नेपाली राजनीतिमा मौलाएको पाखण्डी राज–पाठ – संसारसेन पृथक

२०७६ माघ १२ गते, आईतवार

राजनीतिमा असम्भव भन्ने केही हुँदैन सबै सम्भब हुन्छन तर जुनकुरा असम्भव हुन्छन् । त्यस्ता कुरा राजनीतिमा भन्नुपनि हुँदैन अनौठो कुरा नेपाली राजनीतिमा जुनकुरा असम्भव हुन्छ । त्यही कुरा छिटोभन्दा छिटो भनिन्छ किनकि नेपाली राजनीतिमा नकारात्मक तरिकाले स्थापित भएको पाखण्डी राजपाठ छ यतिसम्म कि राजनीति दलहरू चुनाब जित्नको लागि “दूधकै कलम दूधकै मसि दूधकै कापीमा सुनौलो कथा लेखेर देखाउछौ “ जनताहरु खुसीले ताली पिट्दै हर्ष–बिभोर भए सत्यतथ्य त्यो थिएन । जुन असम्भव थियोे त्यो सुन्नेको दोषभन्दा नि भन्नेको दोष हो किनकि नेपाली राजनीतिमा मौलाएको जर्जर सामन्ती राजपाठबाट प्रशिक्षित पाठ्यसामग्री यथावत छ । त्यो सबैखाले बिदेशी तथा स्वदेशी प्रतिक्रियावादी चिन्तनमा जबर्जस्त हाबी छ ।
राजनीति किन गरिन्छ
राजनीति मान, पद, प्रतिष्ठा पहुँच पावरको लागि गरिँदैन राजनीति समग्र समाज देश ब्यक्तिका एक एक दुःखको अन्त्यको लागि गरिन्छ । मान्छेबाट मान्छेलार्ई दिने दुःखको अन्त्यको लागि राजनीति गरिएको हुन्छ ।
हामीले सबैभन्दा पहिले मान्छेको जीबन कथाको बारेमा कुरा गर्छौ सुरुमा कथामा सुखद र दुःखद दिनका लामो तिता–मिठा फलहरुको भोगाइ सुरु हुन्छ । हातले त्यत्तिकै खोज्दै जान्छौ मान्छेले पत्तो लाउने कोसिस गर्छौ मानव इतिहासमा जतिबेला मान्छेले जंगली युगलाई छोडेर कबिला युग हुँदै अहिलेको बिज्ञान प्रबिधिको युगमा पुग्दासम्म आउँदा धेरैले समाजको ब्याख्या गरे बदल्ने कोसिस पनि गरे बिडम्बना जसले बुझ्ने र बदल्ने कोसिस गरे तिनीहरुले स्वयम् आपूmभित्रैबाट बदलिने कोसिस कहिलै गरेनन्, जसले आपूm बदलिने कोसिस गरेनन् । तिनीहरुले दुःख कसले जन्मायो, सुख कसले जन्मायो, त्यो खोज्नुभन्दा सुखीको साथमा पुग्नको लागि दुःखीको झुपडी छोडेर हिँड्ने गरे । मानव सभ्यताको मानवीय संबेदनालाई केलाउँदै जाँदा मान्छेले बिर्सनै नसक्ने टुट्न नसकेको अटुट इतिहास दुःख हो , सबैलार्ई ज्ञान छ, दुःखको इतिहास रच्ने को हो ? त्यो पनि थाहा छ । त्यसको अन्त्य कसरी हुन्छ, त्योपनि धेरैलार्ई थाहा छ । दुर्भाग्य दुख्ने घाउमा बारम्बार काटिरहने तरबार र त्यो तरबार समात्ने महिषासुर, सुरासुन्दरी सपना र सम्पत्तिलार्ई सोरपुछ गर्न सिपालु छैनौं र हुँदैनौँ । त्यसैले जन्मेको दिनदेखि मर्दाको रातसम्म दुःखी र सुखी समाजमा यथावत् रहिरहन थाले मानव समाजको कथा पढाउनेहरु भन्छन्, जब मान्छेमा बर्गको उत्पादन भयो । तब मात्र दुःखको सुरुवात भयो, जबसम्म बर्गको अन्त्य हुँदैन । तबसम्म दुःखको अन्त्य हुँदैन, मानव सभ्यताको लामो इतिहासमा बलबानले बर्ग बनायो । बुद्धिमानले हतियार बनायो मुर्खले संचालन गरायो । सर्बसाधारण त्यहीँ तरबारको मुन्तिर बसेर सुरासुन्दरीका सपना र सम्पत्तिको दास बनेर अहिलेसम्म बाँचिरहेका छन् । झन्डै आठ हजार बर्ष पुरानो बर्गको निर्मित इतिहास र त्यसको चरणहरु दासयुग, भुदासयुग सामन्ती युग र पुँजीवादी युग र भूमण्डलीकृत पुँजीवादी युगले निर्माण गरेका सामाजिक संरचना र त्यसका संरक्षकको सार र रूपमा आएको परिवर्तन खास भिन्नता के थियो र के भयो ? बिश्वब्यापी मानव समाजमा सर्बब्यापी छ । संसारभरि जति पनि मानवीय उपलब्धि र छेदी धेरैजसो दुःख र सुखको लागि भए क्रुद्ध र कुरुप सभ्यताको जगबाट सुन्दरताको परिकल्पना गरेरै वर्गसंघर्ष भयो, जसले राजनीति चेतनाको बिकास गरायो । सुख शान्तिको लागि संघर्षको सचेत दार्शनिकबाट दर्शनको जन्म भयो, जुन दर्शनले राजनीति समूह र दलहरू निर्माण गरायो । सुख शान्ति र सम्पन्नता युद्धको सदाको लागि अन्त्यको दर्शन र युद्धको दर्शन उत्पादन र कार्यान्वयनमा आयो युद्धको दर्शनको प्रयोग आडम्बरी राष्ट्र र शासकले चलाउन थाले शान्तिको दर्शन उत्पीडित बर्ग समुदायले प्रयोग गर्दै गरे दुःखको कुरा हतियार सेना आर्थिक सम्पन्नता र शक्तिशाली राष्ट्रका शासक र बर्गले उत्पीडित बर्गको मुक्तिको लागि गरेको हरेक संघर्षलार्ई अराजक आतंककारी भनेर भन्दा सबै सत्य हुने र उत्पीडित बर्ग र राष्ट्रले उठाउन गरेका न्यायिक संघर्षलार्ई दबाउन हतियार सेना प्रयोग गर्ने थिति दासयुग हुँदै अहिलेको भूमन्डलीकृत पुँजीवादी युगसम्म त्यो संरचना र त्यसको संरक्षक यथावत छन् । जसलाई अन्त्यका लागि राजनीतिमा बैज्ञानिक राजनीति कार्यदिशा आउन अनिवार्य छ ।
राजनीति र राजनीति नेता भनेको के हो ?
हामीहरु धेरैलार्ई राजनीति भनेको आपूmले मन पराएको पार्टीको विजयको लागि निर्माण गरिएको सिद्धान्त र त्यो सिद्धान्तधारी पार्टीको सरकारमा पुग्ने उद्देश्य नै राजनीति हो र आफ्नो मन पराएको पार्टीको मुख्य नेतानै मूल नेतृत्व हो बुझ्ने गर्छौ जबसम्म हामीहरुले मानव समाजमा यो ससकारको अन्त्य गर्न सक्तैनौ तबसम्म समाजमा बिकास सुख शान्ति र समृद्धिको कुनै परिकल्पना नगर्दा हुन्छ । खासगरी राजनीति भनेको सामाजिक सेवा हो । अझ सरलीकरण गरेर भन्दा राजनीति भनेको पहिले आपूm बदलिएर सिङ्गो बिश्व समाज बदल्ने दृष्टिकोण नै राजनीति हो । राजनीतिको मूल उद्देश्य समाजलार्ई रुपान्तरण गरेर सुख र समृद्धि शान्ति स्थापना गर्नु हो भने नेता भनेको सीमा नाता सम्बन्ध प्रेम, माया, मानव, सभ्यताको सुन्दर पाटोलार्ई स्थापित गर्नुपर्ने हो । दुर्भाग्य भन्नुपर्छ अहिलेको पुँजीवादले राजनीति भनेको सत्ता प्राप्तिका लागि हो नेता भनेको जसले अथाह सम्पत्ति राखेर दुईचारजना सुरासुन्दरी पालन सक्छ, त्यसैलार्ई मान्नुपर्छ भन्ने संस्कारको बिकास गरायो । जुन थिति दासयुगमा समेत यहीँ हो । मात्रै दासयुगमा मान्छेले मान्छेलार्ई किन्ने र बिक्री गर्ने बजारको स्थापना गरायो । अहिलेको पुँजीवादले मानेछेको श्रमलाई किन्ने र बिक्रीवितरण गर्ने बजारको स्थापना गराएको छ । सबैभन्दा खतरा दक्षिण एसियाली मुलुकहरू त्यसमध्ये नेपालमा झनै डरलाग्दो अस्तित्वहीन राजनीति सामाजिक चेतनाको बिकास हुँदै गएको छ । जनता र राष्ट्रको हित बिपरित सत्ताधारी राजनीति दल सरकारले गल्ती गर्दै जाँदा प्रतिपक्षी राजनीति दलले मौन बस्छ किनकि सत्तारूढ दलले कमजोरी गर्दैको भय आपूm अर्को समयमा सत्तामा पुग्ने बाटो सजिलोसँग खुल्ने थियो । सत्तामा बसेका राजनीति दल कहीँ, कतै छिसिक्क कसैको आलोचना सुन्न नपरोस् । त्यस्ता आलोचना आयो भने बल प्रयोग गरेर सही राम्रो गरेको छ । सरकारले भन्न लगाउनु यस्ता प्रवृत्ति र चिन्तनले बर्ग समाजमा नभएर जनता र सरकारमा देखा पर्ने खतरा छ । यही थिति लामो समय रहेकोे अबस्थामा सुखको लागि वर्गसंघर्ष जनता र सिङ्गो ब्यबस्थापन गर्ने ब्यबस्था सग हो । तर, जनता र राजनीति दलहरूसँग वर्गसंघर्ष हुने देखिन्छ । यसको मूल समस्या भनेको राजनीति सिद्धान्त आचरण नैतिकता र कार्यशैलीमा देखिने दक्षिणपन्थी दास मनोवृत्तिको अबैज्ञानिक उपज हो । सत्तारूढ राजनीति र प्रतिपक्षी तथा ससाना राजनीति दलहरुमा गतिशील तथा बैज्ञानिक हुन् जरुरी हुन्छ । गतिशीलताले सुन्दरता भित्र थप सुन्दरता खोज्दछ । दक्षिणपन्थले यथास्थितिमा आफ्नो अस्तित्व खोज्दछ जसले जनतामा बिद्रोह र शासकमा फासिवादको जन्म आकस्मिक रूपमा हुन्छ । जनधनको छेदी गराउने ध्ययतिर साम्राज्यवादीहरुको चलखेल बढ्दै जान्छ । नेपाली राजनीति सैद्धान्तिक चिन्तन प्रणाली मूलत राजनीति पार्टी नेतृत्वले आफ्नो सैद्धान्तिक रूपमा कुन धरातलमा छु र कुन बर्गको मुक्तिको लागि राजनीति गरिएको हो र आफ्नो भाब भूमि के हो ? राजनीति सैद्धान्तिक तथा नैतिक इमानदारिता के हो ? त्यो बुझ्न नसक्नु र जनताले खासगरी राष्ट्रियता, जनतन्त्र र जनजीबिकाको वास्तविक मूल मुद्दा कुन धरातलमा उभिएको राजनीति शक्तिले गर्न सक्छ । त्यो बुझ्न नसक्नु गम्भीर समस्या छन्, जनताले र राजनीति नेतृत्वले बुझ्ने कुरा राजनीति भनेको समाजका जल्दाबल्दा समस्याको समाधान हो र नेता भनेको कारिन्दा हो भन्ने बुझ्न सकेपछि मात्रै समस्याको नयाँ निकास हुन्छ ।
नेपाली जनता र नेताले राजनीतिलार्ई बुझ्ने तरिका
विकसित राजनीति संस्कार बसेको राष्ट्रहरुमा जनताले राजनीति भनेको समस्याको समाधान हो भनेर बुझ्ने गर्छन् जब जुन राजनीति सिद्धान्तबाट समस्याको समाधान हुन सकेन । जनताले तत्कालै नयाँ विकल्प लिन सक्ने क्षमता राख्छन् । दुर्भाग्य नेपालमा बहुसंख्यक समुदायमा राजनीति भनेको धनी पुँजीपतिको कमाइखाने व्यावसायिक पेसा हो बुझ्दछन् र नेताले मेरो जिम्मेवारी भनेको राजनीति गर्नु हो । राजनीति भनेको सानो बर्गबाट अभिजात बर्गमा उक्लिनु हो । अर्को आफ्नो कार्यकर्ताको जीबनस्तर परिवर्तन गर्नु हो । आफ्नो दलबाहेक अर्को दलको भोटर र सदस्यीय विरोधीहरु आफ्नो जनता होइन भन्ने संकुचित सोच चिन्तनले समाज बिकास र परिवर्तनको बाधक बनेको हो ।
रुढीवादी राजनीति पार्टी र संस्कार
नेपालमा जतिसुकै राजनीति गर्ने दलहरू छन् । तिनका सोचने तरिका नीति तथा कार्यक्रममा अत्यन्तै रुढीवादी दास चिन्तन छ । युग अनुसारको राजनीति कार्यदिशा गतिशील तथा बैज्ञानिक हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन, शक्ति पहुँचमा जुन देखिन्छ । त्यो सत्यता देख्ने त्यसैबाट प्रभावित बनेर डराउने सैद्धान्तिक फोबिया रोग यथावत छ । काँग्रेसको सैद्धान्तिक मुद्दा पनि समाजवाद नेकपा (नेकपा) को सैद्धान्तिक कार्यदिशा समाजवाद अझ बुझ्ने गरीभन्दा संसदिय बहुदलीय राजनीति पार्टीको मूल सहमतिमा बनेको समाजवादी संविधान सबैको कार्यक्रम समाजवाद व्यबहारत ती जति पनि संविधान निर्माण गर्ने राजनीति शक्तिहरु दलाल पुँजीवादको कुवाभित्र नराम्रोसँग फस्दै गएका छन् । त्यो समस्या न त सरकार चलाउने राजनीति दलले बुझ्न सक्यो न त प्रतिपक्षीमा उभिएको शक्तिले नै बुझ्दछन् । समाजवादमा पुग्नको लागि किन बाधाहरु आउन थाले निकास के हो ? त्यो चिन्ता छैन । सरकारले आपूmलाई आलोचनाबाट बचाउन शक्तिको प्रयोगलार्ई कार्ययोजना अघि ल्याउछ । प्रतिपक्षीहरु आफ्नो दललार्ई स्वतन्त्र राख्न संघर्स गर्छन् । यो राजनीति संस्कार र परिपाटीले समाजमा कुन्ठा, क्रोध र बिद्रोहको बाताबरण बन्छ । सरकार आफ्नो अस्तित्व रक्षा गर्न निरंकुश फासिवादमा परिणत हुन्छ । अहिले अस्तित्वमा रहेका राजनीति पार्टीको चिन्तन प्रणाली हेर्दा जनता सधैँभरिका लागि दास हुन र हामीहरु दास मालिक हौँ भन्ने चिन्तनगत राजनीति संस्कारको बिकास भयो ।
कांग्रेस र कम्युनिस्टको छोटकरी समीक्षा
नेपालमा अस्तित्वमा रहेकोे राजनीति शक्ति यतिबेला नेकपा (नेकपा) र नेपाली काँग्रेस छन् । यतिबेला उनीहरुको कार्यदिशा नीति तथा कार्यक्रमले नेपाली जनता निराश छ । यसको पछाडि के बुझ्नु जरुरी छ भने सैद्धान्तिक रूपमा बैज्ञानिकता तथा गतिशीलता दुबैमा यी दुईवटा राजनीति दलहरू फिलियर भएको प्रमाणित भयो । बिपिको स्कुलले मात्रै अहिलेको बिश्व युग बिकासको गतिलाई पक्रन सकिएन भन्ने काँग्रेसले निकालेन माक्र्सवादमा बैज्ञानिक राजनीति कार्यदिशा ल्याउन सकेनौ भन्नेतिरभन्दा नि यतिनै सबैथोक हो । योभन्दा फराकिलो ब्यबस्था छैन भन्नेतिर कम्युनिस्ट पार्टीको समस्या देखिन्छ । यस्ता यावत समस्या राजनीति रूपमा दक्षिणपन्थी अबसरवाद हो । यतिबेला नेपाली राजनीतिमा देखिएको यान्त्रिकता, जडताले राजनीतिले निम्त्याएको निराशा जनतामा मात्रै होइन । राजनीति कार्यकर्ता समेतलार्ई प्रभावित पारेको छ । यसको सार भनेकै सैद्धान्तिक राजनीति रूपमा धरातलीय नैतिकताको मूल समस्या हो ।
नेपाली राजनीति नेतृत्वको समस्या
नेपालको इतिहासमा राजनीति आन्दोलन धेरै भए दस बर्षको लामो जनयुद्ध र त्यसप्रति जनताको सहभागिता हजारौंको बलिदान सहिद सयौं बेपत्ता घाइते अपांगको लेखाजोखा गर्न सकिएको छैन । यो सब राष्ट्रिय राजनीतिमा देखिएको समस्या समाधानको लागि हो । बिडम्बना यहाँ सत्ता र सासक बदलिए राजनीति नेतृत्वको कार्यशैली संस्कृति, संस्कार, नैतिकता बदलिएको छैन । राज्य ब्यबस्थाको स्वरुप बदल्नको लागि आफ्नो रुढीवादी चिन्तन कार्यशैली प्रवृत्ति बदल्ने नैतिकता राजनीति अगुवाहरु नदेखिनु गम्भीर समस्या हो । राजनीति नेतृत्वले राजनीतिलार्ई समाजसेवा सम्झँदैनन् । पेसा ठान्छन् जसरी पनि नेता पद, पावर र पहुँचमा पुग्नुपर्छ । आपूm र आफ्नो परिवार नातागोतामा घुम्नथाल्छ अनि परिवर्तनको कुनै पनि काम हुन सक्तैन । पदको लागि घुर्की, धम्की सुरु हुन्छन्, जसरी नेतृत्व पद, पावर र पहुँचमा पुग्दछ । त्यसैगरी, भ्रष्टाचार बेथिति ब्याप्त बढेर जान्छ किनकि नेताले नैतिकताको दुरुपयोग गरेर पहुँचमा पुग्दछ । त्यसरी उसले पदको दुरुपयोग गर्न बाध्यता सृजना हुन्छ ।
राणा शासनपछिको केही समीक्षा
२००७ सालदेखि २०४६ सालसम्म राजनीतिमा मौलाएको घिनलाग्दो समस्या जनताको त्याग, तपस्या, बलिदानबाट प्राप्त उपलब्धि सिधै लिएर सामन्तलार्ई बुझाउने गरिएको पाइन्छ । त्यसको प्रतिफल जनयुद्ध भयो, त्यसपछिका राजनीति नेतृत्वले जनयुद्ध र २०६२–६३ को जनआन्दोलनको प्राप्त उपलब्धिलार्ई बिदेशी दलाल तथा राष्ट्रिय भूमाफीको जिम्मामा थमाउने काम भयो । अहिले धेरैले मुख्य दोष ब्यबस्थालाई दिएर आपूmहरु उम्कने सजिलो उपाय देख्छन् । ब्यबस्था कसको हो, कसले चलाएको छभन्दा राजनीति नेतृत्वले स्पष्ट बुझ्न जरुरी छ । आपूm आफ्नो राजनीति सैद्धान्तिक भाबभूमिमा कत्तिको गम्भीरताका साथ लागेको छु भन्ने कुराले निर्धारण गर्दछ । यहाँ राजनीति कार्यदिशा असफल हुनु अनौठो होइन किनकि त्यो कार्यदिशालार्ई सामाजिक चेतनाले थेग्न नसक्ने हुन पनि सक्छ तर नेपाली राजनीतिमा देखिएको मूल समस्या सम्पूर्ण तरिकाले फेलिएर राजनीति सिद्धान्त राजनीति दलहरू सरकार र प्रतिपक्षी दुबैमा छन् ।
नेपाली राजनीति मूल्य मान्यतामा हामी हाम्रो मूलभूत धरातलबाट स्खलित बन्दै छौ । सरकारी स्तरमा र राजनीति तवरबाट हाम्रा सभ्यता महत्वपूर्ण ऐतिहासिकता भुलेर प्रेम दिबस कण्डम दिबस मनाउने गर्दा हाम्रो समाजलार्ई कता धकेल्दैछौ र हाम्रो राजनीति राजपाठ कसले सिकाइरहेकोे छ बुझ्न अनिवार्य छ । नेपाली जनताले यो बुझ्न जरुरी छ किी अबको भाबी नेपाल र खोजेको समाजवाद बर्तमान संसदीय फेलिएर राजनीति परिपाटीले समस्याको समाधान आउन सक्तैन भन्ने स्पष्ट छ, जबसम्म जनताले सैद्धान्तिक तथा ब्यबहारिक दुबै असफल राजनीति शक्तिलार्ई अस्तित्वमा ल्याउने प्रयत्न गरिरहन्छन् । त्यहाँसम्म यो दुर्गति भोगी रहनुपर्ने छ । किनकि नेपाली जनसमुदायलार्ई बर्तमान संसदीय दलहरूले स्थापित गरेको राजनीति संस्कार नै भ्रष्ट र नैतिकताहीन छ । आपू भए सबैथोक सही आपूm नभए सबैथोक बिग्रेको देख्ने पाखन्डी सोचाइ आपूmबाटै जबसम्म नेपाली नेपाली राजनीति राजपाठको अन्त्य हुँदैन तबसम्म नेपाली समाजको मुक्ति पनि असम्भव छ ।

प्रतिक्रियाहरु

[anycomment]