नेकपालाई साथ दिऔँ , क्रान्ति सम्पन्न गरौँ
नेपाल कम्युनिस्ट पार्टीले हालै अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसर पारेर राजधानीमा भव्य जनप्रदर्शन तथा विशाल जनसभा सम्पन्न गरेको छ । देशमा रहेका अन्य दलहरुले अक्टोबर क्रान्तिको सामान्य सम्झनासमेत गर्न चाहेनन् । उनीहरु देशलाई यस्तै भद्रगोल अवस्थामा राखेर आफ्नो लुटको कायम गर्नमै तल्लिन छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भन्दै नेपाली जनतालाई गुमराह पारेर उनीहरु पुनः सत्ता हत्याउने कसरतमा लागिपरेका छन् । उनीहरुलाई देश र जनताप्रति कुनै चासो र चिन्ता छैन । चिन्ता छ त केवल कसरी आपूm र आफ्नो पार्टीलाई सरकार र सत्तामा पु-याउने र आफ्नो लुटको स्वर्ग कायम राख्ने ? यस्तो अवस्थामा नेकपाले अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउँदै क्रान्तिको शंखघोष गरेको छ । उसले देशमा रहेका सामन्तहरुलाई निमिट्यान्न पार्दै भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने र देशलाई वर्तमान संक्रमणबाट मुक्ति दिलाउने उद्घोष गरेको छ । जुन आमस्वाभिमानी नेपाली जनताको चाहना पनि हो । तसर्थ, देशलाई वर्तमान संकटबाट पार लगाउन, स्वतन्त्र र सार्वभौम बनाउन पनि नेकपाको साथ दिनु आमस्वाभिमानी जनताको कर्तव्य हुन जान्छ । त्यसैले देशलाई थप संकटमा पार्ने, जनतालाई पीडित बनाउने वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको भ्रममा नपरेर नेपाली जनता सडकमा उत्रनुको विकल्प छैन । यदि अब पनि नेपाली जनता सडकमा नउत्रने हो भने संसद्वादी दलका कारण देश धराशयी हुने निश्चित देखिन्छ । देश नै नरहे हाम्रो अस्तित्व के होला ? यो कुराको मनन् गर्दै आमस्वाभिमानी नेपाली जनताले नेकपालाई साथ दिऔँ र नेपालमा पनि क्रान्ति सम्पन्न गरौँ । आजको आवश्यकता, समयको माग पनि यही हो, चेतना भया ।