को संशोधनवादी, को क्रान्तिकारी ? – विनोद दाहाल
कम्युनिस्ट आन्दोलनमा यतिखेर को क्रान्तिकारि र को संशोधनवादी भन्ने बहस छ । सर्वहारा वर्गीय आन्दोलनले भयानक धक्का खाएको वर्तमान अवस्थामा यो बहस हुनु स्वभाविक छ । तपाईं वा त्यो पार्टी कसरि क्रान्तिकारि ? पुष्टि गर्नुस् त ! सबैमा यो प्रश्न तेर्सिएको छ । नवसंशोधनवादीदेखि हामी अब्बल दर्जाका क्रान्तिकारी हौं भन्ने सम्मलाई यो प्रश्नले घोच्ने गरेको छ । क्रान्तिकारीका हरेका काम कारवाहीले सर्वहारा श्रमजिवी शोषित पिडित जनतालाई जगाउने र उठाउने कार्यदिशा हुन्छ । नीति, कार्यक्रम र योजना त्यस्तो हुन्छ । संशोधनवादीको ठिक त्यसको बिपरित चरित्र हुन्छ भन्ने सामान्य जानकारि नभएर होला यस्तो बिषयमा बहस भैरहेको छ । माओवादमा नीति वा सैद्धान्तिक पक्षमा के कमी छ वा असान्दर्भिक भइसक्यो ? यस्मा निश्कर्षमा नपुगि पन्छिनेहरु कदापि क्रान्तिकारी हुन सक्दैनन् । यो बहसबाट टाढा पुगेका मान्छे र झुण्ड संशोधनवादी नै हो । यस बिषयमा सायद बहस गर्नै पर्दैन ।
संशोधनवाद भनेको प्रतिक्रियावाद नै हो । यसलाई साम्राज्यवादी, विस्तारवादी र सामन्तवादीले आफ्नो हितमा प्रयोग गर्दछन् । अहिले माक्र्सवादी स्कुलिङका नाममा आईएनजीओमार्फत देश–विदेश सबै ठाउँमा प्रशिक्षण कार्यक्रम भईरहेका छन् । एमविसिंदेखि प्रदिप गिरीसम्मले देश–विदेशमा प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिईरहेका छन् । यसको माक्र्सवादलाई भ्रममा राख्ने मुख्य काम त छँदैछ, नेपालको सन्दर्भमा संशोधनवाद सर्वहारा वर्गलाई सशस्त्र हुनै नदिने, सशस्त्र भैहाल्यो भने पनि त्यसलाई खोसेर ध्वस्त पार्ने काममा प्रयोगमा आएको छ । यो संशोधनवादको प्रतिक्रियावादी चरित्र हो । यो माक्र्सवादका नाममा वर्गप्रति बेइमान गर्ने झुण्ड हो । माक्र्सवाद भने ठिक यस्को बिपरित हुन्छ । लेनिनको भनाई नै काफि छ कि संशोधनवाद प्रतिक्रियावाद नै हो ।
माक्र्सवादलाई पुँजीवादी ढाँचामा ढाल्ने नियत र कामलाई संशोधनवाद भनिन्छ । पुँजीवादको भोगेको नीतिबाट बढी प्रभाबित भएर त्यतैतिर मोडिने नीति पेश गर्नु अनुभववादबाट उत्पति भएको हुन्छ । त्यसैले अनुभववादीहरु प्रिणाममा संशोधनवादी हुन्छन् । त्यसैगरी नीति तथा सिद्धान्तको बेवास्था गर्दै सर्वहारा वर्गको पक्षमा कामकारवाहीमा मात्र ध्यान केन्द्रित गर्ने व्यवहारवादीहरु पनि जतिनै त्यसलाई सहि ठानून् आखिर ती पनि संशोधनवादको शिकार हुन पुग्छन् । अर्को पक्ष पनि यहाँ देख्न सकिन्छ, त्यो के भने मौलिककता तथा सृजनात्मकताको नाममा सजिलो र चल्तिको बाटो खोज्दै पुरानै ठाउँमा पुग्ने नवसंशोधनवादीहरु पनि संशोधनवादी नै हुन् । माओवादीकै नाममा बिसर्जनवादको बाटो अँगालेकाहरु पनि नवसंशोधनवादी नै हुन् । यिनलाई नवप्रतिक्रियावद भनेर संवोधन गर्दा सबभन्दा उपयुक्त हुन्छ । आपूmलाई क्रान्तिकारि ठान्ने तर माओवादको सार्वभौमिकतालाई स्वीकार्न नसक्नेहरु पनि छदम् रुपमा संशोधनवादी नै हुन् । उनीहरु माओबिचारधारामा सिमित भएर अहिलेको क्रान्तिको अभिारा पुरा गर्न सक्दैनन् र सर्वहारा वर्गलाई अलमल्याई राख्ने चरित्र बोकेका समुह हुन् । यिनीहरुबाट पनि कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्न जरुरी हुन्छ । यहाँ कम्युनिस्टको नाममा एउटा सानो प्रबृत्तिमा अलमलिएर एउटा झुण्ड बनाएर कम्युनिस्ट आन्दोलनमा भ्रम दिईराख्ने प्रबृत्ति पनि छ । कोही किमइल सुङ त कोही चे ग्वेभारा र पुष्पलाल जस्ता प्रबृत्तिका आदर्शमा रमाएर बस्नेहरु आपूmलाई जढ बनाईरहेका छन् । त्यस्ता प्रबृत्तिले कम्युनिस्ट आन्दोलनमा कति भ्रम पर्छ भन्ने पनि हेक्का नगर्ने त्यस्ता समुहहरु पनि संशोधनवादी नै हुन् । यी पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रतिक्रियावादी वर्गले प्रयोगमा ल्याउने समुह नै हुन् ।
क्रान्तिकारीको चरित्र माक्र्सवादको सारबस्तुमा रहेर सृजनशील हुने हुन्छ । यो सर्वहारा वर्गको अधिनायकवाद हो । सार बस्तु पक्रिएर मौलिक विकासको पक्षमा रहने तथा सृजनशील हुने क्रान्तिकारी गुण हुन्छ । संशोधनवाद सर्वहारा अधिनायकवाद बिपरित हुन्छ । यो सर्वहारा अधिनायकवादी राव्यव्यवस्थालाई पुँजीवादमा रुपान्तरण गर्ने बिचौलिया राजनीतिक संगठन हो ।
लागु औषधी उत्पादन गर्ने र व्यापार गर्ने दुबै खराव हुन् । यसैगरी पुँजीवादी र संशोधनवादी उस्तै हुन् । दुबैको काम नीजि स्वार्थका लागि अर्काको जीवन बिगार्ने नै हो । त्यसैगरी प्रतिक्रियावादी र संशोधनवादी पनि उस्तै हुन् । यो सर्वहारा वर्ग र बुर्जुवा वर्गबीचको संघर्षको थुगमा प्रतिक्रियावादी र संशोधनवादीले सर्वहारा वर्गबिरुद्ध गतिबिधि गर्ने गर्दछन् । दुबैको उद्देश्य अन्ततः यहाँ ठ्याक्कै मिल्छ । यस तथ्यमा आधारित भएर नीति निर्माण नगरि सर्वहारावादी आन्दोलन उठन सक्दैन । क्रान्तिकारी शक्तिले प्रतिक्रियावादी वर्गसँग जसरी नै संशोधनवादी अवशरवादी वर्गसँग पनि सम्बन्ध बिच्छेद नगरी क्रान्तिको दायित्व पुरा गर्न सक्दैन ।
संशोधनवादप्रति घृणाभाव प्रकट नहुनु पनि संशोधनवाद नै हो । यहि घृणाभाव नहुनुको कारण नै संशोधनवादीले कम्युनिस्ट पार्टीमा आढ लिन पाउने गरेका छन् । यही कारण नै अवशरवादी नेतृत्व जन्मिन पुग्छ र पार्टीलाई नै भ्रष्टिकरणमा पु¥याउँछ । यसैको कारण पार्टीभित्र अन्तरसंघर्ष कमजोर हुन पुग्छ । यो उँधो गतिको श्रृङ्खलाले बिश्वासिलो नेतृत्व निर्माणमा समस्या पैदा गर्छ, आलोचक कार्यकर्ता निर्माणमा समस्या सृजना गर्छ र वर्गप्रति इमानदार तथा निष्ठावान कार्यकर्ताको खडेरि पर्नथाल्छ । यसै अवशरमा पार्टीमा अवशरवादीहरु झन बढी हावी हुन पुग्दछन् । यो संशोधनवादी अवस्था हुन्छ र यसले लिने गति उँधोतिर हुन्छ । यसको परिणाम बिसर्जनवाद नै हुन्छ । त्यसैले संशोधनवाद कम्युनिस्ट पार्टी भित्रको ऐंजेरु हो । यसले क्रमशः कम्युनिस्ट पार्टीलाई नै ध्वंश पार्दछ । यो प्रतिक्रियावाद भन्दा कम खतरनाक हुन्न ।
संशोधनवादीहरु निर्वर्गीय शोचका संस्थाहरुको पक्षधर हुन्छन् । त्यसैमार्फत प्रतिक्रियावादी वर्गसँग सम्बन्ध गाँस्न पुग्छन् र पार्टीभित्र वर्ग समन्वयवादको वकालत गर्न थाल्छन् । नेपालको सन्दर्भमा अहिले पनि देख्न सकिन्छ कि बार, पत्रकार, शिक्षक, उद्योग–व्यापार जस्ता संगठनहरुमा वर्गपक्षधारता हुन्न झैं गरि आबद्धता भएका छन् । त्यस्ता बिषाक्त संगठनहरुसँग सम्बन्ध तोड्ने सवालमा संशोधनवादीहरु अनिच्छुक हुन्छन् । संशोधनवादलाई मुख्यतः उसको आर्थिक कृयाकलापको साथै वर्गसमन्वयको नियतबाट पनि जाँच पडताल गर्नुपर्ने हुन्छ । यसबारेमा नसोच्नु पनि आफैंमा संशोधनवाद नै हुन्छ । संशोधनवाद पनि घोषणा गरेर जुध्न आउँदैन, षड्यन्त्रलाई यसले उपयुक्त तरिका ठान्दछ । यसको नियत सर्वहारा वर्गको शक्तिलाई स्वामित्वमा पार्ने, कहिले उग्रता देखाउने त कहिले दक्षिणपन्थको बाटो तय गर्ने र उक्त शक्तिलाई साम्राज्यवाद तथा विस्तारवादलाई बुझाएर जुठोपुरोमा रमाउनेमा सिमित हुन्छ ।
संशोधनवादका अनेक रुपहरु हुन्छन् । छदम् संशोधनवादले सबैभन्दा बढी सर्वहारावर्गका पक्षधरहरुलाई भ्रम पार्ने गर्दछन् । विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि यसका अनेकौं रुप र प्रबृत्तिहरु देखिएकै छन् । नेपालको सन्दर्भमा त कमजोर चेतनास्तर भएका व्यक्तिहरु घटना विशेषले गर्दा नेतृत्वमा पुग्ने र आन्दोलनलाई त्यसैको प्रभाव पर्ने स्थिति देखिएको छ । त्यस्ता नेतृत्वलाई वर्ग वैरिले सजिलै परास्त गर्ने र आन्दोलनलाई बीचमै तुहाईदिने गरेको दृष्टान्त यहाँ धेरै देख्न सकिन्छ । उग्र रुपमा पेश भएर पार्टी नेतृत्वमा पनि पुग्ने र क्रान्तिलाई जुरुक्कै उठाउने र तुरुन्तै बिक्ने तथा थेग्नै नसक्ने हुने प्रबृत्ति यहाँ ज्यादा छ । जव स्वतन्त्र व्यवहार गर्नसक्ने स्थितिमा पुग्छन् त्यतिखेर त्यस्ता नेतृत्वले आफ्नो कमजोर चरित्र देखाईहाल्छन् । पाठपुजा जस्तो नीच कर्ममा गिरेर धर्मलाई निरुत्साहित गर्ने मुख्य जिम्मेवारीबाट समेत भाग्ने गरेका छन् । यो संशोधनवादको लक्षण तथा प्रबृत्ति हो । प्रतिक्रियावादी राज्यसत्ताको रुपमा परिवर्तन गर्न यो प्रबृत्तिलाई साम्राज्यवाद तथा विस्तारवादले यही संशोधनवादलाई उपयोग गर्ने गरेको स्पष्ट छ ।
नेपालमा अहिले क्रान्तिकारी राजनीतिक शक्तिलाई पछाडि पार्नको लागि प्रतिक्रियावादी भन्दा संशोधनवादीहरु हावी भएको दलाल संसदीय राज्य व्यवस्था छ । विश्व संशोधनवादी र नेपालको पनि इतिहास बुझ्नु जरुरी हुन्छ । यसको उत्पति, विकास र अन्त्यको नियम बुझ्नु पनि जरुरी हुन्छ । वर्नास्टिनदेखि बब अवाकिनसम्मको इतिहास जान्नुपर्ने जरुरी छ भने मनमोहन, केशरजंगदेखि एमवि तथा पुष्पकमलसम्मको इतिहास जानकारी राख्नु पनि जरुरी हुन्छ ।
माओवादी नै क्रान्तिकारी हो । यसको प्रत्यक्ष बिपक्षमा हुने प्रतिक्रियावादी नै हुन् । यसलाई गलत अर्थमा प्रयोग गर्नेहरु संशोधनवादी हुन् । त्यसैले माओवादी आन्दोलनको पक्ष क्रान्तिकारी र बिपक्षमा रहेकाहरु नै संशोधनवादी हुन् भन्न हिचकिचाउन आवश्यक छैन ।