सरकारी फाँसीवाद र जनप्रतिरोध – विष्णु पन्त

२०७५ फाल्गुन २६ गते, आईतवार

ओली र दाहालको सरकार पछिल्लो समय फाँसीवादको रणनीति विकास गर्दैछ । खासगरी एनसेल माथिको कार्वाहीले शासकहरुलाई होशगुम बनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दमन गर्ने नाममा देशैभर सरकारले आतंक मच्चाउँदै छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले आफ्नो गृहजिल्ला झापाबाट गरेको दमनको सर्वत्र भाईरल बनेको छ । त्यसभन्दा अगाडि पुष्पकमल दाहाल र राम ब. थापाको कार्वाहीका ध्वाँस पनि स्मरणिय छन् । परिस्थिति यस्तो बन्दै छ, सरकारी दमन झुटा षडयन्त्रहरुमा आधारीत छ । पछिल्लो पटक सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच भीषण संघर्ष हुने परीदृश्य देखिंदै छ । सरकारले त एकपक्षीय रुपमा आक्रमण र युद्धको चेतावनी दिईसकेको छ । अबको राजनीतिक परीदृश्य कता जाला भन्ने सन्दर्भमा विश्लेषण गर्नुभन्दा पहिले निम्न घटनाहरुलाई ध्यान दिनु पर्छ ।
पछिल्ला केही महत्वपूर्ण घटनाहरुलाई गम्भीरतापूर्वक नियाल्नु पर्ने देखिन्छ । पहिलो घटना विप्लवको गाउँ शिवगढीमा गरीएको सरकारी आतंक ः कपिलवस्तुको शिवगढी–९, अञ्चलपुर निवासी स्थानीय दुर्गाबहादुर रोकालाई २०७५ फागुन २३ गते बिहान ५ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरी बीच बाटोमा लगेर जर्वजस्त हतियार थमाइदिई झुटा मुठभेडको नाममा प्रहरीद्धारा गोली प्रहार गरी घाईते बनाईएको छ । त्यति मात्र हैन सरकार पार्टी महासचिव विप्लवको घर लगायत दर्जनौं स्थानियको घरमा अनावश्यक खानतलासी गर्ने, सर्वसाधारण जनतालाई आतंकीत गर्ने जस्ता निन्दनीय काम गर्दैछ । स्थानीय जनताले शाहसीक र स्वभावीक प्रतिरोध गरी सरकारी दमन र आक्रमणलाई परास्त गरीदिएका छन् । हामीलाई थाहा छ, सरकारी झुटा षडयन्त्रहरु धेरै दिन टिक्न सक्दैनन् । झुटा मुद्दा हुँदै सरकार फेक इन्काउन्टर वा झुटा मुठभेडको रणनीति तिर जादैछ भन्ने कुरा घटनाक्रमहरुले निर्दिष्ट गरेका छन् । सरकारको शिवगढी अप्रेसनले उसको आगामी फाँसीवादी कदमलाई प्रष्टाएको छ ।
दोस्रो घटना ः विप्लवलाई सिध्याउने वा समात्ने सरकारी योजना – सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई समाउने निर्देशन दिएका समाचारहरु बाहिर आएकै छन् । उनीहरु विप्वललाई सिध्याएर मात्र क्रान्तिलाई रोक्न सकिन्छ भन्ने शष्लेषणमा छन् । पछिल्लो समय विप्लवलाई समाएर जेलमा सडाउने वा दोहोरो मुठभेडको नाममा सिध्याउने षडयन्त्रमा सरकार लागेको कुरा सबैलाई प्रष्ट नै छ ।
तेश्रो घटना ः प्रकाण्डको गाउँमा सेना परिचालन – हामीलाई थाहा छ, पार्टी प्रवक्ता प्रकाण्डको गाउँ मालकोट जनप्रतिरोध गर्ने एउटा नमुना गाउँ बनेको छ । चुनाव बहिस्कारदेखि अहिलेसम्म मालकोटले सधैं विद्रोह गरेको छ । यो राज्यसत्ताले पहिला कहिल्यै नचिनेको मालकोटले आफ्नो इतिहास रचिसकेको छ । अहिले त्यो मालकोटलाई सरकारले सेना परिचालन गरेर आतंकीत पार्न खोज्दैछ । गाउँमा दैनिक सेनाको गस्ती हुने, जनतालाई आतंकीत पार्ने, सर्वसाधारणसँग खेलवाड गर्ने कार्यले मालकोटवासी थप आक्रोशीत र क्रुद्ध बनेका छन् । प्रहरी पस्नै नसक्ने मालकोटमा एकैचोटी अघोषित रुपमा सेना परिचालन गरिएको छ ।
चौथो घटना ः प्रकाण्डमाथि सम्पत्ति सुद्धिकरणको मुद्दा लगाउने षडयन्त्र ः राज्यले पार्टी प्रवक्ता प्रकाण्डमाथि थुप्रै गंभीर षडयन्त्र गरेको छ । पहिला प्रकाण्डलाई गिरफ्तार गरी विभिन्न झुटा मुद्दा लगाई थुप्रै जिल्ला डुलाईयो । सबै सरकारी झुटा अभियोगहरु उनीहरुकै सर्वौच्च अदालतबाट झुटा र प्रतिशोधपूर्ण भनी एउटै मुद्दा पटक–पटक लगाउने सरकारी षडयन्त्रलाई अदालतले समेत रोस प्रकट गरेको थियो । जति मुद्दा लगाए पनि प्रत्युत्पादक बनेपछि सरकार प्रकाण्डलाई छाड्न बाध्य भएको थियो । त्यसपछि प्रकाण्डको छोरा नरेन्द्र वि.क.लाई विराटनगर विमानस्थलभित्र गोली भेटिएको भन्दै झुटा मुद्दा लगाएर छाड्न बाध्य भयो । अहिले आएर प्रकाण्डमाथि आक्रमण गर्ने अर्को रणनीति वा षडयन्त्र बाहिर आएको छ, त्यो हो सम्पत्ति सुद्धिकरणको मुद्दा । पार्टीको अर्थ विभाग अन्तर्गत आएको चन्दालाई आधार बनाएर यो मुद्दा लगाउन खोजिदैं छ । फेरी पनि झुटा मुद्दा र षडयन्त्रको बलमा हुने सरकारी षडयन्त्र प्रत्युत्पादक हुनेछ ।
पाँचौ घटना ः देशव्यापी दमन, धरपकड र राज्य आतंक – सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग आवद्ध नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, झुटा मुद्दा लगाउने, यातना दिने जस्ता कामहरु गरीरहेको छ । देशभर सरकारी दमन र त्यसको प्रतिरोध बढिरहेको छ ।
छैठौं घटना ः प्रायोजित समाचारहरुको संप्रेषण – पछिल्लो समयमा सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग आवद्ध नेता कार्यकर्ताहरुलाई निशस्त्र गिरफ्तार गरी विभिन्न हतियार थमाई दिने अनी हतियार सहित गिरफ्तार गरीएको भनि सनसनीपूर्ण समाचार प्रसारण गरेर वातावरणलाई तरङ्गीत बनाउने काम गरीरहेको छ । जसरी हुन्छ वातावरणलाई उत्तेजित बनाउने भड्काउने र भयभित गराउने कार्य तर्फ सरकार अग्रसर भएको छ ।
सातौं घटना ः ओली, दाहाल र थापाका धम्की – झापामा प्रधानमन्त्री ओलीले गरेको भाषणले उनको पागलपनलाई पर्दाफास गरेको छ । प्रधानमन्त्री ओलीका लागि विप्लव प्रति कति ठूलो त्रास र आतंक रहेछ भन्ने प्रष्ट भएको छ । उनले भाषणबाट शान्ति सम्झौताको एकपक्षीय उल्लंघन मात्र गरेनन् आफ्नो हैसियत र मर्यादालाई पनि जोगाउन सकेनन् । सरकारले विप्लव माओवादीलाई नछाड्ने धम्की दिएका छन् । त्यसभन्दा अगाडि पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले पनि धम्की दिंदै हिंडेका थिए ।
सातौं घटना ः दमनको प्रतिरोध – सरकारी दमनको प्रतिरोध हुन थालेको छ । जनप्रतिरोधको पछिल्लो नमुना विप्लवको गाउँ शिवगढीमा भएको जनप्रतिरोध हो । यो सरकारको पहिलो गासमै ढुंगा परेको छ । सरकारको आम जनता र सर्वसाधारणलाई आतंकीत र आक्रोशित पार्ने पुरानै शैली छ । सरकारले पुरानै ढंगबाट फाँसीवाद लाद्ने, दमन गर्ने, धरपकड गर्ने, झुटा मुद्दा लगाउने, झुटा इन्काउन्टर गर्ने र विभिन्न अप्रेसनहरु गर्ने छ भने जनताले त्यसको विपक्षमा स्वतस्र्फुत जनप्रतिरोध गर्ने छन् । सरकारी राण्नीतिले ओली र दाहाललाई परास्त गर्नेछ । अबको जनप्रतिरोध प्रचण्ड र बादलले सोंचे भन्दा फरक हुनेछ । जनतालाई दुःख दिनु, हैरान पार्नु र आतंकीत पार्नुमा नै सरकारले आफ्नो सफलता ठान्छ । इतिहासले त्यहि पुष्टी गरेको छ कि सत्ता र शक्तिको उन्मादमा राज्यशक्तिको दुरुपयोग गरेर दमनको बाटो रोज्ने शासकहरु बढारिनु बाहेक अरु बिकल्प हुँदैन । अहिले त केही नेताहरुले आची गरेको, खोकेको र पिसाब गरेको विषयलाई पनि ब्यानर न्यूज बनाईदिने दलाल मिडियाहरु छँदै छन् । वरपर, तलमाथी सर्वत्र दलालहरुको स्वर्गमा बसेर उनीहरुकै सत्ताको ठेक्का लिएका नेताहरुलाई घृणा बाहेक के गर्न सकिएला र ?
आठौं घटना ः सिके राउतको एमाले प्रवेश – मधेशका विखण्डनकारी नेता भनिएका सिके राउत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शायद ओली र दाहाल अन्त्यमा कता जाँदैछन् भन्ने कुराको दृश्यलाई यसले प्रस्ट्याउँछ । चुनावताकाको ओलीको राष्ट्रवादी मुकुण्डो कता विलिन भएको छ भन्ने तथ्य स्पष्ट भएको छ । कुन सिद्धान्त, विचार र दर्शन भन्ने कुरा गौण भएको छ । यस्तो घृणित र फोहोरी राजनीति गर्नुभन्दा नगर्नु वेश । दुई तिहाईको सत्तालाई सिके राउतको आवश्यकता तड्कारो भएछ शायद । उनलाई कसले र किन मिलाईदिएको होला भन्ने कुरा प्रष्ट नै छ ।
नवौं घटना ः सरकारका अरबौंका कमिसन काण्ड – सरकार अहिले कमिसन अरबमा माग्दै छ । लाख, करोडका हैन, अरबौंका घोटालाहरु नाङ्गो रुपमा भएका छन् । वाईडवोडी, फोरजी काण्डहरु पछिल्ला चर्चित काण्डहरु हुन् । त्यस्तै विभिन्न एयरपोर्ट, शडक, रेल, फास्टट्याक र जलविद्युत योजनाहरुले भ्रष्ट सत्ताको अनुहारलाई कालो बनाईदिएको छ । एनसेलको ७२ अरबको कर छलीमा संलग्न नेताहरु राज्यलाई टाट पल्टाउने अपराधीहरु हुन् । आफ्नो कमिसनको सत्तालाई हल्लाई दिने क्रान्तिकारी शक्तिहरु विरुद्ध उनीहरु आपराधीक ढंगले लाग्ने छन् । जब विचार, सिद्धान्त हैन कमिसनका आधारमा दलालहरु खडा गरेर पार्टी र सरकार चलाईन्छ तब त्यो शक्ति मरेतुल्य हुन्छ । जनताले दलाल, भ्रष्ट, कमिसनखोर, तस्कर र कालोबजारीयाहरुलाई कार्वाही गर्ने अनी सरकारले उनीहरुको संरक्षण गर्दै जनतामाथि दमन गर्ने । जनता र सरकार बीचको यही पेचीलो संघर्षबाटै नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना हुनेछ ।
निष्कर्ष ः सरकार र उसको संरचनालाई झट्ट हेर्दा यस्तो लाग्छ, देशमा ठुलै र भीषण युद्ध भईरहेको छ । आखिर कुन तर्क र घटनाका कारण सरकार एकाएक आक्रामक बन्दै छ त ? त्यसको जवाफ त्यही होला, नख्खु वम विस्फोट अनी देशैभर भएका एनसेल विरोधी कार्वाहीहरु । जब सरकारको पहुँच हुँदैन त्यहाँ अरु शक्ति जन्मीनै पर्छ । सरकारले एनसेललाई कार्वाही गर्न सक्दैन भने अर्को शक्ति आउनु नै पर्ने हुन्छ । प्रश्न, अबको बाटो के त भन्नेमा छ । पहिलो बाटो सरकारले फाँसीवाद लाद्ने नीति लिएको छ भने जनताले त्यसको प्रतिरोध गर्नेछ । दलाल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको बीचमा हुने पेचिलो संघर्षले आगामी दिनहरु चुनौतिपूर्ण हुनेछन् । क्रान्तिकारीहरु, राष्ट्रवादीहरु र सच्चा लोकतन्त्रवादीहरु बीचको सुद्धढ एकताबाट नै भोलीको नेपालको सुनौलो भविष्यको निर्माण गर्नुपर्नेछ । एकातर्फ भ्रष्ट, दलाल, तस्कर, कालोबजारीया र कमिसनखोरहरु विरुद्ध जनताहरु संघर्ष गर्नेछन् भने अर्कोतर्फ त्यसको ठिक उल्टो प्रतिक्रिया स्वरुप सरकार उनीहरुको संरक्षण गर्दै जनताका न्यायपूर्ण आवाज माथि भीषण दमन गर्नेछ । यही पेचीलो संघर्षबाटै देशमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना हुनेछ । पार्टी स्थायी समिति सदस्य सुदर्शनले भने जस्तै, व्यापक जनप्रतिरोधबाट फाँसीवाद परास्त गरिनेछ । पोलिटब्यूरो सदस्य वीरजंगले भने जस्तै, सरकारी दमन जारी रहे त्यसको प्रतिकार गरिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]