एकिकृत जनक्रान्ति र जनअधिकारको विषय – जनक शाह

२०७५ फाल्गुन ५ गते, आईतवार

राज्यव्यवस्था दलाल पूजीवादी राज्य हो । यो रुपमा नया जस्तो देखिए पनि सारमा पुरानै राज्य व्यवस्था हो यो राज्य पनि नया रुपमा जनतालाई शोषण र दमन गर्ने वर्गीय राज्य हो र यसले देशलाई कंगाल बनाई झनै ठूलो संकटतिर धकेलेको छ । नेपाली राजनीति इतिहासमा नेपाली जनता देशकै नाम जप्दै नेपाली जनताकै शोषण गर्दै आएको छ । सामान्य किसानको छोरो राजनीति गरेर नेतृत्व गर्ने बेलासम्म क्रान्तिकारी अग्रगामी प्रगतिशिल हुने तर जब जनतालाई विश्वस गरे देश र जनताको सेवा विकास र समृद्धि गर्ने स्थानमा पु-याइ दिन्छ त्यो बेलामा त्यस नेतृत्वदायी गर्न व्यक्ति कुनै न कुनै किसिमले दलाल व्यक्तिवादी लोभी र कमिशनखोर भइदिने समस्याको गोलचक्करमा नेपाली समाज फसेको छ । काग्रेसले मुक्ति सेना बनाएर चलाएको सशस्त्र संघर्ष होस् वा तत्कालिन मालेले गरेको समान्तीको सफाई गर्ने झापा विद्रोह वा तत्कालिन –माओवादी)ले गरेका गाउबाट सहर घेर्ने रणनीति अनुसारको जनयुद्ध किन नहोस्, यी सबै सशस्त्र संघर्षमा नेपाली जनताले अपराजय सहभागी सहयोग र समर्थन गरेर देशको बागडोर समाल्ने स्थानमा पु-यायो तर पनि देश झन पछि कंगाल अभाव र जनता गरिबी, बेरोजगार, मंहगी, कालाबजार, भ्रष्टाचारको चपेटामा झन पछि पिल्सिदै छन् ।विस्तारै, विस्तारै नेपाली युवा पुस्ता लागु औषधको कुलतमा फस्दैछन् । चेतनशिल, उर्जावान युवाहरु विदेश पलायन भएका छन् वस्तीहरुमा महिला, बच्चा र वृद्धहरु मात्र छन् ।
जबसम्म नेपाली समाज दलाल संसदीय व्यवस्था खारेज हुदैन तबसम्म देश जनताको मुक्ति सम्भावना छैन संसदीय चुनावमा जनतालाई दिन भ्रम र छलछाम वाहेक अरु केही होइन करौडौं खर्च गरेर गुण्डा परिचालन गरेर प्रशासन सेटिङ्ग गरेर निमुखा सोझा साझाहरुलाई दन्तेकथाको विकास र अवसरहरुको अश्वासन दिएर जा“ड रक्सीको खोलो बगाएर आङ्खनो विचार प्रयोग गर्न नदिने प्रणालीले कसरी हुन्छ विकास ?
देश र जनताको हितमा यो संसदीय व्यवस्थाले काम गर्दैन भने नेपाली जनताले यो व्यवस्था खारेज गर्दछन यो जनताको अधिकारको कुरा हो । दलाल पू“जीवाद व्यवस्थाको उत्तम विकल्प भनेको वैज्ञानिकवादी हो । राजतन्त्रको अन्त्यपछि त खुलेयाम नेपालमा दलाल पू“जीवादी हालीमुहाली नै बन्न पुग्यो । दलाल राज्यसत्ताको खुला आगमन नहु“दासम्म नेपालमा सामन्ती शाह वंशीय राजाहरुको हातमा शासन व्यवस्था रहयो । लामो समय करिब अठाइसौं वर्षको राजतन्त्रात्मक राज्य सत्तालाई दश वर्षको माओबादी जनयुद्धको विस्थापित गर्न सफल त भयो स्थानीय रुपमा जनसत्ताहरुको निर्माण गर्दै समानान्तर जनसत्ताहरु सञ्चालन गने तहसम्म त कामयाब रहयो तर पुरानो सत्तालाई पूर्ण रुपमा कब्जा गरी जनताको सत्ता स्थापना गर्न भने असफल रहयो । यो दश बर्षको जनयुद्धको विडम्बना रहयो । अहिले नेपालमा दलाल पू“जीवाद हावी भएर आएको छ । सामन्ती राज्यसत्ताका अवशेषहरु पनि कायमै छन् । यी दुईटाको खिचडी रुप अहिले भद्दा रुपको घोर आत्मसर्पणवादी दलाल पूजीवादी, सामाजिक दलाल, संसघीय व्यवस्थ दलाल र राज्य सत्तामा देखापरेको छ ।
अहिले देशमा दलाल पूजीवादी संसदीय व्यवस्थाका असली मतियार देशको राज्यसत्ताको नेतृत्व सरकारले पुरानो संसदवादी सत्ता र परम्परालाई बचाउन कथित स्थानीय निर्वाचनको नैटंकीय वल लगाएर जनतालाई दमन र्न कस्सिएको छन् । उनीहरुले आफनो कुर्सी स्वार्थका लागि जनताका अधिकारहरुलाई दमनद्वारा कुलच्चदै अघि बढेका छन् । देशैभर हाम्रो पार्टीका नेता कार्यकार्ताहरुलाई गिरफतार गरिएको छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत जनक्रान्ति)ले स्पष्ट पारेकै विषय हो कि आजको यो दलाल र संसदवादी व्यवस्थाले जनता र राष्ट्रको अधिकार सुनिश्चित हुन सक्दैन, त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्थाको अनिवार्यता हुन्छ । यो सन्दर्भमा दलाल पू“जीवाद व्यवस्थाको सम्पूणर्् प्रकृयाहरुलाई अमान्य गर्नु स्वभाविक छ । नया वैज्ञानिक समाजवादी सत्ताको अभ्यासमा रहेको हाम्रो पार्टीले यतिबेला एकिकृत जनजागरण तथा प्रतिरोध अभियान सञ्चालन गरिरहेको छ ।
आजको मुख्य समस्या भनेको वर्तमान दलाल र पुजिंबादी राज्य नै हो। यही व्यवस्था देश र जनताको प्रगति र परिवर्तनको बाधक;हो । शान्ति बिकाश र समृद्धि र समाजबाद को अबरोधक हो । सामाजिक दलाल पुजिंबाद बिप्लवले अधुरो नेपाली क्रान्तिलाइ पुरा गर्न अगाडी सरेको एकीकृत जनक्रान्ति र बैज्ञानिक समाजबाद नेपाल र नेपालीको प्रगतिको बाधक बिधमान दलाल राज्य हो। अहिले नेपाल कम्युनिष्ट पार्टीले धेरै हतियारको कुरा गरेको छैन बरु जनताको अधिकारको मात्र बिसयमा उठाएको छ । राष्ट्रघात र जनघात भ्रस्टाचार कालोबजार कमिसनखोर बैदेशिक हस्तछेप र दलाल पुजिंबादले जनतालाई पारेको असरको मात्र कुरा गरेको हो।
अहिलेको विश्व सत्ता राजनीतिको दृष्टिले पू“जीपति वर्गको सत्ता वा साम्राज्यवादी सत्ता सञ्चालन भइ राखेको विश्व हो ः जुन अवैज्ञानिक, शोषणकारी, विभेदयुक्त र विश्व मानव समाजको विकास एवम् समृद्धिको वाधक छ । विश्व सर्वहारा वर्ग, सर्वहाराक्रान्ति र कम्युनिष्ट एकृकृति जनक्रान्तिले यसलाई बदलेर विश्वका श्रमजीवि (भौतिक र मानसिक श्रम) जनताको वैज्ञानिक समाजवाद हुदै विश्व साम्यवाद स्थापना गर्नु अहिलेको विश्व मावन समाजको ऐतिहासिक आवश्यकता हो ।
तर वर्तमान परिस्थिति हेर्दा “ हरियो देखाउने र लट्ठीले चुट्ने” “गुलियो लपेटेर विष पिलाउने” रणनीति गरी संशोधनवादले जसरी हुन्छ धन कमाउनु पर्छ र मुनाफा आर्जन गर्नु पर्दछ भन्ने अर्थ दृष्टिकोण राख्ने भएकोले उसले सम्पूर्ण राजनीतिक कार्यको केन्द्र विन्दु अर्थवाद, सुधारवाद, सम्झौतावाद, वर्ग समन्वयवादलाई बनाउने गर्दैछ सबै कार्य आर्थिकका लागि भन्ने बनाउ“दा एकले अर्कोमाथि शोषण, मुनाफा, लुटपाट, भ्रष्टाचार, दलाली, विचौलिया गर्ने पनि छुट हुनुपर्छ भन्ने बनाइ दियो । समाज र राज्यमा शोषण, मुनाफा, लुटपाट, भ्रष्टाचार, दलाली, विचौलिया र मान्यता दि“दा र प्रयोग गर्दा संशोधनवाद र पू“जीवाद भन्दा कुनै दृष्टिमा पनि फरक र अन्तर रहेन बरु पूजीवादको जुठोपुरो चाट्ने सह—पूजीवादी प्रवृतिमा पटन हुन पुग्यो । साम्राज्यवाद र प्रतिक्रियावादी लुटेराहरु कै स्वार्थको सेवा गर्दछन् तिनले जनताका विचमा भ्रम दिन्छन् तर यो भ्रम धेरै दिन टिक्दैन “विरालाले विरालैसग मिटेरी गास्दछ संसारमा कहिपनि विरालोले मुसासग मितेरी गास्दैन ।” नेपालका दलाल र शक्तिहरुले जनता र देशका समस्या समाधान गर्नसक्दैनन् त्यसैबेला भारतीय साम्राज्यवादले सो क्षेत्रमा “ केही पूर्व नेपाल” अधिक गिद्धे आखा लगाइ रहेको छ । नेपालस“ग सिमा जोडिएको यो क्षेत्र भारत, चिन र भुटानको क्रिकोणात्मक सिमा भएको क्षेत्र हो जसलाई भारतले कुखुराको नाक (चिकेन नेक) भन्ने गरेको छ । नेपालको कोशीपूर्वको भूभागलाई उसले त्रिदेशीय नेपाल, चिन, भुटान र सम्वेदनशिलताको दृष्टिले हेरेको देखिन्छ । पूर्वी नेपालमा आङ्खना दलालहरुको पराजयलाई दिल्लेले त्रास र खतराको रुपमा हेरेको छ । यसलाई मध्यनजर राखेर वर्ग संघर्षको रापिलो तापस“गै दलाल र सामाजिक दलाल पू“जीवादको चिहान बनेर बैज्ञानिक समाजवाद स्थापनाका निम्ति एकिकृत जनक्रान्तिको विगुल फुक्दै उत्पीडित श्रमजीवि जनताको मलिन अनुहार मुस्कान छर्न तम्सिएको नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत जनक्रान्ति हो ।
हाम्रो पार्टी र नेतृत्वलाई यो इतिहासिक अवसर प्रदान गर्ने नेपाली सर्वहारा, श्रमजीवि वर्ग एवम् नेपाल राष्टप्रति पार्टी सगौरव र हार्दिक आभार व्यक्त गर्दछ । राष्ट्र र जनताको मुक्ति गरि छाड्ने प्रतिबद्धा व्यक्त गर्दछ । ज्ञान दर्शन र क्रान्तिको संघर्षलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्ने बुझने र व्याख्या गर्नका साथै संसारलाई बदल्ने प्रक्रियामा सामेल हुनु कम्युनिष्टहरुको आदेश हो र साम्यवादको नेतृत्वमा जनवाद र समाजवाद अर्थात वैज्ञानिक समाजवाद यसको प्राप्ति भनेको एउटा सच्चा कम्युनिष्ट पार्टीमा नीतिगत र विधिगत रुपमा जीवन व्यवहारमा लागु गर्ने कुरा हुन् ।
क्रान्ति र विद्रोहहरुका सन्दर्भहरुलाई हेर्दा कम्युनिष्टहरुले मात्र होइन कम्युनिष्ट विचार नमान्नेहरुले पनि हतिायरको प्रयोगलाई प्राथमिकतामा राखेको छ । उदाहरणीयको लागि काग्रेसले पनि २००८ सालमा सामन्तवाद र विस्तारवादको विरुद्ध भिमदत्त पन्तले सशस्त्र विद्रोह उठाए र २०१२ सशस्त्र प्रतिरोध आन्दोलन गर र सोही माघ ५ गते जनकपुरको रंगभूमिमा राजाको गाडीमाथि बम प्रहार गरे सोह ीआरोपमा गिरङ्खतार दुर्गानन्द झालाई २०२० सालमा फा“सी दिएका थिए । र २०१९ साल असोज १७ गते पञ्चायती व्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएका वझा“गी राजा सहित ११ जना काग्रेसी कार्यकता सहित नेपाली सेनाले वित्थहलेकमा हत्या गरियो २०३१ सालमा राजा विरेन्द्रमाथि विराटनगरमा पनि वम प्रहार गरियो र ओखलगुङ्गाको टिमुरे बोटेमा ४१ जना काग्रेसका कार्यकर्ता अपरेसनमा मारिएका थिए । तर का“ग्रेसले २०३३ सालमा राजास“ग सहकार्य गर्ने र मिलमिलापको नीति लिएपछि सशस्त्र संघर्षको नीति त्यागेको थियो ।
यी सबैमा प्रायः हतियार वा वल प्रयोग वा सशस्त्र संघर्षमा आधारित छन् यसले के बुझाउ“छ भने हतियार विनाको संघर्ष वा आन्दोलन वा क्रान्ति सम्भव छैन जब सत्ता ठूला दमन र नरसंहारमा उत्रन्छ । त्यसलाई रोक्न जनताले विभिन्न उपाय र वाटाहरु खोज्दछ । र, “हतियारको वलमा टिकेको सत्तालाई परास्त गर्न हतियार नै प्रयोग गर्नु पर्दछ” भन्ने मान्यता कम्युनिष्ट पार्टीका लागि मात्र हैन अन्य विचार राख्नेहरुले पनि प्रयोग गरेका स्पष्ट उदाहरण दिइएको छ । र, अहिले नेपाल कम्युनिष्ट पार्टी एकिकृत जनक्रान्तिले धेरै हतियारको कुराहरु गरेको छैन, युद्धको कुरा गरेको छैन, बरु जनताको अधिकारको विषयमा उठाएको छ र राष्ट्रघात, जनघात, भ्रष्टचार, कालोबजार, कमिशनखोर, दलाल, विचौलिया, वैदेशिक हस्तक्षेप र दलाल पूजीवादले जनतालाई पारेको असरको मात्र कुरा गरेको छ ।
– लेखक: नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठनका सचिवालय सदस्य हुन् ।

प्रतिक्रियाहरु

[anycomment]