मोदीको भ्रमण वारे – ऋषि कट्टेल

२०७५ बैशाख २० गते, बिहीबार

अचेल नेपाल मोदीमय बनेकोछ । सरकारका मन्त्रीहरु मोदीको भ्रमणको चाँजो पाँजो मै व्यस्त देखिन्छन । भारतीय सुरक्षा निकाय समेत सक्रिय देखिन्छ । जनकपुर देखि मुस्तांग सम्मको सवारीको सुरक्षा मिलाउन भारतीय फौज हेली लिएरै घुमी रहेको छ । ओलीहरु आसिर्वाद र निगाहाको आसमा प्रफुल्ल छन । विरोधका स्वरहरु पनि सार्वजनिक भई रहेकाछन । क. मोहन विक्रमले वक्तव्य निकालेर स्वागत नगर्ने कुरा गरेका छन । क्रान्तिकारी माओवादीका नेताहरुले मोदीलाई मोसो दल्ने कुरा गरिरहेकाछन । समाजिक सञ्जालमा मोदीको विरुद्ध निकै चर्का कुराहरु आएकाछन । नेपाल र नेपाली माथि अन्याय गरिरहेको भारतीय शासकका विरुद्ध आक्रोस पोखिनु स्वभाविकै छ ।
मोदी भ्रमणको वेला पारेर देउवा सरकारले समेत खारेज गरेको भारतीय राजदुतावासवाट सोझै ५ करोड वाँडने योजना ओली सरकारले फेरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यसैगरी अरुण तेस्रो सिलान्यासको योजना सार्वजनिक भैरहेकोछ । ओलीले भारत भ्रमणकोवेला पुराना सवै असमान र राष्ट्घाति सन्धि संझौताहरु कार्यान्वयन गर्ने कवुल गरेर आएकाछन । अव मोसो कसलाई धस्ने ? लम्पसारवादीहरु लाई की मोदीलाई ? जवसम्म देशभित्रका राष्ट्घातिहरुलाई परास्त गर्न सकिदैन तवसम्म देशलाई विदेशी हस्तक्षेप वाट मुक्त गर्न सकिदैन । भारतीय हस्तक्षेपको विरोध गरौ । तर यसको वहानामा लम्पसारवादीहरुलाई सुरक्षित वन्ने अवसर नदिउँ ।- कट्टेलको फेसबुकवाट साभार

प्रतिक्रियाहरु

[anycomment]