डा. केसीको अनशन र शैक्षिक माफियाहरुको कुरुप चेहरा – हस्तवहादुर केसी

२०७५ श्रावण ११ गते, शुक्रबार

यसपटकको डा. गोविन्द केसीले मेडिकल शिक्षा सुधारको माग राखेर २७ दिनसम्म गरेको भोगहड्ताल ( अामरण अनशन) ले नेपालका राजनीतिक पार्टीहरु , तिनका नेताहरु,तिनका अासेपासेहरु, चाकडीबाज र गुलामहरु , को कति शैक्षिक दलाल रहेछन् , को कति शैक्षिक माफिया र शैक्षिक काला व्यापारी रहेछन् भनेर प्रस्ट रुपमा चिन्ने , जान्ने र बुझ्ने नेपाली जनतालाई ठुलो मौका मिल्यो । नेपाली कांग्रेसको बारेमा त नेपाली जनतालाई पहिले नै थाह भइसके कुरा हो कि उ नेपालीका सबै खाले दलालहरुको राजनीतिक पार्टी हो । त्यति मात्र होइन , नेपाली कांग्रेस राजनीतिक रुपले भारतीय विस्तारवमदको घोषित दलाल पार्टी हो । यी अारोपहरु लगाउशउदा उसले कुनै टिप्पणी गर्दैन किनभने नेपाली कांग्रेसले यो प्रबृत्तिलाई स्विकार्दै अाएको छ पचाउदै पनि अाएको छ । यो कुरा साँचो हो कि नेपाली कांग्रेस शैक्षिक दलालहरुको पार्टी हो । नेपाली कांग्रेस शैक्षिक माफिया हरुको पार्टी हो । नेपाली कांग्रेस शैक्षिक काला व्यापारीहरुको पार्टी हो य कुरा नेपाली जनताले बि. स. २००७ देखि नै भन्दै अाएको र नेपाली कांग्रेसले पनि स्विकार्दै अाएको कुरा हो । यो पनि जगजाहेर कुरा हो कि नेपालमा शिक्षालाई निजीकरण गर्ने पहिलो पार्टी नेपाली कांग्रेस हो । २०४८ पछि सत्तामा पुगे पछि नेपाली कांग्रेसले शिक्षालाई निजीकरण गरेर शिक्षाका नाममा कालो बजारि गर्ने , शैक्षिक दलालहरु खडा गर्ने , शैक्षिक माफियाहरु तयारी पार्ने र शिक्षालाई व्यापारीकरणमा लैजाने काम गरेको कसैबाट छिपेको छैन ।
त्यसैले पनि नेपाली कांग्रेस शैक्षिक दलालहरु , शैक्षिक माफिया हरु र शैक्षिक व्यापारीअरुको दलाल पार्टी हो । यसको बारेमा यो भन्दा बढी गफ लगाउनु भनेको समय खेर फाल्नु मात्रै हुनेछ । कुरा अायो , ऐतिहासिक झापा विद्रोहबाट अाएको दस वर्षे जनयुद्धको नेतृत्व गरेर अाोएको भूतपूर्व एमाले जो अहिले माओवादी अान्दोलन भित्रको फाटेको दुधमा परिणत भइसकेको भूतपूर्व माकेअरुसित घुलन हुन पुगेको एउटा ग्रुप र संशोधनको बाटो हुदै दक्षिणपन्थी तथा प्रतिक्रियावादीमा परिणत भइसकेको भूतपूर्व एमालेभित्र घुलन हुन पुगेको भूतपूर्व माकेहरुकलाई पनि यो शैक्षिक दलाल र माफियाहरुको स्तरमा गिर्न पुगेको नेपाली जनताले राम्रोसँग चिन्ने मौका पाए ।
भूतपूर्व एमालेलाई त नेपाली जनताले पहिले देखि नै शैक्षिक दलाल लगायत सबै खाले दलाल ठहर भएको राम्रोसँग संग चिनि सकेका थिए। एमाले त शैक्षिक दलाल र माफियाअरुको नाइके रुपमा परिणत भइसके पछि त्यस पार्टीका स्थायी समितिका सदस्य दखि केन्द्रीय समितिका अधिकांश नेता र अञ्चल , जिल्ला तथा स्थानीय स्तर का सम्पूर्ण कार्यकर्ताहरुले बोर्डिङ स्कुल खोल्ने , प्लस २ सञ्चालन गर्ने , नेताहरुले शेयर लगानी गर्ने गरेको सबै लाई प्रष्ट नै छ । त्यति मात्र होइन , नेताहरुको नाममा स्कुल , मेडिकल कलेजअरु खोल्दै अाएको सबै थाहा भएकै विषय हो । जस्तो कि मदन भण्डारीको नाममा मदन मेमोरियल स्कुल तथा कलेज अरु देशैभरी खोलेको छ। मनमोहन अधिकारीनाममा अस्पताल खोलेर यति ठूलो बदनामी कमाएको पनि सबैमा जगजाहेर नै छ ।
अर्को महत्त्वपूर्ण कुरा के हो भने दस वर्षे जनयुद्धको प्रक्रियाअन्तरगत माअोवादीले निजी स्कुल खारेज गर्ने पार्टीको निति बमोजिम बोर्डिङ स्कुलहरुमा बम समेत पड्काउदै अाएको हो र त्यसको नेतृत्व पुष्पकमल दाहालले गरेका थिए ।
अहिले एमाले भित्र विलय हुन पुगे पछि पुष्पकमल दाहाल एण्ड कम्पनी पनि निजी शिक्षाको पक्षमा एमालेअरुलाई समेत माथमार्दै लागि मात्रै परेनन् केपी अोली शीत काँध जोड्दै एक जना शैक्षिक माफिया तथा शैक्षिक दलाल दुर्गा प्रसाईं को घरमा मार्सि चामलको भात समेत खान पुगेको पनि विश्व भरका जनताले देख्नने मौका पाए ।
डा. गोविन्द केसीले नेपाली जनताका जायज मागहरु अगाडि सारेर वर्षौंदेखि लडाइँ लड्दै अाएका थिए । नेपाली कांग्रेसको दलाल सरकार होस या एमाले – माअोवादीको मिश्रित सरकार होस डा. गोविन्द केसी संग पटकपटक गरेका संझौताहररु कार्यान्वयन नरेर बेमानी गर्दै अाएका थिए ।
यस पाला भने डा. गोविन्द केसी जुम्ला समेत पुगेर अान्दोलनलाई कडाइसाथ अगाडि बढाए । उनलाई झुक्याउने षड्यन्त्रका साथ।दलाल सरकारले धेरै प्रकारका हतकण्डाहरु प्रयोग गर्यो । प्रशासनिक दमन चलायो। जुम्लाबाट डा. गोविन्द केसीलाई अपहरण शैलीमा काठमाडौ ल्यायो । दलाल सरकारले डा. गोविन्द केसीको विरुद्ध बोल्नका निम्ति विभिन्न रुप र रंगका दलालहरु तयार पारेर त्यस क्षेत्रमा खटाएको थियो , त्यहीँ प्रकरणको शिलसिलामा कानुन मन्त्री शेरवहादुर तामाङले अाफ्नो खाइपाई अाएको मन्त्रीको जागिर पनि गुमाउनु पर्यो । डाक्टर सुन्दरमुनि दिक्षितहरु जस्ता सत्ताका दलाल र भाटहरु अन्तिमसम्म फ्याउरो भुके झै भुकिरहेका थिए ।
तर जनताको अावाजका कारण अोली नेतृत्वको दलाल सरकार अन्ततः डा. गोविन्द केसीसामु झुक्यो र नौ बुँदे संझौता गर्न पनि तयार भयो ।
सत्तारुढ बनेको ब्राकेट नेकपाका ( भूतपूर्व एमाले र भूतपूर्व माके) का करिब ९०% नेता , कार्यकर्ताहरु शैक्षिक दलाल र शैक्षिक माफिया बनेका र शिक्षाको क्षेत्रमा र मेडिकल शिक्षाका क्षेत्रमा शेयर लगानी गरेका । अाफ्नै नाममा र अाफन्तहरुको नामबाट देशैभरी हजारौंको संख्यामा निजी स्कुल ,कलेज र मेडिकल कलेजहरु खोलेर शिक्षालाई व्यापारीकरण गरेर नेपाली जनताबा अरबौ, खरबौ सम्पत्ति ब्रह्मलुट मच्चाउदै अाएको अरुको सम्पत्तिमाथ ९ रेक्टर स्केलको भूकम्प अाउने भयले र कतिपय अाफ्ना नेता , कार्यकर्ताहरुको दानापानी सुक्ने भयले दलाल सरकारले डा. गोविन्द केसीले उठाएका नेपाली जनताका जायज मागहरुलाई पुरा गर्न सकिरहेको थिएन । तर जब जनत सडकमा उर्लियो र बाध्य भएर अोली नेतृत्वको दलाल सरकार डा. गोविन्द केसीसंग नौ बुँदे संझौता गर्न बाध्य भएको छ । कार्यान्वयन नभएसम्म यसलाई पत्याई हाल्नु चाहिँ हुदैन । डा. गोविन्द केसी र दलाल सरकार बिच चलेको यस पालाको लडाइँबाट को को नेता तथा पार्टी शैक्षिक शैक्षिक दलाल र माफियाहरुका सरदार रहेछन् भन्ने कुरा चिन्न र बुझ्न नेपाली जनतालाई ठूलो शिक्षा प्राप्त भएको छ ।
अाफूलाई कम्युनिस्ट हौं भनेर घोषणा गर्दै अाएका ब्राकेट नेकपा , त्यसका नेता , कार्यकर्ताहरु कुन दर्जाका शैक्षिक दलाल र शैक्षिक माफिया एवम् शैक्षिक काला व्यापारी रहेछन् भनेर बुझ्न नेपाली जनतालाई ठूलो शिक्षा प्राप्त भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]