गायक पशुपति शर्माले ऎना देखाउँदा कुरुप अनुहार सफा गर्ने कि ऎना फुटाउँँने ? – डायमण्ड म्याग्देली
यतिवेला पशुपति शर्माले देशमा वढ्दो विकृति.विसंगति र भ्रष्टाचार को विषयलाई तिखो र तितो सत्ययुक्त शव्दद्दारा व्यंग्यात्मक शैलिमा सार्वजनिक गरेको “लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाईंदैन नेपालमै हो छुट ” भन्ने गितले सिंगो देशवासीको ध्यान खिचेको मात्र छैन वरु राज्यको प्रशासनिक केन्द्र सिंहदरवार मा ठुलै कम्पन उत्पन्न भएको छ।
सायद ईतिहासमै पहिलो पटक हुनुपर्छ एकजना लोकगायक ले देशको विकृति र विसंगतिपुर्ण समसामयिक विषयलाई शव्द र संगितमा लयवद्द गरी गित प्रस्तुत गर्दा यति हलचल र वहस सिर्जना भएको हुन त देशको समसामयिक अवस्था वारे समय क्रम अनुसार विभिन्न कवि कलाकार लेखकहरुले देशभक्ति र जनपक्षिय कविता गजल लेखहरु लेख्ने र गितहरु गाउने गरेका छन त्यो जहांनिया राणाशासनको विरुद्दमा होसया राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्था अथवा संसदिय वहुदलिय व्यवस्था, तर गणतन्त्र स्थापना र नयां संविधान निर्माण पछि आमनेपाली को मन छुने,रगत उमाल्ने र सिंहदरवार मा हलचल पैदा गर्ने गरी आएको जनपक्षिय.व्यंग्यात्मक तर यथार्थमा आधारितपहिलो र शसक्त गित यो नै हो भन्दा अरु कसैप्रति अन्याय हुन्छ होला जस्तो लाग्दैन ।
यद्यपी उनले केहि आफ्ना अग्रज तथा सहकर्मिहरुको सुझाव अनुसार गितका केहि शव्दहरु परिमार्जन गर्नुपर्ने कारण देखाउदै त्यो गित आफ्नो यु ट्युव च्यानलवाट हटाईसकेको जानकारी गराईसकेका छन तर यो प्रविधिले विकसित दुनियामा गायकले सार्वजनिक गरेको केहि समयमै हजारौं ले डाउनलोड र सेयर गरिसकेको कारण अव कसै को कर वलदवाव धम्की लाई मत्थर पार्न र तिनको केवल लाज छोपेर मानमर्यादा राख्दिनको लागी शव्द परिमार्जन गरि पुन:सार्वजनिक गर्नुको खासै अोज अर्थ र महत्त्व हुने छैन।
विशेष गरी गित सार्वजनिक भएको दोश्रो दिन सामाजिक सञ्जाल र मिडियाहरुमा उच्च चर्चा भयो। गितले वालुवातार मा ठुलो तरंग उत्पन्न भएको र प्रतिवन्ध लगाउने तयारी भएको भन्ने खालका समाचार हरु समेत केहि अनलाईन हरुमाप्रकाशित भए । यता सामाजिक संजाल विशेष गरी फेसवुकमा पक्ष र विपक्षमा वहस भयो। सत्ता र शक्तिको भक्तिमा रमिरहेका अौलामा गन्न सकिने केहि पात्र वाहेक गितको विरोध र आलो चनामा उभिने मान्छे खासै देखिएन। ति जति विरोधमा देखिए तिनको तर्क निकै टिठलाग्दो देखियो। गितको मुल शन्देस को विरुद्द वोल्ने शव्दै नभेतेपछी राजनितिक पार्टीका कार्यकर्तालाई कुकुर संग तुलना गर्यो लुट्नुपर्छ भनेर सिकायो ।सार्वजनिक रुपमा आम नागिकलाई लुट्न र भ्रष्टाचार गर्न आव्ह्वान गर्यो भन्ने जस्ता निरिह र काईते तर्कहरु पेश गरेको देखियो तर आम नागरिकको पुरै हिस्सा र सत्तासिन दलभित्रैका पनि विकृति विसंगति र भ्रष्टाचार को विरुद्द आवाज वुलन्द गर्ने युवाहरुको ठुलो समुह भने गितले ठिक समयमा उचित निशानामा प्रहार गरेको निश्कर्षसहित समर्थन मा उत्रिएको प्रष्ट देखियो।
गितमा समेतिएका विषयहरु नौलो र अन्जान हैनन. न त काल्पनिक र हावादारी नै हुन। यि त आम नागरिक को दिल दिमागमा घुसेर वेचैन वनाईरहेका काण्डहरु हुन ३३ किलो सुन काण्ड राष्ट्रपतिलाई १ करोड पचास लाखको हेलिकप्टर खरिद गर्ने निर्णय.प्रहरी तालिम केन्द्र लाई हटाएर राष्ट्रपति भवनलाई विशाल र विलासिपुर्ण वनाउने निर्णय काठमाडौ मा निजि घर हुदांहुदै सांसदहरुले घरभाडा रकम वुझेको काण्डसासंदमन्त्रिहरुले पिए को तलवभत्ता आफै वुझ्ने गरेको प्रसंगवाईडवडी विमान खरिडमा भएको ४ सय ३५ करोड अनियमितता काण्डनिर्मला पन्त वलात्कार र हत्या काण्ड लगायत धेरै काण्डहरु एकपटक चर्चामा रहे तर राज्यका जिम्मेवार अंग र निकायवाट उचित जवाफदेहिता नआउँदै विस्तारै सेलाउदै गएको थियो ।जनआक्रोस र जनदवाव विस्तारै मत्थर हुदैं गएको थियो ।
यस्कारण सत्ता र शक्तिको वरिपरी रहेका र कुनै न कुनै हिसावले ति काण्ड हरुमा मुछिएका पात्रहरुलाई विस्तारै हाईसन्चो हुदै थियो । ठुलो संकटलाई पार लगाएको महशुस गर्दै थिए। यहि सेरोफेरोमा पशुपति शर्माले केहि मुख्य काण्डलाई समेटेर गितमार्फत फेरी तातो वहसमा ल्याईदिएपछी सत्ता र शक्तिको दुरुपयोग गरी देश र जनता लुट्ने लुटेराहरुको शिविरमा ठुलो कम्पन आएको छ ।आक्रोसको पारो चढेको छ।
सत्ता र शक्तिमा हुनेहरुमा दम्भअहमता कति सम्म हुन्छ र उनिहरु कसरी अन्धो वनिरहेका हुन्छन भन्ने एउता उदाहरण मात्र हो यो पशुपति शर्माले गित हटाउनुको कारणवारे अत्यन्त शन्तुलित भाषामा आफ्नो धारणा सार्वजनिक गरेपनि सत्ता र शक्तिको वरिपरी रहेर ताण्डव मच्चाउने ब्वांसा हरुको दवाव कतिसम्म थियो भन्ने कुरा ति पात्रहरुले आफु हरु ले नै त्यो गित हटाउ नत्र प्रतिवन्ध लगाईन्छ भनेको हो भनेर गर्वसाथ सामाजिक संजालमा सार्वजनिक गरिएका पोष्टहरुले पुष्टी गर्छ।
सत्ता र शक्तिमा वस्नेहरुमाअलिकति नैतिकतालाज जिम्मेवारी र जवाफदेहिता हुदो हो त समाजसरकार राज्यका विभिन्न निकायमा व्याप्त विकृति विसंगति र भ्रष्टाचारका घटना लाई एेनाले वास्तविक आकृति देखाएजस्तै वडो मेहनतका साथ शव्द र संगितवद्द गरेर जनतालाई देखाउने सुनाउने र सम्वन्धित निकायलाई झकझक्याउने पशुपति शर्मा लाई सम्मान गर्नुपर्थ्यो विशेष धन्यवाद दिनुपर्थ्यो। तर विडम्वना जसरी गित हटाउन उल्टै चर्को दवाव र धम्की दिइयो ।यो घृणा गर्न लायक छ र यस्ले शक्तिमा हुनेहरुको नियत र चरित्र लाई एकपटक फेरी उदांगो पारिदिएको छ।
सत्तामा हुनेहरुलाई लाग्दो हो कवि.कलाकार देखी आम नागरिकले सधैं उनिहरुकै जय जयकार गरुन गुन गान गाउन हो त्यसो पनि सम्भव छ तर तिनले समाजकाराज्यका हरेक निकायमा हुने विकृति विसंगती भ्रष्टाचार अनियमितताकमिशन घुसखोरी महंगीकालोवजारी गुण्डागर्दी लुटपाट हत्या आतंक जस्ता विषयलाई निर्ममतापुर्वक नियन्त्रण तथा निरुत्साहित गर्दै आम नागरिकलाई राहत दिने चैनले वाच्न सक्ने वातावरणको निर्माण गरेमा कसले गर्दैन होला तिनको जय जयकार तर जे आम नागरिकको आवश्यकता र अपेक्षा छ ।
त्यसलाई वेवास्ता गर्ने सिमिती दलाल तस्कर माफिया विचौलिया भ्रष्ट जनविरोधी तत्त्वहरुसंग डिनरलन्च मिटिंग गर्ने उनिहरुकै घेराभित्र वसेर तिनैको स्वार्थअनुकुल निति नियम एेन कानुन वनाउने भाषण मा आर्थिक मितव्ययिता शुशासनभ्रष्टाचार विरुद्द शुन्य सहनशिलता को चर्को वकालत गर्ने व्यवहार र परिणाम ठिक उल्टो निस्कने भ्रष्टाचारी को अनुहार हेर्दिन भनेर दिनहु जसो कुर्लने तर आम नागरिक ले झल्झली देखेका अर्वौ भ्रष्टाचार गर्ने महाभ्रष्ट हरुलाई काखी च्यापेर राख्ने अख्तियारका एकजना आयुक्तले भ्रष्टाचार गरेको भिडियो (जो ४ महिना अघि नै सार्वजनिक भएको र प्र.म समक्ष पुगिसकेको थियो भन्ने समचार विभिन्न सञ्चार माध्यमले प्रकाशित गरिसकेका छन)वालुवातार र सिंहदरवारमा धित मरुन्जेल हेरेर मनोरञ्जन लिने तर कुनै एक्सन नगर्ने.यसरी श्रृखंलावद्द रुपमा देश र नागरिक विरुद्द घात र गद्दारी भईरहदां ताली पिट्ने र जय जयकार गर्ने कुरा कसरी सम्भव छ?
अन्तमा: सत्तामा रहेकाहरुले अहिले नै गत चुनाव ताका वद्री पंगेनी ले गाएजस्तै “मै पनी…….सै पनी …..” भन्ने गित अन्य सवै कलाकारले गाउन र आम नागरिकले ताली पिटुन नाचगान गरुन भन्ने भ्रममा पर्नुभन्दा.राज्यमा व्याप्त अनेक खाले विकृतिको तथ्यपुर्ण सजिव वर्णन सहित पशुपति शर्मा ले एेनामा देखिए खै छर्लंग हुनेगरी गितमा उतारेको राज्यका अंगहरुको वास्तविक कुरुप आकृति लाई सफा गरी सुन्दर र गर्व गर्न लायक वनाईयोस.वास्तविक चेहरा देखाउने एेना फुटाउने मुर्खता गर्नुभन्दा कालो पोतिएको राज्यको कुरुप आकृति सफा गर्नतिर लाग्नु वेहत्तर होला कि ?