‘परिवर्तन ‘ कसैले रोक्न सक्दैन – श्यामबहादुर बोहरा

२०७५ श्रावण १४ गते, सोमबार

कहिले खुल्ला र कहिले छद्म,कहिले घोषित र कहिले अघोषित,कहिले मन्द र कहिले तिब्र,कहिले व्यापक र कहिले सिमित,कहिले भीषण र कहिले सामान्य,रुपमा मात्र फरक हुने हो । विपरित वर्गहरुका विचमा अनवरत संघर्ष जारी नै रहेको हुन्छ । वर्गसंघर्षमा आधारित समाजमा शोषक र शोषित,संपन्न र विपन्न,शाषक र शाषित,उत्पिडक र उत्पिडित दुवैका भिन्नाभिन्नैभिन्नाभिन्नै सपना र आकांक्षा हुन्छन । दुबैका मनमा आफ्नो अस्तित्वको भंयकर आतंक अन्तरनिहित हुन्छ र दुवै प्रतिस्प्रधी पक्षे एक अर्काको तनाव र त्रासमा बांचेका हुन्छन । भय मुक्त्त कुनै पक्षे हुन सक्दैन । शाषक वर्गका विभिन्न गुटहरुले सिंहासनमा बसेर आलो पालो बहु सङ्ख्यक जनतालाइ विभेद गरेका हुन्छन,उत्पिडन गरेका हुन्छन,प्रताडित गरेका हुन्छन र सत्ताको वलमा न्यायपुर्ण आवाज कुल्चदै दमन गरेका हुन्छन र आफ्नो स्थानवाट श्रमिकहरुले त्यस्को शक्त्त प्रतिरोध गरिरहेका हुन्छन । त्यसकारण बहुसङ्ख्यकको त्यो प्रतिरोध न्यायपुर्ण कदम हुने गर्छ भने शाषकिय रवैया अन्यापुर्ण कुकार्य हुने गर्छ । त्यसकारण शाषकहरुको मनमा अझ वढी वेचैनी र त्रासले घर गरेको हुन्छ र त ती विवेक हिन पशुवत व्यवहार गर्न पुग्छन ! त्यस्ले तिनिहरुको मनमा अझ वढी अशान्ती पैदा हुन पुग्छ र तिनिहरु अझ वढी संत्रासमा बांच्न विवस हुन्छन र मुर्खता प्रदर्शन गर्न पुग्छन।उक्त्त संघर्षमा अन्तिम विजय शोषित उत्पिडितहरुकै हुन्छ।यो कुरालाइ थप सुनिश्चित उनिहरुमा निहित वलिदानिपुर्ण भावनाले बनाउंछ।शाषकहरुको सर्वोपरी स्थानमा तिनको निजि सयल्पुर्ण जीवन र निजि संपत्ती रहेको हुन्छ।त्यस्कारण ती कायर हुन्छन र इतिहासको गर्तमा पतन हुन पुग्छन । यो समाज विज्ञानको अकाट्य नियम हो । दुनियामा यस्तै हुँदै परिवर्तनको इतिहास अगाडि वढेको छ । इतिहासको पाङ्ग्रा कहिलै पछाडी फर्केको छैन । न त ईतिहास दोहोरिन्छ नै । ढिलो वा चाडो बहुसंख्यक श्रमिक जनताको आँसु,रगत र पसिना महान विजयमा शंष्लेषित हुँदै आएको कुरा हामिले सामाजिक विज्ञानमा दास युगदेखी आजसम्म पढदै र प्रेरणा लिदै आएकाछौ। यसवारे असमत हुने र न्यायपुर्ण आवाजलाइ आतंकवाद देख्ने,उत्पिडित जनताको मुक्त्ती संघर्षलाइ अपराध देख्ने अनि वलपुर्वक दमण गर्न खोज्ने,को हो त्यो हुकुम प्रमाङगिको अधिपति ! दलाल पुजीवादी संसदिय व्यबस्था भित्रैवाट शान्ती, संमृद्दी,सु – शासन र समाजवाद दिन्छु भन्ने को हो त्यो कृपाधारी महामानव?

प्रतिक्रियाहरु

[anycomment]