नर्कको यात्रा लूटको स्वर्ग,बिलयको गठबन्धन – झपेन्द्रराज बैद्य
यही आश्विन १७ गते एमाले र माओबादी केन्द्र तथा नयाँ शक्ति बीच पार्टी एकता र निर्बाचनमा तालमेल हुने घोषणाले बजार निकै तताएको छ। चिया पसल, बजार र गल्लीगल्लीहरुमा एकीकरणको तातो हवा निकै चलेको छ। जंगली भनिएको माओबादी र राजतन्त्र बिरुद्धको संघर्षमा ठेलागाडीबाट अमेरीका पुग्न सकिदैन भन्ने पार्टीहरु एकाएक ३६० डिग्रीमा पुगेर पार्टी एकता गर्दैछन्। वास्तबमा यो कुनै अनौठो कुरा होइन। स्वभाबिक प्रक्रिया हो। बिचार र सिद्धान्त मिले पछि दुईटा पार्टीको आवश्यकता थिएन नै। भन्न जे भने पनि हुन्छ। उनीहरुले अहिले सम्म आफूलाई कम्युनिष्ट नाम राखेका छन्। तर उनीहरु वास्तबिकरुपमा बामपन्थी होइनन्। माक्र्सबादको आधारभूतः सिद्धान्त बर्ग संघर्ष र बलप्रयोगको नीति परित्याग गरेकोले उनीहरुलाई अब कम्युनिष्ट भन्न मिल्दैन। जुन कुरा बिप्लभ माओबादीले सार्वजनिक गरिसकेको थियो। अब क..मोहन बैद्य किरण र क.मोहन बिक्रम सिंहबाट पनि यही कुरा आएको छ —उनीहरु कम्युनिष्ट होइनन्। कम्युनिष्ट पार्टी छोडेर गएका बाबुराम भट्टराइको नयाँ शक्ति पनि सामेल हुने भएको छ। भोलि क्रान्ति चर्कदै जादा नेपाली कांग्रेस सहित एउटै मोर्चा बन्ने छ। सिद्धान्त मिलेपछि यो कुनै आश्चर्यको कुरा भएन।
नेपालमा दर्जनौं पार्टी भए पनि सारमा दुई धु्रबीय बिचारका पार्टीहरु छन्। संसदबादी पार्टी र जनबादी पार्टी। अथवा बैज्ञानिक समाजबादी पार्टी र सामन्त, दलाल पुँजिबादी पार्टी। जनबादी पार्टीमा पनि दुई फा्क्सन छन्। बिर्वाचनमा सहभागी र निर्वाचनलाई खारेज गर्ने पार्टी। आआफ्नो संगठन, शक्ति र कार्यनीति अनुसार बहिस्कार, सशक्त बहिस्कार, उपयोग र निर्वाचनमा भागलिने कार्य हुन्छ। तर क्रान्ति र परिवर्तन चाहने हो भने खोलामा ढडिया थापेर हुदैन। अबको नयाँ परिस्थितिमा संसदबादको मोहलाई त्यागेर क्रान्तिमा लाग्नुको बिकल्प छैन। अब क्रान्तिारीहरु ध्रुबीकृत हुन जरुरी छ। क्रान्ति गर्ने बेला भएको छैन भन्दै दिन कटाउने हो भने पहिले आर्जन गरेको रातो इतिहास बिलय हुन्छ। ढीलो वा चाडो गोल चक्करबाद पनि एमालेकै लाइनमा पुग्छ। चुनाबको क्रान्तिकारी उपयोग पनि परिस्थिति हेरेर गर्नुपर्छ तर जुन संबिधानलाई कालो भनेर जलाइयो त्यसैलाई लागूगर्ने क्रममा उपयोगको नामले संसदबादी चुनाबमा भाग लिनु भनेको त्यही संबिधानमा सही धस्काएको कुरा ठहर्दछ। यो सामान्यरुपमा चुनाबमा भाग लिएको नभएर ऐतिहासिक मोडमा भाग लिएको कुरा आउँदछ। सुन्दर र असुन्दरबीच लडाइ चलेको अवस्था छ। यसबेला चुनाब उपयोग भन्नु प्रतिकृयाबादीले उपयोग गरेको महसुस हुन्छ। उपयोग तत्कालीन कार्या नीति हो। तर यसले रण नीतिलाई कत्तिको सहयोग गरेको छ भन्ने हो। उपयोग गर्दैमा आँधीबेरीका साथ बिरोध गरिहाल्नुपर्छ भन्ने पनि छैन। तर क्रान्तिमा नआएर उपयोगमा रमाउदै बस्ने हो भने जनबिश्वाश गुम्ने खतरा आउँछ। आखिरिमा ब्यबहारमा एमालेकरणको नतिजा आउनसक्छ। यो खाश पार्टी बिशेषको कुरा नभएर सबै पार्टीमा लागू हुने कुरा हो। अब जति सक्यो चाँडो क्रान्तिकारीहरु धु्रबीकृत हुनुपर्छ। सबैले कुर्सीलाईमात्र हेर्ने हो भने क्रान्ति हुदैन। क्रान्ति पनि नगर्ने, कुर्सी पनि नछोडने हो भने यथास्थितिबादले समाजलाई अगाडि बढाउन सक्दैन। क्रान्ति नगर्ने बसिरहन्छन् , क्रान्ति गर्ने अगाडि बढिरहन्छन्। माक्र्सबाद एउटा बिज्ञान हो। क्रान्तिलाई कसैले रोक्न सक्दैन। संसारको इतिहासले साबित गरेको छ। नेपालको महान जनयुद्धले प्रमाणित गरिसकेको छ।
अहिले एमाले, माके र नयाँ शक्तिको गठबन्धनको असर सत्ताधारी नेपाली कांग्रेसमा आएको छ। लोकतान्त्रिक शक्ति भनिने पार्टीमा शंका र खैलाबैला भएको छ। आश्विन १८ साँझ नै उनीहरुले कांग्रेस र राजपासमेत ६ दलीय गठबन्धन तयार गरेर ७ सदस्यीय संयोजन समिति तयार गरिसकेका छन्। माकेका मन्त्रीहरुलाई हटाएर आफ्नै गठबन्धनबाट सरकार गठन गर्ने योजना उनीहरुको छ। २९७ भोट चाहिनेमा ३०० सय भोट तयार गरिसकेको उनीहरुको दाबी छ। जे होस् नयाँ गठबन्धन तयार भएको छ। क्षणिक लाभका लागि हिँजका खोटा आज नयाँ गठबन्धनका मुखिया बन्ने छन्। आशन्न चुनाबको ध्यान राखेर बनेको गठबन्धन हो यो। एकीकृत पार्टीको बिधान र चुनाबी घोषणपत्रको दस्ताबेज समिति पनि बनाइसकेका छन्। तर बाम एकता पानीको फोका जस्तै हुनेछ। ६० । ४० प्रतिशत भने पनि उनीहरुको लडाइ उम्मेदारीमा हुनेछ। सरकार गठनमा खिचातानी हुनेछ। देशले धान्नै नसकने भीमकाय मन्त्रिमण्डल बन्नेछ। छुट्टा छुट्टै पार्टी भएको अवस्थामा त खानेबेला तीन ठूला दलहरु मिलेर खान्थे भने एउटै दलको सरकार भएको अवस्थामा आफ्नै हातमा डाडु पन्यो हुनेछ। खान पल्केका भ्रष्टहरुले बहुमत देखाएर लुटको स्वर्ग मच्चाउने छन्। पुँजिबादी पार्टीहरुको लागि एउटा सकारात्मक कुरा के छ भने गठबन्धनले बहुमतको सरकार हुने धेरै संभावना छ।
जहाँसम्म बाम गठबन्धनको कुर छ प्रथमतः उनीहरु बाम नै होइनन्। नाममात्र हो। प्रचण्डले क्रमभंगको चमत्कार भनेको पुँजिबादमा जाने क्रमभंग हो। माओबाद फाल्ने प्रपञ्च हो। प्रचण्ड शब्दको भार बिसाउने प्रपञ्च हो प्रतिक्रियाबादमा बिलय हुने छलाङ् हो। कहिले रुखमा त कहिले सूर्यामा भोट। सत्तामा बसेर रमाउन पाए सबै पुग्छ। एमालेमा पनि सत्तामुखी चिन्तन छ। भ्रामक राष्ट्रबादी नारा छ। आइ.एन.जी.ओबाट आर्जित धनराशी छ। यो गठबन्धन निर्माण हुनुको २।३ कारणहरु छन्। एउटा कारण त मधेशमा भएको निर्वाचनमा एमाले चौथो हुन पुग्यो। मा.के धेरै ठाउँबाट ओहलो लाग्दै गयो। जनशक्ति पार्टीलाई पार्टी धान्न धौधौ भयो। डा. भट्टराईको शब्दमा पनि गठबन्धन हुनु आवश्यकता थियो। मूख्य कारण सबैको चासो र आवश्यकता चुनाबको थियो। यस गठबन्धनमा चाइनाको पनि हात रहेको बसझिन्छ। भारतले पनि बामबाट भन्दा प्रजातान्त्रिक शक्तिबाट फाइदा लिन उचीत ठान्यो। अर्को कारण भनेको ने.क.पा हो जसले संसदबादीहरुलाई चुनौती दिइरहेको छ। यसको सामना गर्नु उनीहरुको बाध्यता हो।
संसदबादीहरु एकातिर शक्ति संचय गदैछन्। अर्काेतिर क्रान्तिकारीहरु पनि ध्रुबीकृत हुनुपर्ने बाध्यता छ। नेपालमा दुई ध्रुबीय धार छन्। एउटा संसदबादी छ भने अर्को क्रान्तिकारी धारछ। अहिले एमाले र माकेले तथा नयाँ शक्तिले नर्कको बाटो लागेर लुटको स्वर्गमा रमाउन लागिपरेका छन्। यो उनीहरुको स्वर्थको बिषय हो। माकेको समूहमा पनि गोपाल किराँती,मातृका यादब, मणि थापा र प्रभुशाहले यस किसिमको गठबन्धनको बिरोध जनाएका छन्। माकेको वरिष्ठ नेता कृष्ण बहादुर महरा र वर्षमान पुनले पनि असुन्तुष्ठी जनाएको कुरा छापामा पाइन्छ। माकेका क्रान्तिकारीहरु देशको दलाल संसदीय पुँजिबादी ब्यबस्थाको बिरोधमा उत्रिएर क्रान्तिकारी लाइामा आउन जुर्मुराइरहेका छन्। अब नर्कको बाटो होइन मजदुर, किसान,सर्वहारा बर्ग र उपेक्ष्ति वर्गको मुक्तिर समाज रुपान्तरणका लागि देश भक्त, राष्टबादी तथा बिस्तारबाद र साम्राज्यबाद बिरोधी शक्ति एक जुट भएर नयाँ जनबादी क्रान्तिको बाटो हुदै बैज्ञानिक समाजबादका लागि एकीकृत जन क्रान्ति गर्ने बेला आएको छ। अहिले बेरोजगारी ब्याप्त छ। दिनको हजारौं युवा बिदेशमा पलायन हुन पुगेका छन्। देशको श्रम शक्ति बिदेशमा खर्च भएको छ। महङ्गीले आकास छोएको छ। भ्रष्टाचार र कमिशनको खेल छ। लुटनेले लुटिरहेका छन्। भोकै बस्ने भोक भोकै मरिरहेछन्। भूकम्पपीडित र बाढी पीडित खाली आकास मुनि जीवन ब्यतित गरिरहेछन्। सहिद परिवार, अपाङ्ग, बेपत्ता परिवारले कष्टसाध्य जीवन बिताइरहेछन्। यिनैको भ¥याङ् बनाएर मा.के पुँजिबादमा रमाउन पुगिरहेको छ। अब आमूल परिवर्तनको खाँचो छ। यसमा सबै लेखक, कलाकार, बिद्यार्थी, युवक,किसान,मजदुर, बुद्धिजीवि, महिला, जनजाति,दलित र राष्ट्रप्रेमीहरुको ठूलो भूमिका छ। सबभन्दा ठूला जनता हुन्। जनताको आँधीबेरी चले कसैको पनि केही लाग्दैन। न्याय, स्वतन्त्रता र शान्ति आजको आवश्यकता हो। जनतन्त्र, जनजीबिका र राष्ट्रिय स्वाधिनता देशको प्रमुख मुद्दा हो।