नश्लिय दरबारिया शासन र जातीय, लिङ्गीय, बर्गिय मुक्तिको प्रश्न ? – संसार सेन पृथक
इतिहासको चेतपूर्ण अध्यन र ब्याख्या नगरी छुद्र रूपमा शासन र शासक तत्कालीन ब्यबस्थाको बिरोध जनाउनु सडकमा विशाल आन्दोलन गर्नुले उपलब्धिको कुनै परिणाम दिएको देखिँदैन । नेपालको उत्पत्ति र नेपाल सभ्यताको पुरानो इतिहास खासगरी किरात सभ्यता लिच्छविकाल सभ्यता मल्ल वंशीय बागमती सभ्यता कर्णाली (ककस), खस सभ्यता कौसल सभ्यता र सेन सभ्यताको बिकेन्द्रीकृत राज्यको राज्य सभ्यता र राज्यलाई गोर्खाका राजा पृथ्वीनारायण शाहको एकीकरण राज्यको बिस्तारसँगै बनेको आधुनिक नेपाल र त्यस्को वास्तविक कानुनी इतिहास बुझ्न जरुरी देखिन्छ । राजा पृथ्वीनारायण शाह केन्द्रिकृत नेपालका प्रथम राजा भए सँगै नेपालमा खासगरी गोर्खा राज्य बिस्तारको समयमा उनलाई युद्धमा सहयोग गर्ने भारदार र उनैको गुणगान जप्ने पुरेत जर्नल क्याप्टेन छोटेराजा जतिलाइ भूमि र राज्यको अधिकारसम्म प्रदान गरिएको पाइन्छ । त्यसैलाई कानुनी रूपमा बर्गीय तथा जातीय रूपमा ब्यबस्थित पार्ने काम १९१० सालमा जङ्गबहादुर रानाले गरेको पाइन्छ । जुन किताब दुनियाँको कुनै पनि विश्वविद्यालयमा अध्यन अध्यापन गराइदैन गर्न पनि दिएको छैन ।
किन लेखिएको थियोे ऐन वल्र्ड कानुन १९१० मा
खासगरी दरबारमा बढ्दै गएको बेथितिको ब्यबस्थापन गर्नको लागि राणा प्रधानमन्त्री जङ्गबहादुर रानाले ऐन वल्र्ड कानुनी मुलुकी ऐन बनाएको देखिन्छ । खासगरी राजाहरुले गरेको बहुविवाह र त्यसबाट जन्मेका सन्तान र रानीहरुको कारण दरबारभित्र आकास्मिक रूपमा हुनसक्ने दुर्घटनालाई रोक्न यो ऐन बनाइएको हो । सबैभन्दा पहिलेत राजाहरूलाई ब्राह्मणले कतिसम्म विवाह गर्न पाउने भन्नेबारे दरबारिया पुरेतहरुले तोकेका हुन्थे र कस्ता–कस्ता किसिमका रानीहरु भित्र्याउन सक्थे– (१) ब्याइते, (२) ल्याइते, (३) भित्रेनीपट्टि, (४) कोठे । जम्माजम्मी चार प्रकारले जतिसुकै महिलाहरु राख्न पाउने ब्राह्मणले तोकिदिएको पाइन्छ, जसको साहेक राजपरिवारको रूपमा रानाहरुले पनि सोहीअनुसार गरेको पाइन्छ । माथिका चार किसिमका रानीमध्ये ब्याइतेबाहेक अरु जति पनि भित्र्याउन पाइने पुरानो निर्माणका आधारमा दरबारिया र रानाको रबैया चलेको पाइन्छ । रानीहरु र रानीको अधिकार रानीमा राजाको कर्तव्यबोध समेत पुरेतले निर्धारण गर्दैको दरबारिया ब्राह्मण धर्म कानुनको सबिस्तार यस्तो छ ।
१) ब्याइते ः रानी खासगरी दरबारको पूर्ण अधिकार जनताको आँखाले देख्न सक्ने गरी धार्मिक कानुनी मान्यता प्राप्त रानी ब्याइते हुन् भन्ने बुझ्न सकिन्छ । ब्याइते रानीको मुख्य काम राजा सवारी हुँदासँगै जाने मठमन्दिर पूजाआजको काममा समेत अधिकार हुने थियो । ब्याइतेपट्टिको रानीबाट जन्मेको जेष्ठ सुपुत्रले मात्रै राजाको उत्तराधिकारी हुन पाउनेसमेत छ । खासगरी ब्याइतेपट्टिको बच्चा छोरा युबराज र छोरी युबराज्ञी भनेर चिनिन्थ्यो । राजाको मृत्युपश्चात् तिनै ब्याइतेपट्टिका युबराजले राजा हुन पाउने समेत पुरेत ऐनमा लेखिएको पाइन्छ ।
२) ल्याइते ः ल्याइते रानीहरु जति पनि ल्याउन पाउने राजालाई अधिकार थियोे । ल्याइते रानीहरुबाट जन्माउन पाउने तर ल्याइतेबाट जन्मेको बच्चाले राजा हुन नपाउने पुरोहित प्रचलन थियो । दरबारमा सबभन्दा खतरा तिनै ल्याइतेपट्टिकाको हुन्थ्यो किनकि रानीहरु पनि धेरै र रानीहरुबाट जन्मेका सन्तानहरु पनि धेरै थिए । दरबारमा भीमसेन थापा, माथबर सिंह थापालगायतको मृत्युको कारण र जङ्गबहादुरको उदय त्यसैको परिणाम थियो । त्यसैलाई ब्यबस्थापन गर्न जङ्गबहादुरले १९१० सालको मुलुकी ऐन ब्यबस्थापन गरेको देखिन्छ ।
३) भित्रेनी ः राजाहरुले अर्को कुर तथा आतताही महिला हिंसा गरेको त्यो हो । आफ्ना भारदारलाई गाउँघर मेलापात जहाँ पनि सौन्दर्य रूपमा देखिने नारीलाई बन्दुक तरबार देखाएर अपहरणकारीको जस्तो शैलीमा जबर्जस्त दरबारमा ल्याउन लगाउँथे । त्यस्तालाई अमनकै भएपछि पनि रानी बन्न लगाउथे । त्यस्तालाई लुकाएर राखिन्थ्यो रानी भन्न मिल्ने देखाउन नपाइने भएपछि तिनीहरुलाई भित्रेनी भनियो र तिनीहरुबाट जन्मेका सन्तानहरुलाइ भित्रेनी पट्टिका भनेर चिन्ने गरेको बुझिन्छ ।
४) कोठीका ः खासगरी कोठीका रानीहरु राजाहरुले मनोरञ्जनका लागि ल्याउने रुप, स्वर लुवाइ सप्रेकाहरुलाइ कोठीका रानी भनिन्थ्यो । तिनैहरुबाट जन्मेका सन्तानहरुलाई कोठीपट्टिका भनेर चिनिने गरिएको पाइन्छ । कोठीपट्टिका रानीहरुबाट जन्मेका सन्तानहरुलाई राजपरिवारको पाउने हकअधिकार कुनै पनि दिएको थिएन । त्यसैको प्रतिफल १९०९ मा कोठीपट्टिका राजाका सन्तानहरुले समुल लडाइँ गरेको पाइन्छ । त्यतिबेला उनीहरुले कुल्लु, कपाली, मासिने मतुवाली, नमासिने मतुवालीहरुको साथ लिएर लडाइ गरेको देखिन्छ जसलाई दबाउन दरबारबाट ब्याइते, ल्याइते र भित्रेनी पट्टिका राजाका सन्तान र सेनाहरुले भीषण दमन गरेर सयौं सर्बसाधारण महिला तथा वृद्धहरु मरेको देखिन्छ । जसलाई हार्नेहरुले तागाधारी दमनको नाम दिएको पाइन्छ । त्यतिबेला जङ्गबहादुरले राजाका सन्तती सबैलाई अधिकार दिन्छु भनी ताम्रपत्रमा लेखेर सुनाएको पाइन्छ । १९१० सालको ऐन र बर्गिय लिङ्गीय तथा जातीय विभेद ।
१९१० सालको ऐन मुख्यगरी जातीय, बर्गिय, लिङ्गीय विभेद उत्पादनको मुल कारण बनेको छ । ब्याइते, ल्याइते, भित्रेनी र कोठिपट्टिका राजाका सन्तानहरुको अधिकार साथै समुल बिद्रोह दबाउने सेनाका जर्नेल, कर्णेल, मेजर, तत्तहका जवान र बिद्रोह गर्ने जनताको पञ्जिकरण गरियो र सोहीअनुसार दमन गर्नेहरुलाई बिर्तावाला बनाउन बिर्ता बाँडियो । साथै, राजाका सन्तान ब्याइतेपट्टिकालाई दरबारको हक अन्य ल्याइते, भित्रेनी र कोठीपट्टिकालाइ नेपाल अधिराज्य भरिएका प्रत्येक जिल्ला–जिल्लामा किसानले जोत–भोग गरेको जमिन जबर्जस्त हडपेर ताम्रापत्रमा लेख्दै बिर्ता बितरण गरिएको पाइन्छ । त्यससँगै बिद्रोहमा लागेका उत्पीडित समुदायको जमिन हडपेर आफ्ना भारदार सेनाका सिपाहीदेखि जर्नलसम्म र पुरेत सबैलाई बाँडियो । त्यसमा झन्डै २५५ मान्छेहरूलाई जमिनदार बनाइयो र बाँकी ७५५ जनताहरुलाइ भूमिहीन बनाइएको छ । त्यतिबेला भूमिहीन हुनेहरू क्षेत्री आधा–आधी ब्राह्मण जनजाति आदिवासी र दलितरुलाई भूमिहीन बनाइयो । त्यतिबेला निजी सम्पत्तिको मूल आधार जमीन हुने भएकोले भूमिहीन सबैलाई कमारो हली, गुवालो बनाउनेतर्फ लागियो । ठीक त्यतिबेलादेखि बर्गीय रूपमा चरम उत्पादन भयो ।
आफ्नो भूमि सत्ता बचाउन जङ्गबहादुरले दण्ड सजायको साथै बर्नअनुसारको ब्यक्ति समुदायको काम तरबारको र बन्दुकको बलमा तोकिदिएको पाइन्छ । अझ यतिसम्म लेखेको पाइन्छ, कुन–कुन जातले कुन–कुन काम गर्न हुने नहुने समेत तोके त्यतिबेला जातलाई चार भागमा राखेर १९१० को कानुन ऐन लगाइएको छ–
१) तागाधारी जो जनाइ लाउने (२) मत्वाली (३) नमासिने मत्वाली (४) मासिने मत्वाली यतिसम्म बनाएर यतिखेर सोहीअनुसार कसलाई कस्तो कसुरअनुसार दण्डित गर्ने भनिएको छ । तागाधारीले उहीँ अपराध गरे तीन रुपैयाँ दण्डित गर्ने मतवालीले त्यहीँ अपराध गरे सर्बस्वहरण हुने मासिने मतवालीले त्यहीँ अपराध गरे समुलमा काट्ने र उसको तीन पुस्ते सम्पत्ति जफत गर्ने बनाइएको छ, जुन अबस्थाले के देखिन्छ भने नमासिने मतवाली भनेको राजाको सिपाही भूमिका निर्वाह गरेकाहरुलाई भन्ने जनाएको छ । मासिने मतवाली भनेको दरबारिया रबैयाको बिरोधी राणाबिरोधी जतिलाई बुझिन्छ, जुन बख्खु लाउने र भूमिको अधिकारबाट बन्चित जतिलाई जनाएको छ । यो हेर्दा अहिले दलित भनेर चिनिने र हिमाली भेगमा बस्ने समुदायको चित्रण गरेको देखिन्छ । १९१० सालमा यो कानुन बनाएसँगै नेपाल अधिराज्य भरिएका जमिनदार तिनै राजपरिवारका सदस्य तिनका पुरेत काजी भारदार रहे पछिल्लो अबस्थामा प्रत्येक जिल्लामा प्रशासनिक कामकाजको लागि डिठ्ठा, बिचारी, मुखिया, साथै बाबुसाप पद्धति सुम्पेर जिल्लाभर पठाइयो १९१४ देखि २००७ सालसम्म अनबरत निरन्तर रूपमा हरेक जिल्लामा तिनै दरबारिया पण्डित र ल्याइते भित्रेनी, कोठेपट्टिका सन्तान र जर्नेल कर्णेल काजी डिठ्ठा बिचारीका सन्तानले शासन चलाउँदै आएको पाइन्छ । त्यहीँ शासन सन्चालन गरेका सबै ठाउँ समयअनुसार सम्पत्तिको मालिक धनी सामन्ती बर्गमा देखिन्छन् । यो हेर्दा केसम्म देखिन्छ भने क्षेत्रीले क्षेत्री माथि पनि शोषण, उत्पीडन यथावत रहेको देखिन्छ । अन्ततः राणाहरुको विरुद्धमा २००७ सालमा भएको परिवर्तन पछि पनि तिनै उपल्लो बर्ग र जातिका मान्छेले नै जिल्लामा प्रतिनिधि हुन पुगेको देखिन्छ र अझ अनौठो र आश्चर्यजनक कुरा त के देखिन्छ भने २००७ देखि हालसम्म ५७५ उनै दरबारिया ल्याइते भित्रेनी कोठेपट्टिका सन्तान र दरबारियाले गरिखाउ भनेर बिर्ता दिएका पण्डित पुरोहित जर्णेल कर्णेल र बिर्तावाल ब्यक्तिहरु अहिलेसम्म जनप्रतिनिधि बनेको देखिन्छ । बाँकी ४३५ उत्पीडित बर्ग समुदायबाट आएकोले राज्य ब्यबस्थाको नाम जुनसुकै दिए पनि यो चिन्न सकिएन भने राष्ट्रमा जनताको लोकतन्त्र देखाउने दाँत मात्रै हुने छ । यहाँ २००७ सालदेखि हालसम्म अपवादबाहेक धेरै प्रधानमन्त्री तिनै दरबारको पदबी पहिरेकाहरुको सन्तति नै भएको देखिन्छ । सर्बहाराबर्गको सत्तालाई स्थापित गर्नको लागि इतिहास राम्रोसँग अध्यन नगरी गरेको आन्दोलनको परिणाम उत्पीडित बर्ग, जाति महिलाहरुले झेल्नु परेको तीतो सत्य हो । यहाँ माक्र्सवाद कुनै–कुनै समाजवाद र हरेक समयमा हरेक मुखुन्डो चिन्न जरुरी छ ।