स्वाधीनता, जनतन्त्र र समुन्नति नै नयाँ जनवादी शिक्षाको सार

२०७८ असार ७ गते, सोमबार

लोकनाराण सुबेदी

हाम्रो शिक्षा क्षेत्र पनि अरु अरु क्षेत्रहरु जस्तै अराजक, अबाञ्छित अस्वस्थकर राजनीतिको नराम्ररी शिकार भएको हुँदै आएको यसमा राजनीतिक भागबण्डाको प्रभाव यति प्रवल कि शिक्षा क्षेत्र अस्तब्यस्त भइसक्दा पनि सबै रमिते जस्तो भएर बसेका छन् भत्के बिग्रेको कुरामा कसैको कुनै चासो, चिन्ता चर्चासम्म पनि छैन यदाकदा कतै अन्धकारमा जुनकिरी चम्किए जस्तै चिकित्सा शिक्षा क्षेत्रमा डा. गोबिन्द केसी जस्ता एक दुइ जनाले दुर्लभ बिरलै कुरा उठाउँदछन्, संघर्ष गर्दछन् राज्यले सम्झौता गर्छ प्रतिबद्धता जाहेर गर्दछ तर, पूरा गर्दैन ती चिकित्सकलाई पटक–पटक संघर्षमा होम्न बरु बतावरण बनाउँदछ लाज पचाउँदछ यस्तो अबस्थमा हाम्रो शिक्षा नीति के कस्तो हुने भन्ने बिषयमा बिचार–बिमर्श गर्नु जरुरी भएको वास्तवमा शिक्षा विकासको पूर्वाधार मात्रै होइन, यो विकासलाई ब्यापक मद्दत पु¥याउन सक्ने बिस्तृत सरोकार राख्ने रहेको महत्वपूर्ण क्षेत्र हो किनभने मानिस बहुआयामिक प्राणी भएकोले त्यसलाई प्रस्फुटन गराउने, जगाउने, उठाउने अघि बढाउने शिक्षा नीति हुनु स्वभाविक आवश्यक हुन्छ, हुनुपर्दछ तर यो कुरामा कुनै गम्भीर ध्यान दिएको पाइँदैन अनेक प्रायोजित प्रयोग नै हाम्रो शिक्षा क्षेत्रको नियति हुँदै आएकोले गर्दा नै ब्यापक सम्भावना भएर पनि यो क्षेत्रले राष्ट्रिय विकासलाई अपेक्षित सहयोग पु¥याउन सकिरेको छैन नेपाल पछाडि पर्नुको एउटा सबैभन्दा मूल कारण यही नै हो

अबाञ्छित राजनीतिक हस्तक्षेपको कुरालाई अलग्गै राखेर हेर्ने हो भने पनि हाम्रो शिक्षाले अधिकांशतः बौद्धिक कृयाकलमा जोड दिन खोजेको पाइन्छ यो समाजवाट कटिएर एकांगी बनिरहेको देखिन्छ मानिस केवल बुद्धिजीवि मात्र नभएर यस्तो सामाजिक प्राणी हो जसमा बुद्धि सँगसँगै भावनाहरु पनि हुन्छन् यसका साथै मानिस एउटा भौतिक–शारीरिक रचना पनि भएकोले उसका आफ्ना आवश्यकता कार्यहरु पनि हुन्छन् नै शिक्षालाई सार्थक दिशा दिने हो भने यी तीनै क्षेत्रलाई सम्बोधन गरिनै पर्दछ हुन पनि ज्ञान, भाव कर्म यी तीनवटै कुरा मिलेर नै मानिसको ब्यवहारिक संसारको रचना बन्दछ कुनै ब्यक्तिको सुन्दर जीवनको कल्पना यी तीन कुराको सन्तुलनबाट मात्र साकार हुन सक्छ मानिसको मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य शारीरिक स्वास्थ्य तीनै कुरा जतिबेला सन्तोषप्रद हुन्छन् त्यतिबेला मात्र उसको ठिक किसिमले विकास हुन सक्छ तर हाम्रो आजको शिक्षा ज्ञान विज्ञानको परिवर्तित सन्दर्भबाट पनि काटिएको समाजसँग पनि नजोडिएको बौद्धिक बिलासको टापु जस्तो त्यसमाथि छाडा राजनीतिक हस्तक्षेपले यसलाई अझ बिकृत हास्यास्पद बनाएको बौद्धिक भाटहरुको रजाइ चलाउने जस्तो स्थिति निर्माण भएको त्यसैले हाम्रो शिक्षा रटन्ताम, घोकन्ताममा चलेको पास हुने पलायन हुने नै यसको सीमा बनेको पाठ्यक्रम, अध्यापन परीक्षा समानान्तर सबै यसै कसरतमा अभ्यस्त छन् त्यसैलाई शैक्षिक पराक्रम ठान्दछन् त्यसैले हाम्रो शिक्षा पद्धतिमा अपवादलाई छाडेर सिर्जनात्मकताको कुनै गुञ्जायश रहेको पाइँदैन फलतः देशमा शैक्षिक बेरोजगारी बढ्दो संख्यामा पाइन्छ बिदेश पलायन शैक्षिक बेरोजगारहरुको नियति बनेको

त्यसले गर्दा आजको खाली समय बिभिन्न उपलब्ध उपकरणका कारण अवसरको समय बन्दै गएको यसको सोझो असर ब्यक्तिको उपलब्ध समयको मात्रा त्यसको बितरणमा परिरहेको आज खाली समयमा मानिसहरु भिडियो गेम, आइप्याड, इण्टरनेट च्याटिङ्ग तथा यस्तै अन्य काममा लगाइरहेको पाइन्छ यसो गरिरहँदा हामीले एउटाप्रति यथार्थ (काउण्टर रियालिटी) खडा गरिरहेका हुन्छौं जसको कुनै आदि अन्त्य हुँदैन आज सबैजसो कार्यहरु इ–आधारमा ‘अनलाईन’ हुन थालेका छन् वास्तवमा एउटा कृत्रिम जस्तो संसारको रचना हुँदै गएको यसरी विज्ञान प्रविधिको विकासको कारणले एउटा नयाँ बिश्व विकसित हुँदै गएको छ, तीब्र बेगले सञ्चालित प्रचुर मात्रामा सूचनाहरुको प्रवाहमा यो नयाँ बिश्व निर्भर के स्मरणीय भने विभिन्न शहरहरुमा डिजिटल संसारसँग अब बाल बच्चाको सम्वन्ध शीघ्र स्थापित हुन थालेको बिद्यालय जानुभन्दा पहिला लेख्न नजाने पनि बालबच्चाले धेरै ज्ञान आर्जित गरिसकेको हुन्छ अनुभव तथा शब्द ज्ञानको दृष्टि बालबच्चाहरु अब बढी परिपक्व हुन थालेका छन् उनीहरुको तयारी अपेक्षाहरु पनि पहिलाका तुलनामा भिन्न छन् सिक्ने शैली पनि बद्लिदै गएको यो एउटा ठूलो परिबर्तन हो तर यसका लागि हाम्रो अधिंकाश शिक्षा क्षेत्र न्यूनतमरुपमा पनि तयार देखिदैन यसैसँग जोडिएको प्रश्न शिक्षाको भार तर यसप्रति कसैको चासो प्रष्टरुपमा देखिएको पनि छैन कुनै कदम उठाउने संकेत पनि पाइँदैन शिक्षालाई बुद्धि, भावना कर्म यी तीन मुख्य तत्वको सन्तुलित विकासको रुपमा लिइने स्थिति बन्दैन केवल समाजका अन्य कृयाकलापसँग काटिएको बुद्धि तत्वमा मात्र जोड दिने त्यसैलाई सर्वश्व मानिने स्थिति रहिरहने हो भने त्यो देश जनताका लागि बोझ नोक्सानकारी ठहरिन्छ आज हामीलाई शिक्षा प्राप्तिको क्रममा यस्ता नागरिकहरुको निर्माण गर्नु परेको जो समाज निकट हुन् त्यसका लागि केही योगदान गर्न उद्यत रहुन् के पनि सोच्न अत्यावश्यक भने मानिसको आन्तरिक क्षमतामा ठूलो बैबिध्यता रहेको हुन्छ त्यसले गर्दा नै मानिसले एक वा अर्को क्षेत्रमा सफलता हासिल गर्ने सम्भावना नित्य निरन्तर रहिरहेको हुन्छ आज शिक्षा नीतिलाई सही दिशा दिने हो भने यो मान्यतालाई आधार मानेर मानिसको योग्यता सामथ्र्य आजको यो यथार्थलाई बुझेर स्वीकार गरेर नीति बनाइनु पर्दछ अब कुनै एउटा बुद्धिको कुरा मात्र होइन बहु बुद्धिको कुरा गरिनु पर्दछ यस ब्यापक विविधतलाई दृष्टिगत गरेर कृषि, उद्योग, बन्द–ब्यापार जस्ता आधारभूत क्षेत्रलाई बैज्ञानिक आधार प्रदान गर्ने विकसित तुल्याउने जलश्रोतलगायत ऊर्जाका श्रोत साधन, सीपको राष्ट्रिय हितमा सदुपयोगको ज्ञान, विज्ञानमा केन्द्रित हुनु नितान्त जरुरी यसरी समाजका असमाता, बिभेद असहजताको अन्त्य गर्ने समानता, सहजता सरलताका साथ आमजनताको जीवनयापन गर्न सक्ने बातावरण बनाउन हाम्रा शिक्षा जनकेन्द्रित विकास आधारित हुनु पर्दछ यही नै जनवादी शिक्षाको सारतत्व पनि हो त्यसैले आजका बिद्यार्थीहरुले ‘बैज्ञानिक शिक्षाको निम्ति लडाई सामाजिक परिवर्तनका निम्ति पढाई’ को संघर्षलाई आत्मसात गरेर यसलाई अघि बढाउन उद्यत हुनुपर्दछ यस धरातलबाट काटिएको वा अलग्गिएको शिक्षाले हाम्रो समाज राष्ट्रलाई सही दिशा गतिमा आजको राष्ट्रिय आवश्यकताअनुसार अघि बढाउन सक्दैन आजसम्मको अनुभवले पनि यो कुरा प्रष्ट पारिसकेको शिक्षामा माफियाकरण, ब्यापारीकरणलगायतका ब्याप्त बिसंगतिहरुको अन्त्य हुनुपर्दछ भन्ने माग उठ्नुको कारण पनि वास्तवमा यही नै हो यस्ता बिसंगतिहरुको अन्त्य नगरिएसम्म देशको स्वाधीनता, आत्मनिर्भरता, राष्ट्रिय विकास समुन्नत नेपालको आधारहीन गुड्डी हाँक्ने कुरामै देश पिछडिएको अधोगामी अबस्थामा रहिरहने कुरा निश्चित

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु