा भएपछि दाइ निरन्तर त्यही अन्धा दौडलाई बचाउनु पर्छ भन्नेमा लाग्यो भने भाइ चाहिँ यस्तो अन्धा दौड गरिनु हुदैन आफ्नो लक्ष्य पुग्न कति छ त्यसलाइ निहाल्दै हेर्दै दौडिनु पर्छ भन्ने फरक पटोमा उभिएर निरन्तर लडिरह्यो । अनन्त अन्धा दौडमा एउटा घटना घट्यो दौडले ठाउमा सानो खाल्डो रहेछ। डिब्बाभित्र टाउको हालेर दौडिने क्रममा प्रतिस्पर्धी मध्ये एउटा खाल्डोमा परेर लड्यो र केही समयपछि उसको मृत्यु भएछ । त्यसपछी फेरि भाइले भनेछ। डिब्बा टाउकोमा लगाएर अन्धकारमा दौडिने खेलको अन्त्य गरौं भनेर मैले धेरै समय अगाडि भनेको होइन भनेर सबैको अनुहारमा हेरेछ। त्यतिबेलासम्म सबै भावुक बनेर उसले भनेको कुराहरु सुनिरहेका थिए भने उसको दाइले त्यो ठाउँ छोडेर भागिसकेको थियो। त्यहाँ उसको खोजी भयो तर कहि पनि पाउन सकिएन। तर त्यस्तो खेलकै बिरोध गर्ने मान्छेले त्यसको विरुद्धमा र नयाँ गेमको शुरुआत गर्नुपर्छ भन्ने भाइलाई ससम्मान गर्दै सदाको लागि त्यो गेमलाई फालेर बिना डब्बा बिना अन्धकार उज्यालोमा दौडिदै आफ्नो लक्ष्य हेर्दै अफ्ठ्याराहरुलाई पन्छाउदै सफलतामा पुग्ने सुरक्षित बाटोको निरमाण गर्ने भाइ अनन्त त्यो गेम कै निर्माता बन्न पुग्यो।
त्यस्तै नेपालमा गाडिएको सम्सदिय ब्यवस्था पनि त्यही अन्धा दौड जस्तै हो। त्यसको बिरोध गर्ने भलै आज थोरै होलान तर निकट भबिस्यमा त्यसको विरुद्धमा हजारौं लाखौं करोडौं नेपाली मैदानमा उत्रिएका छन । यो कालो ब्यवस्थालाई सदाको लागि मेटाएर एउटा नेपालीको उज्ज्वल भबिस्य देखाउने बैज्ञानिक समाजवाद स्थापना गरि छाड्ने छन।