‘एन्सेल सिन्ड्रोम’ र दोषीको खोजी – नरबहादुर कार्की
जग-जाहेर छ सर्वोच्वको फैसला पछी एन्सेलको कसुर स्थापित भयो । नागरिक स्तरबाट यस पहिले नै ब्यापक बिरोध भएकै थियो । जसरी निर्मला हत्या, वाइडबडी, आयल निगम जग्गा प्रकरण, सुन काण्ड, मेडिकल कलेज काण्ड, होली भोज काण्ड, बालुवाटार जग्गा काण्ड, भुकम्प पीडितको बिचल्ली काण्ड आदी जस्तो- नागरिक तहमा बिरोधका आवाज सुनिएकै हुन । तर गम्भिर कुरा के हो भने- ति सबै बिरोधका आवाजले के नतिजा ल्याए ?? एक हप्ताको सनसनी र दोश्रो हप्ता सुनसान । किन? किनकी आदर्श बिरोध र आपत्ति सँग प्रतिरोधात्मक बहिरोपनले सरकार चलेको छ । ढिस्को खनेर फाल्नु हुन्न भने तपाईंले पहाड सरापेर केही हुन्न ।
एन्सेल एउटा कम्पनी मात्र होइन, एन्सेल र त्यसको सम्रक्षक नेताहरु बिच ‘बिग फिक्सिङ’ त हो नै, यो एउटा अर्थ-राजनितिक (अर्थ ब्यबस्था) को कडि बुझाउने उदाहरण पनि हो । एसलाई हामीले ‘एन्सेल सिन्ड्रोम’ भन्दा हुन्छ । जसरी ‘डच सिन्ड्रोम’ भित्र भेनेजुएला बर्बाद भयो । धेरै लाई लाग्छ- सरकार बढी दोषी छ । निश्चित रुपमा यो सरकारकै अर्थ ब्यबस्था भित्र भएको छ र पर्दा पछाडि एसको मालिक पनि उनै हुन । एस्ता बहुराष्ट्रिय निगमहरु नेपालको दलाल राजनीतिका अबैध दाता हुन । ठीक हो बहिष्कार गर्नु पर्ने त बिदेशी कम्पनिका देशी रक्षक नै हुन । तर माथि उल्लेखित दर्जनौ काण्डमा हामीले मुट्ठी भर भ्रष्टलाई बहिष्कार र सत्ता च्युत गर्यौ त?? जब उनिहरु सबैको दलाल गठजोड बिरुद्द जनताले भौतिक प्रहार गरे- त्यसको कारणले आज ३०० निर्दोष राजनितिक आस्थाका बन्दी बनाइएको छ ।
कती बुद्दिजिबी र सामाजिक अभियन्तालाई के थाहा छैन भने- नेतालाई हानेको भन्दा बढी पिडा एन्सेललाई हानेकोमा हुन्छ- स्व्यम ति नेता लाई । किन? तपाईं कारण केलाउनुस् । किनकी उनिहरुलाई थाहा छ- बजारमा बेइज्यत भएर केही गुम्दैन- एन्सेल सुक्यो भने उनिहरुको राजनीति सुक्छ । रावणको नाबी र यो ब्यबस्थाको ‘निगम आश्रित राजनीति र राजनीति आश्रित निगम’ एउटा जीवन प्रणाली हो । भोली छिमेकीले बनाउने हाइड्रो, रेल वा अरु कुनै पनि बिकेका परीयोजना राजनीतिको जीवन रेखा हुन । विश्व भर सिमान्तिक्रित देश माथिको दवाब र राजनीतिक हस्तक्षेप हेर्नुस् ।
केही मान्छेले स्वतन्त्र रुपमा- असल मनसायले तर्क गर्नु भएको छ- कपडा पसलेले कर तिरेन भनेर नाङै हिडने?? म अली गहिराइमा पुग्न अनुरोध गर्छु । नाङै त हामी छौ नै । दुनियाँकै भ्रष्ट देश, दुनियाँकै सस्ता मजदुर बेच्ने देश, दुनियाँकै अत्ती हस्तक्षेप झेल्नु परेको देश, दुनियाँकै सबै भन्दा बढी सिमा मिचिएको देश, दुनियाँमा छोरीहरु असुरक्षित देश, दुनियाँमा सबै भन्दा बढी सरकार फेरेको तर केही नगरेको देश आदी हेर्नुस् । हामी त देश नाङो पार्ने, पुजी बाहिर लैजाने, नितिगत भ्रष्टाचारको नाङो नाच नेपालमा बन्द गर्न चाहन्छौ । फलानो नेतालाई गाली गर्यो भने यो भ्रष्ट तन्त्र भाचिन्छ होइन, एन्सेल भाचियो भने १० नेता एकै पटक भाचिन्छन । बाँकी सेवा स्विकार वा इन्कार त तपाईं सबै आदरानीय को स्वविबेक को कुरा हो । हामीले एन्सेल उपयोग कर्ता लक्षित कुनै नकरात्मक धारणा र अभिब्यक्ती राखेका छैनौ र राख्दैनौ ।
यो सबैको कारण भनेको नेपाल अरुलाई सम्पन्न र शक्तिशाली बनाउने तर आफु सधैं गरीब रहने अर्थ प्रणालीमा छ । ठुला ब्यापारिक कम्पनिको गोजिमा नेता भेटिने ब्यबस्था भित्र आमा मान्छेको आर्थिक उन्नतीको सम्भावना छैन । सरकार उत्पादन मुलक उध्योग खोल्दैन किनकी नखोल्नुमा फाईदा छ नेताहरुलाई । यो बैदेशिक लगानिको भ्रम पनि ‘आधा बिर्सिएको-जोक’ हो । हाम्रो छिमेकिले स्थाइ सरकार आयो अब लगानी गर्न आउ भनेर दुनियाँ भ्रमाण गरे पनि केही आएन भन्ने कटु टिप्पणी आएका छन ।फेरी म भन्छु- तपाईं सरकार वा अमुक नेतालाई गाली गर्नुस् केही हुन्न तर एन्सेल सिन्ड्रोम लाई प्रहार गर्नु भो भने- एन्सेल लाई धक्का लाग्यो भने बेलुका शोक सभामा सबै भन्दा भक्कानिएर रुने हरु मध्ये नेता हुने छन । ‘एन्सेल सिन्ड्रोम’ भनेको रुखको जरा हो- भ्रष्ट नेता त्यस्का पात हुन ।
तपाईं सोच्नु हुन्छ- सेवा पाएकै छ मलाई के को मतलब? देशको निम्ती लडेका सहिदको योगदानले ल्याएको ब्यबस्थामा हामी त्यती ब्यक्तिबादी बन्न मिल्दैन । हो हामी आफ्नो रोजाइको सेवा निरन्तर पाउने हक राख्छौ , यो पनि साचो हो कि अभियानमा सन्लग्न नहुने रोजाइ पनि छ । यस्ता कुरामा सेतो वा कालो मध्य एउटा रोज्नु पर्छ भन्ने पनि होइन । तर प्रश्न के हो भने- बिद्युत निकालेर उज्यालो दिन्छु- तिम्रो देश मैले भनेको जस्तो चल्नु पर्छ भन्यो भने के गर्ने? एन्सेल सिन्ड्रोमले देशमा प्रबिधी बिकास गरेको होइन । बिकास भएको प्रबिधिलाई पैसामा रुपान्तरण गरेको हो । टेलिकम र राजनीतिक नेत्रित्वको भूमिका उही छ- एन्सेल फाईदामा जानु नै आफुले कमाउनु हो ।
अभियन्ताहरुको तर्फ बाट मलाई यत्ती मात्र भन्नु छ कि- हाम्रो बहिष्कार कम्पनी बिरुद्द मात्रा होइन यो ‘एन्सेल सिन्ड्रोम’ बिरुद्द हो । एन्सेल पाखा लाग्नु भनेको यो देशमा भ्रष्ट तन्त्रको दाहिने हात भाचिनु हो । रौ पनि नहल्लाउने आदर्श बिरोधले भ्रष्ट तन्त्र र एन्सेल सिन्ड्रोम लाई मद्घत पुग्छ । सम्पूर्ण युवा, बुद्दिजिबी, कलाकार, न्याय प्रेमी सँग अनुरोध छ कि यो अभियानमा अदालत, सरकार, केही मिडिया, राजाश्व प्रशासन भनेर नछुट्याइ समग्रमा ‘एन्सेल सिन्ड्रोम’ का राष्ट्रघाती पक्ष भनेर लिनु पर्छ । यो देश माथिको न्यायको लडाईंको प्रधान आन्तरिक भ्रष्ट हाम्रो सत्ता र आर्थिक ब्यबस्थाको मोडेल नै हो । जसलाई पहिले पनि हामीले ‘डिजाइन डिफेक्टेड’ ब्यबस्था भनिरहेका छौ ।