भ्रष्टाचारीलाई फासी भए गरिबले अकालमा ज्यान गुमाउनु पर्दैन – टीकाराम वली

२०७५ पुष २८ गते, शनिबार

सिद्धान्त कम्युनिस्टको बोकेर त्यहीँ राजाहरुले बनाएको संरचना भित्र रसपस खान बानीपरेका लोभीपापीहरु जनतालाई अधिकारको निकै पाठ पढाउने कमरेडहरु..‘वाइडबडी प्रकरण’ मात्र होइन सुन कान्डमा नाइकेहरुलाई समेत गुनगाम बनाइयो । राजदरबार हत्या काण्ड त्यसै सेलायो । दासढुंगा हत्या छानबिन नै हुँदैन । अनि कमरेडको समाजवादले भुकम्पको बेला भुकम्प पीडितलाई बाँडेको जस्तापाताको पनि छानबिन गर्न सक्दैन । भन्नै पर्छ कामरेड, समाजवादको करको थुप्रोले पुरिदै छु ! यसो भनिरहदा करको बिरोध गरेको होइन । देश बिकाशको आय आधार हो कर । त्यसैले देशका हरेक नागरिकहरुले देशका लागि कर तिरेका हुन् तर नागरिकहरुको कर मन्त्री सांसदहरुको बैंक खातामा थुप्री रहेको छ किन ? हाम्रो देशमा करलाई मन्त्री, सांसद देखि जनप्रतिनिधिहरुको जीवनस्तर फेरी दिन मात्रै उपभोग भएको छ किन ? नागरिकको कर हसुरेर बिकाश निकाशमा सिन्को सम्म भाँचिएको छैन किन ? अचेल माननीय सांसदहरुको घरभाडा प्रकरणले देशमा हल्लाखल्ला मच्चिएको छ । घर हुने माननीयहरुले जनताको करबाट घरभाडा असुली रहेको घटनाले लाज भन्ने चिज कहाँ गयो ? खोज्नु पर्ने बेला आएको छ । मिडियामा छरपस्ट हुँदाहुँदै पनि केही लाज हराएका सासंदहरुले आँखा चिम्लेर पुष महिनाको घरभाडा पनि बैंकमै थुपार्नु भएछ । हामीले बाच्नको लागि प्रत्येक चिजमा कर तिरेका छौ । १२ घन्टा अरुको काम गरेको वापत पनि कर तिर्नुपर्छ । छोरा छोरी स्कुल पढाएको वापत कर तिर्नुपर्ने । जिवनमा बाच्नको लागि चाहिने सबै चिज किन्दा प्रत्येक पाइला कर तिरेर बाच्दा पनि । हाम्रो प्रतिनिधित्व गर्ने मन्त्री ज्युहरुलाई पुगेको छैन ।
हाम्रो कर हसुरेर आफुलाई राष्ट्रबादी भन्ने कामरेडले आज छोरा छोरीलाई अमेरिका, अस्ट्रेलिया युरोप तिर पढ्न पठाएर पनि पुगेन रे ! हिजो किसान हुँदा गुन्द्रुक र ढिडो खाएर भएपनि पुगेकै थियो । झुपडी भए पनि बाँच्नु भएकै थियो । आज सुविधा सम्पन्न महल, सुविधा सम्पन्न गाडी भएर पनि महाशयहरुलाई बाँच्न गाह्रो भएर नै त होला देशको राजस्वमाथि भ्रष्टाचार गर्दै छन् । घुसकान्ड मच्चाउदै छन् । अनि सामान्य नागरिकलाई आत्महत्या गर्दा पनि कर तिर्नु पर्छ । नेपाल भन्ने देशको हरेक तह र तप्कामा घुसपैठ र भ्रष्टाचारले जरा गाडेको छ । कहाँ छ बिना घुस बिना भ्रस्टाचार चल्ने ठाउँ ?
यदि कुनै देश बिग्रेको छ भने त्यो भ्रष्टाचार र घुसखोरी पालेर बिग्रेको छ । यदि कुनै पनि देश बनेको छ भने भ्रष्टाचार, घुसखोरी फालेर नै बनेको छ । यदि भ्रष्टाचार नियन्त्रण भएन, राज्यको संरचनाहरु सहि तरिकाले चल्दैन भने सबै ठाउँ नयाँ प्रणाली आवस्यक हुन्छ । भ्रष्टाचार र घुसखोरीलाई फासी हुनुपर्छ सबै संरचना नयाँ नीति आवश्यक हुन्छ ।
सरकारले नीति नियम घोषणा मात्र गर्ने होइन, मुख्य सवाल कार्यान्वयन गराउने हो । सामान्य नागरिकले न्याय पाएका छन् किन छैनन् भन्ने कुरा राज्यले बुझ्नुपर्छ । अहिले सामान्य नागरिकहरु दबियाका छन् ! हेपिएका छन् । सामान्य मान्छेलाई कलियुग लाएको छ । जहाँ न्याय मिल्छ त्यहाँ पनि यहीँ घुसपैठ र भ्रष्टाचार मिल्छ । अनि बिद्रोह किन हुन्छ । युद्ध किन हुन्छ । जनताले किन न्याय खोज्छन् र रोज्छन ? जिम्मेवारी कसको हो ? यस्ता यादव प्रश्नहरु उठिरहेका छन् ।
विदेश भ्रमण देखी नाता गोतासम्म रमाएकै छौ । आज लोकतन्त्रको पाठ पढाउने पात्रहरुको हातमा केन्द्र देखि स्थानीय स्थरसम्म सरकारको तालाचाबी छ । अघिकारको पाठ सिकाउने पात्रहरु जनताको प्रतिनिधित्व गर्दै केन्द्र देखी स्थानीय स्थरसम्म हातमा जनताको संविधान आयो भनेर मख्ख भै रहनु भएको छ । तर समय बदलियो राजतन्त्रको ठाउँमा लुटतन्त्र । राजाको ठाउँमा झुट तन्त्र, र यसैलाई भन्छन परिवर्तन !
रजाइँ गर्नेहरु, कमिसन खानेहरु भ्रष्टाचार र कालोघन कुम्लाउनेहरु, रातारात करोडौं जम्मा गर्नेहरुलाई पोलपोल र तिनका घरमा नयाँ युग सुरुवात भएको छ । जनताको प्रत्येक पाइला कर आएको छ । युवा युवतीको हातमा हरियो पासपोर्ट आएको छ । समाजवादको नारा भित्र सुविधा सम्पन्न सेवा गज्जबले पाइयो कमरेड’ !
नेता ज्युहरुलाई आजिवन पुग्ने दानापानी जम्मा गर्नु परे लोकतान्त्रिक व्यवस्था जारी गर्नु प¥यो कमरेड’ ..! सिमानामा पिलर हराएको छ कमरेडको सरकारलाई चिन्ता छैन । तर आउने ठाउँ पाए एकै रातमा कुम्लाउने । जहिलेसम्म पद मिल्दैन तबसम्म खुबै रास्ट्रवादी हुन्छौं । जब पद पाएर लोकतन्त्रको रक्षा गर्ने ठाउँमा हुन्छौं । तब लोकतन्त्र नै किन बेचबिखन गर्ने अड्डामा रुपान्तरण हुन्छ ।
एनजीओ आईएनजियोलाई तोकतन्त्रको आधार मान्ने बर्ग दुस्मन बिस्तारवाद र साम्राज्यवादलाई नजिक मित्र ठान्ने । लुटेरा मोडेलको रास्ट्रवाद सुनकान्ड देखी वाइडबडी कान्ड । मदन भन्डारी देखी बिरेन्द्रसम्म सबै हराउने हो । यहाँ विदेशबाट आउने लासमा त ब्यापार चलिरहेको छ । एउटा बलात्कारको घटना त पत्ता लाग्दैन । सबै कारण कानुनी बिभेद संविधानको किनबेच र लोभीपापी राज्य भएर हो ।
भत्केका र भाँचिएका पुर्वाधारहरुमा त घुसपैठ र भ्रष्टाचार चल्छ । हामीले आफ्नो भविस्य आफै बर्बाद बनाएका छौ । किन कि बैधानिक रुपले ति पात्रहरुलाई त्यो ठाउँमा पुराउन हाम्रो भोट मात्र होइन श्रम, सिप, पसिना र रगत समेत बगाएका छौ । दुई चार जना पात्र नेता र ब्याक्ती राम्रो हुँदैमा देश बन्ने अवस्थामा छैन । देश बन्नको लागि भ्रष्टाचार, घुसखोरी र बलात्कारीहरुलाई फासी दिन अनिवार्य छ ।
यदि भ्रष्टाचार, घुसखोरीलाई फासी हुन्छ भने कसैले हरियो पासपोर्ट र गरिबले अकालमा ज्यान गुमाउनु पर्दैन । भत्केका संरचना नयाँ निर्माण पुर्वाधार यहीँ चार बर्ष भित्र पुरा हुनेछ । यदि त्यसो भयो भन्ने नेपालका ईमानदार उधोगीहरुले ठुला ठुला लगानी लगाउने र भित्राउने छन् । लाखौं मानिस स्वदेश मै निर्भर बन्ने छन् । विदेशीको मुख ताकेर बस्नु पर्ने छैन । सबै भन्दा ठुलो रोग भ्रष्टाचार र घुसपैठ हो । यसको समय मै उपचार भयो भन्ने समृद्ध नेपाल मात्र होइन, स्वस्थ नेपाल हुनेछ । अनि नेपालीहरु संग नै देश विकासको आधुनिक औंजार तयार हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]