नेपाली काँग्रेस उत्पीडित बर्ग र जाती बिराेधी पार्टी हाे – ओमप्रकाश पुन

२०७४ जेष्ठ २२ गते, सोमबार

सन्दर्भ कैलाली धनगढी काे हाे । कथित स्थानीय चुनावमा धनगढी उप महानगरपालिकाकाे मेयरकाे उम्मेदवार छनाैट गर्ने सिलसिलामा नेपाली काँग्रेस भित्र नृप अाेडकाे नाम प्रस्तावित हुदा कथित उपल्लो जातका भनिने काँग्रेसजनले भनेछन् कि नृप अाेड मेयर भयाे भने कामीलाई कसरी नमस्कार गर्ने ? त्यसको जवाफमा नृप अाेडले भनेछन् तपाईंहरुले मेयरलाई नमस्कार गर्नु पर्दैन , मेयरले नै तपाईहरुलाई नमस्कार र जय नेपाल गर्ने छ । याे कुरा अनलाइन मिडियामाहरुमा खुव अायाे र मैले केही मित्रहरुकाे मुखबाट पनि सुने, घटना साँचाे हाे भनेर । त्यतिमात्रै कहाँ हाेर मैले अन्य राजनितिक दलमा मित्रहरूसंग पनि कुरा गर्दा उनिहरुकाे तर्क थियाे कि नृपले टिकट पायो भने काँग्रेस हार्छ किनकि उसले पाउने मत भनेकाे दलित काे र त्यो पनि बाँडिन्छ, उपल्लो जातकाले उसलाई उसकै पार्टीका ले पनि धेरैले दिदैनन् । अनि कस्ले जित्छ त भन्दा एमाले अाउन सक्छ किन कि प्रतिस्पर्धा यिनै दुई पार्टीको हाे एमालेले जात र क्षेत्र मिल्ने पात्र उठाएकाे छ र माअाेवादी केन्द्रले पनि राना थारु उठाएकाे छ । याे कुरा हेर्दा समान्य जस्ताे लाग्छ तर कुरा निकै गहिराे हाे र याे बर्गिय राजनितिक बिचारधारा संग जाेडिएकाे सवाल हाे । यहाँ कथित स्थानीय चुनाव खारेजी काे घाेषणा गरेकाे पार्टीको मान्छेले किन यस्मा चिन्ता लिएको हाेला भन्ने प्रश्न पनि उठ्न सक्ला तर बिषय बस्तु बर्गिय राजनिती र राज्य ब्यवस्थासंग जाेडिएकाेले याे सन्दर्भ उठान गरिएको हाे ।
प्रसंग फेरि बिषय बस्तु तिरै फर्काउ । नृप अाेडलाई म १४/१५ बर्ष देखि चिन्छु । उनी नेपाली काँग्रेस का बफादार कार्यकर्ता हुन र २०६२/०६३ काे जनअान्दाेलनमा राम्रो भुमिका खेलेका ब्यक्ति हुन । जतिबेला म सुदुरपश्चिममा निरंकुश शासनकाे नजरमा माेस्ट वान्टेड पर्शनकाे रुपमा चिनिन्थ्ये र जनअान्दाेलनमा यहाँका सबै पार्टीका साथीहरूसंग सहकार्य हुनुकाे साथै अन्तिम चरणमा चैत २४ गते देखि धनगढी कारागारमा जेल पनि परेकाे थिए । त्यतिबेला मेराे उनिसंग लामो सहकार्य भएको थियाे । उनी कहिलै पनि दलितको रुपमा प्रस्तुत भएनन् र जहाँ पनि काँग्रेस काे रुपमा प्रस्तुत भए तर अाज टिकट पाउदा अाज उनी दलित भए । मैले याे किन भनेकाे भने नृप अाेड नेपाली काँग्रेस काे तर्फबाट धनगढी नगरपालिका काे मेयरकाे टिकट पाउन याेग्य ब्यक्ति हुन तर अाज बजार हल्ला छ कि काँग्रेसले दलितलाई मेयरकाे टिकट दिएर सम्मान गर्याे । हाे दलाल पुजीवादी राज्य ब्यबस्था र त्यसका संचालकहरुकाे चरित्र यस्तै हुन्छ कि उत्पिडित बर्ग र जातिकाे याेग्यता र क्षेमताकाे उपहास गर्ने । पुजीवादीहरु प्रजातान्त्रका कुरा खुव गर्छन् र लेख्छन् तर त्यसकाे उपयोग अाफु अनुकूल गर्छन् । कथित प्रजातन्त्रको जनक ठानिने अमेरिकामा रंग भेद र बर्ग भेद सबैभन्दा बढी छ । संसारका पुजीवादी साम्राज्यवादी मुलुकहरूमा नै सबैभन्दा बढी उत्पिडन छ जनतामा र विभेद छ । हाम्रो निकट छिमेकी भारतमा हेर्दा पनि त्यसको सक्कली तस्बिर अाउछ । जहाँ पुजिवाद छ, त्यहाँ बिकास र समृद्धि सिमित मुठ्ठीभरहरुकाे हातमा मात्रै छ । यसकाे बिकल्पमा सक्कली समाजवाद नभए पनि जहाँ जहाँ कम्युनिस्ट क्रान्ति मार्फत समाजवाद अाएकाे छ र एक स्तरको प्रतिक्रान्ति भए पनि त्यहाँ जातीय , बर्गिय, लिङ्गीय, धार्मिक र क्षेत्रीय उत्पिडन छैन । चिन, उत्तरकाेरिया, क्युवा, भियतनाम लगाएतका देशहरूमा अहिले पनि जनता अात्मनिरभर र स्वाधीन छन् । नेपालमा पनि जातीय र बर्गिय उत्पिडनकाे समाधान जनयुद्ध कालमा धेरै हदसम्म भएको थियाे । तर अाज उहीँ पुरानै दलाल संसदीय ब्यवस्थाकाे पुर्स्थापना भएकोले देशमा जातीय , बर्गिय, लिङ्गीय, धार्मिक र क्षेत्रीय उत्पिडनहरु बढेर गएको छ । कथित स्थानीय चुनावमा दलित र महिला दाेश्राे दर्जामा पर्नुको कारण पनि यहि हाे । दलितहरु र उत्पिडितहरु यसरी पछि पर्नुको कारण पहिलो सबै पार्टी र समाजमा बिभेदकारी संस्कार हुनु, दाेश्राे अार्थिकरुपमा कम्जोर हुनु र तेस्रो माथिल्लो नीति निर्माण तहमा पहुँच नहुनु हाे । यसलाई अन्त्य गर्न बैज्ञानिक समाजवादी चेतना र साेहि चेतना द्वारा संचालन हुने बैज्ञानिक समाजवादी ब्यवस्था चाहिन्छ । अाज भ्रमबस उत्पिडित जाती र बर्गहरु याे पुजीवादी दलाल ब्यबस्था र त्यसका संचालकहरुकाे जालमा परेका छन् । जुनदिन उनिहरुले याे कुरा बुझ्ने छन् त्यसकाे भाेलिपल्न नै याे ध्वस्त हुने छ र त्यसकाे ठाउँमा शान्ति , समृद्धि र स्वाधिनतामुलक समाजकाे निर्माण हुने छ । त्यसकारण याे दलाल राज्य ब्यवस्था भित्र कथित लाेकतन्त्रकाे नक्कली अावरण देखाउन नृप अाेड जस्ता दलित उत्पिडित बर्गका ब्यकिहरु जतिसुकै मान सम्मानकाे पदमा पुगे पनि वास्तविक अात्म सम्मान र स्वाभिमान प्राप्त हुने छैन । त्यसैले जुनसुकै संगठन , पार्टी र समुहमा छरिएर रहेता पनि उत्पिडित जाति र बर्गकाे समस्या एउटै भएकोले यसबाट पुर्ण मुक्ति काे लागि एकीकृत जनक्रान्तिकाे कार्यदिशा मार्फत बैज्ञानिक समाजबाद स्थापना गर्ने महान अभियानमा लामवद्ध हाेअाैं ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चुनाब किन र कसरी !

२०८२ मंसिर ३० गते, सोमबार

मानव समाज र श्रमिक(दलित)समुदाय

२०८२ मंसिर ३० गते, सोमबार

कम्युनिष्ट पार्टी र चुनाव

२०८२ मंसिर २४ गते, मंगलवार