युवामा जागृति आजको आवश्यकता – डा. भगवानचन्द्र ज्ञवाली
आज नेपाली समाज परिवर्तनको प्रसव वेदनामा छटपटाइरहेको छ । यो आजको मात्र हैन ७ दशकदेखिको वेदना हो । जब युगले प्रसवको सम्भावना बोकेको हुन्छ त्यहाँ अनेक दुष्प्रवृत्तिले घेरा हाल्नथाल्छन् । आज हाम्रो देश त्यस्तै अवस्थाबाट गुज्रिरहेको छ । परिवर्तन प्रकृतिको नियम हुँदाहुँदै पनि केही भ्रष्ट चेतनाका, स्वार्थी, मानवीय समताका विरोधीहरूले समाज विकासका मार्गमा अवरोध खडा गरेर त्यसलाई शिथिल पार्ने र यथाथस्थितिमा रोकिराख्ने प्रयास गरिरहेका हुन्छन् । प्राकृतिक नियमअनुसार वस्तुका रूपान्तरणमा आन्तरिक तत्त्व प्रधान र बाह्य तत्त्वको गौण भूमिकामा हुन्छ तथापि झट्ट हेर्दा बाह्यतत्त्व नै प्रधान जस्तो देखिन्छ । आज २१ औं शताब्दीमा पनि नेपाली समाजको परिवर्तन र विकास हुन नसक्नमा भारतीय विस्तारवाद र प्रभुत्ववाद अनि साम्राज्यवाद र नवउपनिवेशवाद प्रधान जस्तो देखिएको छ तापनि हाम्रो समाजका संस्कृति र परम्परामा विद्यमान जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय भेदभाव, अन्याय र अहङ्कारवाद नै प्रधान रूपमा समाजलाई विभाजन गर्न र पछाडि पार्नमा प्रमुख जिम्मेवार रहेका छन् । विगतमा काठमाडौं उपत्यकाबाहेक राष्ट्रको भूगोलको समेत जानकारी नभएका शासक सत्ताधारीहरूले देशको माटो र जनताको उपेक्षा गरेर राजधानीमा राज गर्ने परिपाटी चलाएका थिए र त्यसले जनताको एउटा वर्ग, एउटा समुदाय र एउटा जाति तथा राप्तीपारि पश्चिम र सुदूर पूर्वको भूगोल अनि तराईको भूभाग भौतिक र मानवीय विकासका दृष्टिले उपेक्षित रहन्थ्यो । जनता रैतीका नाममा कर तिर्थे र सिक्काको प्रयोग गर्थे मात्र । युगका गतिसँगै केही वाध्यात्मक विकास त हुँदै आयो तर जनसङ्ख्यावृद्धि र विश्वपरिवेशको विकासात्मक तीव्रताका दृष्टिले खासै केही हुनसेकन ।
सत्तामा आसीन हुनेहरूले आपूmले नकमाएको देखाए पनि परिवारजन र आफन्तलाई प्रसस्त कमाउने अवसर दिएकै छन् । सरकार राष्ट्रघाती, विखण्डनकारी, आर्थिक भ्रष्ट कर्मचारीहरू, रातारात करोडपति बन्ने व्यापारीहरूलाई कार्यबाही गरेर जनताको हितरक्षा गर्नसक्दैन बरु तिनैका इसारामा नाचिरहेको छ । गणतान्त्रिक नेताहरूले विगतका सत्ताधारीहरूको भन्दा भिन्न व्यवहार देखाउन सकेका छैनन् ।
अतः जनता सुगौली सन्धिका तत्काल पछिका समयमा झैं पुनः निराशामा डुबेका छन् । परिवर्तन त कुरै छोडौं आर्थिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणको कुनै ठोस नीति अहिलेका कुनै सरकार वा पार्टीहरूले पेस गर्न सकेका छैनन् । नवनिर्वाचित स्थानीय पालिका प्रमुखहरूसमेत आफ्नै आँखा अगाडिको विकासको न्यूनतम वस्तुगत यथार्थलाई छायाँमा पारेर स्मार्ट र मेघा सहरका सपनाहरू जनतासमक्ष बाँडिरहेका छन् । उनीहरूका ती भ्रामक भाषण सुन्दा कतैबाट आकाशवाणी आएजस्तो लाग्छ । गरीब र धनीका बीचको खाडल अझ फराकिलो बन्दै गएको छ ।
हाम्रो देशभन्दा कैøयौं वर्षपछि त्रूmर सामाज्यका उपनिवेशबाट स्वतन्त्र भएका देशले हाम्रै आँखा अगाडि असामान्य प्रगति गरेर मानवीय विकासको चरम शिखर चुम्दासमेत हाम्रो देश अझै ईशाको अठारौं शताब्दीका महारात्रिमा मस्त निद्रामा सुतिरहेकै भान हुन्छ । २०४६ सालपछि भौतिक विकासमा किञ्चित गति अघि बढेको देखिएपछि मानसिक चेतनाका विकासमा अझ ओरालो लागेको मानव विकास सूचकाङ्कले देखाएको छ । हिजका जुकाहरू छेपाराले रङ् फेरेझैं फेरि नयाँ रूपमा जनताका प्रतिनिधि बनेर राज्यसत्तामा हालीमुहाली गर्न आइपुगेका छन् ।
पैसाले पैसा तान्छ भनेझैं हिंसाले हिंसा नै बढाउँछ भन्ने बुद्ध वाणि अहिले सार्थक देखिंदै छ । त्यसैले पथभ्रष्टता यति बडेको छ कि चेतनशील बौद्धिक वर्गबाट समग्र कर्मचारी तन्त्र, राजनीति र न्याय प्रशासनमाथि समेत गम्भीर भ्रष्टताको खुला आरोप लाग्न थालेको छ तर सम्बन्धित समूहमा त्यसप्रति कत्ति संवेदनशीलता छैन । चेतना र सांस्कृतिक पतनले मानिसको समग्र पतनको बाटो खोल्छ । बाह्य भन्दा परिवर्तनका लागि आन्तरिक तत्त्व प्रधान हुन्छ त्यसैले होला हामी मूढताको न्यून धरातलबाट माथि उठ्न सकेका छैनौं । हामी यति धेरै त्यस प्रवृत्तिका पर्दामा छोपिएका छौं कि आफ्नै विगतका विकृति, रूढि र अन्धविश्वासबाट सद्यः मुक्त हुने बाटोसमेत देख्न सकिरहेका छैनौं । देशमा चलेको प्रत्येक दशकको जनताको विद्रोह र आन्दोलन अनि विगत ०६० का दशकको दशवर्षे सशस्त्र द्वन्द्वको नेतृत्व वर्गसमेत माथि उल्लिखित प्रवृत्तिबाट ग्रस्त हुँदा अत्खलो गएझैं देशको परिवर्तनको गर्भ पनि पतन भएको छ र त्यसले हाम्रो परिवर्तनकामी चेतनालाई अझ कैयौं वर्षका लागि निराशाका गर्तमा धकेलिदिएको छ ।
विगतमा हतियार बाँड्ने र जनातालाई सशस्त्र गर्दै देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने भन्ने कार्यकर्ताहरूमा एउटा भ्रम मात्रै बाँडियो । आधारभूत रूपमा आन्तरिक रूपमै जनतालाई शक्तिशाली र वैज्ञानिक चेतनायुक्त बनाउने कत्ति प्रयास भएन । विदेशी शक्तिका प्रलोभन र आडमा आपूm सत्तामा पुगेपछि या त त्यसैलाई अन्तिम प्राप्ति ठानेर नेतृत्व शिथिल भएको छ या गहन चिन्तिन मननबाट मात्र प्रतिपादन गर्नसकिने नयाँ बाटो देख्न नसकेर सशस्त्र सङ्घर्षबाट आएको नेतृत्व कुइराको काग भएको छ । नेपालमा अक्षरशः लागू हुन नसक्ने विकासका केही विदेशी सिद्धान्तहरूलाई अगाडि सारेर भ्रमको खेती गर्ने काम मात्र भएको छ । त्यसो गर्नु सर्वथा धोका र बेइमानी हो । जुन पार्टीमा ठग र बेइमानहरूको बाहुल्य छ त्यस्ता पार्टीले जनतालाई न्याय दिन र देशको समग्र विकास गर्न सक्दैन । अहिले हजारौ जनताका त्याग र जीवन बलिदानी भावनाको सिधै अपमान भएको छ । साधारण जनतासँग कार्यकत्र्ताका दुव्र्यवहारले माओवादी पार्टीलाई जनताले मन पराइरहेका छैनन् । त्यसको नमुना स्थानीय चुनावले देखाइसकेको छ । त्यत्रो जनयुद्ध हाँकेको पार्टीका नेता र कार्यकत्र्ताको आचरण यति घिनलाग्दो छ कि जनतालाई शक्तिको स्रोत मान्ने चाहना नै देखिंदैन । माक्र्सवादी पार्टीमा वर्गीय चिन्तन छोडेर जातीय राजनीति हाबी भएको छ । त्यतिबेला पञ्च वा बहुदलवादीहरूलाई गलत प्रवृत्तिका निमित्त गाली गर्ने व्यक्ति नै अहिले जनताका बलमा तिनलाई फ्याँकेपछि उनकै आचरण आपूmले पनि अँगाल्ने गद्दारी केन्द्रीय नेतृत्वले गरिरहेको छ । जनतालाई पूर्ण विश्वासमा लिनुभन्दा ढाँट्ने, छल्ने र भ्रममा पार्ने सामन्ती चरित्र जनयुद्ध लडेका नेता र कार्यकर्तामा पनि यथावत् रूपमा विद्यमान छ । अनि आफैलाई जतगणतन्त्रवादी भन्दै फलाको गर्न कत्ति लाज छैन ।
एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको प्रमुख भएर पनि भारतीय शासक वर्गको सहयोग र समर्थनबिना सत्तामा टिकिरहन सकिंदैन भन्ने अन्धचेतना र कथित खाएको जुठो नुनको सोझो गर्ने प्रवृत्तिका कारण २००७ सालपछिका आर्धशताब्दी भन्दा बढी समयसम्म पनि राज्यसत्तामा पुग्ने सबै नेताहरूले नेपालमा दिल्लीमुखी शासन चलाउँदै आएका छन् । भारतीय क्षेत्रीय प्रभुत्ववाद र साम्राज्यवादी विस्तारवादबाट मुक्त रहेर आफ्नै देशका जनतामाथि विश्वास गर्दै देशको वागडोर सञ्चालन गर्नसकिन्छ भन्ने आत्मबल समेत आजका नेताहरूमा पनि जाग्न सकेको छैन । जसले गर्दा नेताहरूकै कारण आन्तरिक रूपमा देश विखण्डनको सङ्घारमा उभिएजस्तो भान हुन्छ भने अर्कातिर कतिपय मन्त्रीहरूको समेत विदेशी शक्ति विशेषतः भारतीय सत्ताधारीहरूसँगको पर्दाभित्रको व्यवहार अत्यन्तै शङ्कास्पद छ । सदनमा समेत भारतभक्ति देखाउन लाज मान्दैनन् । कतै लेण्डुप बन्ने त होइनन् हेर्दाहेर्दै भाउजू राँडी भनेजस्तै हुने त होइन भन्ने त्रास जनतामा फैलिएको छ ।
गतकालका प्र.म. क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यसै छुद्र चेतनाबाट मुक्त हुन नसकेका कारण हालै देशलाई २५ बुँदे सम्झौता मार्फत् अझ भारतीय परघाती मिचाहा प्रवृत्तिका जकडबन्धमा फँसाएका छन् । जनताको अशिक्षा, भय वा यथास्थितिमा रम्ने प्रवृत्ति र परिवर्तनप्रति तत्परताका अभावले युगीन परिवर्तनको ढोका खोल्न सक्दैन र उद्ध्र्वचेनताका अभावमा फोहरबाट मुक्ति मिल्न पनि सक्दैन । युवावर्गमा विगतका गलत प्रवृत्ति र परम्परालाई फाल्ने सबल दृष्टि र आत्मबल अवश्य हुन्छ तर आँखामा स्वार्थको पर्दा लागेपछि त्यो सबै यथार्थ धमिलो देखिन्छ अतः त्यसै दुष्प्रवृत्तिलाई अँगालेर आजका युवा त्यसैका पुच्छरमा झुण्डिएका छन् । त्यही प्रवृत्ति युवाहरूमा पनि अझै एक दशक रहिरहेमा देशले पराधीनताको जञ्जीरमा जकडिनु बाहेक अर्का विकल्प नपाउने निश्चित छ । यो वर्तमान मुलुकको बिडम्वना हो तर परिवर्तनका सम्भावनाको अन्त्य भइसकेको छैन । युवावर्गले क्षणिक स्वार्थ त्यागेर युगीन परिवर्तनका लागि लामवद्ध हुनु आवश्यक छ । आपूmले आज केही नगरे पुर्खाले निर्माण गरिदिएका जगले भविष्यलाई सधै बोकिरहन सक्दैन । अर्का प्रतिपक्षले जनताको राष्ट्रवादी चेतनालाई कतै अन्धराष्ट्रवादको नाराले आन्तरिक द्वन्द्वमा फँसाउने त हैन भन्ने कुरामा पनि जनताले सचेतता अपनाउनु पर्ने पनि देखिन्छ । चेतना भया ।।