प्रमुख दुश्मन को ? —विनोद दाहाल
हामी वर्गीय समाजमा छौं । यस्तो समाजमा प्रत्येक देशको आआफ्नै चरित्र हुन्छ । कतै पुँजीको चरम विकास, कतै अविकसित अवस्था हुन्छ । कतै पुँजीवादी अधिनायकवाद प्रष्टसँग प्रयोगमा हुन्छ भने कतै केही प्रावधानहरु खुल्ला गरेर शासन व्यवस्था चलाइएको हुन्छ । कतै धार्मिक अतिवाद भएको शासन व्यवस्था हुन्छ भने कतै सामन्ती तानाशाही व्यवस्था रहेको हुन्छ । कतै–कतैको शासन व्यवस्थामा जनवाद पनि देखापरेको थियो, अहिले विश्वमा यो अवस्था छैन । जुन–जुन र जस्ता अवस्थामा रहे पनि अहिलेको विश्वमा जुनसुकै देशमा पनि प्रतिक्रियावादी शासन व्यवस्था छ । यो पनि एकनासको हुने कुरा भएन, कुनै साम्राज्यवादी र विस्तारवादी शक्ति आर्जन गरेका देश छन् भने कनै त्यस्ता शक्तिशाली देशबाट पीडित अवस्थामा छन् । कुनै देश स्वाधीन अवस्थामा छन् भने कुनै पराधीन अर्थात औपनिवेशिक अवस्थामा छन् ।
समाजमा कोही शासक छन् त कोही शासित छन् । कोही अतिरिक्त मूल्य कायम गरेका शोषक छन् त कोही आफ्नो श्रम र पसिनाको पनि संरक्षण गर्न नसक्ने अवस्थाकका शोषित छन् । कोही पुँजी र राज्यका संयन्त्रमा पहुँच कायम गरेर शक्तिशाली भएका छन् त कोही पुँजीमाथिको अधिकार र अतिरिक्त मूल्य तिर्नुपर्ने कारणले शक्तिहीन भएका छन् । समाजमा कोही श्रमजीवि जनता छन् त कोही–कोही शोषक र शासक छन् । प्रत्येक देशमा जनता र शासक वर्गका मानिसबीच संघर्ष चलिरहेको छ । यसरी समाजमा परस्पर बिरोधी वर्गका मानिस देखिएका छन् । मानिस कतै बुर्जुवा वर्ग बनेको देखिन्छ भने कतै सर्वहारा अवस्थामा देखिन्छन् । कतैको संघर्षले मूर्त रुप लिएको छ भने कतैका संघर्ष सुषुप्त अवस्थामा रहेका हुन्छन् । यसले एउटा लामो समय गुजारिसकेको छ अर्थात् वर्गसंघर्षले लामो इतिहास निर्माण गरिसकेको छ । संघर्षमा रहेका यी परस्पर बिपरित वर्ग र शक्तिहरु एकअर्काका दुश्मन हुन्छन् । संघर्ष गर्ने दौरानमा सर्वहारा वर्गले पनि र बुर्जुवा वर्गले पनि दुश्मनलार्ई पनि छुट्याउने गर्दछन्— दुश्मनहरु प्रमुख र गौण हुन्छन् भनेर ।
अहिले कम्युनिस्ट सरकार छ भन्ने भ्रममा जनतालार्ई राख्न चाहन्छन् सामन्तवादी, साम्राज्यवादी र विस्तारवादी शक्तिहरु । यसबाट प्रतिक्रियावादी र अवसरवादीसमेत भ्रममा पर्दछन् । विप्लव नेतृत्वको नेकपालार्ई पनि उनीहरु कम्युनिस्ट नै हो भन्ने गर्छन् । कम्युनिस्टले कम्युनिस्टलार्ई नै प्रतिबन्ध लगाएका छन् भनेर उनीहरु विश्वव्यापी रुपमा प्रचारमा छन् । काँग्रेसहरु बिशेषगरि रमाइरहेको देखिन्छ । गच्छेदारले सरकारलार्ई विप्लवसँग वार्ता गर भन्दै थिए । सशांकलगायतका केहीले पनि यस्तै धारणा राखिरहेका थिए । काँग्रेस लगातार मिटिङमा छ, यस बिषयमा कुनै निर्णय गरेको सार्वजनिक गर्दैन र मुख्य नेतृत्वनै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको सही काम बताउँछ । काँग्रेसका नेता विपिन कोइरालालार्ई म आफैंले भेटेर यस बिषयमा धारण बुझ्दा सरकारले बेठिक ग¥यो भन्ने धारणा सुनें । समग्रमा काँग्रेसको नियत एकअर्कोतिर लागेर जुधाउने देखिन्छ । हुन त उनीहरु जेसुकै निर्णय गरुन्, मालिकको आदेश आएपछि मात्र एकरुपतामा बोल्ने गर्दछन्, सबैले बुझेकै कुरा हो । उनीहरुका मालिककले सबैलार्ई विप्लव वा कुनै पनि जनपक्षिय बिद्रोह बिरुद्ध सबै एक ठाउँमा पु¥याइन्छन् ।
अहिले कम्युनिस्ट भनिनेहरु प्रतिक्रियावादी सत्ताको केन्द्रिय नेतृत्वमा रहेको दलाल पुँजीवाद नै नेपाली जनताको प्रमुख दुश्मन भन्ने कुरामा एकमत छन् । यदाकदा ब्याख्या गरिने गरेको छ कि सरकारमा जो पुग्छ वा सत्ता जसले सञ्चालन गर्दछन् उनीहरु नै प्रमुख निशानामा पार्नु पर्छ भन्ने पनि छन् । अहिले निशानाको केन्द्रमा सरकार पनि भन्ने गरेका छन् । के देखिएको छ भने सारमा राज्यसत्ताको केन्द्रमा काँग्रेस र सरकार सञ्चालन कम्युनिस्ट नामका ओली—पुष्पकमल छन् । प्रमुख निशानामा को ? उस्तै राजनीतिक चरित्रका यी दुई काँग्रेस र कथित कम्युनिस्टमध्ये राजनीतिक रुपमा प्रमुख दुश्मन को हुन् ? यतिखेर स्पष्ट पार्नुपर्ने बिषय हो ।
हाम्रो नेपाली समाजमा अहिले राज्यको चरित्रमा फेरबदल भएको छ । आधुनिक नेपालको निर्माणसँगै शाहा वंशको सामन्ती राज्यव्यवस्था थियो । प्रतिक्रियावादी सबै वर्गलार्ई यही सामन्ती वर्गले आफ्नो सहयोगीको रुपमा साथमा लिएर शासन व्यवस्था निर्माण गरेको थियो । आधुनिक नेपाल निर्माणसँगै दलाल तथा नोकरशाही वर्गले पनि स्थान पाएको थियो । सामन्ती र दलाल तथा नोकरशाही वर्गको अवरोध खडा गर्ने गरेकोले पुँजीवादको विकास हुन सकेन । यसैबीचमा १०४ वर्षसम्म राणाको नेतृत्वमा शाहा वंशको अधिकार कटौती गर्दै समन्ती शासकको उपस्थित भयो । राणा शासक हटे पनि राजाको नेतृत्वमा सामन्ती राजतन्त्रको सामन्ती शासन आयो । लोकतान्त्रिक आन्दोलनले राजतन्त्र र सामन्ती शासन व्यवस्थालार्ई कमजोर पार्दै लगे पनि दलाल पुँजीवाद हावी हुँदै गयो । हरेक लोकतान्त्रिक आन्दोलनले सामन्ती व्यवस्था कमजोर पार्दै लगे पनि लोकतन्त्रको नाममा दलाल पुँजीवादीको प्रभाव बढाउँदै लग्यो । जनयुद्धको बलमा गणतन्त्र स्थापना भएपश्चात प्रतिक्रियावादी राज्य व्यवस्थामा दलाल पुँजीवाद नै अहिले प्रतिक्रियावादको केन्द्रमा आइपुगेको छ ।
अहिलेको राजनीतिक सत्ता दलाल पुँजीवादी वर्गको हो । सरकारमा दलाल पुँजीवादको सेवामा जुन वर्ग जुटछ उसैलार्ई प्रतिस्पर्धाबाट सुम्पिने गरिन्छ । दलाल पुँजीवादी वर्ग विदेशी साम्राज्यवादी तथा विस्तारवादी शक्तिको तावेदारि गर्ने वर्ग नै हो । यसको राजनीतिक प्रतिनिधि नेपाली काँग्रेस हो । यो राजनीतिको केन्द्रमा राष्ट्रियता पर्दैन । ओलीको नेतृत्वको नेकपा दलाल प्रतिक्रियावादी वर्गको कारिन्दा मात्र हो । यो घोर अवसरवादी समूह हो । अह्राएको काम गर्नु नै यसको दायित्व हो । सबै खाले संशोधनवादी तत्वहरु अवसरवादमा पतन हुने र दलाल पुँजीवादको सेवामा समाप्त हुने समस्या देखिएको छ ।
अहिले देशमा माओवादी आन्दोलन समूहगत रुपमा तितरबितर छन् । तीमध्ये एउटा समूहको नेतृत्व विप्लवले गरेका छन् । यो अर्थमा विप्पलवको नेतृत्वलार्ई समूहको नाममा परिचित गराउन सकिन्छ । तर राजनीतिक हिसावले भन्ने हो भने कुनै एउटा बिचारमा संगठित समूहले आफ्नो उदेश्य प्राप्तिको लागि छुट्टै नीति, कार्यक्रम र योजनासाथ अघि बढ्यो भने त्यो संगठन पार्टीको रुपमा लिइन्छ । अहिले देशमा धेरै वटा पार्टीहरु छन् । तीमध्ये एउटा पार्टी हो विप्लवको नेतृत्वको नेकपा । यो पार्टी विज्ञानसम्मत छ कि छैन, माक्र्सवादमा आधारित वा मालेमावादमा आधारित छ कि छैन भन्ने दोश्रो बिषय हो । पार्टी हो कि हैन भन्ने बहस गर्नु निरर्थक छ । प्रतिबन्धको प्रतिरोधको बाटोमा रहेको उक्त पार्टी अव माओवादी आन्दोलनको एउटा समूहको नाममा मात्र चिनिनु उस्को लागि जरुरी नदेखेर अर्कै अवस्थामा रहेको छ । एकीकृत जनक्रान्तिको नाममा पुनर्गठित भैसकेकोले पनि अव समूह नभैकन पार्टीको रुप र आकारमा परिणत भएको छ । विप्लव नेतृत्वको पार्टीलार्ई प्रतिबन्ध अवसरवादीहरुमार्फत लगाएर आपूmले दमनमा उत्रिने बाटो दलाल पुँजीपति वर्गले खेलेको दाउ काँग्रेसको पछिल्लो निर्णयले खुलेआम गरेको छ । निर्णयमा भनिएको छ— विप्लव नेतृत्वको पार्टीलार्ई प्रबिन्ध लगाउने ओली सरकारको निर्णय सकारात्मक छ । यसअघि गच्छेदार र सशांकले बार्ता गर्नुपर्ने बताउँदै आएका थिए । षड्यन्त्र र राजनीतिक बेइमानीको अर्को नाम काँग्रेस हो भन्ने प्रमाण पेश गर्न यो अर्को तथ्य थपिएको छ ।
गोलमेच सम्मेलन, संविधानसभा, लोकतान्त्रिक गणतन्त्र आदि पार्टीले निर्णय गरेका कार्यनीतिलार्ई रणनीतिको रुपमा लिने बाबुराममार्फत प्रवेश पाएको थियो । उनी साम्राज्यवादी विस्तारवादी योजना कथित बृहत शान्ति संझौता षड्यन्त्र र राजनीतिक बेइमानीको अर्को नाम हो । सबै कामकारवाहीहरु अरु मार्फत गराएर काँग्रेसलार्ई उपयुक्त वातावरण बनाउने काम यो व्यवस्थामा हुन्छ । यो कार्य वार्ता र शान्तिसम्झौतामार्फत पनि गरिएका हुन्छन् । यसलार्ई उनीहरुले षड्यन्त्रको रुपमा लिने गरेका छन् । अहिलेसम्मका सबै कामहरु यसैगरि गराइएको थियो । अहिले उक्त संझौता तुहिएर प्रतिक्रियावादी राज्यसत्ताको पुनस्र्थापना भएपछि प्रचण्ड र बाबुरामको अस्तित्व हराएको छ । उक्त स्थान विप्लव नेतृत्वको पार्टीले लिएको छ । प्रचण्डले ओलीमार्फत प्रतिबन्धको योजनामा देखिए भने बाबुराम एक्कै पटक लगाउनु हुन्नथ्यो, बिस्तारबिस्तार लगाउनु पर्नेथ्यो भन्दैछन् । जनताका वर्गदुश्मनमाथिका कामकारवाहीलार्ई आतंककारी कृयाकलाप देख्न पुगेका उनीहरुको वर्ग फेरिएको स्पष्ट नै छ ।