नाटकमात्रै छ बैनी निर्मला – संसार सेन पृथक

२०७५ पुष ११ गते, बुधबार

आदरणीय बैनी निर्मला
श्रद्धाञ्जलीका गुच्छा लियर मृत आत्मप्रती स-प्रणाम ।
बैनी जब कंचनपुरमा१३ वार्षिय अबोध किशोरी बलात्कार पछि हत्या भएको कुरा देश बिदेश फैलिएको थियोे त्यतिबेला मलाई मात्रै होइन न्यायका पछ्यपाती हजारौं नेपाली अप्रादी प्रति तीब्र घिर्ना र आक्रोश बनेका थिए त्यो भन्दा पिडात तिम्रो मृत लासमाथी र तिम्रो तडपिरहेको आत्ममाथी अप्रादिको कसिमा बाधिएका स्याल र ब्वासाले गरेको चलखेल नाटक र खेलबाड प्रती आक्रोश घृणा क्रोध र तिरसकारले दुई शब्दको केही डोब हान्न गएको छु
अह कुनै शब्दको सम्बोधनले तिम्रो मृत आत्मले सान्ती पाउला जस्तो लाग्दैन तरपनी अप्रादी दुनियाको निरह न्याय कातर मालिकहरुको बिचमा निस्कलङ्कित अबोध कुमारी र नारिको संमान हराएको देशमा म जस्तै हजारौं युबाहरु निधारमा हात राखेर ध्रुतराष्टको हातमा न्याय नाचिरहेको टुलुटुलु हेर्नू सिबाय अरुदेख्न सकिएन ब्यबस्था परिवर्तन धेरै भएपनि यो दुनियाँमा दुइथरी मान्छे मान्छेहरू परिवर्तन भएको देख्न सकिएन अप्रादिलाइ न्याय दिने मान्छे र अर्को अप्राद गर्ने मान्छे तर बैनी तिम्रो बलात्कार पछि हत्या भएको मितिदेखी अर्काथरी यस्ता मान्छेको जन्म भएको छ अप्रादिलाइ संरक्षनगर्ने बैनी तिमि कति अभागी रहेछेउ त्योत तिम्रो अन्यायमा तडपी रहेकोे पृत आत्मलाइपनी थाहा होला इतिहासमा बैनिले पायको अन्याय नभुल्ने गरि मेरो मुटुमा गडेपछी सानो पत्रमार्फत पिडालाई सान्त पार्न खोजिरहेको छु बैनी निर्मला पन्चायत कालमा सुमिता र नमिताले न्याय नपाएर हराय यो गणतन्त्र भन्ने ब्यबस्थामा तिमिले न्याय नपाउने निश्चित हुनथालेको छ। बैनी तिम्रो आत्मले तिमिलाइ जनमदिने बुवा आमा लाई संमान गर्नैपर्छ किनकि नमिता समिताको बुवालाइ कुनै सरकारी पदमा बिकाइयको थियोे तर तिम्रा बुवा आमाले नत पैसाको बिटोमा बिके नत कुनै धन दौलतको लोबमा औहरात छोरी निर्मलाको न्यायको लागी हजारौं रात हजारौं दिन काट्न तयार रहेको देख्दा तिम्रो पीडित आत्मले अभागी आमा बा प्रती संमान र तिम्रो न्याय माग्नलाइ सडक र सरकार सम्म पुग्ने महिला अधिकारकर्मी बुद्धिजीवी मानव अधिकार सोकाकुल परिबारप्रती कृतज्ञता प्रकट गर्नु बैनी त्यतिमात्र होइन बैनी तिम्रो तडपिरहेको पिडित आत्मको लागि मेचीदेखि महाकाली सम्म न्यायका हातहरु जुरमुराउनपुगे त्यो सकारात्मक हो।
यतिसम्म भएको रहेछबैनी ।
जतिबेला तिमिले आफ्नो होमवर्क गर्नकोलागी तिम्रा साथीको घरमा लुगेयौ साझ अबेरसम्म तिमि घर नफर्केपछी आमाले तिम्रो खोजी गरेको तिम्रो पृत आत्मलाइ थाहा होला पहिलात तिम्रा साथी रोसनी बम र बबिता बमको घरमा सोधपुछ गर्दा बम दिदिबहिनीले आमालाई तिम्रो छोरी यहाँ छैन भनेपछि आमा फर्किनु भएछ फेरि पुगेर सोधपुछ गर्दा आमालाई उल्टै थर्काउने काम भएछ खैत त्यतिबेला तिम्रो लास बम दिदीबहिनीको घरमा थियोे यात उखुबारिमा थियोे त्यो तिम्रो मृत आत्मलाइ थाहा होला कित बम दिदिबहिनी लाई थाहा होला। कुनै सीप नलागेपछि आमा प्रहरी चौकीमा जानकारी दिन पुग्दा नेपाल प्रहरीको बर्दी लगाएर बम दिदीबहिनीको घर तलास गर्न तयारी हुदा चौकिले जिल्ला प्रहरी कार्यालय फोन गरेछ जिल्लाबाट नजान भनेर खबर आएर होला युनिफम फुकालेर भोलि बिहान नौ बजेतिर आउनु भनिएछ भोलिपल्ट प्रहरी स्थानीय सबैले खोज्दै जादा तिमिले चढ्नेगरेको साइकल आधा डुबेको अबस्थामा फेला परेछ साइकल भेटिएको खबर सुन्नसाथ तिम्रा साथिले “साइकल जता छ लासपनी त्यतै होला” भनिछन केही समयपछि उखुबारिमा तिम्रो मृत लास भेटिएछ कुरात मिल्न गएछ जता साइकल छ लासपनी त्यतै होला भनेर भन्नेगरेको तर बैनी पैसा,पद,पहुँच र पावरको अगाडि तिमिहामी जस्ता निर्धा अशक्त मान्छेको केही लाग्दो रहेन्छ। जतिबेला तिम्रो लास भेटिएछ ठिक त्यसैबेला बाट तिम्रो हत्या गर्ने हत्यारालाई बचाउन सरकारी सुरक्षाको जिम्मा लिएको जिम्मेवार निकायबाट अप्रादका थप प्रमाणहरु नष्ट गर्नेकामको सुरुभएको रहेछ ।बैनी तिम्रो मृतलास पुरै रुजेको थियोे रे तर तिमिले पढ्ने कापिकिताब कत्तिपनी पानी नपरेको नजिकै खोला किनारमा रहेछन तिमिले पलाष्टिकको पोकामा राखेको अ्म्बाको दाना बम दिदीबहिनीको घरमा रहेकोे अ्म्बाको रुखको दानासग मिलेपछि त्यो रुख समेतलाई जरैदेखि काटिएछ तिम्रो मृत आत्मले न्याय नपाउदा सम्म तिम्रो लासको दहासस्कार नगर्ने भन्ने भएपछि खैत तिमिले चिन्थेउकिनाइ नाताले मामा पर्ने मान्छेले तिम्रो लासको दहाससकार गर्नेभनेर तिम्रो मृतलासलाइ महाकालीको तिरमा खरानी बनाइयो त्यतिमात्र होइन तिम्रा लगाउएका लत्ताकपडा समेतलाई प्रमाणको कुनै चिनु नरहोस भनेर नस्टगरिएछ त्यतिबेला देखि बैनी निर्मला तिमिले न्याय पाउने आधार प्रमाण सक्किसकेको रहेछ। जब न्यायमा बन्द ढोका लाग्छ त्यतिबेला देखी तिम्रो न्यायको लागि सडकमा न्यायका आवाज गुन्जिन थालेपछि सरकार आफैले आतंककारी भेषमा अन्धाधुन्ध गोलिबर्साउदै एकजना अबोध किसोरको मृत्यु र सयौ घाइते भए अझ अरु आन्दोलन चर्किदै गयो र सरकारले एउटा अप्रादलाइ ढाकछोप गर्न सयौ अप्रादका तानबाना बुन्दैरहयो ।
तिम्रो लासमाथी न्यायको नाटक ।
बैनी जबसम्म सडकमा न्याय खोज्न हजारौं मुठ्ठी जुरमुराउन थाले त्यतिबेला देखि सरकारले सडक थाम्नको लागी गरेको यथार्थ नाटकको वृतचित्र सटिक कोर्ने कोसिस गरिरहेको छु कतै छुटेको रहेछ भने माफ गर्नुहोला किनकी मेरो अपुग लेखाइले तिम्रो आत्मलाइ थप पिडा महसुस नहोस् ।जब सडकमा उर्लिएको तिम्रो न्यायको पछ्यको जनलहरबाट आतकित मालिकहरु बम दिदीबहिनीहरुलाई पक्रेजस्तो गरेर संमान जनक छोडिएको रहेछ ” बयान लिदा प्रहरीले भनी बक्सियोस मैसाब ” तपाईं हरुलाइ सन्का गरेका छन गाउलेले ओहो सोधपुछ गर्ने तरिकाले बैनिका अप्रादी को हुन कहाछन अनुसन्धान बाहिरी हेराइबाट साघुरो बन्यो तर सरकारि घेरा खुकुलो र चौडा बन्दैगयो घरको अम्बा किन काटेको कोठाकिन रङ्गरोधन गरेको मैसाब भन्नुन यस्तै यस्तै बयान लिइएको रहेछ।केहिदिन भित्र भारत मामाघर पठाइएको तहेछ बम दिदिबहिनी लाई पहिलोपटकको बम दिदीबहिनीको बयान र दोस्रोपटक दिएको बयान आकाश पातल फरक भएको छ खास बयान दिने तरिकाबारे तालीम दिन लिएको हो भन्छन पीडित आफन्त मानसिक सन्तुलन गुमाएका ब्यक्ति लाई अप्रादी घोषण गरिएको रहेछ सायद सामाजिक रूपमा बिरोध नभएको भय वास्तविक तिम्रो अप्रादिलाइ बचाउन मानसिक सन्तुलन गुमाएका ती ब्यक्तिलाई अप्रादी साबित गरिसक्ने थिए उनी निर्दोष थिए बाहिर आय तर एकपछि अर्को अनुसन्धान आयोग बनाएर आफ्नो अप्राद लुकाउने दाउमा पापी हरुको यो अबस्था देख्दा लाग्छ यो न्याय पन्चायत राजकाजको तेस्रो जिन जेनेरेशन त होईन तिम्रो न्यायमा तुसरापात बर्साउने पुलिस प्रसासनमा आवद्ध अफिसर तत अनुसारका सिलसिलामा समलग्न सबैलाई कार्बाहिको माग गर्दा अर्को घिनलाग्दो नाटक गरिएको छ “सरकारिसेवामा अयोग्य नरहनेगरी गम्भीर गल्ती गर्ने डिल्लिराज बिस्ट लगायत सबैलाइ बर्खास्त गरिएको छ” यस्तो मात्रै कहाँ होर कुखुरा चोर प्रदीप र बिशाल नामका केटाहरूलाई अप्रादी समाइयो ठुलो सफलता मिल्यो भनेर चौतर्फी तालिबजाउन लाइयो अन्तमा डिएनए नमिलेपछि खैत कता सेलायो अप्रादिको खोजी हुदैन सरकारि निकाएबाट दोसिलाइ उम्कने हजारौं झेली प्वालहरु बुनिदैछ कतिदिन गोयबल्सको सैलिमा गधा नुहाएर गाई बनाउने नाटक हुन्छ त्यो भन्न नसकिने भो ।
दु:खद पक्छ्यत के रह्यो भने प्रधानमन्त्री जस्तो गरिमामय र संबेदनसिल ओहदामा बसेर पनि सन्कास्पद देखिएकी बम दिदीबहिनीको वकालत गर्न पछि परेनन बम दिदीबहिनीको मानव अधिकार र जिबन सुरक्षा पढाइ लेखाइमा समेत बाधा परिनु हुन्न भनेर वकिलको सैलिमा गणतन्त्रको मुख्य मालिकले बोल्नुले तिम्रो न्याय गुम्रहामा परेको हो ।
बिचित्रको कुरात यो सरकार दुई तिहाई जनताको मतदानले निर्बाचित सरकार हो कम्युनिस्ट सिद्धान्तनिष्ठ नेताकार्यकर्ताले भरिएको होरे शान्ती समृद्धि र समाजबाद उन्मुख राज्यको परिकल्पना बोकेको छ रे सुन्दा हासो र उद्देग लाग्छ “दुइतिहाइ बहुमतको बलियो र शक्तिशाली सरकार भन्दापनी बैनी निर्मला तिम्रो हत्यारा कति शक्तिशाली होला त्यो बुझ्न सकिएको छैन समाजबादम सबैभन्दा नारीको उच्च संमान हुन्छ भन्नेकुरा दुनियाँ जान्दछन तर यो सरकार शान्ति समृद्धि र समाजबादको बदनियती ब्याख्या गरेर गरिबी र निर्धा माथी लासको खेती गरिरहेको देखिन्छ । सायद हाम्रै छिमेकी राष्ट्र चाइनामा कुनै नारिमाथी निर्मलाको घटना घटेको भए तालिम प्राप्त मुसाहरुले हत्यारालाई चिथोरी चिथोरी खाइरहेका हुन्थे पीडित आत्मले शान्तिको सास फेरिएको देखिन्थ्यो साउदी कतार तिर बलात्कार र नारी हिंसा भएको भए सार्वजनिक स्थल नजिकै फासीको पासोमा झुन्डिएको देखिन्थ्यो होला। यतिमात्र के भन्ने यदी कुनै पावर पहुँच र पदिय हैसियतका नेपाल कै नागरिककि छोरीलाई बलात्कार उन्मुख हर्कतमात्रै भएको घटना भएको भए आजिबन जेलमा सडाउथे होला। त्यसैले यो सामन्ती राज्यको दोस्रो जिन लुकेको अन्तिम जेनेरेसनको ठिमहा बयबस्थामा बैनी निर्मला पन्तको मात्रै होईन लाखौं नारी कुमारीको अस्तित्व ईज्जत् मान संमानत कताहोकता जिवित जिबन समेतलाई धर्तिमा टिकाउन गार्‍हो छ । नारी लाइ नर्कबाट माथी उठाउन तिम्रो हत्याको कारण देशमा नयाँ चेतनाको भुकम्प ल्याउने छ त्यो त्यो चेतनाले सुनौलो नारी संमान समाजबाद लिङ्गीय जातीय तथा बर्गको सुनौलो बिचार बन्नेछ हिंस्रक बर्गको आक्रमणको कारण जीवन गुमाएपनी बैनी निर्मला तिम्रो नाम इतिहासमा नभुल्नेगरी लेखियो हार्दिक श्रद्धाञ्जली बैनि निर्मला

प्रतिक्रियाहरु

[anycomment]