हाम्रो लडाइँ दलालहरुसंग हाे, सुरक्षा निकायसंग हाेइन – ओमप्रकाश पुन

२०७४ जेष्ठ १८ गते, बिहीबार

नेपाल कम्युनिस्ट पार्टीले संसदीय ब्यवस्थाका बिकल्प बैज्ञानिक समाजवादकाे मुल नारा सहित देशामा फरक धारकाे राजिनितिक लक्ष लिएर अघि बढेकाे छ । यहि उद्देश्य अनुरुप अहिले पार्टीले कथित स्थानीय निर्वाचनको खारेजीको अभियान चलाएकाे छ । जनप्रतिराेध नाम दिइएको याे खारेजी अभियान मुलतः जनसहभागितामुलक र बैधानिक परिधिभित्रकाे थियो र छ । तर प्रचण्ड नेतृत्वको दलाल सरकारले याे अभियानलाई बम र बन्दुक देख्यो र देशब्यापी दमन र धरपकडमा उत्रियाे । जसले गर्दा नचाहदा नचाहदै पनि अान्दोलनले अबैधानिक रुप लिन बाध्य हुदै गएकाे छ । यति सम्म कि बिनाकारण घर घरमा गएर नाबालक बच्चा सहित मानवअधिकार काे ठाडो चुनाैति दिदै महिलाहरू सहित गिरफ्तार गरेकाे छ । कथित दाेश्राे संबिधान सभाकाे बेलामा खिलराज काे गैर राजनीतिक सरकारकाे पालामा समेत घटनामा संलग्न ब्यक्ति बाहेक अन्य राजनीतिक कृयाकलाप निर्बाध रुपमा संचालन गरिएको थियाे तर कम्युनिस्ट नामधारी प्रचण्ड सरकारले घाेर फाँसिवादी चरित्र प्रदर्शन गर्नु बिडम्बना साबित भएको छ ।
त्यतिमात्रै कहाँ हाेर अहिले देशभर माअाेवादी केन्द्र भित्र काे एउटा प्रतिक्रान्तिकारी तप्पकाले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता का बिरुद्ध प्रहरी प्रशासनलाई दमन गर्न उक्साईरहेकाे छ र सुराकी समेत गर्ने गरेकाे तथ्यहरु बाहिर अाएका छन् । गिरफ्तार नेता कार्यकर्ताकाे घरपरिवारलाई उच्काउने, पार्टी छाेडेकाे बिज्ञप्ति दिनुस हामी छुटाउछाै भन्ने जस्ता घृणित कार्य माकेबाट हुने गरेको छ जाे २०५२ साल पछिकाे जनयुद्ध कालमा एमालेलेे गर्ने गरेको क्रान्ति बिराेधि पुरानो हर्कत हाे ।
बास्तबमा नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिकाे कार्यदिशा कुनै पार्टी बिशेष वा समूह बिशेश वा कर्मचारी र सुरक्षा निकायका बिरुद्ध परिलक्षित छैन । सबै पार्टी र क्षेत्र भित्र रहेकाे दलाल र जनबिराेधि तत्व नै अबको क्रान्तिकाे बिराेधि र प्रहारकाे निसाना हुनेछ । देशमा शान्ति , समृद्धि र स्वाधीनता दलाल बर्ग बाहेक सबैलाई चाहिएको छ । याे दलाल ब्यवस्थामा काेहि पनि सच्चा नागरिक स्वाभिमानी भएर बाँच्न सक्दैन र नागरिकको याेग्यता र क्षेमताकाे कदर पनि हुन सक्दैन । चाकरी बाजहरु, दलालहरु, भ्रष्ट र अनैतिकहरुले नै याे राज्यमा अवसर र सम्मान पाउछन् । अहिलेकै कथित स्थानीय चुनावमा टिकट लिने, दिने र जित्ने काे फेहरिस्त हेर्दा पनि दलाल राज्यको सक्कली चरित्र प्रस्टै देखिन्छ । देश र जनताको लागि रगत दिन हिडेका पार्टीका नेता कार्यकर्तालाई बिनाकारण घरघरबाट पकडेर मुद्दा चलाउछ तर सत्ताधारी र संसदीय दलका नेता कार्यकर्ता र उनिद्वारा संरक्षित गुण्डाहरु हतियार सहित पक्रिदा पनि कार्वाही हुदैन र उल्टै तिनलाई पकड्ने सुरक्षा कर्मिलाई कार्वाही हुन्छ । धादिङका काँग्रेस उम्मेदवारको छाेरालाई हतियार सहित पकडेकाे केसमा त्यहाँका एसपी सरद खत्री लाई उल्टै बिभागिय कार्बाहि भयाे भने पत पत्र च्यात्ने माअाेवादी केन्द्रका कार्यकर्तालाई बाँदरे व्यवहार गरेकाे भनेकै अाधारमा चितवनका एसपी दिपक थापालाई पनि बिभागिय कार्बाहि गर्ने हल्ला बाहिर अाएकाे छ । हाे यहि हाे दलाल ब्यवस्थाकाे असली चरित्र भनेको ।
तर दलाल ब्यवस्थाकाे ताबेदारी गर्ने र मालिकहरुकाे गलत निर्देशनको बफादारीता प्रदर्शन गर्ने नाममा केही ठाउका प्रहरी अधिकारी र सिडिअाेहरुले हाम्रो पार्टीका नेता कार्यकतालाई अपराधिकाे संज्ञा दिने र पक्राउ गर्ने अनि भेटघाटमा समेत प्रतिबन्ध लगाउने गरेकाे पाईएकाे छ । अझ कैलालीका एसिपि अर्जुन चन्दले त हाम्रो कार्यकर्तालाई खुलेरै अपराधी काे बिल्ला भिराएछन् । मैले माथि पनि भने हाम्रो लडाइँ सेन प्रहरी र कर्मचारी संग हाेईन । अहिलेकाे राज्य प्रणाली का बिरुद्ध हाे । राजिनितिमा कर्मचारी र सुरक्षा कर्मि मुच्छिनु हुदैन । हिजो जनयुद्ध कालमा एक अर्कोलाई टाउकाको मुल्य ताेकेका शक्तिहरु अहिले संगै सरकारमा छन् र बिचरा सुरक्षाकर्मी र कर्मचारीले तिनैलाई सलट मार्नु पर्ने भएको छ । नेपालका सुरक्षाकर्मी र कर्मचारीले खाने तलव र लगाउने ड्रेसमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे मेहनत मसिना पनि मिस्सिएकाे छ । सत्ताधारी दलका नेता कार्यकर्ताले त उल्टो देशलाई लुटेका छन् । हामी सुन्दै छाै कैलाली कंचनपुर लगाएत देशका विभिन्न ठाउमा केहि हामी प्रति पुर्बाग्रहि राख्ने , अाफ्नाे पद र स्वार्थको मात्रै ख्याल गर्ने सुरक्षाकर्मी र प्रशासकहरुले माथिको कथित अादेश पालन गर्ने नाममा खुलेअाम क्रान्ति बिराेधि हर्कत गरिरहेको सुन्नमा अाएकाे छ । हिरासतमा रहेका हाम्रा साथीहरूलाई पत्रकारलाई समेत भेट्न नदिएको घटना मिडियामा पनि सार्वजनिक भएको छ । अहिले पार्टीको नीति पनि हाम्रा बिरुद्ध नियतबस दमनमा उत्रिने प्रशाशक र सुरक्षाकर्मीलाई सचेत गराउने र दमन गर्न नछाडे रिटायर्ड लाईफमा समेत जनकारबाही काे दायरामा ल्याउने भन्ने छ । हामी अाशा गराै त्यस्तो कसैलाई गर्नु नपराेस । त्यसकारण मुक्ति र मृत्युको कसम खाएर परिवर्तनको महान अभियानमा हिडेका पार्टीका नेता कार्यकर्तालाई जागिर खाना बसेका र ब्यक्तिगत जिवनलाई प्रमुख बनाएका जाे काेहि बर्दिधारिहरुले दुख दिने र अपामन गर्ने काम नगरुन । पत्रकार,मानवअधिकारकर्मि, कानुन बिद र नागरिक समाजले पनि कथित लाेकतन्त्रकाे मुखुण्डो च्यात्तिने गरि भए गरेका मानवअधिकार उलंघन का घटनाको सत्य तथ्य अनुगमन गर्ने र राजनितीक अधिकार कुन्ठित हुन नदिन क्रियाशील हुन अाग्रह गर्दछौं । भाेट फर र नाे भाेटकाे सार्बभाैमिक अधिकार जनतामा छ । हामी पनि लाेकतन्त्रकाे निम्ति लडेकाे हाे र यहाँ अझै असली लाेकतन्त्र अाएकाे छैन । याे दलाल तन्त्र हाे र यसकाे चरित्र फाँसिवादी हुन्छ र जाे अहिले ब्यबहारमा पुष्टि भैरहेको छ । यश प्रकारकाे लुटतन्त्रलाई बचाउने नाममा देशका सुरक्षाकर्मीहरु जसकाे तलबले मासिक खर्च चलाउन मुस्किल हुन्छ ले दलाहरुकाे निर्देशनमा क्रान्तिकारी माथि दमन गर्नु हुदैन । त्यसकारण देश लुट्ने र बरबाद गर्ने दलालहरु र तिनै दलाहरुकाे स्वर्ग कायम गर्ने कथित स्थानीय चुनालाई सम्पूर्ण रुपले खारेज गराै , शान्ति , बिकास , समृद्धि र स्वाधीनता काे लागि बैज्ञानिक समाजवाद स्थापनाकाे दिशामा अघि बढाै ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु