जहावाट चुक्यौं त्यहींबाट उठनुपर्छ – बिनोद दाहाल

२०७५ पुष २० गते, शुक्रबार

डिसेम्बर २६, माओ दिवस, संसारभरका सर्वहारा, श्रमजीवि, न्यायप्रेमी जनसमुदायका मुक्तिको लागि बिचारको विकासलार्ई नयाँ उचाई दिने एक महान्् आदर्शको सम्मान गर्ने दिन, संझिने दिन । उहाँबाट कम्युनिस्ट पार्टीमार्फत जनवाद, समाजवाद तथा साम्यवाद स्थापना गर्ने महान्् उद्देश्यमा दृढ हुँदै विज्ञानसम्बत् बाटो देखाएर मानव जातीको लागि पु¥याएको योगदान अतुलनीय छ भनि हामी विश्वस्त छौं । माक्र्सवाद भनेको यो वर्गीय समाज बदल्ने सिद्धान्त हो । माओवादले हरेक चिजमा रुपान्तरणको एक सुसंगठित बिधिको विकास गरेर सार्वभौमिक रुप दिएको छ । मालेमावाद यो समयको लागि क्रान्तिको नयाँ चरणमा विकास गर्न सफल भयो । यो युगको समाधान भनेको माओवाद अर्थात मालेमावादको आत्मसातीकरण हो । यसको अभावमा पेरु, नेपाललगायतका देशमा उठिसकेको क्रान्तिले सफल परिणाम दिन नसकेको स्पष्ट छ । भारतमा भने यसको आत्मसातिकरणले गर्दा उचाई ग्रहण गर्दैछ । आज माओलार्ई संझिदै गर्दा हामीले नयाँ निष्कर्षमा पुग्नैपर्छ र भन्नैपर्छ कि हामी माओवादी मुख्यतः यही आत्मसातीकरण गर्ने बिन्दुमा चुकेका छौं ।
तत्कालिन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रुपान्तरणको समस्या देखाप¥यो । अनुसन्धानपछि माओले निकालेको निष्कर्ष विश्वका सर्वहारावर्गको लागि मार्गदर्शन भएको छ । माओका सम्पूर्ण शिक्षाहरु यसमा समाहित हुन पुगेको छ । यो महान्् सर्वहारा साँस्कृतिक क्रान्तिमा अभिव्यक्त भयो । माओका शिक्षाहरुलार्ई सार्वभौम रुपमा स्वीकार्नेहरुलार्ई माओको निधनपछि अवसरवादी चिनियाँ नेतृत्वले अपमानित मात्र गरेनन्, ग्याङ अफ फोरको नाममा अपराधीको बिल्ला भिराएर दमन र हत्या गर्नपुग्यो । माओका योगदानको सार्वभौमिकताको सच्चाईलार्ई अवसरवादी नेतृत्वले दमनमार्फत अस्थायी रुपमा समाप्त नै पा¥यो तर त्यो विश्वव्यापी रुपलिने कुरामा उनीहरु अनभिज्ञ बने, जसको परिणाम सर्वहारा आन्दोलनमा फुट पैदा ग¥यो र प्रतिक्रियावादी अत्याचारीवर्गलार्ई अस्थायी रुपमा बिजय भएको अवस्था देखाप¥यो । यही स्थितिमा माक्र्सवादले तेश्रो चरणमा आपूmलार्ई विकास गर्न पायो र पेरु, नेपाल, भारत र अन्य केही देशहरुमा सर्वहारा क्रान्तिहरु एठन सके तर अवसरवादी कित्ताले लिएका लार्ईन मार्फत सर्वहारा वर्गले आशा गरेको कतै देखिएन । अहिले सर्वहारा वर्गको मुक्तिको लागि मार्गदर्शनको रुपमा मालेमावाद विकसित भएको छ । त्यसैले यो समयमा कम्युनिस्ट हुनको लागि मालेमावादलार्ई आत्मसात नगरी सम्भव छैन भन्ने हाम्रो बुझाईमा हामी दृढ छौं । यही कारण माओवाद प्रतिक्रियावादी तथा अवसरवादीका लागि चुनौति बनेर खडा भएको छ ।
हामीले त्यसलार्ई माओवाद भनी गरिएको संश्लेषणलार्ई मान्यता दिएकाले हामीलार्ई माओवादी भन्न कुनै अप्ठ्यारो वा संकोचको बिषय भएन, बरु गौरवको कुरा भयो । त्यसैले यहाँ महान्् उथलपुथलका १० वर्षहरु हामीले नेतृत्वमा आएका बिचलनका बावजुद सफलतासाथ बिताएका थियौं । हामी माओवादी भन्नेहरुमध्ये कोही अवसरवादी भएर चुक्यौं र कोहीले बेलैमा अवसरवाद चिन्न नसकेर तथा सचेतपहल लिन नसकेर चुक्यौं र त अहिले रक्षात्मक अवस्थामा पुग्यौं । प्रचण्डपन्थीहरु चुकेको स्वीकार्दैनन् र बाबुरामहरु त उल्टो कमीकमजोरीका बाबजुद विजय भएको घोषणा गरिरहेका छन् । माओवादलार्ई किरणजीको एउटा टोलीले नाम राखेको छ— क्रान्तिकारी विशेषण दिएर तर आत्मसात गर्न नसकेको झैं देखिएको छ । पार्टी पुनर्गठनको समयमा नेकपा नाम राख्न प्राबिधिक कारणले नमिलेर नेकपा –माओवादी राख्नु परेको घोषणा गरिएको चटक्कै बिर्सिएर अहिले पोखरामा सम्मेलन गर्दा कैयौं पार्टी सदस्यहरुले उक्त नाम राख्न अव समस्या नभएकोले त्यही राख्न दवाव दिंदा पनि राख्न मानेन । यो समूहले माओवादलार्ई कत्तिको आत्मसात गरेको रहेछ भन्ने स्पष्ट नै छ ।
विप्लवको त कुरै छोडौं— माओवादले अव थेग्दैन, नयाँ जनवादी क्रान्तिको कार्यक्रम पनि अव काम छैन भन्दै एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको नीति तथा कार्यक्रम अघि सारेका छन् । माक्र्सवादको अतिव्याख्याको क्रममा यो समूहले उत्तरसाम्राज्यवादी युग आइसकेको धारणा पेश गरेको छ । यसले आजको माक्र्सवाद अर्थात मालेमावादबारेमा पनि प्रश्न खडा गरेको अर्थ लाग्छ । सर्वहारा वर्गले किसान तथा मजदुरको संगठनमार्फत वर्गसंघर्षमा विजय प्राप्त गर्ने नीतिलार्ई बदलेर मध्यमवर्गको समेत अनिवार्य सम्लघ्नतामा क्रान्ति हुने र त्यस क्रान्तिले वैज्ञानिक समाजवाद स्थापना हुने यो समूहको बुझाई छ । यो बझाई उत्तर माक्र्सवाद हो ।
अहिले कम्युनिस्ट बिचार अनेकौं धारामा बिभक्त छन्, कम्युनिस्ट मात्रको भनाईले वा त्यस्ताको भीडले क्रान्ति हुने सम्भावना हुँदैन । आपूmलार्ई कम्युनिस्ट भन्ने, ६२ प्रतिशत जनमत कम्युनिस्ट छन् भन्ने तथा मान्ने र उनीहरुको एकताबिना जनक्रान्ति सम्भव छैन भन्ने बुझाई भएकाहरु सारमा सारसंग्रहवादी हुन् । माओवादलार्ई आत्मसात गर्ने सवालमा यो समूहमा उदासिनता देखा परेको छ । यस्तो बुझाईमा अवसरवाद झाँगिएको हुन्छ ।
आज माओवादी आन्दोलनको पुनर्गठन गरेर नयाँ जनवादी क्रान्तिको कार्यक्रमलार्ई व्यवहारमा लानु पर्छ भन्नेमा हामी छौं । पार्टीलार्ई नेकपा (माओवादी) मा पुनर्गठन गर्नु जरुरि भैसकेको हाम्रो ठहर छ । माओवादलार्ई आत्मसात गर्ने चुनौति हाम्रोसामु खडा भएको हामीले बुझेका छौं । हामी केहीले यो रक्षात्मक अवस्थाबाट आन्दोलनलार्ई अघिबढाउने प्रयास गरिरहेका छौं । उठेर धुलो टक्टक्याउँदै हिंड्न पनि माओवादलार्ई आत्मसात नगरि सम्भव हुँदैन ।
एक दशक अघिदेखि अहिलेसम्म प्रतिक्रियावादी राज्यसत्ताको नेतृत्व निरंकुश सामन्ती राजतन्त्रबाट दलाल पुँजीवादी वर्गको नेतृत्वमा पुगेको भन्दा केही फरक स्थितिमा छैन । कम्युनिस्ट पार्टीका नाममा संसदवादमा पतन भएकाहरु रुप सार र आकारमा प्रतिक्रियावादी भनिएका अरु पार्टीहरु भन्दा फरक देखिएका छैनन् । राजसी जीवनशैलीका संसदवादी नेतृत्वहरु थपिएका छन् र गणतन्त्र खोज्ने जनतालार्ई बेवकुफ् बनाएका छन् । संसदबाट समाजवाद ल्याईदिने नारामा जनतालार्ई झुक्याएर राज्य संयन्त्रलार्ई लुटने साधन बनाएका छन् र राज्यकोषलार्ई दोहन गर्नु पाउनु आफ्नो अधिकार झैं गर्न थालेका छन् । बरु अहिले राष्ट्रियता झन् कमजोर भएको स्थिति छ । देशको कुनै पनि सुचाङ्कहरुमा सुधार देखिएको छैन । अर्थिक स्थितिमा प्रगति नदेखिनु र गरिबीको स्तरमा सुधार नआउनुले जनयुद्धको कारणले देशमा केही हुन नपाएको फलाक्ने फासिस्ट काँग्रेसको तर्कमा कुनै ओझ नरहेको स्पष्ट देखिन्छ । पुँजीवादी अधिनायकवाद लादिएको यो स्थितिमा जनयुद्धले शोषितपिडित श्रमजीवि वर्गमा चेतनास्तर उठाएको भन्ने कुराले पनि कुनै अर्थ नराखेको देखिंदैछ । जनयुद्धको बिधिवत बिश्रामले वलिदानको मूल्यमा समाजमा कुनै पनि सकारात्मक छाप छोडेको देखिंदैन । बरु हामी कहाँनेर चुक्यौं भनेर समिक्षा गर्ने र पुनः माओवादी आन्दोलनको उठान गर्ने बिषयमा केन्द्रित हुने भन्ने बेला हो यो ।
प्रचण्डको बिरोधमा किन उत्रिन सकेनन् गोलमेच सम्मेलनमार्फत हुने निर्णय स्वीकार्छौं भन्दा पनि, तत्कालिन केन्द्रीय सदस्यहरु ? त्यस्तै अवस्थामा रहे लोकतान्त्रिक गणतन्त्रमा जाने प्रस्ताव आउँदा पनि र १२ बुँदे कथित समझदारिमार्फत जनसेनाको समायोजन, रेखदेख र पुनस्र्थापना भन्दा पनि ? झन् पार्टी निर्णयबिनानै खुल्ला हुन तयार हुने र कथित बृहत शान्ति संझौतामार्फत “आजैका मितिदेखि सशस्त्र संघर्षको अन्त्य” भन्दा पनि किन चुपचाप रहे वा प्रतिरोध गर्न सकेनन् ? यी सबै बिषयहरु माओवादी प्रतिबद्धता, नीति र प्रस्थापना बिपरितका बिषय हुन् । दीर्घकालिन जनयुद्धलार्ई गोलमेचको सर्तमा जुवाको च्याँखे दाउमा वलिदानको मूल्य छोड्न तयार भएको अभिव्यक्ति दिंदा र दायाँतिर मोडिएको स्थितिमा सारमा पार्टी सक्एिको थियो । यही बिन्दूदेखि नै पार्टी मुल नेतृत्वमा बिचलन आएको देखिन्छ र बाँकि नेतृत्वले प्रतिवाद तथा प्रतिरोध गर्न नसक्ने कुराले तत्कालिन पार्टी मुख्य तथा अरु नेतृत्वले माओवादलार्ई आत्मसात गर्न नसकेको स्पष्ट देखिएको छ ।
मानिसको बिचारलार्ई प्रभावपार्ने सबैभन्दा प्रभावकारि बस्तु मानिसको आर्थिक व्यवहार हो । सबै बुर्जुवा राज्यले यो मान्यतालार्ई गलत साबित गर्न हजार प्रयत्न गर्दा पनि सकेको छैनन् । यो सच्चाईलार्ई माओवादी पार्टीले सार्वभौम सिद्धान्तको रुपमा लिनुपर्छ । यस्तो मान्यतालार्ई व्यवहारमा लान नसक्नु माओवादीको भुल भयो । नेतृत्वमा पलाएको बिलाशी तथा शौखिन जीवनबारेमा पार्टीका अन्य नेतृत्व अनभिज्ञ देखिएका छैनन् तर प्रश्न उठाउने तागत कसैसँग नदेखिनु बिडम्बनायुक्त छ । मानिसको वर्ग अनुशासन उसको आर्थिक व्यवहारमा हेर्नुपर्छ भन्ने लेनिनवादी मान्यता नेपालमा जनयुद्धको अवधिमा व्यवहारमा ल्याइएन । प्रचण्ड तथा बाबुरामको फजुल खर्ची व्यवहारबारे अरुले प्रश्न उठाउने क्षमता राखेनन् । आलोचनात्मक चेत नभएका नेता तथा कार्यकर्ताको भीडले पार्टीमा रहेका अवसरवादीलार्ई सहयोग पुग्छ । नेपालको जनयुद्ध यसको दृष्टान्त हो भन्न सकिन्छ ।
जनसेनाले कैयौं जिल्ला सदरमुकामहरु कब्जा गरे, हताहतिको संख्या, कब्जा गरिएका दुस्मन तथा सामरिक महत्वका बस्तु, नगद तथा जिन्सीका बिबरण जनसेनाका कमान्डरहरुले पुस्तकहरुमार्फत सार्बजनिक गरेका छन् । अरबभन्दा बढी नगद, त्यत्तिनै जस्तो जिन्सी (सुन–चाँदी)बारे आबश्यक मात्रामा सार्बजनिक गर्ने वा पार्टीलार्ई जानकारि दिने नियत मुख्य नेतृत्वमा देखिएन । अन्य नेतृत्वले समेत खोजि गरेनन् । सबैलार्ई थाहा थियो ती सबै नगद तथा जिन्सी जनसेनाका कमान्डरहरु मार्फत मुख्य नेतृत्व कहाँ पुगेको थियो । त्यो खर्च भएको कुनै घटना वा बिबरण छैन र खर्चगर्ने ठाउँ पनि देखिंदैन । हरेक युद्ध मोर्चाहरु तथा पार्टी कार्यक्रमहरुमा स्थानीय जनसत्ता तथा पार्टी कमिटिमार्फत खर्च पु¥याईएको थियो । युवा वा जनसेना र आर्थिक श्रोतमार्फत सबै आफ्नो नियन्त्रणमा राख्ने नियत प्रचण्डमा रहेको देखिन्छ । यी सबै नियत र व्यवहार माओवादी नीति बिपरित रहेको थियो । पार्टीका मुख्य नेतृत्व र केन्द्रिय सदस्यहरुले यो मानेको स्थिति देर्खिदैन । यही कारण पार्टीका मुख्य तथा अन्य नेतृत्व माओवादलार्ई आत्मसात गर्न अक्षम थिए भन्ने स्पष्ट हुन्छ । यही कारणले माओवादी आन्दोलनको पुनर्गठनमा ठूलो दरार पैदा भएको देखिएको छ ।
जनसेनामा राजनीतिक सेनाको हैसियतमा देखिएनन् । माओवादी पार्टी नेतृत्वमा निर्माण हुने भएकोले जनसेना अक्षम नेतृत्वबाट क्षमतावान हुनसक्ने सम्भावना नै हुँदैनथ्यो । विश्वभरिका प्रतिक्रान्तिहरुमा अवसरवादीहरुले पहिला पार्टी संगठनलार्ई नियन्त्रणमा लिने र पछि जनसेनाको हतियारलार्ई लिने गरेको देखिएको छ । सर्वहारा वर्गको नीति, मूल्य र मान्यताबाट बिचलित पार्टी नेतृत्वको अधिनस्त रहनु आवश्यक थिएन तर यहाँ पनि अधिनस्त भैदिए । पार्टी नीति वा माओवादमा बिचलन भएका नेतृत्वलार्ई खबर्दा्रि गर्नसक्ने जनसेनाको यहाँ अभाव देखियो । माओवादले दिएको शिक्षा यहाँका जनसेनाले पनि आत्मसा तगर्न सकेनन् किनकि पार्टी नेतृत्वले जनसेनालार्ई पुनर्गठन गर्न भ्याएका थिए । पार्टी नेतृत्व, त्यसमा पनि मुख्य नेतृत्वमाथि बफादारि रहनु नै जनसेनाको नीति बन्न पुग्यो । सेना समायोजनको नाममा पुनस्र्थापनाको सवाल आउँदा पनि नेतृत्वप्रतिको भक्तिभाव दर्शाउने जनसेना वा हुनुपर्ने वास्तविक जनसेना थिएनन् । अन्ततः ती सेना यो दुनीयाँका जतिपनि जनसेना थिए, सबैभन्दा बेकम्बा साबित भए । बिद्रोही वा आलोचक चेतना गुमेपछि उनीहरु केही पैसा र केही सुबिधामा बिक्रि भए । उनीहरुमध्ये अधिकांश नै प्रतिक्रियावादी वर्गका रक्षक र लठ्ठैत बनेका देखिन्छन् । यो हाम्रो देशको माओवादी आन्दोलनको बिडम्बनापूर्ण स्थिति हो । यो गम्भीर बिषयमा पार्टीका मुख्य तथा अन्य नेतृत्वमा चेत नआउनु उनीहरुको क्षमतामा प्रश्न उठाउने स्थान रह्यो ।
कार्यकर्ताको स्थिति पनि यस्तै देखिन्छ— नेतृत्वप्रति भक्तिभाव । पार्टी निर्णय र नीतिप्रति निष्ठावान र अनुशासनसहितको आलोचक कार्यकर्ताको अभाव जनयुद्धको समयमा खड्किएको बिषय थियो । केन्द्रीय सदस्यनै मुख्य नेतृत्वको भक्तिभावमा लीन भएको देखेर त्यही सिकेका कार्यकर्ताहरु प्रतिक्रान्ति निम्त्याउने कारक तत्वमध्ये एक हुन पुगेको देखिन्छ । आलोचक कार्यकर्ता नहुनु नै नेतृत्व बिग्रने कारणमध्ये एक हुन पुग्यो । यत्ति कुरा पनि बुझ्न नसक्नेहरुबाट हामीले जनयुद्धको महान्् कार्यसम्पन्नताको अपेक्षा राख्न पुग्यौं । तर, यो बिषयमा तत्कालिन सबै नेतृत्वले आफ्नो कमजोरि वा गल्ती महशुस गरेका छैनन् । अनि कोही चाहिं त्यस्तै नेतृत्वबाट फेरि पनि क्रान्ति उठ्छ कि भन्ने आश गरिबसेका छौं । अनि हामी प्रतिक्रियावादीले पनि भन्ने बिचराबाहेक के हुन सक्छौं त ?
यी त भए जनयुद्धको बेला खड्किएको बिषय । त्यसपछिको स्थिति झन् गम्भीर र दयनीय देखिन्छ । संक्रमणकालको नाममा प्रतिक्रियावादी सत्ताको नेतृत्वलिन लालायित मुख्य नेतृत्वको नीयत बेइमानीको पराकाष्ठ नै हो भन्न सकिन्छ । यो पार्टी नीतिको गम्भीर उल्लङ्घन थियो । बिजयपछि पनि मुख्य नेतृत्व सरकारमा सम्लघ्न नहुने नीति पार्टीले अख्तियार गरेको थियो । पार्टी निर्णय र नीतिको यस्तो गम्भीर उल्लङ्घ्न हुँदा पनि प्रश्न उठाउने तागत अन्य नेतृत्वमा देखिएन । बाबुरामले प्रचण्डको नेतृत्वको सरकारलार्ई नयाँ नीति र निर्णयको नाममा युवा स्वरोजगार कार्यक्रम ल्याएर पार्टी कार्यकर्तालार्ई पार्टीबाट गाउँघरमै थन्क्याउने नियोजित कार्यक्रम ल्याएका थिए । यो माओवादी पार्टीलार्ई बिघटन गर्ने सुनियोजित चालवाजी थियो । पार्टीका नेतृत्व वा कार्यकर्ताले यो बिरुद्ध आवाज उठाउने वा प्रतिरोध गर्ने कुनै क्षमता देखाएनन् ।
अर्कातिर जनसेनाको सवाल छ जुन् षड्यन्त्रको झन् ठूलो षड्यन्त्रमा प¥यो, प्रचण्डका लागि लुटि खानका लागि सबैभन्दा ठूलो साधन मात्र बन्न पुग्यो । क्याम्पमा ७ डिभिजन र पार्टी नियन्त्रणमा बाहिर २१ डिभिजन जनसेना निर्माण गर्ने भन्दै जनसेनाको लेबि, कल्याणकारि कोष, क्याम्पका सबै संरचना निर्माण, जनसेनालार्ई श्रममा लगाउने, हजारौं अनुपस्थितको भरणपोषणको रकम, बाहिरि आर्थिक श्रोतहरु परिचालन गर्ने, मन्त्रि–सांसद तथा लाभको पदमा लगाएकाबाट ठूलो स्केलको लेबि, चन्दा संकलनबाट अरबौं उठाइयो । आखिर के २१ डिभिजन बनाउथे, सबै रकम प्रचण्डले झ्वाम पारे । बेलैमा कसैले यो कुरा उठाएनन्, प्रचण्डले पार्टी बिघटनमा पु¥याएर सबै ढिसमिस पर्न थालेका बखत बाबुराम र किरणले कुरा उठाए तर त्यो कामकाजी भएन । त्यही अरबौं रकममध्ये केहीले अहिले प्रचण्डको पक्षमा राजनीति गरिरहेका छन् । त्यही पचाउन उनी अहिले नाम फेरिएको एमालेमा प्रबेश गरेका छन् । यत्ति कुरा पनि बुझ्ने क्षमता गुमाएका छन् लठैतहरुले । र, उनको पछिपछि एमालेरुपी बिषकुण्डमा हाम फालेका छन् । उनीहरुको सामुहिक आत्महत्याले नेपाली समाज अहिले शोकमग्न स्थितिमा छ । बाबुरामको पङ्ति त जिउँदो मुर्दा नै भएको भन्दा केही फरक पर्दैन, जुन समूह अहिले कम्युनिस्ट आन्दोलनको हिस्सेदार बन्ने स्थितिमा छैन । १० वर्ष जनयुद्ध लडेको चेतनास्तरलार्ई नियाल्दा यस्ता गैर कम्युनिस्टहरु आन्दोलनमा रहनु कति खतर्नानक रहेछ भनेर जिब्रो टोकेर सोच्नुपर्ने स्थिति देखिन्छ । माओवादी आन्दोलनमा सर्वहारा वर्गको अधिनायकत्व लागू गर्ने सवाल कति महत्वको रहेछ भनेर गम्भिर हुनुपर्ने देखिन्छ ।
प्रचण्डले हस्ताक्षर गरेको कथित बृहत शान्ति संझौता अर्थात माओवादीलार्ई निशस्त्र पार्ने प्रतिक्रियावादी तथा अवसरवादीको चालबाजीबाट पार्टीले बेलैमा शिक्षा लिन सकेन । वर्गदुस्मनसँग कुनै पनि हालतमा संझौतामा नपुग्ने नीति प्रचण्डको नेतृत्वले उल्लङ्घन गर्न पुग्यो । त्यसपछि पनि पटकपटक दोक्ला कुरा गरेर षडयन्त्र र छलछाम मात्र गरिरह्यो । अन्य नेतृत्वले उनीसँग लड्ने साहस गरेनन् वा क्षमता देखाएनन् । किरणले पहिलोपटक खरिपाटीमा सजग गराउँदा नै उनी पार्टीमा षड्यन्त्रका बावजुध अल्पमतमा परिसकेका थिए । यो नेतृत्व रेबिजवाला भैसकेको थियो र पोखरिमा खेदिनु पथ्र्यो, बाबुरामले जोगाउने नियत राखिहाले किनकि प्रचण्डलार्ई साथ दिन पुगिहाले र उनी पार्टी नेतृत्व हत्याउने षड्यन्त्रमा थिए । उनलार्ई आन्दोलनमा भएको घात वर्गप्रति भएको विश्वासघात मतलवको बिषय थिएन, नेतृत्व हत्याउने नियत भन्दा केही थिएन त्यसैले उनी प्रचण्डलार्ई जोगाउने रक्षा कवच बन्नपुगे ।
राजतन्त्रको अन्त्यपछि दलाल पुँजीवादी राज्यसत्ता निर्माण हुनु माओवादी नेतृत्वको सबैभन्दा असफलताको स्थिति बन्यो । यसघटनाले राष्ट्रिय स्वाधिनताको स्थिति झन् कमजोर हुन पुग्यो । प्रचण्डको पूर्व घोषणा नै थियो— हामीले जनयुद्धलार्ई सफल पार्न सकेनौं भने यो पुस्ता छउञ्जेल वा ५०औं वर्ष फेरि जनयुद्ध उठ्नै सक्दैन । यसको मतलव हो कि प्रचण्डको नेतृत्वमा रहेका कसैले पनि जनयुद्धको नेतृत्व गर्ने क्षमता राख्दैनन् । र, यो पनि भन्न खोजेका हुन् कि उनीहरु सबै नै क्रान्ति बिरुद्ध खडाभएका हुनेछन् । त्यसैले आन्दोलनको पुनर्गठन हुँदैन भन्ने उनको बुझाई हो ।
किरणको नेतृत्वमा क्रान्ति उठ्छ कि भनेर क्रान्तिकारिहरुमा आशा सँगालिएको थियो, त्यो आशा पनि जनयुद्धलार्ई रक्षात्मक अवस्थाबाट उठाउने नीति लागू गर्न साहस नदेखाएका कारण पछि खण्डित अवस्थामा पुग्यो । विप्लवले पनि एकपटक त्यो अवसर पाएर तत्कालै गुमाए पनि । सचेतपहल लिने क्षमता गुमाएका किरण र हामी कहाँनेर चुक्यौं भनेर बुझ्ने क्षमता नै नभएका विप्लवबाट क्रान्तिकारिहरुको आशा खण्डित हुनु स्वभाविक थियो र भयो पनि ।
चारु मजुम्दरले संशोधनवादीहरुसँग पूर्णरुपले सम्बन्ध बिच्छेद गरेको हुनाले आजको भाकपा (माओवादी) को रुपमा अहिले क्रान्तिकारि आन्दोलनको रक्षा र विकास हुन सफल भएको छ । संविधान निर्माण गर्दा ताकाको प्रमुख प्रतिपक्षको हैसियतमा रहेका कम्युनिस्टहरुले अस्तीत्व रक्षा गरिबस्न सकेका छैनन् । माओवादी नै आज सत्ताको प्रतिपक्षमा चुनौति बनेर खडा भएको छ । संशोधनवादीहरु आज गुमनाम झैं भएका छन् । हामीले पनि यहाँ त्यसरि नै संबन्ध बिच्छेदको स्थितिमा नगैकन क्रान्तिकारि आन्दोलन उठन सक्दैन ।
केही यस्ता घटनाहरु छन् जुन जस्को जवाफ तत्कालिन माओवादी पार्टीका नेतृत्वहले आजसम्म दिएका छैनन् वा दिन सकेका छैनन् । पत्रिका तथा पुस्तकमार्फत सार्वजनिक गरिएका त्यस्ता घटनाहरुको जवाफ दिनुको सट्टा उल्टो अनावश्यक भन्दै नाजवाफ बनिरहेका छन् । राष्ट्रिय स्वाधिनतामा आँच पुग्ने खालका, वर्गप्रति घात हुने खालका, पार्टी र जनतालार्ई गुम्राहमा राखिराख्ने खालका प्रश्न आउँदा पुरै नेतृत्वतह नाजवाफ छ । जनयुद्ध घनिभूत ढङ्गले चलिरहेको बेला “भारतको हीतबिपरित जाने छैनौं” भन्दै पञ्जाछाप लगाएको हो कि होइन ? भारतीय जेलमा रहेका आस्थाका बन्दीमाथि त्यहाँको सरकारले गरेका पक्षपातपूर्ण व्यवहारले के अर्थ राख्छ ? डा. गुटकालार्ई पक्रिए पनि छोडिदिने र थुनीएकालार्ई भट्टराई बिरोधिको संज्ञा दिएर यातना दिने कार्यको अर्थ के लाग्छ ? दुस्मनकहाँ गोप्य भिडियोहरु पु¥याउने अपराधिलार्ई पार्टीकै मुल नेतृत्वले किन काखि च्यापेर बसिरहे ? मात्र दुई नेतृत्वले पार्टीका अन्य नेतृत्वलार्ई नै जानकरि नगराई भारतीय प्रतिक्रियावादी सरकारको योजनामा सत्ताका अधिकारि र जासुसि संस्थाका प्रतिनीधिसँग अनाधिकृत भेटघाट र गोप्य संझौता भएको हो कि होइन ? हो भने यो निक्कै र अक्ष्यम्य गल्ती हो । त्यही योजना अनुसार चुनुवाङको निर्णय, १२ बुँदे समझदारि, बृहत शान्ति संझौता र जनसेनाको बिघटन तथा हतियार हस्तान्तरण भएको हो भनेर किन नभन्ने ? होइन भन्ने आधारहरु के छन् ? यो त राष्ट्रिय स्वाधिनतामा आँच आउँने तथा जनवादी लक्ष्य बिरुद्धको भयानक गद्दारि पनि हो र जनताको समवेदनामाथिको भयानक खेलबाड पनि हो । युद्धकै बेलामा भएका यस्ता घटनाले गुटको स्थितिलार्ई छर्लङ्ग पारेको देखिन्छ । हाम्रो आन्दोलन यही ठाउँमा सबैभन्दा नराम्ररि चुकेको देखिन्छ । बिडम्बना के छ भने पार्टीमा कहिल्यै यो मुद्दाको रुपमा उठेन ।
हो, हामी धेरै ठाउँमा चुक्यौं जहाँबाट बिसर्जनवादीले भाग्ने दुलो खनिरहेका थिए । आज माओवादी आन्दोलनबाट कोही बिसर्जन भएका छन् वा भागेका छन्, कसैले भाग्ने बाटो समातेका छन् । जहाँजहाँबाट हामी चुकेका थियौं त्यहीत्यही बिन्दुबाट सपार्दै र लागू नगरिएका माओवादी नीतिलार्ई लागू गरेर मात्र हामी सहि गन्तव्यमा पुग्न सक्छौं । कतिपय नीतिहरु लागू भएनन् भने कतिपयको अनर्थ लगाएर प्रयोगमा ल्याइयो । नेतृत्वले सत्ता हत्याउन आवश्यक नीतिहरु मात्र लागू गरिए । छलछाम र षड्यन्त्रलार्ई आपूm टिक्ने नीति नेतृत्वले व्यवहारमा ल्याए । अन्य नेतृत्वले भक्तिभाव र चाकरिलार्ई नै आफ्नो मूख्य नीति बनाए र नेतृत्वसँगै बिचलित भएर भागे । उनीहरुले जनयुद्ध पूर्वको प्रतिबद्धतालार्ई आत्मसात गरेको देखिएन । पार्टी नीति र निर्णय बिपरितका क्रियाकलापहरु हुँदा पनि चुपचाप रहनुले नेतृत्व क्षमतामा गम्भीर प्रश्न गर्ने ठाउँ दिएको देखिन्छ ।
सांस्कृतिक रुपमा पार्टीमा भयानक बिचलनको स्थिति देखिन्छ । प्रायः ले रक्सी पिउने, अझ कोही त रक्सीका शौखिन नै देखिने गरेका कुरा सार्वजनिक भएका छन् । रक्सी प्रतिक्रियावादी वर्गले पनि विषाक्त र पुरै हानिकारक तत्वको रुपमा लिन्छन् । खराबजति हटाउने र अशल जति कठोर भएर ग्रहण गर्ने नीति लिएको पार्टीले यस्तो खराब चिज अन्तिमसम्म वा आजसम्म नै कसरि अँगालिराख्न सक्यो ? यो एउटा क्रान्तिकारि पार्टीको लागि निक्कै गम्भीर बिषय हो । कतिपय मानिसहरु प्रचण्डलार्ई यसरि उसरि र यो त्यो ब्रान्डका रक्सी खुवाइयो भन्दै गफ चुटिरहेका देखिन्छन् । यो निक्कै लज्जाजनक बिषय हो ।
अन्य कतिपय मानिस छन् जुन जनक्रान्तिमा समस्याको रुपमा थिए तर माओवादी नेतृत्वमा थिए, झन्झन् माथिल्लो हैसियतमा जान अनेक लफडा झिकिरहन्थे । सर्वहारा वर्गको अधिनायकत्व अस्वीकार गर्ने, अन्तरसंघर्ष तथा वर्गसंघर्षलार्ई अस्वीकार गर्ने, सचेतपहलका साथ धक्का दिने बिषयमा जान नचाहने र आपूmलार्ई क्रान्तिकारि ठानिरहनेहरुमा साँस्कृतिक तथा बैचारिक समस्याहरु थिए भनेर किन नभन्ने ?
सारमा भन्नपर्दा जनयुद्ध वर्ग दुस्मनको कारण पराजयको स्थितिमा पुगेको होइन भन्न सकिन्छ । बरु माओवादी आन्दोलनमा संगठन, पार्टी नेतृत्व, कार्यकर्ता, जनसेनाका क्षमता र व्यवहारहरुका कारण असफल भएको थियो, माओवादी नीतिको कारण होइन भन्न सकिन्छ । जो नीतिको कारण भनेर बुझ्छ वा नीतिमा अपुताको कारणले भनि बुझ्छ भने त्यसमा सत्यता छैन भनेर बुझ्नु पर्छ । कि त उसको नियतमा खराबी छ भनेर बुझ्नुपर्छ । यतिखेरको आवश्यकता माओवादलार्ई आत्मसात गर्नु, नेकपा (माओवादी) को पुनर्गठन गर्नु र हामीले नयाँ परिस्थितिमा कार्यनीति बदलेर जनयुद्धको जग बसाल्नेतिर जानुको बिकल्प हामीसँग छैन । निकट भविष्यमा नै हामीले हाम्रो वर्गलार्ई यसतर्फ सचेतपहल लिनेछौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।
(लेखक ः नेकपा (माओवादी) पुनर्गठन अभियान, नेपालका संयोजक ः हुन् । )

प्रतिक्रियाहरु

[anycomment]