चैत २४ लाई प्रतिरोधी धक्काको रूपमा मनाऔँ – खेम थपलिया

२०७४ चैत्र २२ गते, बिहीबार

चैत २४ नेपालको इतिहासमा छुट्टै पहिचान बनाउन सफल भएको दिन हो । चैत २४ नेपालको इतिहासमा प्रतिरोध र बलिदानको पर्याय बनेको कारणले गर्दा पनि यो दिन चर्चित भएको हो । २०३५ साल चैत २४ गते नेपालका सचेत, जुझारु युवा–विद्यार्थीले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई सैनिक सरकारले दिएको मृत्युदण्डको विरोधमा काठमाडौँमा विशाल र सशक्त प्रदर्शन गरेका थिए । यो प्रदर्शनका कारण २०१७ सालबाट लागू भएको निरङ्कुश पञ्चायती व्यवस्था अस्तव्यस्त भयो । भुट्टोलाई दिइएको मृत्युदण्डको विरोधमा जागरुक, जुझारु युवा–विद्यार्थीले आन्दोलन सुरु गरेको दिन थियो चैत २४ । पञ्चायती व्यवस्थाको रापले पिल्सिएर शीतल खोज्दै बसेका राजनीतिक दलका नेताको तत्कालीन अवस्थाको विश्लेषणमा असम्भव देखिएको आन्दोलनलाई जुझारु र आमूल परिवर्तनका पक्षधर विद्यार्थीहरूले सम्भव बनाएको दिन थियो चैत २४ । पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन गर्नु झन्डै–झन्डै मृत्युलाई निमन्त्रणा दिनुपर्ने अवस्थामा जुझारु विद्यार्थीहरूले आफ्नो मृत्युको आफैँले निमन्त्रणा–पत्र वितरण गरी आन्दोलनमा होमिएका थिए । सो आन्दोलन अगाडि बढ्ने क्रममा विद्यार्थीले मुक्ति या मृत्यु रोज्नुपर्ने परिस्थिति बने पनि त्यसले आन्दोलन अझै चर्काएर लैजान प्रेरित ग¥यो । आन्दोलन सशक्त ढङ्गबाट अगाडि बढ्दै गएपछि त्यसमा जनसाधारणको पनि सक्रिय र सशक्त सहभागिता हुन थाल्यो । अन्ततः भुट्टोको फासीविरुद्ध गरिएको आन्दोलन निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा मात्रै नभई राजतन्त्रको विरोधमा देशको राजधानी काठमाडौँमै ‘राजतन्त्र मुर्दावाद’ को नारा घन्कियो । यसरी नारा घन्किएपछि आन्दोलन रोक्नका लागि तत्कालीन अवस्थामा निर्विकल्प मानिएको पञ्चायती व्यवस्थामा जनमत–सङ्ग्रह गर्ने घोषणा गरियो । यो घोषणाले बलिदानको कोटा चुक्ता गर्न तयार आन्दोलनकारीहरू थप उत्साहित बने । देश राजनीतिक आन्दोलनको उर्वराभूमिमा परिणत भयो । त्यसयता भएका सबै प्रकारका आन्दोलनको पृष्ठभूमि २०३५ सालको चैत २४ बाट थालिएको विद्यार्थी आन्दोलनले तय गरिएको हो ।
२०३५–३६ सालमा जागरुक युवा–विद्यार्थीले आन्दोलनबाट जोतेर ऊर्वरा नबनाइदिएको भए बहुदलीय पुनस्र्थापनाका लागि राजनीतिक दलहरूले २०४६ सालमा गरेको आन्दोलन सम्भव हुने थिएन । यसरी चैत २४ गते नेपालको राजनीतिक इतिहासमा आन्दोलनको पर्यायका रूपमा स्थापित भएको छ । चैत २४ निरङ्कुश विरोधी आन्दोलनको प्रतीक पनि हो । बज्रलेपन भएको भूमिलाई जोतेर आन्दोलनको वातावरण बनाउने र बीजारोपण गर्ने दिन पनि चैत २४ नै हो । मृत्युको प्रतिरोध गर्दै मुक्तिका लागि अगाडि बढ्न प्रेरित गर्ने दिन चैत २४ नै हो । अग्रगामी परिवर्तनका लागि सम्झौताहीन सङ्घर्षको प्रेरणा दिने दिन चैत २४ हो । चैत २४ आन्दोलनको, विद्रोहको सार–रूप पनि हो । जनयुद्धमा नेपाली सेनाको हेलिकप्टरलाई माओवादी सेनाद्वारा खसालिएको दिन पनि चैत २४ हो । यसैले त अग्रगामी परिवर्तन र पुनः मुक्तिकामीहरूका लागि चैत २४ स्मरणीय दिन बनेको छ । यो दिन आन्दोलन दिवसका रूपमा स्थापित भएको छ । फेरि यतिबेला नेपाली राजनीति अभाव, असहजता, आशङ्का र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । जनयुद्ध–जनआन्दोलनका क्रममा जनताले बगाएका रगतका टाटा अहिले पनि आलै छन् । महान् सहिदका सपना, बेपत्ता परिवारका आर्तनाद तथा घाइतेका चह¥याइरहेको घाउ आज पनि जस्ताको तस्तै छन् । देशमा कथित नयाँ संविधान, तीनै तहको निर्वाचन र नयाँ सरकार गठन भइसकेको छ तर पनि सत्तामा सामाजिक दलाल पुँजीवाद हाबी भएको कारण जनताका चाहना सहज रूपमा पूरा नहुने लक्षण देखिँदैछ । दलाल सत्ता बौलाउन थालेको छ । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई वारेन्ट जारी गर्ने, पक्रने, बेपत्ता पार्ने काम तीव्र बनाइएको छ । मुक्तिकामी जनताले जनयुद्ध, जनक्रान्ति र त्यसपूर्वका ऐतिहासिक गौरवपूर्ण जनसङ्घर्षलाई पुनः एकपटक स्मरण गर्नुपर्ने भएको छ । महान् तथा गौरवपूर्ण बलिदानगाथा जसले विचलित र दिग्भ्रमित हुँदै गएको नेपालको कम्युनिस्ट राजनीतिक मनोविज्ञानलाई सही ट्रयाकमा ल्याउनुको कुनै विकल्प छैन ।
‘राज्यसत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने कुरा बुझेका जनताले वास्तविक रूपमा सत्ता प्राप्त गरेका छैनन् । महान् सहिदको रगतलाई बर्सेपानीको भेल सम्झने, घाइते तथा बेपत्ता परिवारका कथा–व्यथालाई कर्मको फलको संज्ञा दिने कूपमण्डूकहरू यतिखेर भारतीय–अमेरिकी साम्राज्यवादको पाउमा परेर आफ्नो जनविरोधी तथा राष्ट्रविरोधी गर्नेका विरुद्ध विश्व सर्वहारावर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी सङ्घर्षरत छ । दलाललाई देशको सीमा मिचिएकोमा कुनै वास्ता छैन । कालाबजारीयाले कृत्रिम मूल्य बढाएकोमा पनि तिनीहरू मौन छन् । जलमाफिया र तिनका भरौटेहरूबाट भएका कू–कृत्य बयान गरी साध्य छैन । विभिन्न निहुँमा विदेशीको नेपाल भ्रमण र त्यसको अन्तर्यमा भएको तीब्र हस्तक्षेपले पनि ती तŒवहरूलाई कतै छोएन । शासकहरूका अपारदर्शिता, ब्रह्मलुट र सत्ता लम्पटपनाको कारण सिर्जिएका समस्याद्वारा देश चुर्लुम्म डुबेको छ । देशका प्रचलित कानुनको उनै शासकद्वारा खिल्ली उडाइएको छ । ती सबै सामन्तवादका जुठोपुरो खाएका भाटहरू हुन्, जनताका दुश्मन हुन् र राष्ट्रघाती हुन् । जसले नेपाल र नेपाली जनताको कहिल्यै भलो चिताएनन्, ती तŒवहरूले चिताउन सक्तैनन् पनि । यसरी ती तŒवहरूले महान् सहिदको रगतको अपमान गरिरहेका छन् । तिनीहरूले शान्तिप्रक्रियालाई दलाल सत्ताको सुदृढीकरण गर्ने अवसरका रूपमा लिइरहेका छन् । यी राष्ट्रघाती र जनविरोधी तŒवहरूलाई सबैले बेलैमा चिन्नु जरुरी छ ।
महान् जुनयुद्ध, जनआन्दोलनका लक्ष्यलाई कदापि नबिर्सौ“ । जनताका सपना साकार तुल्याउन इमानदार बनौ“ । फेरि बलिदानीपूर्ण ऐतिहासिक विरासततर्फ फर्किएर हेरौ“ । जनताका आकाङ्क्षा, महान् सहिदका सपनालाई साकार पार्न हामी सबैले सबैलाई घच्घचाऔ“ । सबैले फेरि समवेत स्वरमा भनौ“– बलिदानीपूर्ण र गौरवशाली इतिहासको स्मरण गरौँ ! चैत्र २४ लाई प्रतिरोधी धक्काको रूपमा मनाऔँ ! एकीकृत जनक्रान्ति जिन्दावाद !

प्रतिक्रियाहरु

[anycomment]