साम्यवादबिना मानव जातिको मुक्ति असम्भव

२०७८ श्रावण १८ गते, सोमबार

बलराम तिमल्सिना

समाजवादले लिङ्गीय मात्र होइन वर्गीय समस्याको पनि पूरै अन्त्य गर्न सम्भव छैन । समाजवादी व्यवस्था भनेको पुँजीवादको गर्भबाट जन्मने व्यवस्था भएकोले समाजवादमा पुँजीवादका कैयन चरित्रहरू रहेका हुन्छन् । निजी सम्पत्तिको अस्तित्व रहलपहल बाँकी नै रहेको हुन्छ । गणतन्त्र आइसक्दा पनि राजतन्त्रको भूतले जसरी हामीलाई लखेटिरहेको छ । जसरी अहिले पनि राजावादीहरू बाँकी नै छन् । जसरी ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा अझै पनि लागिरहेकै छ । जसरी राजतन्त्रको पुनस्र्थापनाको लागि विदेशी शक्तिहरूले षड्यन्त्र अझै गरिरहेका छन् । जसरी कतै राजतन्त्र आइहाल्ने हो कि भन्ने आश र त्रास अझै पनि छँदै छ । ठीक त्यसैगरी समाजवाद आइसक्दा पनि भर्खरै बलजप्mती समाजवाद मान्न बाध्य भएका पुँजीपतिहरू भित्रभित्रै पुँजीवाद फर्काउन षड्यन्त्र गरिरहेका हुने छन् । मानिसका दिमागमा पुँजीवादको कचरा बाँकी रहने छ । निजी सम्पत्तिले हजारौं वर्ष लगाएर स्थापना गरेका विवाह संस्थालगायत कैयन मूल्य मान्यता र आदतहरू रातारात बिलाएर जाने छैनन् । एउटा देशमा समाजवाद आए पनि शेष विश्वमा पुँजीवाद रहिरहेको हुने छ र त्यसको दबाब तथा प्रभाव समाजवाद आइसकेको देशमा पनि पर्ने छ । यसको अर्थ समाजवादले दाश युगदेखि पुँजीवादी युगसम्मका घाऊ खटिराहरू जोगाएर राख्छ भन्ने होइन । बरु सत्य कुरा के हो भने हजारौं वर्षबाट जरा गाडेर बसेका समस्याहरू समाजवाद आएको भोलिपल्टैबाट हराउने छैनन् । ती समस्याहरू विस्थापित हुने छन् तर ती कुनै न कुनै रुपमा रहिरहेका हुने छन् । समाजवादी समाजलाई पुँजीवादका किटाणुहरूले पटक–पटक आक्रमण गर्ने छन र ती आक्रमणहरूबाट समाजवादले जित्छ कि फेरि पुँजीवाद फर्कन्छ भन्ने कुरा भन्न सकिन्न । एक पटक समाजवाद आएका रुस, चीन, पूर्वी युरोपलगायतका देशमा पुँजीवादको पुनस्र्थापनाले त्यही कुराको पुष्टि गर्छ ।

केही पुँजीवादी वुद्धिजीविहरू समाजवादको प्रारम्भिक अवस्थामा रहेका देशहरूले इतिहासमा हल गर्न बाँकी रहेका वर्गीय, जातिय, लैङ्गिकलगायतका कुरा गरेर समाजवादले पनि हाम्रा समस्या हल गर्दैन भनिरहेका छन् । अझ त्यसभन्दा पनि अघि बढेर तिनीहरू पुँजीवादमा पतन भैसकेका रुस, चीन अनि आपूmलाई कम्युनिष्ट भनेर ठगी गरिरहेको यस अघिको नेपालको तथाकथित कम्युनिष्ट सरकारको हविगतलाई देखाएर– “लौ हेर्नुस् कम्युनिष्टहरू कस्ता खत्तम हुन्छन्” भनेर भ्रम सिर्जना गरिरहेका छन् । यसरी समाजवादले महिलाका या अन्य उत्पीडित समुदायका समस्याहरू हल गर्न सक्दैन भन्ने बुद्धिजीविहरूमा एकथरि सचेत रुपले समाजवादबारे भ्रम सिर्जना गरेर पुँजीवादको सेवा गर्न चाहनेहरू हुन भने अर्काथरि भने संशोधनवाद र पुँजीवाद नचिन्नेहरू हुन् । तिनीहरू झण्डा हेरेको भरमा कम्युनिष्ट र गैरकम्युनिष्ट भनेर वर्गीकरण गर्ने गल्ती गर्छन् र कम्युनिष्टको झण्डा बोकेर पुँजीवादको व्यापार गरिरहेका ठगहरूलाई कम्युनिष्ट नै सोचेर निराश हुन्छन् ।

आजसम्मको समाजले सिर्जना गरेका मानव जातिका सबै प्रकारका दुःखहरूको अन्त्यको थालनी समाजवादले गर्छ । थालनी गर्छ भन्नुको अर्थ सबै दुःखहरू समाप्त गर्छ भन्ने होइन । सबै दुःखहरूको अन्त्य गर्न समाजवादीहरूले नचाहेर होइन बरु ती दुःखहरूको अन्त्य गर्ने प्रकृया लामो हुने भएर हो । त्यसैले हामीले के बुझ्नु पर्छ भने मानव जातिका समस्त दुःखहरूको अन्त्यको लागि समाजवादको पनि उन्नत चरण साम्यवादमा पुग्न जरुरी छ । विश्व साम्यवाद नै मानव जातिले दुःखहरूबाट मुक्ति पाउने अन्तिम उपाय हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु