पार्टी संगठन निर्माण र परिचालनका अन्तरवस्तुहरू

२०७७ मंसिर २८ गते, आईतवार

प्रकाश शाही

वैचारिक शक्तिलाई भौतिक शक्तिमा रूपान्तरण गर्ने साधन नै संगठन हो । त्यसो त संगठनका विभिन्न स्वरूप र आकार प्रकार हुन सक्छन्, यहाँ हामीले उठान गर्न खोजेको विषय राजनैतिक संगठनको निर्माण र परिचालनबारे हो, राजनीतिक संगठनको निर्माण निश्चित विचार, दर्शन र उद्देश्यमा आधारित रहेको हुन्छ, यसो हुनुको नाताले यसका निश्चित दायित्वहरू हुन्छन्, जसका लागि यो गठन भएको हुन्छ । सर्वहारा वर्गीय संगठनले राष्ट्रियता, जनतन्त्र, जनजीविका र वर्गीय मुद्दालाई प्राथमिकतामा राखेर आन्दोलन तथा संघर्षहरू गर्दछन् र यसको अन्तरनिहीत उद्देश्य राज्यको आमूल परिवर्तन हुन्छ । यसलाई लेनिनवादी सगठनात्मक सिद्धान्तमा आधारित भएर निर्माण र परिचालित गरिएको हुन्छ, यहाँ कमरेड लेनिनको भनाई सान्दर्भिक छ, ‘सर्वहारा वर्ग त्यतिबेला मात्र अजेय बन्न सक्दछ र अवश्य बन्ने छ, जुन बेला माक्र्सवादी सिद्धान्तले उसमा प्रादुर्भाव गरेको वैचारिक एकतालाई एक त्यस्तो संगठनको भौतिक एकताले सुदृढ तुल्याउने छ, जसले लाखौं लाख श्रमजीविहरूलाई मजदुर वर्गको एक सेनामा आवद्ध गर्नेछ ।’ यस भनाइबाट पनि हामी बुझ्न सक्छौं कि माक्र्सवादको वैचारिक आलोकमा गोलबद्ध भएको संगठनको महत्व के छ, साथै उहाँले यो पनि भन्नु भयो कि ‘संगठन अस्थिर र अविकसित प्रकारको भयो भने सारतत्वको भावी विकासको पाइला चाल्न असम्भव हुन्छ, काममा लज्जास्पद, गतिमा शून्यता आउँछ र काम कुरामा अन्तर देखा पर्दछ ।” त्यसैले पनि आजको क्रान्तिकारी पार्टी संगठनले यी भनाइको मर्मबोध गर्न जरूरी छ, यी भनाइहरूले पार्टी संगठनमार्फत् आफ्ना वर्ग तथा राष्ट्रको आमूल परिवर्तन गर्न चाहने हरेक राजनीतिक पार्टी, संगठनको जीवनमा अर्थ राख्दछ, जब हामी संगठन निर्माणको सिलसिलामा आफ्नो कार्य क्षेत्रमा जान्छौं, स्वभाविक छ हामीमा संगठन निर्माणको उद्देश्य, आफ्नो राजनैतिक विचार, दृष्टिकोण र वर्गीय पक्षधरताका बारेमा न्यूनतम ज्ञान हुन जरूरी छ, त्यससँगै समसामुहिक राजनीतिक वस्तु अवस्थाका साथै तपाईं कुन क्षेत्रमा जादै हुनुन्छ, त्यहाँको भूगोलबारे, जनताको वर्ग आधारबारे, शासक र जनता बीचको अन्तरविरोध बारे बुझ्नु अति आवश्यक हुन्छ । जसले हामीलाई हाम्रो संगठन निर्माण र परिचालनमा मद्दत गर्दछ तर यी सामान्य लाग्ने बिषयहरूमा हामी नेता–कार्यकर्ता साथीहरूमा खासै ध्यान गएको पाइदैन, जसले गर्दा हामी गाउँघर, स्कुल, कलेज, कारखानाहरूमा संगठन त जनतन निर्माण गर्छौं तर त्यसलाई जीवन्त बनाउने र व्यवस्थित गरी परिचालन गर्ने सन्दर्भमा चुक्दछौं, यसले हाम्रो कार्यनीति र रणनीतिमा त असर गर्छ नै त्योसँगै नेतृत्वको विकास र संघर्षहरूबाट आउने परिणाम पनि सोचे जस्तो हुँदैन, यहाँ लेनिनले भने जस्तै संगठन र परिचालनमा ‘लज्जास्पद र गतिशून्य’ हुन पुग्दछ, यो कुराले दोष जति एकले अर्कालाई थोपरेर पन्छिन खोज्दछ, यो खाले प्रवृत्तिले पार्टी संगठनमा केही समय भ्रम पार्न त सकिएला तर खासमा पार्टी संगठनको वास्तविक स्थिति र पक्षधरता जनता माझ सार्वजनिक हुन पुग्दछ, जुन कुराबाट आजका हरेक दलाल संसदवादी राजनीतिक पार्टी संगठनहरू ग्रसित छन्, जसको ठूलो मूल्य यो देशका मेहनतवश श्रमजीवि जनताहरूले दैनिक भोगी रहेका छन् । यो प्रवृत्तिलाई निर्मूल पार्नका लागि हाम्रो जस्तो पार्टी संगठनहरूले आफ्ना नेता–कार्यकर्ताहरूको राजनीतिक वैचारिक दृष्टिकोणलाई व्यवस्थित ढंगले उठाउन र विस्तार गर्न अत्यावश्यक छ, जसका लागि हामी नेता–कार्यकर्ताहरूले सबैभन्दा बढी अध्ययन गर्ने, नियमित स्कुलिङ, प्रशिक्षण चलाउने, जायज कुराका लागि पार्टी संगठन भित्र या बाहिरका छलफल, अन्तरक्रिया र संघर्षहरूमा भाग लिने, जसका लागि इमानदार, नैतिकवान्, कठोर परिश्रमी र जनजीवनसँग अन्तरघुलन हुन सक्नु अनिवार्य छ । यसले पार्टी कार्यकर्ताहरूमा पार्टी जीवनप्रति लगाव, साहस र उर्जा पैदा गर्दछ, भने नेता र पार्टीलाई आफ्नो वर्ग समुदायप्रति जवाफदेही बनाउँदै, संघर्षको नेतृत्वका लागि थप होसला प्रदान गर्दछ । संगठन निर्माण र परिचालनमा नेतृत्वको प्रश्न मुख्य हुन्छ, नेतृत्वको वैचारिक दृढता र संघर्षप्रतिको बुझाईले त्यो पार्टी संगठनको आगामी भविष्यका बारेमा सहज अनुमान लगाउन सकिन्छ, त्यसैले गतिशील पार्टी संगठन र अभेद्य संघर्ष आजको आवश्यकता हो, आउनुहोस् यसबारे कम्युनिस्ट संगठनका नेता–कार्यकर्ताहरूले संगठन निर्माण र परिचानका लागि गर्नुपर्ने कामका बारेमा विमर्ष गरौं ।

१. नेतृत्व ः अगुवाहरूको पनि अगुवा, क्षमताहरूको प्रतिस्पर्धामा थप क्षमता भएको, सामूहिक नेतृत्वमा विश्वास गर्ने र कार्यकर्ताहरूको योग्यताको पहिचान र परिचालन गर्न सक्ने, आन्दोलनभन्दा अघि पनि होइन र पछि पनि होइन वस्तुगत परिस्थिति बुझेर संघर्ष अघि बढाउनु र वस्तुगत परिस्थितिमा ध्यानदिनु, बहुसंख्याको दृष्टिबाट सोच्नु र मित्रहरूसँग सहकार्य गर्न जान्नु नेतृत्वको कला हो भने माक्र्सवादी– लेनिनवादी विश्वदृष्टिकोण र जीवनबारे क्रान्तिकारी दृष्टिकोण, सिद्धान्तप्रति निष्ठा, जनताको तागतमा आस्था भएको, अध्ययन, अनुसन्धानप्रति समर्पण, अनुशासनको उच्च पालना र जुझारू भावनाले ओतप्रोत भएको नेता– नेतृत्व पार्टी संगठनका हरेक तहमा हुनु क्रान्तिकारीहरूका लागि अनिवार्य सर्त हो ।

२. नेतृत्वको अभिभारा ः आफ्नो वर्ग समुदायको हित स्थापित गर्नु मुख्य अभिभारा हो, कमरेड माओको शब्दमा ‘कार्यकर्ताको क्षमताको पहिचान गरेर आन्दोलनको हितमा प्रयोग गर्नु, नीति, निर्णय र योजना कार्यान्वयन गर्नु नेतृत्वका मुख्य अभिभारा हुन् ।’ यसभन्दा अघि नेताले विचारधारात्मक काम र राजनीतिप्रति विशेष ध्यान दिएर विचारधारात्मक स्तर उठाने र आफ्ना राजनीतिक प्रशिक्षणहरूलाई बलियो बनाउन पार्टी संगठनको कार्यदिशा बुझाउन जोड दिने साथै आफ्नो सैद्धान्तिक स्तरलाई अझ मजबुत बनाउने, विचारधारात्मक संघर्षलाई तीव्र पार्ने र पार्टी संगठनका कार्यदिशा र राजनीतिक उपलब्धिहरूलाई श्रमजीवि जनताहरूको बीचमा व्यापक रूपमा प्रचार गर्ने गर्नु पर्दछ ।

३. संगठनात्मक नेतृत्व ः संगठनका नेता–कार्यकर्ताहरूले संगठनात्मक नेतृत्वमा राम्रो ध्यान पु¥याएर काम गर्नु पर्ने हुन्छ । पार्टी संगठनको कार्यदिशा निर्माणपछि त्यसको कार्यान्वयन पक्षलाई संगठनात्मक क्षमताले फैसला गर्ने भएकाले संगठनको मूल नेतृत्वले आपूm र मातहतका कार्यकर्ताहरूको राजनीतिक वैचारिक स्तर उठाउन हमेशा कोसिस गर्नु पर्छ, तोकिएको योजनाअनुसारका कामहरू भए नभएको निरीक्षण गर्ने, संगठन परिचालनका सिलसिलामा आएका अप्ठ्याराहरूलाई सुल्झाउन साझा प्रयासहरू गर्नु र सबै खालका खराब प्रवृत्तिविरूद्ध संघर्ष अनि वर्गीय पक्षधरता संगठनको नेतृत्वको मूल जिम्मेवारी हुन्छ । यो बिषय संगठनका हरेक तहका नेतृत्वले गम्भीरतापूर्वक आफ्नो जीवन व्यवहारमा उतारेको हुनु पर्दछ । त्यसले संगठनलाई गतिशील र मजबुत बनाउन सहयोग गर्दछ ।

४. संगठन परिचालन ः पार्टी संगठन परिचालन सम्बन्धमा लेनिनवादी संगठनात्मक सिद्धान्त सर्वमान्य छ, जसको व्यवहारिक कार्यान्वयन सबै जीवन्त पार्टी संगठनमा अनिवार्य छ । जसअन्तर्गत व्यक्ति संगठनको मातहतमा, अल्पमत बहुमतको मातहत, तल्ला समितिहरू माथिल्लो समिति मातहत, सम्पूर्ण व्यक्ति तथा समितिहरू केन्द्रीय समिति मातहत र केन्द्रीय समिति महाधिवेशन मातहत रहने विधिलाई सबै तहले अक्षरशः कार्यान्वयन गर्नु गराउनु नेतृत्वको जिम्मेवारी हो, तर हाम्रो पार्टी संगठन आर्थिकमा मात्र परिचालन हुने, नेतृत्वले पनि आर्थिक उठाउनुलाई मात्र क्षमता देख्नु, मन मिल्नेलाई आपूm खुसी परिचालन गर्ने, कार्यकर्ताले पनि मूल नेतृत्वप्रति भक्तिभाव र गुलामी गर्नेजस्ता कारणहरूले संगठन निर्माण परिचालन समस्या ग्रस्त हुन पुगेका छन् भने यसका नेताहरू मनोगत र हुकुमी साथै कार्यकर्ताहरू नोकरशाही र टपरटुईया हुने खतरा बढेको छ, यसको तत्काल निराकरण र लेनिनवादी संगठनात्मक विधि लागू गर्नु क्रान्तिकारी पार्टी संगठनका लागि अनिवार्य सर्त हो, यसका लागि पार्टी संगठनका हरेक तहले आफ्नो ठाउँबाट मेहनत गरौँ ।

५. जनवाद र केन्द्रीयता ः पार्टी संगठनको जीवनमा जनवाद र केन्द्रीयता एक रथका दुई पाङ्ग्रा हुन वा यसो भनौं जनवाद भनेको पार्टीको रक्तसंचार गर्ने धमनी हो भने केन्द्रीयता भनेको सबै अंग परिचालन गर्ने दिमाग हो, यी एक विना अर्को सर्वदा अपुरो र अधुरो हुन्छ । त्यस कारण पनि पार्टी संगठनमा यसको विशेष महत्व छ, जसलाई कमरेड लेनिनको भनाईले अझ पुष्टि गर्छ ‘छलफल र आलोचनाको स्वतन्त्रता, कामकारवाहीमा एकरूपता’ यसलाई अझ जोड दिँदै कमरेड माओले भन्नु भयो’ जनवादको जगमा केन्द्रीयता र केन्द्रीयताको निर्देशनमा जनवाद’ यी सबै भनाईले पनि यी एक अर्काका परिपुरक हुन भन्ने देखाउँछ, जुन पार्टी संगठनको जीवनमा देखिनु अनिवार्य छ । केन्द्रीयता सही विचारको केन्द्रीकरण हो जसको आधारमा नीति, योजना र काममा एकता कायम हुन्छ, क्रान्तिकारी केन्द्रीयता फराकिलो जनवादको जगमा उभिएको हुन्छ, यो संगठन भित्र सबै क्रियाकलापको आत्मा हुनुपर्दछ, सर्वहारा जनवादको जगमा वैचारिक केन्द्रीयता र त्यस्तो वैचारिक केन्द्रीयताको मातहतमा संगठनात्मक केन्द्रीयता हुनु नै जनवादी केन्द्रीयता हो, त्यस्तै योसंगै जनवादी अधिनायकत्व भनेको पनि बुझ्नु जरूरी छ, जनता कार्यकर्ताको बीचमा जनवादको अभ्यास गर्नु अनि वर्गदुश्मन र शत्रुहरू पक्षसँग अधिनायकत्व लाद्नु पर्दछ, यी पक्ष जोडिएमा जनवादी अधिनायकत्व हुन्छ जुन क्रान्ति पछि राज्यसत्ता संचालनका अनिवार्य सर्त हुन्छ ।

६. संगठन भित्रका गलत चिन्तनहरू ः हामी संगठन निर्माण र परिचान गर्दै गर्दा पार्टी संगठनको जीवनमा अनेक समस्याहरू पैदा हुन्छन, जुन एउटा जीवन्त संगठनमा स्वभाविक रूपमा लिनु पर्दछ । तर, संगठन भित्र गलत रूपमा मौलाउने चिन्तनहरूलाई समयमा पहिचान गर्ने र त्यसको निरूपण गर्नमा नेतृत्व सधैँ चनाखो हुनुपर्दछ । यहाँ केही गलत चिन्तन बारेमा बुझाउन खोजिएको छ– बुर्जुवा आदर्शवाद, नोकरशाही चरित्र, व्यक्तिवादी अराजकता, जड्सुत्री संशोधनवाद, अनुभववाद, मनोगतवाद, आत्मासुरक्षवाद, जातिवाद, क्षेत्रीयतावाद, अकर्मण्यतावाद, दुस्साहसवाद र अर्थवाद यी संगठन भित्र देखिने गलत चिन्तनहरू हुन् । यी शब्दहरूको व्याख्या लामो हुने भएकाले संश्लेशित रूपमा राखिएको छ, यी प्रवृत्ति र चिन्तनबाट पार्टी संगठनलाई बचाउने र नेता–कार्यकर्ताहरू पनि बच्न पार्टी संगठन भित्र आलोचना–आत्मालोचनाको विधिलाई व्यवस्थित गरेर संचालन गर्नु पर्दछ, यसले नेता– कार्यकर्ताहरूलाई समयमै आफ्नो कमजोरी सच्चाउन र पार्टी संगठन बलियो बनाउन मद्दत गर्दछ ।

७. संगठनभित्र देखिने अन्तरविरोधहरू ः पार्टी संगठन निर्माण र परिचालनमा प्रशिक्षण, स्कुलिङ र अध्ययनको अभावमा बेलाबेलामा अन्तरविरोधहरू सृजना हुने गर्दछन् जसको सही पहिचान र समाधान नहुँदा संगठन बिग्रने यथास्थितिमा पुग्दछ । जसले संगठन अकर्मन्यतामा फस्ने, गतिहीन बन्ने र विघटन हुने हुन्छ भने अन्तरविरोधको समाधान हुँदा पार्टी संगठन जीवन्त, गतिशील, क्रान्तिकारी र आफ्नो योजना कार्यान्वयनमा सफल हुन पुग्दछ, त्यस कारण संगठन भित्रको अन्तरविरोधको स्वरूप र प्रकृति पहिचान गर्नु पर्दछ, जसअन्तर्गत अनुशासन मान्ने र उल्लंघन गर्ने, सक्रिय रूपमा काम गर्ने र निश्क्रिय बस्ने, दुःख कष्ट उठाउने र विलाषी बन्ने, संगठनमा एकताभाव राख्ने र गुटबन्दी गर्ने, श्रमजीवि जनतालाई प्राथमिकता दिने र सहरिया दलालहरूलाई प्राथमिकता दिने, निरासा र अकर्मण्यता प्रचार गर्ने र आशावादी हुने, पेशामा जोड दिने र विचारलाई बेनास्ता गर्ने, नेतृत्वमा विश्वास गर्ने र नेतृत्वको आलोचना गर्ने, समाधान दिने र समास्या तेस्र्याउनेहरूबीच मूलभूत अन्तरविरोधहरू रहन्छ, यसको पहिचान र उचित समाधान नेतृत्वको जिम्मेवारी र संगठनात्मक कला हो, जिम्मेवारीका सबै तहले गम्भीरतापूर्वक सोचौं ।

८. कार्यकर्ताप्रति नेतृत्वको जिम्मेवारी ः पार्टी संगठनमा नेतृत्वले बनाएका योजनाहरूलाई कार्यक्षेत्रमा लागू गर्ने जिम्मेवारी संगठनका कार्यकर्ताहरूको हुने भएकाले ती योजनाहरूलाई सफल र प्रभावकारी बनाउन नेतृत्वले खेल्ने भूमिका अहम् हुन्छ । त्यस कारण पनि नेतृत्व आफ्नो संगठन र कार्यकर्ताप्रति जिम्मेवार बन्नुपर्दछ र संगठनका हरेक गतिविधिलाई नजिकबाट बुझ्ने र त्यहाँ देखिएका सकारात्मक र नकारात्मक शिक्षाबाट सिक्ने र आवश्यकतामा बद्लिन सक्नु पर्दछ, जसका लागि कार्यकर्ताहरूलाई निर्देशन दिने र कामको जाँच गर्ने, कार्यकर्तालाई उसको राजनैतिक, वैचारिक स्तर उठाउन सहयोग गर्ने, कार्यकर्ताको अनुभवको सार निकाल्ने र उपलब्धिलाई अघि बढाउनु पर्छ, भने उनीहरूका गल्ती कमजोरी सच्याउन मद्दत गर्नुपर्छ, कार्यकर्ताको भावना बुझी उसको शारीरिक, मानसिक, आर्थिकलगायतका सबै खाले समस्याहरूमा सहयोग गर्नु, कार्यकर्ताको क्षमता, योग्यता, ज्ञान, सिपको समुचित प्रयोग र जिम्मेवारी दिन सक्नु पर्दछ, कार्यकर्ताहरूबारे ब्यापक दृष्टिकोणका साथ उनीहरूको उन्नति, प्रगति र भलाइबारे सोच्नु र प्रशंसा गर्दै हौसला बढाउनु, कार्यकर्ताहरूबाट भए गरेका गल्तीकमजोरीहरूमा सचेत गराउँदै सम्पूर्ण कामको जिम्मेवारी लिनु सक्षम नेतृत्वको संगठन र कार्यकर्ताप्रतिको दायित्व र जिम्मेवारी हो ।

९. कार्यकर्ताहरूले जोडदिनु पर्ने विषयहरू ः पार्टी संगठनमा नेतृत्व मात्र सबै कुरामा सक्षम वा अब्बल हुँदैन र भएर मात्र पनि पुग्दैन । त्यस्तै पार्टीको कार्यदिशाले मात्र पनि आफैँ काम गर्ने होइन, त्यसलाई जीवन्त र निरन्तर गतिशील बनाउने भनेको जनताको बीचमा रहेर काम गर्ने आमकार्यकर्ताहरूको निकै महत्वपूर्ण भूमिका रहन्छ, त्यस कारण पनि सबै पार्टी संगठनमा अझ क्रान्तिकारी संगठनहरूका कार्यकर्ताहरूको चालचलन कार्यशैलीले त्यो पार्टी संगठनको भविष्य कता जाँदैछ सहजै थाहा पाउन सकिन्छ । त्यसैले सबै तहका कार्यकर्ताहरूले आफ्नो बानी व्यवहार र जनतासँग जोडिएको कार्यशैलीलाई हार्दिकतापूर्ण र सहज बनाउन जरूरी छ, जसका लागि संगठनका आचारसंहिता पालना गर्दै आफ्नो पेसा, विचार र कर्मप्रति समर्पित हुने, जनतासँग घनिष्ठ सम्बन्ध र सम्पर्क कायम राख्ने, संगठनको कार्ययोजनालाई दृढतापूर्वक लागू गर्ने, आफ्नो अनुभवको सार निकाल्दै व्यक्तित्व र क्षमता विकास गर्ने साथै कमजोरीहरू भए सच्याउने, सहयोद्धाको असल पक्षको सम्मान गर्दै खराव पक्षको विरूद्ध मैत्रीपूर्ण तरिकाले आलोचना गर्ने साथै अप्ठ्यारो पर्दा मद्दत गर्ने, आपूm संलग्न कमिटी र आपूmभन्दा माथिल्लो कमिटीमा आफ्नो मत, राय, सल्लाह र सुझाव निर्भिकतापूर्वक राख्ने, आपूm मातहतका कार्यकर्तालाई उत्साहित भएर काम गर्ने वातावरण बनाउने, पार्टी संगठन बाहिर पनि थुप्रै सक्षम र क्षमतावान् मान्छे हुन्छन् भन्ने बुझ्ने र बेवास्ता नगर्ने, आदेश दिने र आदेश पालना मात्र गर्ने नभई छलफल, बहस, अन्तरक्रियामा नियमित भाग लिने, स्वतन्त्रतापूर्वक निर्णय लिन–दिन र जिम्मेवारी बहन गर्न सक्षम हुने, एकता – संघर्ष – रूपान्तरणलाई जीवन व्यवहारमा लागू गर्ने, संकीर्णता त्याग्दै विचार, राजनीति र संगठनमा नयाँ खोज र विकास गर्ने, असहाय, घाइते, वृद्ध, बिरामी, सहिद परिवार, उपेक्षित वर्ग जातिप्रति आदर सम्मानभाव स्थापित गर्ने र सर्वहारावर्गीय नेतृत्वप्रति एकीकृत र गोलवद्ध हुने यी विषयहरूमा विषेश ध्यान दिने गर्नुपर्दछ ।

अन्त्यमा यसरी पार्टी संगठन निर्माण र परिचालन गर्दा माथिका बिषयलगायत कार्यकर्ताको सही छनोट, मूल्यांकन, बैठक, रिपोर्टिङ, विधान–प्रतिवेदन लेखन, स्कुलिङ सञ्चालन, प्रशिक्षणलगायत सबै बिषयवस्तुलाई सही ढंगले एकीकृत गर्न सक्दा मात्र एउटा एकृकीत पार्टी संगठनको निर्माण हुन सक्छ, जुन आफ्नो निर्दिष्ट अभिभारा पूरा गर्न सक्षम हुन्छ, यी गुण र विशेषतासहितको पार्टी संगठन निर्माण आजको आवश्यकता हो । जसले श्रमजीविहरूको युगीन कार्यभार क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न सक्छ, यस दिशामा सबै क्रान्तिकारी पार्टी संगठनका नेता– कार्यकर्ताले आपूmलाई सचेततापूर्वक डो¥याउनु आजको अनिवार्य आवश्यकता हो ।

(लेखक ः नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) का महासचिव हुन् ।)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु