‘विप्लव विद्रोह’ : समस्या कि, विकृतिपूर्ण वर्तमान संसदीय व्यवस्थाको वैकल्पिक समाधान ?- डायमण्ड म्याग्देली
फाल्गुन २८ मा केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलार्ई अपराधिक समूह किटान गर्दै प्रतिवन्ध लगाउने निर्णय गरेसंगै विगत केही दिनदेखी नेपाली राजनीतिमा तरंग सिर्जना भएको छ सडकदेखी सदन.सरकारसम्म प्रतिपक्षादेखी सत्तापक्षसम्म सर्वसाधारण नागरिक देखी राजनीतिक कार्यकर्ता, नेता, पत्रकार, वौद्धिक वर्गसहित आमरुपमा यो चासो र वहसको विषय वनेको छ । पक्ष र विपक्षमा तर्क र बीचारहरु सार्वजनिक भईरहेका छन् । कसैले स्वीकार गरोस या नगरोस त्यो उसको नीजी बीचार हुन सक्छ तर “विप्लव विद्रोह” अब राष्ट्रिय वहसको केन्द्रमा पुगेको छ र अबको नेपाली राजनीति त्यही वरिपरी घुम्न सक्ने सम्भावनालार्ई कसैले नजरअन्दाज गर्नु उपयुक्त देखिदैन त्यसैले सबै पक्षबाट सार्थक र सकारात्मक भुमिका को आवश्यकता देखिन्छ ।
“विप्लव विद्रोह” वर्तमान राज्यले भनेजस्तै समस्या हो या राज्यमा विद्यमान विकृतिले जन्माएको विकल्प ? विप्लव विद्रोह जन्मिनुका आधार र कारणहरु के हुन ? त्यो विषयमा सतही होइन गहिराईमा पुगेर चर्चा र समिक्षा गर्नु आवश्यक छ ।
आजको विप्लव विद्रोहलार्ई आकाशवाट एक्कासी फुत्त धर्तिमा झरेजस्तै ठहर गरी सतही टिका–टिप्पणी गरेर समय गुजार्नु भन्दा यो २०५२ सालमा सुरु भएको जनयुद्धकै निरन्तरता हो भन्ने सच्चाईलार्ई बुझ्न कत्ति कन्जुस्याई गर्नु हुँदैन । यसो भन्नुको मतलव २०५२ सालमा जनयुद्धको सुरुवात पुर्व राष्ट्रियता जनतन्त्र र जनजिविका का सवाल हरुलार्ई समेतेर तत्कालिन देउवा सरकार समक्ष जुन ४० सुत्रीय मागहरु पेश गरिएको थियो र देउवा सरकारले ती मागहरुलार्ई पुरा गर्न क्रियाशिलता देखाउनु.संवाद र अन्तक्रियाको पहल गर्नुको सत्ता पुरै वेवास्ता गरेपछि त्यहि एजेण्डाले जसरी जनयुद्ध जन्माएको थियो.त्यसरी नै आजको विप्लव विद्रोह पनि त्यै ४० सुत्रीय माग जनयुद्धको एजेण्डा जनयुद्ध पछि पनि फेरिन नसकेको पुरानो विकृतियुक्त संसदीय राज्य प्रणालीको कारण जन्मिएको हो भन्दा कुनै दुविधा मान्नु आवश्यक देखिदैन ।
हुन त हिजो जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड स्वयम आज वर्ग संघर्षको वाटोमा नभई यही संसदीय प्रणालीको अभ्यासमा हुनुहुन्छ.उहाँसँगै बाबुराम भट्टराई रामबहादुर थापा वादल लगाएत कैयौ नेताहरु त्यही अभ्यासमा फर्किसक्नुभएको छ र उहाँहरुको तर्क राजनीतिक क्रान्ति पुरा भयो अब कुनै क्रान्ति र विद्रोहको आवश्यकता र सम्भावना छैन भन्ने छ.झट्ट सुन्दा कतिपयलार्ई त्यस्तै होकी भन्ने भ्रम पनि पर्न सक्छ । किनकी राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना संघीयता धर्म निरपेक्षता समावेसी र समानुपातिक प्रतिनिधित्व आदी तर समयको विकाशक्रम संगै ति भ्रमहरु विस्तारै हट्दै जाने क्रम सुचारु छ ।
जनयुद्धको उद्देश्य विहारी पुँजीवादी गणतन्त्र नभै जनताको जनवादी गणतन्त्र थियो यसमा कोही भ्रमित हुनु आवश्यक छैन जनताको जनवादी गणतन्त्र भन्नुको अर्थ नारायणहिटी दरवारको अधिकार र शक्ति खोसेर जनतालार्ई हस्तान्तरण गर्नु थियो शितलनिवास र सिंहदरवारमा सार्नु थिएन । शामन्तवादको अन्त्य राजा र रजौताको फजुल खर्च तडक र भडक र अत्यन्त विलासीपूर्ण जीवनशैली संस्कार तामझामको खारेजी गर्नु थियो गणतान्त्रिक नव शामन्त रजौटाहरु जन्माउनु र त्यो दरवारको विकृति त्यहाँ स्थानान्तर गर्नु थिएन । संघीयताको नाममा त्यसको शाखाहरु गाउँ र नगरसम्म विस्तार गर्नु थिएन । समावेसी समानुपातिक प्रतिनिधित्व मार्फत् पिछडिएका वर्ग क्षेत्र समुदाय लिंगका नागरिकलार्ई राज्य संचालनको मुल प्रवाहमा समाहित गर्ने उद्देश्य थियो । कुनै धनाढ्य पुँजीपति वर्ग दलाल तस्कर गुण्डाहरुलार्ई मोटो रकममा सांसद पद वेचेर उनीहरुलार्ई फेरी देश लुट्न र जनता ठग्न वैधानिकता प्रदान गर्ने आशय कतै थिएन । पहुंचवाला नेताको श्रीमति छोरा छोरी वुहारी आफन्तजन नातारगोता समर्थक सिमित झुण्ड र भक्तहरुलार्ई सांसद मन्त्री मेयर बनाउने तथा अन्य सार्वजनिक लाभको पदमा भर्ति गर्ने र जागिरे बनाउने कल्पना कहिं कतै थिएन तर आज त्यसको दुरुपयोग गरिएको छ र नागरिकलार्ई भ्रमित पार्न खोजिदै छ ।
यदी राजनीतिक क्रान्ति र वर्ग संघर्ष पुरा भएको हो भने के आज देशमा वर्गीय शोषण र सामाजिक विभेद छैन त ? के धनि र गरिव गरिखाने र वसी खाने वर्ग मजदुर र मालिक बीचको असमानता अन्त्य भयो ? के मुठ्ठिभर पुंजीपतीहरुको नियन्त्रणमा रहेको अवैध अकुत सम्पत्ति कव्जा गरेर राष्ट्रियकरण गरियो ? के सीमित शामन्तहरुको स्वामित्वमा रहेको हजारौ हेक्टर जमिन खोसेर भुमिहिन गरिव सुकुम्वासीहरुलार्ई वाँडियो ? के आजसम्म देश लुटेर कंगाल बनाउने भ्रष्ट तस्कर दलाल माफिया बीचौलियालार्ई जेलमा कोचियो ? के देशको नदी र नाला उद्योग कलकारखाना लगायत राष्ट्रिय सम्पदा र सम्पत्ति विदेशीलार्ई बेचेर खाने दलाल देशद्रोहीहरुलार्ई कठालो समातेर कठघरामा उभ्याईयो ? के विगतमा भारतसँग गरिएका असमान सन्धिरसम्झौता खारेज भए ? के आज भारतीय हस्तक्षेप छैन र भारतले सीमा क्षेत्रमा दिनानुदिन हाम्रो भूमी मिचिरहेको छैन ?
के अब आम नागरिकलार्ई गाँस वाँस कपास र शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी हुने अवस्था छ ?
के जनयुद्धमा ज्यान गुमाएका सहिद वेपत्ता परिवार घाईते र अपांग, आम ईमान्दार कार्यकर्ता गरिव जनताले परिवर्तनको महशुस गरेका छन् र उनीहरुको जीवनमा कुनै फेरवदल आएको छ ? के जनयुद्धमा निःस्वार्थ योगदान गर्नेहरुले अहिले गर्व गर्ने अवस्था छ ? के गाउँको झुप्रो घर २–४ रोपनी पाखा वारी पार्टीकरण गर्दै एक जोर कपडा झोलामा प्याक गरेर गोल्ड स्टार जुत्ता र वाटाको चप्पल पड्काउदै सर्वहाराको भेषमा क्रान्तिमा लागेका केही सीमित नेताहरु एक दशक पछि काठमाडौ छिर्दा रातारात करोडपति बनेको दुनियाको आँखाले झल्झल्टी देख्नुलार्ई क्रान्ति नै मान्ने ? तिनीहरु सहित तिनका आसेपासे अवसरवादीहरु रातारात सडक छापबाट करोडपती बन्नु झुपडीबाट आलिसान महलमा सर्नु आर्थिक हैसियत जीवनशैली रातारात वदलिनु नवधनाढ्य वर्गमा रुपान्तरण हुनु विलासिपूर्ण जीवनशैलीमा रुमल्लिन पुग्नुलार्ई नै “विप्लव विद्रोह” (समस्या कि विकृतिपूर्ण वर्तमान संसदीय व्यवस्थाको वैकल्पिक समाधान ?
फाल्गुन २८ मा केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलार्ई अपराधिक समूह किटान गर्दै प्रतिवन्ध लगाउने निर्णय गरेसंगै विगत केही दिन देखी नेपाली राजनीतिमा तरंग सिर्जना भएको छ सडकदेखी सदन सरकारसम्म प्रतिपक्षा देखी सत्तापक्षसम्म सर्वसाधारण नागरिक देखी राजनीतिक कार्यकर्ता नेता पत्रकार वौद्धिक वर्गसहित आमरुपमा यो चासो र वहसको विषय वनेको छ.पक्ष र विपक्षमा तर्क र बीचारहरु सार्वजनिक भईरहेका छन् । कसैले स्वीकार गरोस या नगरोस त्यो उसको निजि बीचार हुन सक्छ तर “विप्लव विद्रोह” अब राष्ट्रिय वहसको केन्द्रमा पुगेको छ र अवको नेपाली राजनीति त्यहि वरिपरी घुम्न सक्ने सम्भावनालाई कसैले नजरअन्दाज गर्नु उपयुक्त देखिदैन त्यसैले सबै पक्षबाट सार्थक र सकारात्मक भुमिकाको आवश्यकता देखिन्छ ।
“विप्लव विद्रोह” वर्तमान राज्यले भनेजस्तै समस्या हो या राज्यमा विद्यमान विकृतिले जन्माएको विकल्प ? विप्लव विद्रोह जन्मिनुका आधार र कारणहरु के हुन ? त्यो विषयमा सतही होइन गहिराइमा पुगेर चर्चा र समिक्षा गर्नु आवश्यक छ ।
आजको विप्लव विद्रोहलार्ई आकाशबाट एक्कासी फुत्त धर्तिमा झरेजस्तै ठहर गरी सतही टिका–टिप्पणी गरेर समय गुजार्नु भन्दा यो २०५२ सालमा सुरु भएको जनयुद्धकै निरन्तरता हो भन्ने सच्चाईलार्ई बुझ्न कत्ति कन्जुस्याई गर्नु हुदैंन । यसो भन्नुको मतलव २०५२ सालमा जनयुद्धको सुरुवात पुर्व राष्ट्रियता । जनतन्त्र र जनजिविकाका सवालहरुलार्ई समेतेर तत्कालिन देउवा सरकार समक्ष जुन ४० सुत्रीय मागहरु पेश गरिएको थियो र देउवा सरकारले ति मागहरुलार्ई पुरा गर्न क्रियाशिलता देखाउनु संवाद र अन्तक्रियाको पहल गर्नुको सत्ता पुरै वेवास्ता गरेपछि त्यहि एजेण्डाले जसरी जनयुद्ध जन्माएको थियो । त्यसरी नै आजको विप्लव विद्रोह पनि त्यै ४० सुत्रीय माग जनयुद्धको एजेण्डा जनयुद्ध पछि पनि फेरिन नसकेको पुरानो विकृतियुक्त संसदीय राज्य प्रणालीको कारण जन्मिएको हो भन्दा कुनै दुविधा मान्नु आवश्यक देखिदैन ।
हुन त हिजो जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड स्वयम आज वर्ग संघर्षको वाटोमा नभई यही संसदीय प्रणालीको अभ्यासमा हुनुहुन्छ । उहाँसँगै बाबुराम भट्टराई रामबहादुर थापा बादल लगाएत कैयौ नेताहरु त्यही अभ्यासमा फर्किसक्नुभएको छ र उहाँहरुको तर्क राजनीतिक क्रान्ति पुरा भयो अब कुनै क्रान्ति र विद्रोहको आवश्यकता र सम्भावना छैन भन्ने छ झट्ट सुन्दा कतिपयलार्ई त्यस्तै हो की भन्ने भ्रम पनि पर्न सक्छ किनकी राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना संघीयता धर्म निरपेक्षता समावेसी र समानुपातिक प्रतिनिधित्व आदी तर समयको विकाशक्रम संगै ति भ्रमहरु विस्तारै हट्दै जाने क्रम सुचारु छ ।
जनयुद्धको उद्देश्य विहारी पुँजीवादी गणतन्त्र नभै जनताको जनवादी गणतन्त्र थियो यसमा कोही भ्रमित हुनु आवश्यक छैन जनताको जनवादी गणतन्त्र भन्नुको अर्थ नारायणहिटी दरवारको अधिकार र शक्ति खोसेर जनतालार्ई हस्तान्तरण गर्नु थियो शितलनिवास र सिंहदरवारमा सार्नु थिएन । शामन्तवादको अन्त्य राजा र रजौताको फजुल खर्च तडक र भडक र अत्यन्त विलासीपूर्ण जीवनशैली संस्कार तामझामको खारेजी गर्नु थियो गणतान्त्रिक नव शामन्त रजौताहरु जन्माउनु र त्यो दरवारको विकृति त्यहाँ स्थानान्तर गर्नु थिएन । संघीयताको नाममा त्यसको शाखाहरु गाउँ र नगरसम्म विस्तार गर्नु थिएन समावेसी समानुपातिक प्रतिनिधित्व मार्फत् पिछडिएका वर्ग क्षेत्र समुदाय लिंगका नागरिकलार्ई राज्य सञ्चालनको मुल प्रवाहमा समाहित गर्ने उद्देश्य थियो । कुनै धनाढ्य पुँजीपति वर्ग दलाल तस्कर गुण्डाहरुलार्ई मोटो रकममा सांसद पद वेचेर उनीहरुलार्ई फेरी देश लुट्न र जनता ठग्न वैधानिकता प्रदान गर्ने आशय कतै थिएन पहुंचवाला नेताको श्रीमति छोरा छोरी वुहारी आफन्तजन नाता र गोता समर्थक सिमित झुण्ड र भक्तहरुलार्ई सांसद मन्त्री मेयर बनाउने तथा अन्य सार्वजनिक लाभको पदमा भर्ती गर्ने र जागिरे बनाउने कल्पना कहिं कतै थिएन तर आज त्यस्को दुरुपयोग गरिएको छ र नागरिकलार्ई भ्रमित पार्न खोजिदै छ ।
यदी राजनीतिक क्रान्तिरवर्ग संघर्ष पुरा भएको हो भने के आज देशमा वर्गीय शोषण र सामाजिक विभेद छैन त ? के धनि र गरिव गरिखाने र वसी खाने वर्ग मजदुर र मालिक बीचको असमानता अन्त्य भयो ? के मुठ्ठिभर पुँजीपतिहरुको नियन्त्रणमा रहेको अवैध अकुत सम्पत्ति कव्जा गरेर राष्ट्रियकरण गरियो ? के सिमित शामन्तहरुको स्वामित्वमा रहेको हजारौ हेक्टर जमिन खोसेर भुमिहिन गरिव सुकुम्वासीहरुलार्ई वाँडियो ? के आजसम्म देश लुटेर कंगाल बनाउने भ्रष्ट तस्कर दलाल माफिया बीचौलियालार्ई जेलमा कोचियो ? के देशको नदी र नाला उद्योग कलकारखाना लगायत राष्ट्रिय सम्पदा र सम्पत्ति विदेशीलार्ई वेचेर खाने दलाल देशद्रोहीहरुलार्ई कठालो समातेर कठघरामा उभ्याईयो ? के विगतमा भारतसँग गरिएका असमान सन्धिरसम्झौता खारेज भए ? के आज भारतीय हस्तक्षेप छैन र भारतले सीमा क्षेत्रमा दिनानुदिन हाम्रो भुमी मिचिरहेको छैन ?
के अब आम नागरिकलार्ई गाँस वाँस कपास र शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी हुने अवस्था छ ?
के जनयुद्धमा ज्यान गुमाएका सहिद वेपत्ता परिवार घाईते र अपांग, आम ईमान्दार कार्यकर्ता गरिव जनताले परिवर्तनको महशुस गरेका छन् र उनीहरुको जीवनमा कुनै फेरवदल आएको छ ? के जनयुद्धमा निःस्वार्थ योगदान गर्नेहरुले अहिले गर्व गर्ने अवस्था छ ? के गाउँको झुप्रो घर २–४ रोपनी पाखा वारी पार्टीकरण गर्दै एक जोर कपडा झोलामा प्याक गरेर गोल्ड स्टार जुत्ता र वाटाको चप्पल पड्काउदै सर्वहाराको भेषमा क्रान्तिमा लागेका केही सिमित नेताहरु एक दशक पछि काठमाडौ छिर्दा रातारात करोडपति बनेको दुनियाको आँखाले झल्झल्टी देख्नुलार्ई क्रान्ति नै मान्ने ? तिनीहरु सहित तिनका आसेपासे अवसरवादीहरु रातारात सडकछापबाट करोडपती बन्नु झुपडीबाट आलिसान महलमा सर्नु आर्थिक हैसियत जीवनशैली रातारात बदलिनु नवधनाढ्य वर्गमा रुपान्तरण हुनु विलासिपूर्ण जीवनशैलीमा रुमल्लिन पुग्नुलार्ई नै आमुल परिवर्तन मान्न सकिन्छ ।
उल्लेखित यीनै आधारहरु हुन जसको कारण विप्लव विद्रोह जन्मेको छ । हिजो राज्यमा विद्यमान यस्तै विविध कारणले २०५२ सालमा जनयुद्ध जन्माएको थियो तर वार्ता सम्झौता र शान्ति प्रक्रियाको नाममा विद्रोह जन्मनुको कारणलार्ई सम्वोधन गर्नु विद्रोहले उठाएको एजेण्डालार्ई हल गर्नु भन्दा पनि राज्यपक्ष नितान्त प्राविधिक विषय (सेना र हतियार)लार्ई हल गर्ने तिर केन्द्रित हुनु र विद्रोही पक्ष समेत तत्कालिन लाभलार्ई केन्द्रमा राख्दै विद्रोहले उठाएका एजेण्डा र उपलव्धीलार्ई सम्झौताको नाममा लिलाम गरेर निजी स्वार्थ सत्ता र शक्तिमा पुग्ने हतारले क्रान्तिको उद्देश्य बाट बीचलित हुने श्रृंखला दोहोरिएको कारण नै यसरी पटक–पटक विद्रोहले जन्म लिईरहेको छ ।
यसरी विद्रोह जन्मिदै गर्दा संयोगले यतिबेला झापा विद्रोहमा सहभागी एउता समूह र जनयुद्धमा सहभागी मुख्य नेतृत्व सहितको अर्को समूहको बीचमा अर्ध रुपमा भएपनी पार्टी एकता भएको छ. तिनैको नेतृत्वमा सरकार निर्माण भई संचालित छ. अर्को धारमा हिजो जनयुद्धमा सहभागी एउता खेमा विप्लवको नेतृत्वमा क्रान्तिको वाटोमा अग्रसर छ. यी दुई शक्ति यतिवेला आमने–सामने भएको अवस्था छ यो परिवेशमा यदि २०२८ सालमा झापा विद्रोह गर्ने समूह र २०५२ सालमा जनयुद्धमा सहभागी मुख्य नेतृत्व सहित को अर्को समूहको नियत गलत थिएन भने आज विप्लव विद्रोहलार्ई विभिन्न समूहको उपमा दिनु र दमनको नीति अख्तियार गर्नु किमार्थ जायज हुन सक्दैन आजको विप्लव विद्रोह २०२८ सालको झापा विद्रोह र २०५२ सालको जनयुद्ध जसरी जनताको सत्ता निर्माण गर्ने देशलार्ई स्वाधिन बनाउने र आम नागरिकलार्ई शोषण र उत्पिडनबाट मुक्ति दिलाउने एजेण्डा सहित सुरु भएको थियो अहिले विप्लव विद्रोह पनि केही पात्र प्रवृति र चरित्र बाहेक मुलभुत रुपमा त्यो एजेण्डा भन्दा भिन्न र टाढा विल्कुल छैन त्यसैले विप्लव विद्रोहलार्ई दमन गर्ने दुस्साहस गर्नुपुर्व झापा विद्रोह र जनयुद्धका दस्तावेज कतै भेटिन्छ भने एकपटक पढ्ने कष्ट गर्दा हितकर हुन्छ कि ?
अन्त्यमा विप्लव विद्रोहको आगमन आफैमा कुनै समस्या होइन यो त देशमा कायम पुँजीवादी संसदीय सत्ता भित्र विद्यमान विभिन्न खाले विभेद शोषण दमन अन्याय उत्पिडन तथा भ्रष्टाचार दलाली कमिसन अनियमितता बीचौलिया कालोवजारी महंगी लगायत विकृतिले गर्दा त्यसको विरुद्ध जन्मिएको जनविद्रोह हो । जनताको आवाज र हुंकार हो । वर्तमान राज्य सत्ताभित्र विद्यमान सबैखाले विकृतिको उचित निराकरण गर्ने सर्वोत्तम विकल्प हो । त्यसैले विद्रोह जन्मिनुको आधार र कारण खोज्दै त्यसलार्ई न्यायोचित ढंगले सम्वोधन गर्नुको सत्ता शक्तिको आडमा मैमत्त भएर फरक दृष्टिकोण सहित राजनीतिक अभियानमा क्रियाशील पार्टीलार्ई गिज्याउने होच्याउने अपराधिक समूह घोषणा गर्ने लुटेरा आतंककारीको विल्ला भिराउदै वन्दुकले तह लगाउने सपना देख्ने हो भने एउता विप्लवको ठाँउमा हजारौ विप्लव जन्मने र अनेकौ विद्रोहको विगुल वज्ने सम्भावना उत्तिकै वलियो छ विगतमा जनयुद्धलार्ई राजनीतिक विद्रोह स्वीकार नगरी अपराधिक र आंतककारी गतिविधी नामाकरण गर्दै वन्दुकले दवाउन खोज्दा के भयो ? यति छित्तै विर्सने महाभुल नगर्ने कि ?