कोभिड–१९ : निदान र उप्रान्त

२०७७ आश्विन ११ गते, आईतवार

चीनको वुहानमा केही निमोनियाका लक्षणहरूसहित रहस्यमय ढङ्गले दर्जनौं मानिसहरू बिरामी परे । पहिलेका SARS, MERS, or H1N1 जस्तै गरी रोगका बारेमा पशुपन्छीहरूबाट भाइरसको सङ्क्रमण सुरु भएको हो कि भन्ने मानिसहरू आशङ्का थियो । विश्व स्वास्थ्य सङ्गठनले बोल्न पाउको थिएन कि चीनले ११ जनवरी, २०२० मा कोरोना भाइरसबाट पहिलो मानिसको मृत्यु भइहाल्यो । वि.स्वा.सं को अध्ययन पूरा हुनुभन्दा पहिले नै कोरोना भाइरस कैयौं देशहरूमा फैलिइसकेको थियो तब मात्र डब्लुएचओले रोगको नाम कोभिड–१९ ले विश्वव्यापी जटिल परिस्थितिको घोषणा गर्नुप¥यो । यतिबेला संसारका कैयौं औषधी कम्पनीहरू र प्रतिष्ठानका विद्वान् खोजकर्ताहरू भाइरसको औषधी र भ्याक्सिन पत्ता लगाउनमा स्पर्धा गरिरहेका छन् । कोभिड–१९ विरुद्धका औषधीको विकासमा केही प्रगति भएको पाइए तापनि त्यसको प्रमाणीकरण गरी बजारमा आउन महिनौं लाग्नेछ । कोभिडको आकस्मिक उपचारका लागि रेमडेसिभिर नामक औषधी उपयोगी हुनसक्छ भनेर अमेरिकाको खाद्य तथा औषधी नियन्त्रण विभागले मे १ मा सिफारिस गरेको छ तापनि त्यो प्रभावकारीसिद्ध हुन सकेन ।

विश्वभर कोभिड–१९ बाट ६७ लाखभन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएका छन् भने १२ लाखभन्दा बढीले रोगसँग लड्दा–लड्दै ज्यान गुमाइसकेका छन् करीब २१ लाख जति उपचारपछि घर फर्केका छन् । अहिले मृतकहरूको तालिकामा करीब १७०,००० को विवरणसहित अमेरिकाले नेतृत्व गरिरहेको छ भने क्रमशः युरोप पछि भारत सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्याका आधार भारत तेस्रो राष्ट्र बन्न पुगेको छ । हालै चीन, न्युजिल्याण्ड र दक्षिण कोरियालगायत कतिपय देशहरूले रोगलाई नियन्त्रण लिएको घोषणा गरेका छन् । तिनका यी सफलताका कथाहरू विशेषतः सफल सामाजिक दूरी तथा तीव्र परीक्षण र पहिचानसँग मात्र सम्बन्धित छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा पनि १२ भन्दा बढी व्यक्तिहरू कोभिड–१९ बाट सङ्क्रमित पाइएका छन् जसमध्ये ४०० जनाभन्दा बढी रोगमुक्त भई घर फर्केका छन् । हाम्रो देशसँग भएको सीमित साधनबाट यस्तो रोग नियन्त्रण गर्ने प्रयास गर्नु वास्तवमै सुखद समाचार हो । यसको कारण हो जनताले सरकारको आग्रहलाई स्वीकार गर्दै आफैँलाई सेल्फक्वारेन्टाइन र लकडाउन गर्नु । सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारे मास्क लगाउन, राम्रोसँग साबुनले हात धुन र सामाजिक दूरी कायम गर्न जनतालाई सुसूचित गर्नमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका अर्काे पक्ष हो । खुला सीमा भएको दक्षिण छिमेकी भारतमा कोभिड–१९बाट सङ्क्रमितहरूको बढ्दो सङ्ख्या र मृत्यु दरलाई हेर्दा हामी त्यसतर्फबाट सावधान हुनुपर्छ । भविष्यका लागि नेपाल सरकारले देशलाई अनेक अपराध र विविध रोगबाट मुक्त राख्न खुला सिमानालाई पूर्ण नियन्त्रण गर्नु अनिवार्य हुनेछ ।

नेपाल सरकारले प्रस्तुत गरेको वर्तमान जुन परीक्षण तालिका छ त्यो रेपिड डाइनोस्टिक टेस्ट(RDT) र रिभर्स ट्रान्स्कृप्सन पोलमर्स चेन रिएक्सन (RT-PCR) मा गरिएको परीक्षणको परिणाम मात्र हो । तत्काल निदानबारेको जनस्तरमा शङ्का हटाउन अहिले प्रयुक्त प्रविधिबारे विस्तृत छलफल गर्न आवश्यक छ ।

कोभिड–१९ रोग के हो ?

COVID-19 विश्व स्वास्थ्य संगठनले राखेको Coronavirus Disease-2019 को संक्षिप्त नाम हो । यो SARS-CoV-2 नामक नयाँ भाइरसबाट सर्ने स्वासप्रस्वाससम्बन्धी रोग हो । कोरोना भाइरस भाइरसहरूको एउटा ठूलो समूह हो जुन मानिसका साथै अरु पशुपन्छीहरू ऊँट, बिरालो, चमेरा आदिमा समेत सामान्य रूपमा हुन्छ । जस्तै SARS-CoV-2 एउटा नयाँ भाइरस हो जसका बारे हरेक दिन प्रस्तुत हुने नयाँ सूचनासहित व्यापक अध्ययन भइरहेका छ । बिमारीको गम्भीरताका आधारमा मान्छेबाट मान्छेमा वा पशुबाट मान्छेमा सङ्क्रमण हुने प्रक्रिया के हो पूर्वानुमान गर्न कठिन छ । यो भाइरस मान्छेहरूका बिचमा मुख्यतः सङ्क्रमित व्यक्तिले खोक्दा वा आच्छ्युँ गर्दा नाकमुखबाट आउने ¥याल वा सिगानका छिटाका माध्यमबाट सर्ने भनिएको छ । मानिस आपसमा ६ फिटभन्दा नजिक हुँदा बोल्दा स्वासँग आउने थुकको छिटा अर्काे मान्छेले नाकमुखबाट लिने सासका माध्यमबाट उसका फोक्सासम्म पुग्छ । यो सर्ने अर्काे तरिका भनेको भाइरस भएको कुनै ठाउँ वा सतहमा छुँदा उसका हातबाट उसका नाक–मुख आँखासम्म पु¥याउँछ र त्यहाँबाट मुखमा प्रवेश गर्छ । यस्तो सङ्क्रमणलाई रोक्न नियमित सामाजिक दूरी कायम गर्नु, मुखमा निरन्तर मास्क लगाउनु र कुनै नयाँ ठाउँमा छोएपछि तुरुन्त हात धोइहाल्नु अहिलेसम्मको सबैभन्दा उत्तम तरिका हो ।

यद्यपि कोभिड–१९ कुनै पनि व्यक्तिमा सहजै सर्नसक्छ तथापि त्यसको सङ्क्रमण त्यस्ता व्यक्तिमा छिटो प्रभावकारी हुन्छ जो वृद्धावस्थामा, कुनै अपाङ्गतामा या रोगप्रतिरोधी क्षमता कमजोर भएको अवस्थामा हुन्छ । यस्ता बिरामीमा रक्त असन्तुलन, किड्नीको रोग, लिभरको रोग, कमजोर रोगप्रतिरोधी क्षमता, निकट प्रसव वा प्रसूति अवस्था, इन्डोक्राइन असन्तुलन, परजीवि सङ्क्रमण, फोक्सो वा हृदयरोग र स्नायविक जटलतामा हुन्छ ।

COVID-19 कसरी परीक्षण गर्ने ?

COVID-19 चिन्न र छुट्टयाउन मुख्यतः दुई तरिका अपनाइन्छ ः एउटा भाइरसको आणुकेन्द्रित अम्ल पत्ता लगाउने (RT-PCR) विधि र अर्काे भाइरसको प्रोटिन छुट्ट्याउनु वा भाइरस सङ्क्रमणको प्रतिक्रिया स्वरूप मानवरक्तमा निहित प्रतिजीवि उत्पादन परीक्षण विधि । सफल उपचारात्मक परीक्षणका लागि संवेदनशीलता र विशिष्टीकरणले महत्त्वपूर्ण भूमिका खेल्छ । संवेदनशीलता र विशिष्टीकरण जति उच्च हुन्छ परीक्षण पनि त्यति नै राम्रो हुन्छ । संवेदनशीलता (सही पोजिटिभ दर) ले वास्तविक सङ्क्रमितहरूको अनुपात देखाउँछ र जो त्यस रूपमा पहिचान भएका छन् (जस्तो, कोभिड–१९ सङ्क्रमित भनेर पहचान भएका रोगीहरूको प्रतिशत) । विशिष्टीकरण (सही नेगेटिभ दर) ले वास्तविक सङ्क्रमण प्रमाणित नभएकाहरू जो त्यसरी पहिचान गरिएका छन् (जस्तो, कोभिड–१९ नभएको पहिचान भई स्वस्थ प्रमाणित भएकाहरूको प्रतिशत) ।

सक्रिय कोभिड–१९ छुट्ट्याउने RT-PCR परीक्षण    

कोभिड–१९, SARS-Cov-2   भाइरसका कारण उत्पन्न हुन्छ जसको जैविक तत्त्वका रूपमा ३०,००० न्युक्लियोटाइड (केन्द्रिक तन्तु) लामो राइबोन्युक्लिक एसिड-RNA_ हुन्छ । रोगको प्रत्यक्ष परीक्षण बिरामीको नाकमुखबाट लिइएकोे स्वाव (थुक, सिगान) मा भाइरसका जिनको उपस्थितिको परीक्षणमा केन्द्रित हुन्छ । जसको अर्थ हो स्वास्थ्यकर्मीहरू स्वाब परीक्षणबाट पत्ता लागेको RNA कोरोना भाइरसकै हो कि होइन स्पष्ट हुन चाहन्छन् । वर्तमानमा सक्रिय कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउने सबैभन्दा विश्वसनीय प्रविधि (RT-PCR) नै हो । परीक्षणका नामअनुसार RT ले RNA बाट पूरक डाइओक्सिराइबोन्युक्लिक एसिड -DNA_  उत्पन्न गर्छ भने PCR ले त्यसरी उत्पन्न भएका उज्याला सङ्केतहरूको शक्तिको प्रयोग गर्दै पहिचान लायक बनाएर लाखौं प्रतिहरूभित्र DNA मा एकल जिन क्रमलाई फैलाइदिन्छ । यसरी -RT-PCR) परीक्षणले भाइरसको जेनोमभित्र विशिष्ट जिन क्रमको पहिचान र विस्तार गर्ने काम गर्छ ।

कोभिड–१९ को पहिचानमा RT-PCR) ले कसरी काम गर्छ ?

कोभिड–१९ सङ्क्रमणको निदान गर्ने स्वास्थ्यकर्मी र वैज्ञानिकहरूले भाइरसको RNA जेनोमको अनुक्रम के हो जान्न जरुरी हुन्छ । यस भाइरसको जेनोमको चित्र जब प्रकाशित भयो विश्वभरका वैज्ञानिकहरूले आआफ्नो -RT-PCR) परीक्षण यन्त्र विकास र निर्माण गर्ने काम सुरु गरे । RT-PCR रणनीति त सबैको माथि भनिएझंै एउटै छ तर RNA को खास क्षेत्र विस्तार गर्ने कुन चाहिँ प्राथमिक आधार तिनीहरूले डिजाइन गरेका छन्, त्यसमा अन्तर हुन्छ । प्राथमिक आधार साना त हुन्छन् तर DNA अनुक्रमका विशिष्ट पूरक हुन्छन् जसले प्रतिरूप बनाउन मद्दत गर्छ । अनि परीक्षणले भाइरसको विशिष्ट आनुवंशिक अनुक्रमलाई विस्तार गरेर देखाउने काम गर्छ । समग्रमा यस्तो परीक्षण निम्न तीन सोपानमा पूरा हुन्छ जुन योजनाका रूपमा चित्र B मा देखाइएको छ ः १. शङ्कास्पद व्यक्तिको नाकमुखबाट ¥याल सिंगान सङ्कलन RT-PCR परीक्षणमा ¥याल, सिंगानको नमुना सङ्कलन पहिलो र ज्यादै कठिन काम हुन्छ । यो काम प्रशिक्षित स्वास्थ्यकर्मीबाट हुनुपर्छ । सामान्यतः माथिल्लो स्वाससम्बन्धी नमुना जसमा नासिकाकण्ठ स्थानको स्वाब, मुखकण्ठ स्थानको स्वाब, नासिकाकण्ठको साथै नासिका स्वसन क्षेत्र व्यापक स्तरमा सिफारिस गरिन्छ । यद्यपि तल्लो स्वसन क्षेत्रका नमुनामा बिरामीको कफ, कण्ठतालु क्षेत्रको थुक (BAL),, स्वासनलीको स्वसन क्रिया आदिबाट रोगीलाई परीक्षण प्रयोगका लागि कफ दिन सिफारिस गरिन्छ । सङ्कलित नमुना भाइरसलाई बोक्ने इथर भएको बाहक ट्युब जीवाणुरहित सेलाइन (नुन) मा राखेर केन्द्रीय प्रयोगशालामा पठाइन्छ । गलाको स्वाव आंशिक रूपमा पीडक हुन्छ, खोकी लगाउने र कहिलेकहीँ रगत आउने पनि हुनसक्छ । भर्खरै यले स्कुल अब मेडिसिनमा भएको सोधले के देखाएको छ भने बिरामीको -यालले व्यक्ति SARS-Cov-2 बाट सङ्क्रमित छ वा छैन भन्ने देखाउँछ यस प्राप्तिले भाइरसका परीक्षणलाई बढी सुरक्षित र सुलभ बनाएको छ र यो छिटै स्वाब उपलब्ध गराउनमा राम्रो सूचना हुनसक्छ ।

१. सङ्कलित स्वावबाट भाइरसको RNA निकाल्नु ः विभिन्न प्रविधि प्रयोग गरेर सङ्कलित स्वाबबाट RNA छुट्याउनु पर्नेहुन्छ । सर्वसामान्य विधि हो भाइरसको अंशलाई GITC (गानिडिनियम थियोक्यानेट फेनल क्लोरोफोम) मा आधारित घोलमा राख्नु जहाँ एक्युअस फेज (ठोस अवस्था) बाट RNA पुनः प्राप्त गर्नसकिन्छ । दोस्रो विधि भनेको सूक्ष्म कणको झिल्लीमा आधारित ठोस अवस्था निस्काशन गर्ने प्रविधि जसमा आशातीत अवस्थामा RNA सूक्ष्मकण (सिलिका) मा टाँसिन्छ । तेस्रो विधिमा अति चुम्बकीय अवयवको प्रयोग हुन्छ जसमा विशिष्ट RNA बन्धनमा निजी लेप (कोटिङ्) हुन्छ । जुनसुकै विधि अपनाए पनि केही छैन तर स्पष्ट RNA   छुट्ट्याउनमा ध्यान पु-याउनुपर्छ जुन कोभिड–१९ पहिचानको RT-PCR का लागि स्पष्ट आधार हो ।

२ प्राप्त किट प्रयोग गर्दै RT-PCR परीक्षण सञ्चालन गर्नु ः जाँच पूरा गर्न किटमा रहेको प्रमुख मिश्रणमा भाइरसको शुद्ध RNA मिसाउनुपर्छ । त्यस प्रधान मिश्रणमा केन्द्रमुक्त पानी, अघिल्लो र पछिल्लो DNA प्रथम, चमक -flurophore_  निभाउने सुइरो र प्रतिक्रिया मिश्रण (रिभर्स ट्रान्स्क्रिप्टेज, पोलिमरेज, न्युल्कियोटाइड, म्याग्नेसियम र यौगिकसहितको) । सारभूत भाइरस RNA सहितको प्रमुख मिश्रणलाई पूर्व निर्धारित मोचक समूहसहित PCR थर्माेसाइक्लरमा चढाइन्छ जसले परीक्षण सञ्चालनमा शक्ति दिन्छ । RT-PCR प्रक्रियाका अवधिभर चमक निभाउने साधन -flurophore-quencher probe_ लाई चम्किलो सङ्केत पैदा गर्दै चिरिन्छ । थर्माेसाइक्लरले त्यस्तो चम्किलो सङ्केतलाई पक्रिन्छ, अनि सही समयमा विस्तारण गति रिकर्ड गरिन्छ । प्रतिक्रियाका लागि ४५ मिनट लाग्छ र ९६ वेल प्लेट (खाल्टे थाल वा कचौरा) मा काम हुन्छ जसमा प्रत्येक खोपिल्टामा भिन्न नमुना रहन्छ । अन्तिम परिणामको व्याख्या सकारात्मक र नकारात्मक दुवै नमुना सँगै हुनुपर्छ । बजारमा एकल र बहुमुखी PCR औजार प्राप्त छन् । बहुमुखी PCR ले बिना अतिरिक्त समयमै निदान (डाइग्नोसस) लाई सटिक बनाउँदै एउटै भाइरस जिनोममा दुई वा सोभन्दा बढी लक्ष्यलाई एकैचोटि विस्तार गर्न सहज बनाउँछ । त्यसबाहेक पहिचान छिटो गराउने एकल RT-PCR संयन्त्र भएका किट पनि पाइन्छन् ।

यदि RT-PCR विधि नै सबैभन्दा राम्रो छ भने अरु प्रविधि किन ? कोभिड–१९ पत्ता लगाउने ] RT-PCR प्रविधि संसरभरि उच्च मानकका रूपमा प्रयोग गरिएको छ । तीव्र सङ्क्रमणका रोगीको स्वसन क्षेत्रका नमुनामा SARS-Cov-2 RNA पत्ता लगाउने सबैभन्दा बलियो प्रविधि हुँदाहुँदै RT-PCR संयन्त्रको प्रयोग सीमित छ । BAL मा बाहेक बिरामीको खकारमा ७४.४ देखि ८८.९ प्रतिशतका बिचको उच्च सकारात्मक दर हुन्छ । नासिक्य स्वाबको सकारात्मक दर ५३.६ देखि ७३.३ प्रतिशतसम्मको र रोग लागेको ८ दिनपछिको सङ्कलित कण्ठ्य स्वाबको न्यून सकारात्मक दर हुन्छ विशेषतः साधारण केसको नमुनामा । ७ दिनभन्दा पहिले सङ्कलित नमुनामा RNA को पहिचान क्षमता १५ देखि ३९ दिनका बिच ६७.७ प्रतिशतदेखि ४५.५ प्रतिशतसम्म घट्न जान्छ । RT-PCR प्रविधि मात्रात्मक रूपले महँगो, समय लाग्ने र प्राविधिक रूपमा जटिल हुन्छ, जसले तथ्यको ठिकसित व्याख्या र जाँच गर्न दक्ष वा तालिम प्राप्त स्वास्थ्य व्यवसायीको आवश्यकता माँग गर्छ । त्यसबाहेक RT-PCR ले प्रामाणिक सङ्क्रमणबारे बढी केही देखाउँदैन । अनि कहिलेकँही प्रयोगशालामा दूषित रासायनिक नमुना (रिजेन्टस्) छ भने यसले कृत्रिम सकारात्मक परिणाम पनि देखाउँछ । त्यसबाहेक नकारात्मक परिणामले अनेक कारणले SARS-Cov-2 सङ्क्रमण पूर्णतः रोक्न सक्दैन जस्तै ः अपर्याप्त नमुना सङ्कलन, नमुना लिएका ठाउँमा भाइरसको न्यून दबाब, वा भाइरस जिनोममा परिवर्तन आदि । त्यसैले यस्ता परिणामलाई उपचारात्मक निरीक्षण, रोगीको विवरण र महामारीको सूचनासहित प्रमाणको बहुविधताका लागि सिफारिस गरिन्छ ।

कोभिड–१९ पत्ता लगाउन रोगप्रतिरोधी क्षमता परीक्षण

शरीरका ती तत्वहरू जसले रोगी जीन सङ्क्रमणप्रति प्रतिक्रिया जनाउँछन् तिनलाई समग्रमा रोगप्रतिरोधी प्रणाली (इम्युन सिस्टम) भनिन्छ र सङ्क्रमण गर्ने भाइरस (यहाँ कोरोना भाइरस) सँग लड्दा रोगप्रतिरोधी प्रणालीले जुन प्रतिक्रिया जनाउँछ, त्यसलाई रोगप्रतिरोध क्षमता भनिन्छ । जब भाइरस मानव शरीरमा प्रवेश गर्छ तब मुख्यतः तीनप्रकारका रोग प्रतिरोधी क्षमता आक्रमण गर्न उत्सुक हुन्छन् ः पहिलो, मानव रगतमा विद्यमान रोगप्रतिरोधी सेलमार्फत् प्रतिरोधी प्रतिक्रिया, जसलाई प्रायः सेलको प्रतिरोधी क्षमता भनिन्छ । सेल प्रतिरोधी क्षमता विशिष्टीकृत सेलहरू साइटोटोक्सिक र फेगोटोक्सिक नामक सेलद्वारा प्रदर्शित हुन्छ जो सङ्क्रमित सेलहरूलाई मार्न सक्षम हुन्छन् । दोस्रो घुलनशील इन्टरफेरञ्ज नामक मौलिक्युलहरूद्वारा देखाइएको प्रतिक्रिया हो । इन्टरफेरञ्ज शरीरमा हुने प्रतिरक्षा र अरु सेलहरूबाट बनेका प्रोटिनहरू हुन् जसले सङ्क्रमित सेलहरूभित्र बृद्धि गर्ने क्षमतासहित प्रत्यक्ष हस्तक्षेप गरेर प्रतिजैविक गतिविधिमा मध्यस्थता गर्छन् । तेस्रो हो सङ्क्रमणको प्रतिक्रियास्वरूप बी सेलबाट उत्पन्न हुने एन्टिबोडी नामक प्रोटिन वर्ग । एन्टिबोडीजले भाइरसको पहिचान गरेर तिनमाथि आक्रमण गर्छन् जसले भाइरसहरूलाई नाश पार्ने तीनवटा संयन्त्र सञ्चालन गर्छन् । ती संयन्त्र हुन् ः (अ), एन्टिबोडीजले भाइरसलाई घेरेर अक्षम पारिदिन्छन्, अर्थात् भाइरसहरू त्यसपछि थप जैविक सङ्क्रमणको गतिविधि गर्न सक्दैनन् । (आ) एन्टबोडीजले भाइरसका ससाना अंशलाई सङ्केन्द्रण विधिअनुसार एकै ठाउँमा जम्मा हुन लगाउँछन् जो अन्त्यतः फेगोसाइटिक सेलहरूद्वारा मारिन्छन् । (इ) एन्टिबोडीजले पूरक पद्धति नामक प्रोटिनहरूलाई सक्रिय बनाउँछन् र प्रतिरक्षा सेलहरूलाई भाइरसहरू खान प्रेरित गर्छन् (हेर्नाेस् ः चित्र सी) । एन्टिबोडीज भनेका भाइरसहरू प्रवेशपछि प्रतिक्रियास्वरूप उत्पन्न हुने प्रोटिन तत्व हुन् र ती खास सङ्क्रमणसँग सम्बन्धित हुन्छन्, रक्तप्रवाहमा एन्टिबोडीजका उपस्थितिले भाइरसहरूको तत्काल वा विगत कुनै समयमा भएको सङ्क्रमणको सङ्केत गर्छन् ।

कोभिड–१९ पहिचानको सेरोलोजिकल परीक्षण

RT-PCR परीक्षणले कोरोना भाइरस उत्पन्न गर्ने कोभिड–१९ को पहिचान गर्छ त्यसैले भाइरसका उपस्थितिलाई सिधै तोकेर बताइदिन्छ । यस परीक्षणले रोगीको विवरण बताउँदैन, जस्तो ः बिरामी सङ्क्रमित छ र सफलतापूर्वक निको हुन्छ । सेरोलोजिकल टेस्ट किन महत्वपूर्ण छन् भने तिनले भाइरसका विरुद्ध एन्टिबडीज उत्पन्न गर्ने एक–एकलाई छुट्याउँदै रोगका व्यापकताको सबैभन्दा राम्रो विवरण दिन्छन् । भाइरस केन्द्रित एन्टिबडीजलाई रेपिड डाइग्नोसिस टेस्ट (RDT)  द्वारा चिन्न सकिन्छ अथवा एञ्जाइम लिङ्कड इम्युनोसोर्बन्ट एसेइ -ELISA_  द्वारा । RDT चलाउन छिटो र सजिलो हुन्छ अनि आरम्भिक छनोटमा उपयुक्त पनि हुन्छ, यो गुणात्मक पद्धति पनि हो जसले रक्तप्रवाहमा भाइरस केन्द्रित एन्टिबडीजको उपस्थति वा अनुपस्थितिलाई मूल्याङ्कन गर्छ । ELISA भने प्रयोगशाला केन्द्रित बडी विशिष्ट, संवेदनशील र गुणात्मक साथै परिमाणात्मक पद्धति हो । ELISA र RDT लाई रगतमा भाइरसका प्रोटिनको अस्तित्व मापन गर्न पनि डिजाइन गर्न सकिन्छ ।

सेरोलोजिकल टेस्टले रक्त, प्लाज्मा र सेरममा भाइरस सम्बद्ध एन्टिबडीज (इम्युनोग्लोबलीञ्ज M and G (IgM and IgG)_ का उपस्थितिको पहिचान गर्छ । संक्षेपमा भाइरल प्रोटिनहरू एउटा प्लेटको खाल्टामा ढाकिएका हुन्छन् जहाँ प्रोटिनका नमुना जन्मिन्छन् । अनि यदि रोगीमा भाइरस विरोधी एन्टिबडीज (IgG/IgM)   भएमा तिनीहरू आपसमा गाँसिन्छन् । यो प्रोटन निर्मित एन्टिबडी मिश्रणलाई प्रकाश आधारित सङ्केतहरू वा रङ् पैदा गर्ने तत्त्वसँग जोडिएको दोस्रो एन्टिबडीजबाट चिनाइन्छ । भाइरल एन्टिजेनको आरम्भिक पहिचानपछि IgM सबैभन्दा ठूलो एन्टिबडी र पहलो सुरक्षा पङ्क्ति पनि हो । IgG शरीरमा पाइने सर्वसामान्य एन्टिबडी हो र यो इम्युनालोजिकल स्मृति र दीर्घकालीन प्रतिरक्षाको अनुकूलन प्रतिक्रियाका लागि जिम्मेवार हुन्छ जो पछिबाट देखिन्छ र पर्याप्त उत्पन्न गर्न पनि सकिन्छ । त्यसका अतिक्ति ELISA को अर्काे गन्ध पनि छ जसले रक्त नमुनामा तीव्र भाइरल सङ्क्रमणको प्रत्यक्ष मापनका रूपमा भाइरल प्रोटिनलाई पहिचान र सङ्ख्यात्मक बृद्धि गर्छ र त्यसलाई स्यान्डविच ELISA पनि भनिन्छ ।

RDT रेपिड डाइनोस्टिक टेस्ट भनेको के हो ?

RDT  ELISA को सामान्य र सहजबाह्य भाग हो र यसलाई पोइन्ट अव केयर POC मा प्रयोग गर्नसकिन्छ तर यो गुणात्मक मात्र हुन्छ । कोभिड–१९ को सटीक र मापनीय परीक्षण POC ले समुदायमा आरम्भिक निदानका सम्भावनालाई बढाउँछ । यसले कार्यात्मक परिणाम प्राप्त गर्न समयलाई सम्भव भएसम्म घटाउँछ, एक्लोपनका स्रोतलाई ठिकसँग प्रयोग गर्न, सङ्क्रमण नियन्त्रण विधिलाई लागू गर्न, उपचारात्मक निर्णय गर्न, केन्द्रीकृत परीक्षण प्रयोगशालाको कार्यभार हटाउन सहयोग गर्छ । RDT को सबैभन्दा उपयोगी प्रयोग गैरसूचक SARS‐CoV‐2 बाहकलाई छेक्नमा हुन्छ किनभने तिनीहरू अमूर्त रोगबाहक वा रोग विस्तारक हुनसक्छन् ।

कहिले र कुनबेला RDT परीक्षण गर्ने ?

१. शङ्कास्पद रोगीहरू वा उपचारात्मक रूपमा निदान गरिएका रोगीहरू सुरुमा अस्पताल पुग्नासाथ RNA परीक्षणबाट निश्चित हुँदैन, एन्टिबडीका सकारात्मक परिणामले कोभिड–१९ का निदानमा आत्मविश्वास बढाउँछ ।

२. जो एकान्तवास (क्वारेन्टाइन) अवधिमा छ उससँग स्वस्थ निकट सम्बन्धका लागि, यदि एन्टिबडी सकारात्मक छ भने उसलाई रोगको सम्भाव्य बाहक घोषित गर्नुपर्छ अनि RNA को पटके परीक्षण गरिनुपर्छ र उसका निकट सम्पर्कमा आउनेलाई निगरानी गरिनुपर्छ ।

३. यस्तो व्यापक परीक्षणले कति प्रतिशत जनसङ्ख्यामा भाइरस छ भन्ने देखाउन सकिन्छ ।

४. RNA निश्चित गरिएका बिरामीमा सेरोपोजिटिभस्ले खास किसिमको एन्टबडीजको प्रवेश भएको छ भन्ने देखाउँछ ।    

५. उपचारात्मक गम्भीरताको सबल सकारात्मक सहसम्बन्ध र बिमारी सुरु भएपछिको कठोर २ हप्तासम्मको एन्टिबडीज प्रस्तुत गर्दछ ।

RDT ले काम गर्ने पद्धति

सामान्यतः RDT परीक्षण किटमा नमुना घुलन क्षेत्र र टेस्ट काट्र्रिज हुन्छ । टेस्ट काट्र्रिजमा दुईवटा डिटक्टिङ् ब्यान्डस् हुन्छन् ः एउटा नियन्त्रणका लागि र अर्काे IgG and IgM का लागि अथवा तीनवटा डिटक्टिङ ब्यान्डस् हुन्छ ः एउटा नियन्त्रणका लागि र अरु दुईवटा IgG and IgM  का लागि । काट्र्रिजमा रहेका टेस्ट ब्याण्डस् प्रतिमानव मोनोक्लोनल एन्टिबडीज -Anti IgG and Anti IgM_ हुन्छन् । SARS‐CoV‐2 को सतही एन्टिजेम जो विशेषतः SARS‐CoV‐2   एन्टिबडीजसँग गाँसिन सक्छ जसलाई कोलाइडल गोल्ड नानोपार्टिकल्जसँग सक्रिय पारिन्छ र सक्रिय प्याडमा फैलाइन्छ (हेर्नाेस. चित्र D $_) । गोल्ड नानोपार्टिकल्ज र AuNP rabbit IgG सक्रिय तत्त्वहरूलाई एन्टि -याबिट IgG एन्टिबडीसँग गाँस्नका लागि कञ्जुगेशन प्याडमा फैलाइन्छ जसलाई नियन्त्रण रेखामा स्थिर गरिन्छ (हेर्नाेस् चित्र ५) । जब काट्र्रिजमा खाली ठाउँसहितको सेरोलजिकल नमुनालाई मिश्रण गरिन्छ चित्र १,२) तब नमुना ब्यान्डजमा बगेर जान्छ । तल्लो प्रवाहमा, नमुना रहेका भए एन्टि–सार्स कोभ२ IgG / IgM एन्टिबडीज कन्जुगेटेड प्याडमा स्थिर SARS‐CoV‐2 antigen labeled gold colorimetric reagent सँग गाँसिन्छन् । सक्रिय नमुनाहरू ब्यान्डस्सम्म यात्रा गर्नपुग्छन् अनि anti‐SARS‐CoV‐2 IgM and IgG antibodies, ब्याण्ड M-IgM_ र ब्याण्ड न्९क्ष्नन्० मा गाँन्छिन् । यदि नमुनामा SARS‐CoV‐2   एन्टिबडीज छैनन् भने -M & G_ कुनै बन्धन देखिंदैन । AuNP‐rabbit IgG सक्रियहरू कन्ट्रोल ब्याण्डको नाइट्रोसेल्युलोजमा प्रवेश गर्छन् र एन्टि रेबिट IgG सँग गाँसिन पुग्छन् जसले कन्ट्रोल ब्याण्डलाई (प्रदीप्त गर्छ) चम्काइदिन्छ । यसले नमुना तरलको पर्याप्त मात्रा त्यस यन्त्रबाट अन्यत्र सरेको छ भन्ने देखाउँछ । यस कामले टेस्टका सफलतालाई वैधता दिन्छ । यदि कन्ट्रोल ब्याण्ड छैन भने टेस्ट वैध हुँदेन (चित्र D6) ।

सेरोलजिकल टेस्टको व्याख्या रक्त नमुनामा हुन्छ ।

१. SARS‐CoV‐2 का विरुद्ध IgG र IgM   एन्टिबडीजका पहिचानले प्रभावित व्यक्ति सङ्क्रमित छ भन्ने सङ्केत गर्छ । रेपिड टेस्टले भाइरसको उपस्थिति सुनिश्चित गर्न सक्दैन बरु यसले तत्काल सङ्क्रमणको प्रमाण मात्र दिन्छ । IgG र IgM दुवैको पृथक् पहिचानले भाइरस सङ्क्रमणको समयावधि सूचित गर्नसक्छ । IgG र IgM मात्रभन्दा समग्र एन्टिबडी बढी संवेदनशील हुन्छ । सङ्क्रमण सूरु भएको एक हप्ताभित्रसम्म ४०% रोगीहरूमा एन्टिबडीज रहन्छ अनि सङ्क्रमण सुरु भएको १५ दिनसम्ममा १००% (Ab)  सम्म, ९४.३% IgM र ७९.८% IgG तीव्र बृद्धि हुन्छ ।

२. IgM एन्टिबडीजका पहिचानले के सङ्केत गर्छ भने व्यक्तिमा भर्खर मात्र SARS‐CoV २ देखापरेको छ । सामान्यतः IgM कोरोना सङ्क्रमणको प्रतिक्रियास्वरूप इम्युन सेल्सबाट उत्पन्न पहिलो एन्टिबडी हो । यदि IgG को नतिजा भन्दा IgM टेस्ट पोजिटिभ छ भने यसले गत केही हप्ताभित्र त्यो व्यक्ति सङ्क्रमित भएको हुनुपर्छ भन्ने सङ्केत गर्छ जसले गर्दा भाइरस विरुद्धका प्रतिरक्षा प्रणालीमा सक्रियता आउँछ । तैपनि अझै पनि व्यक्ति भाइरसप्रति सकारात्मक हुनसक्छ र तिनका उपस्थितिबारे व्यक्तिको RT-PCR वा ELISA को एन्टिजेन पहिचान परीक्षण गरिनुपर्छ ।

३. कोभिड–१९ का पहिचानमा IgM एन्टिबडीले के सङ्केत गर्छ भने रोग केही समय पहिले भाइरसका सम्पर्कमा आयो । सुरु भएको एक वा दुई हप्ताभित्र IgG एन्टिबडीज धेरैजसो रोगीमा विकसित भइसक्छन् र ती दीर्घकालसम्म रहिरहन्छन् र सामान्यतः शरीरबाट भाइरस निर्मूल भएको केही समयपछिसम्म पनि सङ्क्रमित व्यक्तिमा रहिरहन्छन् । त्यसैले रोगीलाई दोस्रो सङ्क्रमण हुनबाट बचाउँछ । तैपनि वर्तमानमा कोरोना भाइरस विरुद्ध IgG को तटस्थ संरक्षण विकसित गर्न रक्तप्रवाहमा कति एन्टिबडी सङ्केन्द्रण चाहिन्छ भन्ने बारे कुनै राम्रो जानकारी छैन ।

४. जब IgM को होइन IgG को पहिचान हुन्छ त्यसले विगतमा कैयौं हप्तादेखि कैयौं महिनासम्म सङ्क्रमण भएको छ र भविष्यमा व्यक्ति भाइरसबाहक रहँदैन भन्ने सन्देश दिन्छ ।

५. जब IgG र IgM परीक्षण परिणाम नकारात्मक आउँछ त्यसको अर्थ कोभिड–१९ पैदा गर्ने भाइरसका विरुद्ध जागृत एन्टिबडी रक्त नमुनामा पाइएन भन्ने हुन्छ । यदि कुनै रोगीको एकदम चाँडै परीक्षण गरियो र एन्टिबडी उत्पन्न हुन प्रतिरोधी प्रणालीलाई पर्याप्त समय (एक हप्ता) प्राप्त भएन, सायद व्यक्ति अझै पनि सङ्क्रमित हुनसक्छ र सक्रिय बाहकका काम गर्नसक्छ भने त्यसबेला नेगेटिक एन्टिबडीकोे परिणाम देखिन सक्छ अथवा व्यक्ति भाइरसमुक्त हुनसक्छ । तैपनि नकारत्मक परिणामलाई सुनिश्चित गर्न रोगीेले RT-PCR परीक्षण गर्न वा ELISA बाट एन्टिजेन पत्ता लगाउनै पर्छ ।

एक जना सङ्क्रमित RDT मा कसरी नेगेटभ देखिनसक्छ ?

१. सङ्क्रमण भएको पहिलो हप्ताभरि एन्टिबडी सङ्केन्द्रण न्यून हुनु, जब IgG र IgM को तह रेपिड टेस्टको पहिचान सीमाभन्दा तल हुन्छ ।

२. एन्टिबडी उत्पादनमा वैयक्तिक प्रतिरोध क्षमताका प्रतिक्रयामा भिन्नता हुनु

३. IgM एन्टिबडी घट्छन् र २ हप्तापछि हराउँछन् पनि, त्यो IgM तह उत्कर्षभन्दा तल हुनसक्छ र टेस्टद्वारा पहिचानयोग्य हुँदैन ।

निष्कर्ष

लकडाउनका समयमा मानिसहरूमा रोगको तीव्र विकास हुनसक्छ तर ती दबाबमा हुन्छन् अनि रोगको महामारीको प्रकृति र सूचित रोगीको सङ्ख्याबारे बुझ्ने कोसिस गरिरहेका हुन्छन् । रोगीहरूको जानकारी मुख्यतः दुईवटा परीक्षणबाट हुन्छ   RT-PCR / RDT.  RT-PCR भाइरस सङ्क्रमण पत्ता लगाउने मानक परीक्षण हो र SARS-CoV-2   विद्यमान रहेको सुनश्चित गर्न यसको आवश्यकता पनि छ । अर्कातर्फ RDT ले यस व्यापकताको गम्भीरता ठोस गर्ने तीव्रतर ठाउँ प्रदान गर्छ । RDT ले शीघ्र निदानको सम्भावना बढाउँछ, एकान्तबास (क्वारेन्टाइन) का स्रोतहरूको सही प्रयोग गर्नमा सहयोग गर्छ, सङ्क्रमण नियन्त्रण मापन गर्छ र उपचारात्मक निर्णय गर्ने क्षमता बृद्धि गर्छ । RDT ले जनताले सामूहिक प्रतिरक्षा क्षमता प्राप्त गरेको छ वा छैन भन्ने सङ्केत गर्छ । सामूहिक प्रतिरक्षा प्रणालीले जनसङ्ख्याको एउटा ठूलो भाग खास किसिमका भाइरसहरू विरुद्ध प्रतिरक्षित छन् भन्ने अवस्थालाई सङ्केत गर्छ । बजारमा RDT का अनेक किट्स् पाइन्छन् तर हामीले कृत्रिम परिणामलाई कम गर्न उच्च संवेदनशील र विशिष्ट किट्स् छनोट गर्नुपर्छ, टेस्टका परिणामलाई सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्छ र माथिल्लो अधिकारीबाट बाहिर ल्याउनुपर्छ किनभने हामी कोभिड–१९ को खोप वा प्राथमिक उपचारका प्राप्तिका सम्भावनाबाट एकदम टाढा छौं त्यसैले आपसी सामाजिक दूरी कायम गर्ने, हात धुने र मास्क लगाउने जस्ता व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने गर्नाले लकडाउन सकिएपछि पनि कोभिड–१९ फैलिने कुराको उचित व्यवस्थापन हुनसक्न ेदेखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु