सरकार नै समस्याको जड
सरकारको पछिल्लो कार्यशैली हेर्दा आमजनताले लाज मान्नुपर्ने स्थिति देखिएको छ । सरकार जनताको जायज आवाजहरुलाई सुनुवाई गर्नुभन्दा दबाउन र सर्वसाधारणले शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्दा डण्डा लगाउन तल्लिन रहेको पाइन्छ । निर्मला पन्त बलात्कारपछि भएको हत्या र हत्यारा पत्ता लगाई कानुनी कारवाही गर्न माग गर्दै सडकमा उत्रेका सर्वसाधारणलाई लाठी र बुटले दमन गर्ने गरेको छ । बलत्कारी, हत्यारा, गुण्डा र भ्रष्टाचारीलाई कारवाही गरभन्दा जनताले सरकारको प्रताडना सहनु परेको छ । महँगी र कालोबजारी नियन्त्रण गरभन्दा सरकार सर्वसाधारण जनतालाई प्रहरी प्रशासन लगाएर ठेगान लगाउन खोज्छ । देशमा भएका अनियमितता, भ्रष्टाचार, महँगी, कालोबजारी, गुण्डागर्दी र राजनीतिक दल र तिनका नेता, कार्यकर्ताले गरेको बद्मासी आमजनतासामु ल्याउँदा पत्रकारलाई विद्युतीय कारोबार ऐन लगाएर गिरफ्तार गर्छ, भूmठा मुद्दामा फसाउँछ र दण्डित गर्छ । के गणतान्त्रिक सरकारले गर्ने काम यही हो ? आमजनताले संविधान प्रदत्त मौलिक हक र अधिकारको उपयोग गर्न पाउँदैनन् ? यो देश सत्तासीन दल, तिनका नेता र कार्यकर्ताको ब्रह्मलुट गर्ने थलो मात्र हो ? आमजनताले प्रश्न गर्न थालेका छन् । सरकार शान्ति, समृद्धिको कुरा गर्छ तर व्यवहारमा देशलाई दिनप्रतिदिन दलदलमा फसाउने कार्य गर्दैछ । आखिर किन ? अब आमजनता चनाखो हुनुपर्ने बेला आएको छ । सरकार दुई तिहाईको नाममा राष्ट्र, राष्ट्रियता र जनतालाई भड्खालोमा हाल्ने दिशामा उद्यत देखिन्छ । यसलाई रोक्न आमजनता जाग्नै पर्छ, अन्यथा स्थिति भयावह हुन सक्छ ।