विप्लवप्रति आमआशा, जिज्ञासा र चिन्ता – संसारसेन पृथक

२०७५ चैत्र ११ गते, सोमबार

यतिबेला नेपाली राजनीतिमा एउटा भ्रामक हल्ला फैलाइएको छ एकीकृत जनक्रान्ति भनेकै जनयुद्धको निरन्तरता हो । बन्दुक बम बोकेर साध्य छैन जनताको दिमागमा गलत सन्देशको सूचना प्रबाह गरेर वर्गसंघर्ष मत्थर पार्ने गोयबल्सीशैलीमा २०२८ साले झापा बिद्रोहका अल्छी र जनयुद्धका ब्यापारीहरुका लागि परेका छन् । एकीकृत जनक्रान्ति वर्गसंघर्षको मौलिकताअनुसार बद्लिएको उच्चतम सचेत बौद्धिक बिचार हो, जसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मूल मुद्दालाई यो युगको साम्राज्यवाद तथा दलाल पुँजीवादलाई जनताको एकीकृत बलमा परास्त गर्ने नै बिप्लवको प्रतिपादित एकीकृत जनक्रान्तिको मूल ध्येय हो ।
यो अबस्थामा वर्तमान दक्षिणपन्थी अबसरवाद तथा अन्तर्राष्ट्रिय दलाल फासीवाद बैज्ञानिक समाजवादलार्ई असफल पार्न मिडिया ‘कु’ देखि प्रचार साम्राज्यवाद लागू गरिरहेका छन् । यतिबेला नागरिक समाज देशभक्त तथा सम्पूर्ण प्रजातान्त्रिक शक्तिको कित्ताबन्दी भएको छ । त्यसको सही सम्मान र सदुपयोग प्रयोग गरेर मात्र राष्ट्रलार्ई निकास दिन सकिन्छ । मुठीभर पार्टीसन मिडिया, नागरिक समाज, बौद्धिक भन्नेहरूले शक्ति राष्ट्रको डोनरमा प्रचार साम्राज्य जे फैलिएको छ । त्यो सत्य होइन, नेपाली समाज कस्ले के भन्यो त्योपछि लाग्ने अबस्थामा छैन तथ्य के ? त्यो बुझ्ने क्षमता राख्छ । यो अबस्थामा कमरेड बिप्लवले अगुवाई गरेको नेकपाले परिवर्तनकारी कम्युनिस्ट पार्टीसँगको भाइचारा सम्बन्ध प्रगाढ राख्न जरुरी छ । नेकपा मसाल क्रान्तिकारी नेकपा माओवादी ऋषि कट्टेलको नेकपा नेमकिपालगायतका राजनीति शक्ति जो राष्ट्रियता जनतन्त्र र जनजीविकाको मुद्दालार्ई सहयोग पुग्ने देखिन्छ । अर्कोतिर प्रजातान्त्रको पक्षमा उभिएको नागरिक समाज र बौद्धिक शक्तिको सल्लाह, सुझावलार्ई आत्मबोध गर्नुपर्छ । अर्कोतिर अत्यन्तै संयमित बनेर जनताको मानवअधिकारको उच्च सतर्कता अपनाउन जरुरी छ । सरकारले गर्ने हरेक जनबिरोधी हर्कतको सजिलै सामना गर्न एकीकृत जनक्रान्तिको मार्ग सफल हुनेछ ।
त्यत जसले विमान बनाउँछ, उसले उडाउँदा उसलार्ई नै आत्मविश्वास हुदैन कि पिलेन सही विमानस्थलबाट उडेर निश्चित बिन्दुमा सुरक्षित अवतरण हुन्छ । या त सेटलाइट ट्राफिक समस्याले आकाशमा घुमाउनु पर्छ । त्यसको लागि बिमानमा पर्याप्त फ्युल, ग्यास र इन्धनको चेकजाँच साथै अवतरण एरियाको राम्रो अनुभवले मात्रै सही बिन्दुको पत्तो लगाउँछ । हातले राजनीति ब्यबस्थाको लागि मात्र २००७ सालदेखि अहिलेसम्म थुप्रै पटक हतियार उठाउने र सहमति सम्झौतामा टुङ्याउने गरेका छौँ । आखिर नेपाली जनताले उहीँ आँसु, रगत पसिनाको जोहो गर्न पतित रज्यसत्ताको पाउ परेको तीतो सत्य छ । प्रजातान्त्रिक मूल्य, मान्यतालार्ई स्थापित गर्न नेपाली काँग्रेसले तीन–तीन पटक हतियार उठायो । अन्त्यमा राणा र राजासँगको सम्झौतामा रामप्रसाद राईलगायत सयौंको आँसु, रगतको अवमूल्यन गरेको तीतो सत्य छ । त्यस्तै तत्कालीन मालेले २०२८ सालमा झापामा पुगेर कोशी बिद्रोह ग¥यो र जसले रामनाथ दहाल, कृष्ण कुइकेल, बिरेन्द्र राजवंशीलगायतका दशकौँ शहीद र तिनका आमाबुवाको काख रित्तो, सिउँदो खाली बनायो । अन्त्यमा राजतन्त्रको रोडम्याप पक्रेर सुरक्षाको बाटोमा अवतरण भयो । त्यस्तै २०४७ सालको जनआन्दोलन सयौं घाइते, अपाङ्ग सहीद बनाएर जनताको शक्ति स्थापित गर्यौं भनेर बिश्वको उत्कृष्ट संविधान निर्माण गरिएको ढ्वाङ्ग पिटे । सारमा जनताको सम्पूर्ण अधिकार राजमा केन्द्रित गराए । त्यस्तै २०५२ साल फाल्गुन १ गतेको सुरुवाती जनयुद्धले छोटो अब्धिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दालार्ई स्थापित ग¥यो । त्यसमा ९५५ नेपाली जनताको अद्भूत साथ र सहयोग रहेको थियो । त्यस्लाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रको बैशाखी बनेर जनयुद्धको मूल ध्यय नौलोजनवादलार्ई प्रचण्डको एक्काइसौं शताब्दीको जनवाद भनेर जनताको पार्टी सेना र जनसत्तालाई बिनासर्त बिदेशी प्रभुको पाउमा बिसाएर कथित संविधान सभाको नाटकको मन्चन गरेर राजतन्त्र बिनाको पुरानै बिचौलिया, अर्दाङ्ग दलाल युरोकम्युनको झुन्ड मन्चन गरिरहेका छन् । कथित कम्युनिस्टको नाम मन्चन गरेर तत्कालीन एमाले र माकेले गरेको चुनावी तालमेल र पार्टी एकता पश्चिमा मुलुकहरूको फोहोरका कबाडी कचरा बिक्रीवितरण गर्ने एउटा भाटभटेनी पसलमा कम्युनिस्ट साइनबोर्ड झुन्डिएर प्रतिक्रियावादी तथा दलाल पुँजीवाद र राष्ट्रिय बिखण्डनको ब्यापार र त्यसको ब्याज बिदेशी प्रभुलाई बुझाएको कतै पनि लुकेको छैन । त्यसैलार्ई मध्यनजर गरेर सानो कुरा लेख्न चाहन्छु ।
नेपाली जनताको आशा के हो बिप्लव ?
हामीलार्ई राम्रोसँग थाहा छ बाबुराम र प्रचण्डले कथित ऐतिहासिक चुनबाङ्ग बैठक भन्दै गर्दा त्यस्को बर्खिलापमा एकलै क्रान्तिकारी मुठी कसेर भिड्ने नेत्रबिक्रम चन्द विप्लव हो जतिसुकै प्रतिकृयावादी जाल र चुनौतीको सामना गर्दा विप्लवको साहसिक कदमले क्रान्तिकारी बिचार र संगठनको जीवित रहेको यथार्थलार्ई हामीले भुल्नु त्यति राम्रो हुन्न यदि विप्लव नभएको भए पश्चिमा साम्राज्यवादका भिजिलान्ते र दक्षिणी हैकमवादका भरियाहरु मस्तसँग सुतेर श्रमजीवि, श्रमिक सर्बहारा वर्गसंघर्षको सस्तो ब्यापार गरेर ब्याजमा रमाउने परिकल्पना सजिलोसँग पूरा गर्ने थिए । प्रचण्डले बेलाबेलामा विप्लवप्रति कुन्ठा र डाहा ब्यक्त गर्नुको पछाडि यही हो प्रचण्ड हिजो २०५२ साल अगाडि प्रचण्ड थिएनन् र अहिले पनि प्रचण्ड छैनन् । प्रचण्डले जतिबेला नेपाली श्रमजीवि जनताको वर्गसंघर्षलार्ई अगुवाई गरेका थिए । त्यतिबेलासम्म नेपाली वर्गसंघर्षले प्रचण्ड बनाइदिएको हो र अहिले वर्गसंघर्षको मूल्य मान्यतालार्ई पान पसलको सुपारीको भाउमा ब्यापार गरेदेखि उनी प्रचण्डको उचाइभन्दा नि यथार्थ धरातल गुमाइसकेका छन् । यतिबेला कमरेड विप्लवलाई प्रचण्ड बन्न खोज्यो भन्नु नीच र जँड्याहा शैली हुनेछ । किनकि नेपाली समाजको बद्लिएको बैज्ञानिक सोच र चिन्तनलार्ई प्रचण्डको चेतना र सोचले भेट्ने कुराको परिकल्पना समेत गर्न सकिँदैन । त्यसैले विप्लव, प्रचण्ड बन्ने बाटोमा होइन, विप्लव बन्ने यात्रामा छन् । त्यो छोटोे समयमा सम्भब छ । किनकि प्रचण्ड, केपी र वादलले विप्लवलाई जबर्जस्त नेपालको नेतृत्व सुम्पिने सजिलो बाटो अबलम्बन गर्दैछन् । त्यो बाटो विप्लवको लागि प्रचण्ड बनेर सम्भब छैन । विप्लव नै बनेर सम्भब छ, एकीकृत जनक्रान्ति भनेकै नेपाली मौलिकता र राष्ट्रिय अखण्डताको सुरक्षा गर्दा बिश्वब्यापी पतित साम्राज्यवाद र राष्ट्रिय रूपमा देखिएको दलाल पुँजीवादको अबैध सम्बन्धले जन्माएको बैज्ञानिक बिचार हो, हामी जान्दछौ । हजारौं हजार सहीद घाइते अपाङ्ग, बेपत्ताको आँसु रगत, पसिनाको सम्मिश्रण बिचार पनि हो । विप्लवको यो बैज्ञानिक बिचारलाई बर्तमान सरकारले बुझ्ने क्षमता राख्दैन । ध्वंसात्मक फासीवादले यतिबेला अपनाउने दुईटा विकल्प छ । एउटा चौतर्फी घेराबन्दी गरेर कथित बार्ताको अबौद्धिक अफबाह फैलाउने र पद र पैसाको प्रलोभनमा विप्लवको पार्टीलार्ई किन्ने र सस्तो भाउमा युरोपमा बिक्रीवितरण गर्ने बाटो दोस्रो विकल्प राज्यको सम्पूर्ण शक्ति र आफ्नो अन्धभक्त पेसेवर गुन्डा कथित बुद्धिजीवि भन्ने र पार्टीसन मिडियासमेत प्रयोग गर्ने छन् । यो आँधीहूरीलाई विप्लवले जनताको बीचमा बसेर सजिलोसँग सामना गर्ने सामथ्र्य राख्नुपर्छ । बर्तमान मुलुकमा असली कम्युनिस्ट ब्यबस्था एसिया त्योभित्रको पनि दक्षिण एसिया त्यसको पनि नेपाल र नेपालमा पनि विप्लवको अगुवाइमा मात्रै सम्भब छ यो हामी नेपालीको आशा हो ।
विप्लवप्रति हाम्रो चिन्ता के हो ?
हरेक असल बस्तु र त्यसको मालिकप्रति समाजमा चिन्ताको कुरा बेलाबखत उठनु कुनै अनौठो बिषय होइन । प्रचण्ड र बाबुरामलार्ई पश्चिमा शक्ति राष्ट्रहरुले आफ्नो अधिनायकवाद लादेर जसरी जनयुद्ध र जनयुद्धको सम्पूर्ण उपलब्धिलार्ई सस्तो मूल्यमा किनेर प्रचण्ड–बाबुरामको रामलिला जन्तर हराएको तागाधारी जस्तै भएका छन् । त्यो चालबाजी एकीकृत जनक्रान्तिको गतिविधिमा गहिरिएर अध्ययन गरिरहेका छन्, एकीकृत जनक्रान्तिलाई कसरी जनताको नजरमा पुग्न नदिएर जनता र विप्लवको सम्बन्ध अलग–अलग बनाउने कोसिस गर्दैछन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दालाई दलाल माफियाको अटैचिमा लुकाएर जसरी प्रचण्डले अगुवाइ गरेको जनयुद्धको हत्या गरियो, त्यसरी नै विप्लवलाई सकाउने चालमा गिटी चाल्न खोजिदै छ । वर्तमान सरकार अमेरिकी तथा युरोपेली साम्राज्यवादको तरबारको मुन्तिर गर्दन थापेर बिदेशीको हरेक इशरामा गोटी बन्दैछ । त्यसको सामना गर्ने सामथ्र्य राख्न जनताको साथ र जनभावना छोडनु हुन्न । नेपालको वर्तमान सरकार पतित फासीवादको दिशामा उद्यत हुँदै गर्दा विप्लवले नेतृत्व गरेको नेकपामाथि प्रतिबन्ध लगाउनु भनेको राष्ट्रियता जनतन्त्र र जनजीविकाको हरेक मुद्दामा प्रतिबन्ध लाउनु हो । बिगतको इतिहासबाट हामी जान्दछौ सरकारले आततायी बनेर जब कुनै राजनीति सिद्धान्तमाथि प्रतिबन्ध गर्दछ । तब मात्र जनताले आफ्ना वास्तविक एजेन्डा जान्ने र बुझ्ने मौका पाउँछन् । हाम्रा मनमा उद्वेलित चिन्ता के हो भने एकीकृत क्रान्तिलार्ई सीमित जनयुद्धको सिलसिला मात्रै बुझियो भने त्यो प्रचण्डको राजनीति मृत्यु मार्गमा पुग्ने खतरा हुन्छ । अर्कोतिर हामीले बिगतका युद्धको तीता र ऐतिहासिक पाठहरु सिकेका छौ । जनताको आत्मीय भावना विचारमा चोट पुग्ने कुनै पनि हर्कत हुनुहुन्न त्योप्रति हरेक पार्टीको सदस्य प्रशिक्षत बनोस् । राज्यको बागडोर सम्हालेका शासकले गरेको हरेक आतंककारी गतिविधिको सामना जनताको स्तरबाट प्रतिरोध गर्ने क्षमता प्रदान गरोस् बिचार राजनीति नेतृत्वले दिने हो । बिजय जनताले आफ्नै तागतबाट गर्ने क्रान्तिका सिद्धान्तलार्ई भनिन्छ । जनताको जनवादी क्रान्ति अनि यसबाट प्राप्त राज्य ब्यबस्थलाई नै जनताको जनवादी राज्य ब्यबस्था त्यो ब्यबस्थानै बैज्ञानिक समाजवादमा जानको लागि प्रशस्त बाटो निर्धारण गर्दछ । वर्तमान कथित कम्युनिस्ट सरकार र तिनको सिद्धान्त समाजवाद उन्मुखको हजारौं ढ्वाङ्ग पिटे पनि वास्तविक श्रमजीवि सर्बहाराबर्गले अनुमोदित नगरेको संविधान र त्यससँगै बनेको कठमुल्ला सरकार प्रतिगमनको पुनर्जागरण गर्नतिर उद्यत छ । जसको परिणाम वास्तविक मजदुर, किसान, गरिब, निमुखा जनतादेखि अलग–अलग रहेको कारण हो ।
अन्तिम सुझावमा हाम्रो इच्छा मात्रै के हो भने नेपालीको राजनीति वृत्तचित्रमा बिपि पछाडि नेपाल सही अर्थमा आन्तरिक प्रजातान्त्रिक मूल्य, मान्यतालार्ई ब्यबस्थापन गर्ने र आन्तरिक राष्ट्रियतालार्ई मजबुत बनाउने कुराम सबैको बिचार असफल भएको छ । त्योअनुसार राष्ट्रियता र प्रजातान्त्रिक मूल्य, मान्यताको सही व्यवस्थापन बिकास समृद्धिको नयाँ मौलिकता ब्यबस्थापन गर्ने सोच क्षमता विप्लवबाट आशा छ । यसको जिम्मेवारी पूर्ण तरिकाले राष्ट्र र जनताको ज्यु–धनको उच्च सतर्कता अपनाउँदै एकीकृत जनक्रान्तिलाई बिजयमा पु¥याउन सफल हुने आशामा छौँ । सरकारले जतिसुकै आतंककारी गतिविधि जनतामा थुपार्छ, त्यतिकै जनस्तरबाट प्रतिरोध गर्ने क्षमताको बिकास नै एकीकृत जनक्रान्ति हो ।

प्रतिक्रियाहरु

[anycomment]