दलाल सत्ताको घर भूकम्पले हल्लाईरहेछ – झपेन्द्रराज बैद्य
‘जति हाल्यो उति जाने भरिन्न है नेताको पेट। माछी मारौं कोशीको बगरमा, घर त गयो इन्डिीयाको शहरमा। बरिलै बरिलै हामी भयौं घर नघाट, भेल हामीलाई, पानी सबै इन्डीया फाँटलाई।’ भन्ने गीत गाउँदै आफ्नै बारीको बगरमा लालाबाला,झिटी झाम्टाका भग्नाबशेष खोजिरहेकी थिइन् एउटी ६० बर्षीया महिला।
हो पनि संसदीय पार्टीहरु अहिले धु्रबीकृत हुदैछन्। भेडा भेडाको बथान एकातिर। गाई गाई अर्कोतिर। आफ्नो बर्गीय स्वार्थ मिल्नेहरु एक आपसमा मिल्छन्। यो कुनै अनौठो कुरा होइन। दक्षिण पन्थीहरु एक लाइनमा हुन्छन्। एमाले र माओबादी केन्द्र ७ जनाको संयोजन समिति बनाएर पार्टी एकता गर्दैछन्। मा.के.मा क्रान्तिकारी कम्युनिष्ट बिचार खाली भएकोले त्यसको ठाउँमा पुँजिबादी बिचार प्रतिस्थापन गर्नु स्वभाबिक थियो। लुकाएर धेरै दिन टिक्दैनथ्यो। आखिरिमा मा.केले आफ्नो मकुण्डो जनताको सामु उदाङ्गो पारेको छ। जनता कुनै भ्रममा पर्ने आवश्यकता छैन। अब मा.केले एमालेसँग सहकार्या गरी सूर्य चिन्ह ल्याएर चुनाब लड्ने भएको छ। एकीकरणमा बिदेशी दबाब र हस्तक्षेपले ठूलो भूमिका खेलेको छ। बिस्तारबाद र साम्रज्यबादलाई नेपालमा कम्युनिष्ट निस्तेज पार्न दुस्साहसपूर्ण भूमिका खेलेको छ। स्थानीय तथा संसदीय निर्वाचनले संबिधान कार्यान्वयनको पक्षमा एउटा अध्याय पूरा गरेको छ। पार्टी एकीकरणले पनि एउटा रिहर्सल पुरा हुने भएको छ। ९।९ महिनाको सिन्डीकेटमा छ सरकार। पार्टी एकीकरणको बहुमतले सिण्डिकेटलाई समाप्त त पार्ने छ। तर पक्ष र प्रतिपक्षबीच बाझाबाझ हुने नै छ। नेताहरु भने खाने बेला तैं चुप मै चुप हुन्छन्। खाने बेला सबैलाई भाग बिलो चाहिन्छ। आफू बच्नलाई भ्रष्ट लोकमान सिंहलाई अख्तियारको प्रमुख बनाइन्छ। तर भनेजस्तो नहुँदा उनलाई महाभियोग लगाएर पदबाट हटाइन्छ। अझ न्यायपालिकालाई स्वतन्त्र मान्ने संसदबादीले आफूले नियुक्ति दिएको डिआई जीलाई सर्बोच्चले वार्खास्त ग¥यो भनेर प्रधान न्यायाधीश सुशिला कार्कीलाई नै महाभियोग लगाई छोडे। परन्तु प्रतिपक्षसँग कुरा नमिल्दा महाभियोग फिर्ता गरे। हालसालै कब्जामा आएको ८८ केजी सुनको बिषयमा तैं चुप मै चुप छ। नेताहरुले कुनै आवाज निकाल्दैनन्। एनसेलको प्रकरणमा पनि यस्तै भएकै हो। तर हल्लाखल्ला धेरै भएको हुँदा एन सेलले केही कर तिर्न बाँकी राखेर छुटकारा पायो। १० अरब भन्दा बढी भ्रष्टाचार गरेका राजश्वका हाकिमलाई रिहागरिएको छ। भ्रष्टाचारमा नेपाल एशीयाको पहिलो देश बन्दैछ। दिनको संकेत बिहानीले देखाउँछ भने जस्तै निर्वाचन पछिको नेपाल अझ अन्धकारमय बन्दैछ। ५६ जना मन्त्रिहरु त भैसकेका छन्। यसमा अझ राज्य स्तरमा मन्त्रिको भार थाम्नुपर्ने कुरा त छदैछ ।यसमा पनि भएन भनेर पढेर जागिर खाएको जस्तो पेन्सीन खोज्न थालेका छन् साँसदहरु। साँसदको सुबिधा बढाउन सबै मिलेका हुन्छन्। २,३ महिना बाँकी अवधीकोलागि संसदलाई बिकास बजेट छुट्टाइएको छ। यति सानो समयमा उक्त बजेट बिकासको काममा खर्च हुन्छ भन्ने के ग्यारेन्टी? चुनाब महंगो छ। करोडौ खर्च हुन्छ। यही बिकास बजेटबाट सांसदले राहत पाउने हुन्। गरीब किसानका छोरा र ससाना पार्टी चुनाबमा उठने अवस्था छैन। राजनीतिमा कुनै बिचार र सिद्धान्त छैन। चुनाबको मुखैमा नेता, कार्यकर्ताहरुले दल परिवर्तन गरिराखेका हुन्छन्।
राष्ट्रियतामा खतरा बढेर गएको छ। कोशीमा उच्च बाँध बन्ने खतरा छ। यसले पुरै तराई सखापपार्ने अवस्था देखिन्छ। नेताहरु पुरै लम्पसार भएर राष्ट्रियताको खतरा मोलिरहेका छन्। तराईका जमिन्दार सामन्त हुन्। उनीहरु भारतसँग बढी गाँसिएका छन्। मधेशका नेताहरु सत्ताको प्रमुख भएमा के गर्छन् भन्न सकिदैन। तर उनीहरुले पहाडी खश अहंकारबादीले जस्तो नदी नाला बेचेका छैनन्। खुला सीमाना छ। आवत जावत हुन्छ। तस्करी हुन्छ। राष्ट्रिय अभियान चलाएर भएपनि सरकारले सीमामा छेकबार गर्नु पर्छ। यसले गर्दा सीमा मिचिने कुरा न्यून हुन जाने छ। नागरिकताको सवालमा भारतीय नागरिक नेपालमा बिस्थापित हुने क्रम जारी छ। भारतको नेपालसँग १७५१ कि.मी.लामो खुला सीमा छ। साँस्कृतिमा अतिक्रमण छ। धर्ममा सापेक्ष छ। आर्थिकमा परर्निभरता। एकाधिकार छ। नवऔपनिबेशिक छ। भारतीय जनता पनि नेपालीजस्तै उत्पीडित र उपेक्षित छन्। आजादीको लागि आन्दोलनरत छन्। हाम्रो आपत्ती भारतीय हस्तक्षेप बिरुद्ध हो। चीन र भारत असल छिमेकी हुन्। तर भारतले नेपाललाई सिक्कीम बनाउन चाहिरहेको छ। भारतले नेपाली दलाल मार्फत नेपालको सार्वभौमिकतामा आँच पुराइ रहेको छ। दिउसको उज्यालोजस्तै जगजाहेर छ भारतीय ड्राफ्रटमा नेपालका प्रधानमन्त्रीले हस्ताक्षर गरेर आएका हुन्छन्। यो नेपालको लागि आत्मघात र आत्मसमर्पण बाहेक अरु केही होइन।
बिदेशमा आत्मसमर्पण र स्वदेशमा फरक राजनैतिक दलको आवरणमा देखापरेको एकै किसिमका गणतान्त्रिक मण्डलेले आफ्नो सत्ता खोसिने संत्रासले फासिबाद चलाईरहेका हुन्छन्। यहाँ सम्म कि केही नगरेको निरपराध ब्यत्तिलाई थुनछेक गरेर प्रजातान्त्रिक मूल्य र मान्यतालाई निस्तेज पारेका हुन्छन्। प्रजातन्त्र र लोकतन्त्रलाई समाप्त पारेर निर्वाचन गरेका हुन्छन्। यो प्रतिकृयाबादको वर्ग चरित्र हो। माओ भन्नु हुन्छ प्रतिकृयाबादीबाट प्रहार नराम्रो होइन। यसले आफू सही भएको पुष्टीगर्छ। अहिले सामन्ति र दलाल पुँजिबाद बिरुद्ध क्रान्ति चलिरहेको अवस्थामा संबिधानलाई लागू गर्ने संसदीय चुनाबमा भाग लिनु दुर्भाग्यपूर्ण हो। यस अवस्थामा क्रान्तिमा घुँडाटेक्नेहरुको हिसाब हुदैन। महान क्रान्तिकारी नेता चे भन्छन्,‘क्रान्ति भनेको पाके पछि आफै भुइमा खस्ने स्याउजस्तो वस्तु होइन।’ प्रश्न क्रान्ति हुन्छ कि हुन्न? भन्ने होइन। क्रान्ति गर्ने कि नगर्ने हो। प्रश्न क्रान्तिको लागि ध्ुबीकरण हुने कि यो र त्योको नाममा प्रतिकृयाबादीलाई सघाउने भन्ने हो। आज साम्राज्यबाद,बिस्तारबाद र सामन्त बिरोधी सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एकजुट हुनु आवश्यक छ। समय र परिवर्तनसँगै सर्वहारा वर्ग तथा उपेक्षित वर्गको पक्षमा उभिनुु आजको आवश्यकता हो। जडशूत्रबादी भएर गोल चक्कर लगाउने र क्रान्तिलाई सुदुर भबिश्यको कुरा देख्ने अनि क्रान्ति भाडने र यथास्थितिबादको पक्षपोषण गर्ने प्रबृत्ति देखा परेको छ। आफूले आर्जन गरेको रातो इतिहास कायम राख्ने चुनौतीको सवाल आएको छ। तर यसो भन्दैमा तातै खाउँ जल्दी मरुँ भन्ने पनि होइन। तयारीमा लाग्नुपर्छ। तयारीमा नलागेर बाँदरले कहिले पनि आफ्नो घर बनाउदैन, अर्काको घर पनि बाँकी राख्दैन भने जस्तै क्रान्तिको नाममा एउटा सिन्को पनि नभाचेर घुमाएर फिराएर यथास्थितिको लाइनमा लाग्नु क्रान्ति र परिवर्तनको बिरोधी बन्नु हो। राष्ट्रियताको सवालमा जनजाति , दलित, उपेक्षित वर्ग र देशभक्तहरुसँग कार्यगत एकता गर्दै जनतन्त्र, जनजीबिका र राष्ट्रिय स्वधिनताप्रतिको लडाइं सुदृढ गर्दै लैजानुपर्छ। आकाशबाट खस्ला र खाउँला भन्नेले क्रान्ति गर्न सक्दैनन्। क्रान्तिको लागिमात्र पार्टी एकीकरण गर्नुपर्छ। क्रान्तिकै लागि धु्रबीकरण हुन्छ। यदि बामपन्थीहरुले परिवर्तन र मुक्ति चाहन्छन् भने अवश्य पनि धु्रबीकृत हुनुपर्छ। यदि पार्टीमा आलटाल हुन्छ भने समूह वा ब्यक्तिगत तरिकाले क्रान्ति हाकिरहेको पार्टीमा सम्मिलित भएर काम गर्नुपर्छ। आलटाल होइन सुन्दर सपना सजाउनको लागि एक भएर जान सक्नुपर्छ। नाचन त नाच्थें तर आगन टेडो भनेर खोंचेथाप्दै बस्ने हो भने सधै यही चर्खा घुमिरहन्छ। बिश्वास र आँट नहुनेले क्रान्ति गर्न सक्दैन। क्रान्ति त उकालो बाटो हो। जोखिम नमोली आत्म सुरक्षा भावले परिवर्तन हुदैन। चेले भनेजस्तो स्याउ खस्ला र खाउँला भनी अकर्मण्य र गतिहीन भै बाटो हेर्नुुपर्छ। फेरि एउटा पश््रन छ वस्तुगत स्थिति तयार भएपनि आत्मगत स्थिति तयार छ त? तातै खाउँ जल्दी मरुँ भनेर अगाडि सर्ने हो भने धेरै क्षती हुन्छ। यो पक्का हो। तर जनचेतना, जनउभार सुतेर आउदैन। भनिन्छ सुतेको सिंहको मुखमा त्यसै मृग आउँदैन। वाताबरण अवश्य पनि प्रतिकृयाबादीले बनाइदिने होइन। आफैले बनाउनुपर्छ। महान जनयुद्धको उभार एकाएक आएको होइन। युद्धसँगै जनचेतनाको स्तर पनि बढेर गयो। प्रगतिबादी साहित्य कला निर्माण हुदै गए। जनयसद्ध ६ महिनाभन्दा बढी टिक्न सक्दैन भन्थे प्रतिकृयाबादीहरु। आखिर हिउँदको डढेलोजस्तै युद्ध फैलिदै गयो। आत्मगत स्थितिले नै युद्ध झाँगिदै गयो। ८० प्रतिशत भूभाग ढाकेको भनेर युरोपियन युनियनले त्यसै भनेको होइन। शिर्ष नेताहरुको गद्दारीले युद्ध सेट ब्याक भयो। तर यसलाई पुरागर्नु क्रान्तिकारीहरुको कार्यभार हो। अहिले बस्तु स्थितिको कुरा गर्ने हो भने दलाल सत्ताको घर ठूलो भूकम्पले लथालिङ्ग पारेको छ। अहिले बिना तयारी सशस्त्र संघर्ष गर्ने भनेको पनि होइन। तर तयारीमा नलागेर रुद्राक्षमाला जपेर बस्ने भनेको पनि होइन। एकीकृत तरिकाले जनबिद्रोहको तयारीमा लाग्नुपर्छ। यसैले एकीकृत क्रान्ति गर्न सकिन्छ। ख्रुश्चेभ, गोर्वाचोभ र देङ्सियाओपिङ् त्यसै बनेका होइनन्। संशोधनबाद त हरियो घाँस भित्रको हरियो साप हो। यो धेरै खतरनाक हुन्छ। पश्चिम बंगालका नेता ज्योती बसुले चारुमजुम्दारको चिहान खने। प्रतिकृयाबादमा पतित संशोधनबादी एमाले लगाएतले नेपाली माओबादी आन्दोलनको चिहान खन्दैछन्। मा.के पनि क्रान्तिबाट बिलय हुदैछ। यद्यपि त्यस पार्टीमा अझै पनि क्रान्तिमा आस्थावान ब्यक्तिहरु छन्। तर पार्टीगत हिसाबमा मा.केले नेपाली क्रान्तिलाई सिध्याउन लागेको छ भने अव उसलाई नवसंशोधनबादी, प्रतिकृयाबादी कम र दक्षिण पन्थीको अग्रभागमा रहेको भनेर मात्र पुग्दैन होला। यसप्रकारको उद्गार राजनैतिक बिचारले होइन कि पहिले देखिको सम्बन्ध झिनो रुपमा राख्न चाहेको हो भनेर बुझ्न सकिन्छ। दुईवटा नाउमा खुट्टा हालेर काम चल्दैन। कित्ता काट हुनुपर्छ। प्रचण्ड सँग कुनै पूर्वाग्रह छैन। चिन्ता हो क्रन्तिको। बिस्तारबादसँग लम्पसरबाद, प्रतिकृयाबादीसँग साँठगाँठ र क्रान्तिकारीहरुको गलारेटने कार्यले उसलाई पनि प्रतिकृयाबादमा पतन भएको भन्नुपर्छ। तर बाटो खुल्ला छ सच्याएर आएमा। क.प्रचण्डको रातो इतिहास छ। महान जनयुद्धमा ठूलो योगदान भएको कुरा बिर्सनु पनि इतिहासलाई अन्याय गरेको हुन्छ तर क्रान्ति भनेको बिगतको कुरा गीताजस्तै पाठ गरेर हुदोरहेन छ। अहिले मा.केले बिगतको ब्याज खाएर केही भ्रम छरेको देखिन्छ गणतन्त्र र संघीयता ल्यायौं भनेर। तर त्यो गणतन्त्र कसको लागि भएको छ। संघीयता कस्को लागि?समाबेशीता सभ्रान्त वर्गका लागि भएको छ। गाउँ गाउँमा सिंहदरबार भनेर निर्वाचन गरिन्छ। अब सिंहदरबारमा बसेर खान पल्केका भ्रष्टहरु गाउँ गाउँमा पुग्छन्। पहिले केन्द्रका नेता मोटाउँथे अहिले गाउँका। ब्यबस्था यही। बर्ग एउटै। शासन उस्तै उस्तै कसरी फरक बन्छ? मुहान नै धमिलो छ भने कसरी सङ्लो पानीको आशागर्न सकिन्छ? पहिले एउटै राजा थिए। अहिले श्रीपेचबिनाका धेरै राजाहरुछन्। राजतन्त्रको सँस्कार छुटेको छैन। सुरक्षा र भत्ता दिएर राखिएको छ राजतन्त्र। प्रथम सहिद लगन थापाको शालिग कसले फाल्यो त्यसको छानबिन भएको छैन। .संयोग भनौ वा के भनौ। त्यसै समयमा पृथ्बि नारायण शाहको शालिग पुनस्र्थापन गरिएको छ। यसमा सरकारले आफ्नो धारणा ल्याएको छैन।
साँच्चै नै क्रान्ति नै गर्न खोजेको हो भने माक्र्सबादी पंडितहरुले यथास्थितिबादको साङ्लो तोडेर नयाँजनबादको बाँकी कार्यभार पुरागर्दै बैज्ञानिक समाजबादी क्रान्तिमा आउनुको बिकल्प छैन।