एमाले, माके र नयाँ शक्तिको कथित गठबन्धन बारे – अाेम प्रकाश पुन

२०७४ आश्विन १९ गते, बिहीबार

अप्रत्याशित रुपमा कथित वामपन्थी धुर्बिकरणकाे नाममा यहि असाेज १७ गते काठमाडौं काे राष्ट्रिय सभा गृहमा नेपाली राजनिती काे एउटा कला बिहिन नाटक मंचन गरियो । नेपालको बाम राजनिती भित्र घुसेका उत्तर , दक्षिण र पश्चिम अनुहारका पात्रहरुकाे जमघटमा चुनावी तालमेल हुदै पार्टी एकता सम्मको यात्रा तय गर्ने भनी गरिएको , ६ बुदे तमसुक भित्रकाे उद्देश्य र रहस्य निम्न रहेका छन् ।
१) पहिलो , याे गठबन्धन नेपालमा एकीकृत जनक्रान्ति मार्फत देश बैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न थालेपछि यसलाई असफल पार्न र कथित कम्युनिस्ट एकता र धुर्विकरणकाे नाममा जनता र क्रान्तिकारी बिच भ्रम सृजना गर्न देशि बिदेशी शक्तिको डिजाइनमा तयार पारिएको क्रान्ति बिराेधी हत्कण्डा हाे ।
२) दाेस्राे, याे गठबन्धन हामीले बिगत देखि नै भन्दै अाएकाे र परिस्थितिले पनि धकेलेकाे सत्य के हाे भने एउटै देशमा समान कार्यदिशा र बिचार भएका पार्टिहरु एउटै उद्देश्य र लयमा टिक्न सक्दैनन् र अन्ततः तिनिहरु एक अर्कामा बिलय हुन्छन् । क्रान्ति छाेडि सकेपछि माअाेवादी केन्द्र र एमाले काे अबस्था पनि त्यस्तै हाे र बाबुराम प्रचण्डको बिलय एमाले मा हुनु थियाे भयाे । याे स्वभाबिक पनि हाे ।
३) तेस्रो , याे गठबन्धन देश र जनताको चाहना र अाबश्यकतामा भन्दा पनि यहि दलाल संसदीय ब्यवस्था भित्र शक्ति जम्मा गर्ने र चुनाव जित्ने संग मात्रै सिमित छ र त्याे कुरा कथित ६ बुदेमा र केपी , बाबुराम र पुष्पकमलकाे भनाइमा पनि अभिब्यक्त भएकोले याे एकता र गठबन्धन नेपाली श्रमजीवी जनताको लागि कागलाई बेल पाक्याे हर्ष न बिस्मात जस्तै भएको छ ।
४) चाैथाे, याे गठबन्धन केपी ले भनेको जस्तो नेपाली जनताको चाहना र अाबश्यकता, पुष्पकमलले भनेको जस्तो निरन्तरतामा क्रमभंगता र बाबुराम ले भनेको जस्ताे अाबश्यकता र अाकस्मिकता जे भने पनि बिचार र प्रबृत्ति काे दृष्टिले हेर्दा याे संयाेग र स्वभाबिक छ । यसले संशोधनवादी गठबन्धनलाई एक ठाउँमा ल्याएको छ र कथित क्रान्तिकारी अावरणलाई च्यातेकाे छ ।
५) पाँचौ , याे गठबन्धन ले नेपालकाे राजनीतिलाई तत्कालका लागि तीन धारा र त्यसपछि दुई धारामा बिभाजन गर्ने छ । तत्काल, एउटा काँग्रेस काे नेतृत्वमा कठाेर पुजीवादी धारा, अर्को एमालेकाे नेतृत्वमा सुधारवादी संसदिय बामधारा र अर्को एउटा सच्चा कम्युनिस्टहरुकाे क्रान्तिकारी समाजवादी धारा कायम हुनेछ भने दीर्घकालीन रुपमा एउटा यथास्थितिवादी पुजीवादी धारा र अर्को क्रान्तिकारी बैज्ञानिक समाजवादी धारा कायम हुनेछ । यसले देशलाई क्षेणिक संकटमा लगेता पनि अन्तत बैज्ञानिक समाजवादी धाराले बिजय हासिल गर्ने छ र सबै खाले संकटको समाधान गर्ने छ ।
६) तर यति हुदा हुदै पनि एकता र सहकार्यको सामान्य मापदण्ड पनि पूरा नगरि जसरी बाम धुर्बिकरणकाे हठात घाेषणा गरियो, यसको पर्दा पछाडि ठुलो रहस्य लुकेको सहजै अनुमान गर्न सकिन्छ । याे एक प्रकारले सामान्य नजरबाट हेर्दा अबान्छित, अप्रत्याशित, अनैतिक र अपबित्र जस्तो देखिनुकाे कारण , मुल्य हिनकाे राजनीति गठबन्धन मा काँग्रेस संग सरकारमा बसेको माके, प्रतिपक्षमा बसेकाे एमाले र कम्युनिस्ट झण्डा फालेर हिडेका बाबुराम अनि अन्य गैर कम्युनिस्ट चिन्तनका शक्ति सामेल हुनु र त्यसको काउन्टरमा काँग्रेस ले अर्को कथित प्रजातान्त्रिक गठबन्धन हठान बनाउन खाेज्नुले यसको पुष्टि गर्छ । यसले यस्तो पनि संकेत गर्छ कि फुटाउने र जुटाउने शक्ति एउटै छ र त्यसले कथित सहमतिको राजनीति र कथित संबिधान काे उलंघन गराउदै कथित दलाल सरकार र सदनको बिघटन गरि गैरराजनीतिक सरकार बन्ने, कथित संघिय र प्रान्तीय चुनाव पनि वरपर हुने र देशमा ठुलो बैदेशिक चलखेल हुने संभावना पनि देखिन्छ । यदि यस्तो भयो भने पनि दलाल संसदीय ब्यवस्थाकाे स्वभाबिक परिणाम मान्नु पर्ने हुन्छ र बरु त्यसको बिकल्पमा बैज्ञानिक समाजवाद स्थापनाकाे मार्गमा अघि बढ्नु पर्छ । बाहिरी शक्तिको भरमा तयार भएका चाहे कथित बाम हउन चाहे कथित प्रजातान्त्रिक गठबन्धन हाेउन, ती सबै निकट भबिश्यमै तासको महल जसरी ढल्ने छन् भने क्रान्तिकारीहरु बिच बलियो एकता र धुर्बिकरण अगाडि बढ्ने छ । सबैलाई चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]