जनक्रान्तिलार्ई सहि दिशा दिनु आवश्यक — विनोद दाहाल

२०७५ चैत्र २३ गते, शनिबार

कार्ल माक्र्सले मुख्य कुरा बदल्नु हो भनेको कुरालार्ई आत्मसात नगरी कम्युनिस्ट नै हुँदैन । कम्युनिस्ट हुन र पार्टी निर्माण तथा सञ्चालन गर्न केही आधारभुत नियमको आवश्यकता पर्छ, जुन कम्युनिस्ट आन्दोलनमा खड्किएका बिषय हुन् । सर्वहारा दृष्टिकोण निर्माण नभैकन र सर्वहारा अधिनाकता नस्वीकारिएको अवस्थामा नै सदस्यता दिन माक्र्सवादले दिन्छ ? कम्युनिस्ट पार्टी भनेको सर्वहारा अग्रदस्ताको नियन्त्रणमा रहेको सत्ता र सेनासहितको संगठन हो जुन जनवादी केन्द्रियताको सिद्धान्त अनुसार चल्छ भनेर बुझ्नु पर्छ । गैरसर्वहारा दस्ताको हुल पारेर निर्णय लिने अधिकार कसैलार्ई छैन । बिगतमा के देखियो भने न त्यस्ता नेता र कार्यकर्ता रहे नत जनवादी केन्द्रियताका आधारमा नेता तथा कार्यकर्ता भए । यो समिक्षाको पाटोलार्ई पन्छाएर कसैले क्रान्तिलार्ई टुङ्गोमा पु¥याउन पनि सक्दैनन् र रक्षा गर्न पनि सक्दैनन् ।
सम्पूर्ण किसान तथा मजदुर एकता गरेर क्रान्ति सम्पन्न गर्ने र श्रमको सत्ता अर्थात श्रमजिवीको नियन्त्रणमा राज्यसत्ता निर्माण गर्ने सवाललार्ई आत्मसात नगरी कम्युनिस्ट हुनै सकिंदैन । बुर्जुवा लुटको प्रतिस्पर्धामा टिक्न नसकेर असन्तुष्ट बनेका र शौखिन भीडहरु जम्मा पारेर क्रान्ति गर्छौैं भन्दा वर्ग दुस्मनले मजा लिने कार्यको पुनराबृत्ति हुने सिवाय केही हुने छैन ।
आफ्ना दोषहरु लुकाउन बाहिर देखाउने प्रबृत्तिले क्रान्ति हुन्छ ? बाहिरबाट कोही वा केही आएर जनयुद्ध ध्वस्त पारेका हुन् र ? क–कस्को के–के कारणले रक्ष्यात्मक स्थितिमा पुगेका छौं भनेर कतै समिक्षा गरिएको छ ? यसको आवश्यकता ठानेका छौं कि ? फेरि पनि गल्ती नदोहोरिने स्थिति बनाउन र बिगतबाट पाठ सिक्न आत्मसमिक्षा गरेको खोई ? आलोचक नबन्ने र नसहने पनि, आलोचनाको ढोका बन्द गर्ने, गैर पार्टीकालार्ई अधिकार छैन भन्ने र सुद्धिकरण तथा रुपान्तरणका सबै ढोकाहरु बन्द गरेर क्रान्तिकारि हौं भन्दा कसले पत्याउलान् ? पत्याइहाले पनि त्यस्ता बिचराबाट केही नेता त होलान, वर्गले चाहिं के पाउलान् ? हामी वर्गप्रति कति इमानदार भयौं ? यस्ता प्रश्नैप्रश्नका भारि बोकेर पनि कहिं क्रान्ति हुन्छ ?
स्पष्ट छ, बिगतमा माओवादलार्ई आत्मसात गर्न र वर्गप्रति इमानदार हुन तत्कालिन नेतृत्वले नसकेकै हो । आलोचनाबिहीन भक्त र नेतृत्वमा पुग्ने महत्वाकांक्षाले नेता तथा कार्यकर्तालार्ई नराम्ररी गाँजेको थियो । अन्धभक्त र सत्ता महत्वाकांक्षाले मानिसलार्ई कतिसम्म गिराउँछ भने जनक्रान्तिमा नेतृत्व गर्ने उत्तराधिकारी बन्ने सबै बाटाहरु बन्द गर्दो रहेछ । प्रचण्डको नेतृत्वमा रहेकाहरु अहिले क्रान्तिका लागि नालाईक बनिसकेको देखिएको छ ।
अहिलेको समयमा त मालेमावादलार्ई आत्मसात नगरी कम्युनिस्ट हुने कुरै हुँदैन । पुष्पकमल र बाबुरमहरु मलेमावादी हुन नसक्नुको कारण पनि यही हो । अझ त्यो भन्दा अघि गएको छ समय, जनयुद्धको स्वामित्व लिन्छु भन्दै एउटा नयाँशक्तिका नाममा बिसर्जनभएको छ, अर्को एमालेमा बिलिन भएको छ । माओवादी मात्र भन्दा अपुग हुने कुरा बुझ्छन् कोही चाहिं । माओवादीमध्ये पनि कोही चाहिं क्रान्तिकारि रे । कोहीलार्ई चाहिं माओवादले पुगेन रे । मालेमावादलार्ई आत्मसात गर्न नसकेर आएका यस्ता बिचलनहरु हेर्दा स्थिति जटिल बनेको छ भन्न सकिन्छ ।
अहिलेका कुनै पनि नाममा बनेका पार्टीहरुलार्ई जनताले वा वर्गले पत्याएका छैन । वर्गीय धरातलमा छैनन, बाहिरि पङ्तिीबाट चर्चा परिचर्चामा रमाइरहेका छन् । गद्दारहरुलार्ई वर्गदुस्मनले सम्मान गर्ने र अवशरवादीहरुले प्रशंशा गरिरहने प्रबृत्तिको पुनराबृत्ति भैरहेको छ । रायमाझीहरु दरबारको गेटमा पाले बने, भण्डारी, मनमोहन, हुँदै बाबुराम–प्रचण्ड संसदका पाले भए । पछिल्ला दिनमा अरु नहोलान् भन्नको लागि वलिदानीपूर्ण संघर्ष नै बिकल्प हो भन्दै आइएको छ । यस्ले पुग्नेवाला नै छैन । अवशरवादीले सुरक्षित र सम्मानित जीवन जीउन पाउने अवसर रहिरहेको स्थितिमा क्रान्तिमा अवशरवादी शोच र चिन्तनहरु सल्बलाउन थाल्छन् र सत्तामा अड्डा जमाउने प्रयत्नमा रहन्छन् । यो बारेमा बेलैमा गम्भीर हुनु आवश्यक छ ।
अहिले क्रान्तिका ३ वटा मोडेलहरुबारे बहस चल्दैछ । किरणले विकास गर्न लागेको मोडेल र दीर्घकालिन जनयुद्धको अपूर्ण रहेका कुराहरु विकास गर्दै जाने मोडेल । यी ३ वटै मोडेलबारे बहस अहिले पनि आवश्यक छ । भूमिकातिर नै भनिएको छ कि क्रान्तिमा देखिएका केही गम्भीर कुराहरुले १० वर्ष चलेको महान् जनयुद्ध विजयमा पुग्न सकेन । अहिले दुस्मन वर्गको शक्तिसन्तुलनमा केही फेरबदल आएको छ । यसबारेमा पनि सोचेर निर्णय लिनु पर्ने स्थिति छ ।
आफ्नै प्रतिबद्धताहरुमा पनि ध्यान नदिएर नेतृत्वप्रति नै पूर्णतः भरोसा राख्ने किरणको कमजोरी पछि अहिले उनले जनबिद्रोहमार्फत् नयाँ जनवादी क्रान्तिको बाटोमा जाने नीति लिएको दाबी गरेका छन् । निरन्तर क्रान्तिको लागि न्युनतम् वा सत्ताप्राप्तिको लक्ष्य नयाँ जनवाद छ । यो मोडेलले दीर्घकालिन जनयुद्धको बाटो छोडेको छ । जनबिद्रोहको नयाँ मोडेल विकास गर्ने भन्ने गरिएको छ ।
विप्लवले अर्को नयाँ मोडेल रोजेका छन् । एकीकृत जनक्रान्ति भनिएको युद्धकै चरणमा जनवाद हुँदै वैज्ञानिक समाजवादी क्रान्ति गर्ने नीतिमा छन् । दलाल तथा नौकरशाही देशमा न्युनतम् लक्ष्य नयाँ जनवाद हुँदै निरन्तर क्रान्ति गर्ने नीतिमा पनि सायद कमी छ भन्ने ठानेर होला उनले पनि एकैपटक समाजवादमा पुग्ने अरु कम्युनिस्ट पार्टीहरुले भन्ने गरेको समाजवादमा जाने कुरा ल्याएका छन् । पृष्ठभूमि हेर्दा किरणको लाईनसँग मात्रै अन्तरसंघर्ष गर्दै आएको विप्लवको मोडेलले आपूmलार्ई अभ्यासमा लगिरहेको छ ।
अर्को मोडेल छ दीर्घकालिन जनयुद्धबाट नयाँ जनवाद हुँदै समाजवादको विकास गर्दै जाने । बिगतमा १० वर्षे जनयुद्धमा मुख्य नेतृत्वले माओवादलार्ई आत्मसात गर्ने सवालमा कमजोरी रह्यो । यदि त्यसो गरिएको भए विजय अवसम्भावी थियो भन्ने छ । अन्य नेतृत्वहरु आलोचक बन्ने गुणका भैदिएको भए पनि नेतृत्वमा यो स्तरको बिचलन आउँदैनथ्यो वा सपार्न सकिने स्तरसम्मको हुन्थ्यो भन्ने छ । गैर माओवादीलार्ई काखिमा च्यापेर मुख्य नेतृत्वले राखिराख्न सक्ने पार्टी बन्नु अत्यन्तै कमजोरी रहेको स्पष्टनै छ । अन्तरसंघर्ष गर्ने क्षमता नभएका अन्य नेतृत्वहरु कसरी त्यति ठूलो जिम्मेवारीमा पुग्न सक्ेका हुन् भनेर पनि सोच्नु पर्ने हुन्छ । पार्टी सदस्यको योग्यता र जनवादी केन्द्रिकरणको अभावमा कसरी सर्वहारा वर्गको अग्रदस्ता गैरसर्वहारा वर्गको कब्जामा पर्न पुग्यो भनेर गम्भीर बन्नु पर्ने हुन्छ । अहिले प्रतिक्रियावादी सत्तामा नेतृत्व फेरिएको बेला र कम्युनिस्टका नाममा अनेकन भ्रमहरु पैदा भएको बेला दीर्घकालिन जनयुद्धको विकास कसरी गर्ने भन्ने विषयमा नयाँ मोडेलको विकासमा केही व्यक्तित्व तथा समुहहरु लागि परेका छन् । माओवादी आन्दोलनको पुनर्गठन र दीर्घकालिन जनयुद्धको विकासमा केद्रित रहेर नयाँ मोडेलको विकास गर्न क्रियाशील रहेका छन् । यसबारे अध्ययन, अनुसन्धान गरि गति दिन प्रयत्न गर्नुपर्छ । फेरि पनि जनक्रान्तिलार्ई सहि दिशातिर मोडनु आवश्यक छ ।
जनक्रान्ति गर्ने र यसको नेतृत्व गर्ने सवाल फरक बिषय हुन् । राज्यव्यवस्थामा परिवर्तनका लागि सशस्त्र क्रान्ति भएका इतिहासका प्रत्येक घटनाहरुमा जनताको सहयोग प्राप्त भएकै छन् । ती प्रायः सफल भएका छन् । केहीमा नेतृत्व दिन तत्कालिन नेतृत्व सफल भएका थिएनन् र केही संझौतामा गएर अर्का खालका उस्तै शासक उत्पादन भएका थिए । जनताका लागि ती सबै बेकारकाझैं भएका थिए । नेतृत्व गर्नेहरु प्रायः नै अपरिचित झैं लाग्ने वा राज्यले नचिनेका व्यक्तिहरु थिए । परिचित नेतृत्वहरु असफल हुने तर अपरिचित नेतृत्वले देशमै बसेर क्रान्तिलार्ई अगाडि बढाइराख्न सफल भएका देखिन्छन् । त्यही भएर क्रान्तिको नेतृत्व गर्ने सवालमा नेतृत्व कस्ताले गरिरहेका छन् भन्ने कुराले पनि कुराले पनि महत्व राख्ने गरेको छ । जनक्रान्तिको नेतृत्व दिने सवालमा यस बिषयलार्ई पनि ध्यान दिनु जरुरी देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]