कमरेड बीरजंग मेरो सम्झनामा
स्थान ः मेरो कोठा ललितपुर ।
समय ः २०७८ असोज २८ गते बेलुकी ९ बजे वरिपरि ।
आकस्मिक मेरो दिमागमा बीरजंग दाइको सम्झना आयो र दाइको स्वास्थ्य स्थिति बारे कृति भाइलाई कल गरेर सोधें । उहाँले —“बीचमा दाइको स्थिति अलि विग्रिएको तर, पछिल्लो खबर फेरि अलि सुधार भएको भन्ने छ ।” यो खवरले त्यो रात सुविस्तासँगै सुतें । बिहान यस्तै ७÷८ बजेको बीचतिरको समय थियो, पुनः कृति भाइ कै फोन आयो — “दाइसित कुरा गर्नुस् ।” महासचिव कमरेडले ‘हेलो’ भन्नु भयो । मैले स्वर चिनेर अभिवादन गरें । उहाँले मधुर स्वरमा भन्नु भयो — “सन्तोष सर ! थाहा पाउनु भयो ?!” एकछिन रोकिनु भयो । मलाई बीरजंग दाइतिर शंकासम्म पनि गरेन ।
त्यसैले मैले— “केको बारेमा हो सर मलाई त केही थाहा छैन ।” यस्तो बेला दिमाग कति छिटो घुम्दो रहेछ, भने मेरो आशंका ‘कतै यातायात दुर्घटना पो भयो कि, एमसीसी, लिपुलेक वा यस्तै कुनै अप्रिय राजनैतिक घटना घट्यो कि’ भन्नेतिर दौडिरहेको थियो ।
यसै बेला —“बीरजंग हिजो बेलुकी बित्नु भए छ ।” म छाङ्गाबाट खसेजस्तो भएँ । अरु केही सुन्ने धैर्यता सबै गुम्यो मेरो, किन कि मेरो त्यहाँसम्म कल्पनै गरेको थिएन । हिजो साँझ मात्र सुधार भइरहेको भन्ने खबर पाएको थिएँ कृति भाइबाट ।
“तपाई प्रकाण्डसँग सल्लाह गरेर आउने मिलाउनु होला । हामी उहाँलाई ल्याउने व्यवस्था मिलाउँछौं, सायद आज पुग्न गाह्रो होला, भोलि नै गर्ने त होला दाहासंस्कार ।” त्यसपछि मेरो दिमाग खराब भयो । त्यो दिनभरि मेरो मुड खराबको खराब भइरह्यो । पढ्ने, लेख्ने, बोल्ने केही जाँगर चलेन । खाली उहाँको मात्र झझल्को आइरह्यो ।
अस्ति भर्खरै हो, १९ दिन मात्र भएको थियो मैले, मेरो जेठो दाइलाई यस्तै गरी गुमाएको र अन्तिम संस्कार गरेर आएको ४÷५ मात्र भएको छ । त्यो तात्तातो घाउ सेलाउन नपाउँदै त्यसैमा यो आकस्मिक घटनाले घ्यू थपेको थियो । बीरजंग कमरेडसँग विचार र भावनाबाट निकै घनिष्ठ थियौं । उहाँको निधनको आकस्मिक खबरले मलाई बिजुलीको झड्का जस्तो भयो । । यो बेजोडको झड्का थियो । दोस्रो यो राजनीतिक घटना थियो । त्यो पनि क्रान्तिसँग जोडिएको अर्को बेजोडको झड्का थियो ।
बीरजंग दाइ र म दुबै सहयोद्धा थियौं । दौंतरी थियौं । वर्गीय साइनोसित गाढा रुपले गाँसिएका थियौं, विचारमा एक थियौं, एउटै लक्ष्य उद्देश्यमा मरेसँगै बाँचेसँगै भन्ने बाचा थियो । सँगसँगै क्रान्ति सम्पन्न गर्ने, देशलाई साम्राज्यवादी सिकन्जाबाट मुक्त गर्ने, स्वाधीन नेपाल, स्वाभिमान नेपाली बनाउने र जनतालाई दलाल पुँजीवादी राज्यसत्ताबाट मुक्त गर्दै मुलुकमा वैज्ञानिक समाजवाद निर्माण गर्ने चाहना र प्रतिबद्धता थियो । एकीकृत जनक्रान्तिमा हामीसँगै हातेमालो गर्दै अघि बढिरहेका थियौं । आन्दोलनमा बीरजंग दाइसँगको सम्बन्ध कमरेडली सम्बन्ध त छंँदै थियो हाम्रो सम्बन्ध पारिवारिक सम्बन्ध जस्तै सम्बन्ध रहँदै आयो । म उहाँलाई “दाइ” र परिवारलाई “भाउजु” को साइनोले सम्बोधन गर्थें । उहाँले “सर” भनेर मलाई सम्बोधन गर्नुहुन्थ्यो । उहाँले कहिल्यै पनि मेरो नाम काढ्नु भएन ।
जन्मको हिसाबले उहाँ अघिल्लो साल फागुनको, म आउँदो नयाँ वर्ष भदौ महिनाको । सालले एक वर्ष, महिनाले ७ महिनाले फरक थियो हाम्रो उमेर । यसरी उमेरले दौँतरी, राजनीतिक रुपले सहकर्मी, एउटै पार्टी–राजनीति, विचारले एउटै विचार–सिद्धान्तमा आबद्ध, जिम्मेवारीले सहयोद्धा, क्षेत्र, भूगोलको हिसाबले उहाँ बसाई सरेर कपिलवस्तु झरे पनि रोल्पाको नाता भावनात्मक एकता गहिरो गरी गाँसिएको थियो । एउटै जिल्लामा जन्मेको, हुर्केको सबै हिसाबले नजिक भावनात्मक सम्बन्ध, सँगसँगै पढेका, स्वभाव, कुराकानी, खानापिना, आनी–बानी मिल्ने, जातले उहाँ ठकुरी म मगर तर हाम्रा बीचमा कुनै चीजमा अन्तर–विभेद छैन, व्यक्तिगत रुपले भन्नु पर्दा उहाँमा ठकुरीपनको कुनै पनि रन्धगन्ध थिएन । जोसँग पनि मिल्ने, उच्चनिच, ठूलो–सानो, अहँकार, घमण्ड, यो खाने, यो नखाने केही छैन । सर्वहारा कम्युनिष्ट संस्कृति थियो उहाँमा । असलीमा उहाँ एकजना असली कम्युनिष्ट हुनुहुन्थ्यो ।
राजनीतिमा पनि २०३६ सालको विद्यार्थी राजनीतिमा सँगसँगै एउटै राजनीतिक परिवेशले हामी दुबैलाई कम्युनिष्ट क्रान्तिकारी राजनीतितिर तान्यो र त्यसले पारेको गहिरो प्रभाव, एउटै पार्टी, एउटै उद्देश्य बोकेका हामी राजनीतिक सहकर्मीहरु सँगसँगै राजनीतिक यात्रा तय ग¥यौं । नेकपा (मशाल), (एकताकेन्द्र), (माओवादी), (एमाओवादी), नेकपा—माओवादी, नेकापा माओवादी, नेकपा (माओवादी), नेकपा का लामो यात्रा सँगसँगै तय गर्दा कुनै पनि पार्टीमा एक पाइलो पनि तलमाथि भएनौं । यसै दौरानमा धेरै पटक हाम्रा कार्यक्षेत्र पनि एकै ठाउँमा प¥यो । जनयुद्ध कालको शुरुवातीतिरबाटै उहाँ बाग्लुङ–म्याग्दी–मुस्ताङको संयुक्त जिल्ला कमिटीको सेक्रेटरी हुनु भयो । २०५८ मा मलाई पनि पार्टी केन्द्रले रोल्पा जिल्लाबाट सरुवा गरेर प्यूठान, बाग्लुङ, म्याग्दी, मुस्ताङको भौगोलिक कमाण्डको इञ्चार्जको जिम्मा दियो । म कमानको र उहाँ ब्यूरोबाट संयुक्त जिल्ला कमिटीको जिल्ला इञ्चार्ज भएर सँगसँगै प्यूठान, बाग्लुङ, म्याग्दीका गाउँ बस्ती, पाखा पखेरीहरुमा हिउँ ओछ्याउँदै दुश्मनसँग पौंठेजोरी खेल्दै हिड्यौं । पछिल्लो समयमा उहाँ लुम्बिनी ब्यूरो इञ्चार्ज म यसै क्षेत्रको मध्यपश्चिम कमाण्ड (राप्ती, लुम्बिनी, धौलागिरी र गण्डक ब्यूरोहरु) को कमाण्ड इञ्चार्ज भएर लामो समय सहकार्य ग¥यौं । पार्टी कार्यकर्ताहरुलाई धेरै पटक धेरै विषयहरुमा सँगसँगै प्रशिक्षण ग¥यौं । पछिल्लो समयमा खासगरी प्रतिबन्धपछि म पूर्वी कमाण्डको जिम्मा लिएर गएपछि उहाँ मध्यपश्चिम कमाण्ड इञ्चार्ज हुनु भयो । यस अवधिमा यो उहाँको दोस्रो पटकको गिरफ्तार थियो । पहिलो गिरफ्तारी प्रतिबन्धपूर्व आफ्नो जेठो छोरो बीएस चन्द दिल्लीको एउटा अस्पतालको अप्रेशन वेदमा जीवन–मरणको अवस्थामा छट्पटाइरहेको बेला आर्थिक व्यवस्थापनको लागि काठमाडौँ गएको बेला बूढानीलकण्ठ आफ्नै आफन्तको घरबाट पक्राउ पर्नु भयो । यस बेला पनि लामो समय विभिन्न जिल्लाका हिरासतहरुमा घुमाइयो, शारीरिक र मानसिक यातना दिइयो । उहाँ पहिलेदेखि सुगर, प्रेसर रोगबाट पीडित हुनुहुन्थ्यो । त्यसैमा पहिलो गिरफ्तारीबाट उहाँको स्वास्थ्य स्थिति निकै नाजुक बनेको थियो । दोस्रो गिरफ्तारी प्रतिवन्धको बेला थियो यो बेला सरकार अझ कठोर बनेको थियो । रातारात जिल्ला—जिल्ला घुमाउने, बेलामा खाना, आराम र औषधोपचारको अभाव, कतिपय पुलिस अफिसर र जवानहरुले नरम व्यवहार गरे जस्तो गरे पनि हिरासतमा पुलिस प्रशासनले कठोर व्यवहार सबैलाई थाहै छ, यो स्थितिले उहाँलाई झन्–झन् रोगले च्याप्दै लग्यो । जेलबन्दीकै अवस्थामा उहाँलाई कोभिड भयो । यसलाई पनि पचाउनु भयो तर उहाँको ज्वरो आउने क्रम रोकिएन । यही अवस्थामा पार्टीको पहलमा उहाँ रिहा हुनु भयो । बाहिर आएपछि पनि उहाँको ज्वरो रोकिएन । निरन्तर उपचारको क्रममा बुटवल, काठमाडौंका गंगालाल, सिभिल र ग्राण्डी अस्पतालहरुमा भर्ना गरी उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आएन । डाक्टरहरुले रोगै पत्ता लगाउन सकेनन् । उहाँको स्वास्थ्य झन्पछि झन् बिग्रिँदै गयो । अन्तिममा दोस्रो पटक ग्राण्डीमा जाने बेला उहाँको अवस्था निकै नाजुक बनेको थियो । अन्तमा ग्राण्डीले दिल्लीको मेक्स अस्पताल रिफर ग¥यो । दिल्ली नजाँदासम्म हाम्रो दिनहँु जसो नियमित भेटघाट भइरह्यो । पार्टी हेडक्वाटरले पनि निरन्तर निगरानीमा राखिराख्यो । जव दिल्ली जानु भयो, उहाँ भौतिक रुपले हामीबाट टाढा हुनु भयो, हाम्रो प्रत्यक्ष निगरानीबाट टाढा हुनु भयो तर फोनबाट सहयोगी भाइ नवीनमार्फत् निरन्तर सम्पर्क र दैनिक अवस्था बुझ्ने काम कार्यलयमार्फत् भइरह्यो ।
पार्टी जिम्मेवारीको हिसाबले जनयुद्धको शुरुवातीसँगै उहाँ बाग्लुङ–म्याग्दी–मुस्ताङ जिल्लाको संयुक्त जिल्ला कमिटीको सेक्रेटरी भएर जानु भयो । पछि उहाँ त्यहीँ कै इञ्चार्ज हुनुभयो । २०६० तिर उहाँ जनमुक्ति सेनाको कम्पनी र बटालियन कमिसार भएर सैन्य कमाण्डको जिम्मा सम्हाल्नु भयो । सैन्य कमिसारको जिम्मेवारी पनि कुशलतापूर्वक गर्नुभयो । थुप्रै लडाइहरुको नेतृत्व गर्नुभयो । संगठनमा होस् वा सेनामा उहाँले अनुशासन र विधिपद्धतिलाई कडाईका साथ लागू गर्नु हुन्थ्यो । स्वभावका हिसाबले आँटिलो, साहसी, अति मिलनसार, प्रष्ट दृष्टिकोण, दृढ विचार, संगठनमा अनुशासित, लगनशील, इमान्दार, क्रान्तिकारी, वर्ग संघर्षमा आक्रामक, क्रान्तिकारी, कहिल्यै पछि नहट्ने, कुशल योजनाकार र परिचालक, वर्ग दुश्मनप्रति तीव्र घृणा, ‘वर्गसमन्वय, अकर्मण्यता, आत्मसुरक्षावाद, आत्मसमर्पणवाद र विचलनवादका, चाप्लुसी, षड्यन्त्र, जालझेल’ जस्ता गलत चिन्तन–प्रबृत्तिको उहाँ घोर विरोधी र देखि नसहने, खुला, स्पष्ट र दृढ निश्चिय भएको, आत्मविश्वासी, मित्रप्रति नरम, दुश्मनप्रति कडा रुख, प्रभावकारी र आकर्षक ब्यक्तित्व ९एभचकयलबष्तिथ० ले धनी कमरेड बीरजंगबाट हामीले सिक्नु पर्ने धेरै कुराहरु छन् । यी सकारात्मका शिक्षाहरु क. बीरजंगबाट सिक्नु पर्ने शिक्षाहरु हुन् । उहाँ पार्टी, आन्दोलन र समाजको एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको व्यक्तित्वको अगाडि दुश्मन पनि नतमस्तक हुन्थे । हाम्रो पार्टीभित्र त उहाँ एक आदर्शको पात्र र उदाहरणीय व्यक्ति र असल अभिभाक नै हुनुहुन्थ्यो । त्यसैले पनि वर्ग दुश्मनहरु उहाँलाई पहिलो निशानामा राखेका थिए । भित्रैबाट भन्नु पर्दा उहाँलाई वर्ग दुश्मनले गोलीले होइन, जेल–हिरासत मै तड्पाई–तड्पाईयो मा¥यो । उहाँलाई यो अवस्थामा पु¥याउनेमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले साम्राज्यवाद वा दलाल पुँजीवादी शासक वर्गहरुको हात रहेको छ । उहाँ गम्भीर खालका दीर्घ रोगले पीडित हुनुहुन्थ्यो । नियमित औषधि खाइरहने विमारीलाई बेलामा औषधि नदिने, उपचार नगर्ने, खानापिनामा प्रतिकुलता पैदा गरिदिने, हिरासतहरुमा तड्पाइरहने, शारीरिक र मानसिक रुपले यातना दिइरहने, औषधोपचारको सट्टा दुव्र्यवहार गर्ने, अपमान गर्ने गर्ने, जिल्लाहरुमा घुमाइरहने, बिरामीहरुलाई दिइने र गरिने न्यूनतम मानवीय स्वास्थ्य सुविधाबाट समेत बञ्चित गरेर उहाँको स्वास्थ्यसम्बन्धी मानवअधिकारको हनन् भएको छ । यी सबै साम्राज्यवाद र तिनका दलालहरुले गरे । जसले उहाँलाई कहिल्यै सञ्चो नहुने, विमारी पत्तै नलाग्ने जस्ता स्थितिमा पु¥यायो । अन्ततः उहाँको निधन भयो ।
साँच्चै नै उहाँको निधनले पार्टी र क्रान्तिमा अपुरणीय क्षति पुगेको छ । पार्टी र क्रान्तिले एउटा असल नेता, असल योद्धा, असल अभिभावक गुमाएको छ । हरेक अवस्थामा पार्टीमा उहाँको अभाव खड्िकएको छ र खड्किरहने छ । त्यो अभावलाई हामीले कति पूरा गर्न सक्छौं ? यो हाम्रो अगाडि चुनौतिको विषय बनेको छ ।
उहाँको जन्म २०१७ साल फागुन ७ गते हालको रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नं. ३ इरिबाङमा भएको थियो । उहाँको परिवार २०४५ सालमा साविकको रोल्पा इरिबाङबाट बसाई सरेर कपिलवस्तु भगवानपुर झरेको थियो । उहाँ बुवा चित्रबहादुर चन्द बसाई सरेपछि २०५४ सालमा निधन भयो । आमा कुशीकुमारी चन्द (घर्ती) ९२ वर्षको अझै पनि हुनुहुन्छ । बुवा आमाका ३ छोरा, ३ छोरीहरु (६ सन्तान) मा उहाँ तेस्रो सन्तान हुनुहुन्थ्यो । उहाँको २ दिदी, २ भाइ र एक बहिनी हुनुहुन्छ । उहाँले प्यूठान खलङ्गा कोटबाट राजकुमारी चन्द (शाह) सँग २०३६ सालमा मागी विवाह गर्नुभयो । हाल उहाँका बीएस र दिलिप दुई भाइ छोराहरु, दुई बुहारीहरु र ७ नातिनातिनाहरु छन् । शिक्षारंभ उहाँले प्रारम्भिक शिक्षा आफ्नै गाउँको प्रावि क्यूरी इरिबाङबाट गर्नुभयो । हाइस्कूल श्री बालकल्याण मावि लिबाङ र जनता मावि बाघदूला प्यूठानबाट गर्नु भयो । एसएलसी बोर्ड परीक्षा प्यूठान खलंगाबाट दिनु भयो । उहाँ परिवारको जेठो छोरो, पारिवारिक लगनगाँठो, व्यवहारिक चाप आदि कारणले माद्यमिक शिक्षाभन्दा माथि आफ्नो शैक्षिक योग्यतालाई अगाडि बढाउन सक्नु भएन । बरु उहाँ जागिर खानेतिर लाग्नु भयो । २०३६ र ४६ को बीचमा एक दशकमा उहाँले ४ ठाउँमा अस्थायी जागीर खानु भयो अन्तमा सबै त्याग्नु भयो । यसैभित्र विवाह पनि गर्नुभयो । उहाँले गाउँ पञ्चायत सचिव, शिक्षक र नापतौल विभागको कर्मचारीको जागिर खानुभयो, बुवा, काकाहरुले करबल र दवावले उहाँ बृटिश आर्मीमा पनि भर्ती हुनुभयो तर भर्ती पनि हुनु भयो तर त्यो जागिर खान पनि उहाँलाई मन लागेन र पोखरा क्याम्पबाटै आर्मीको जागिर छाडेर भागेर घर आउनु भयो । अन्तिममा २०४६ मा नापतौल विभागबाट राजिनामा दिएर निस्कनु भयो । ४६ पछिको खुला परिवेशमा पार्टी राजनीतिमा सक्रिय हुनुभयो । २०४९ सालको स्थानीय निर्वाचनमा शिवपुर गाविसको अध्यक्ष पनि जित्नु भयो र गाविस अध्यक्ष पनि सफलतापूर्वक चलाउनु भयो । उहाँ हरेक व्यवहारिक कामहरु परिपक्व र सफल हुने गरी गर्नु हुन्थ्यो ।
राजनीतिक रुपले पनि ३६ साले क्रान्तिकारी ट्रयाकले च्याप्प पक्रेकाले कहिले कतै पनि दायाँ–बायाँ गर्नु भएन । सांगठनिक हिसाबले ४५ पछि नै उहाँ पार्टीमा सक्रिय भएर काम गर्नुभयो तर राजनीतिक आस्थाको हिसाबले पञ्चायतकालमा भूमिगत रुपले महत्वपूर्ण काम गर्नु भयो । उहाँको काका नारायण चन्द रोल्पा जिल्लाको पञ्चायतको पहिलो माननीय सदस्य हुन् । रोल्पा जिल्लाबाट दुईजना रापंसको सीतमा बालाराम घर्ती मगर र नारायण चन्द शुरुदेखि माननीय बने । नारायण चन्द २०३४÷३५ सम्म माननीय रहे । उहाँको परिवार पञ्चायतकालदेखि राजनीतिक परिवार थियो । त्यसैको प्रभाव नै क. बीरजंगको परिवार नै राजनीतिक परिवारमा हुर्केकोले उहाँहरुमा राजनीतिक संस्कार थियो । ४५ पछि उहाँ राजनीतिमा सक्रिय हुँदै २०३६ पनि उहाँले खुलेर राजनीतिको शुरुवात गर्नुभयो । ४६ को आन्दोलनपछि भने उहाँले निरन्तर क्रान्तिको यात्रा अविराम र अथक रुपमा तय गर्नुभयो, जुन यात्रामा यहाँसम्म आउनु भयो । उहाँलाई प्रचण्डले कहिल्यै के.स.मा ल्याउनु भएन । २०६९ मा प्रचण्डबाट छुटेपछि मात्र उहाँ केन्द्रीय समितिमा आउनुभयो । २०७३ को महाधिवेशनपछिको आठौं केन्द्रीय समितिले उहाँलाई पोलिटब्यूरो सदस्यको जिम्मा दिएको थियो । यसपछि उहाँले निरन्तर आधार इलाकाको नेतृत्व गर्दै आउनु भएको थियो ।
यसरी उहाँको यो निरन्तर क्रान्तिको यात्रा निरन्तर जारी छ, उहाँले अधुरो छाडेको यो यात्रा अरु सहयात्रीहरु, हामीले निरन्तर जारी राख्ने छौं । हामी त्यही यात्रा पछ्याउँदै अघि बढिरहेका छौं र बढ्दै जाने छौं । पक्कै पनि एक दिन यो यात्रा पूरा हुने छ । उहाँको उद्देश्य पूरा हुने छ । उहाँ अन्तिमसम्म हाम्रै साथमा हुनुहुने छ । उहाँको यो अविरल यात्रा, उहाँको त्यो महान् उद्देश्य, उहाँको अचुक प्रतिबद्धता एक दिन पूरा हुने अवश्य हुनेछ, त्यो हामीले पूरा गर्नेछौं ।
नवीन भाइ बीरजंग दाइको उपचारमा करीव शुरुदेखि अन्तसम्म (काठमाडांैदेखि दिल्ली अस्पतालसम्म र दिल्लीदेखि घरसम्म) सँगै हुनुभयो । उहाँले हामीलाई अद्योपान्त कहानी सुनाउनु भयो । सि¨ो पार्टीले, घर परिवारले, जिल्ला पार्टीले उहाँलाई बचाउन आर्थिक भौतिक रुपबाट अनेक प्रयास ग¥यो, गरियो तर कुनै हालतमा बचाउन सकिएन । यो घटनाबाट केही समीक्षा गर्नु पर्ने र केही शिक्षाको विषय पनि बनेका छन् । यो घटना पार्टी र क्रान्तिको निम्ति असाध्य दुःखदायी र घातक बनेको छ ।
यो घटनाले मेरो दिमागमा एउटा तर¨सँग पैदा गरेको छ । नवीन भाइको अनुसार “२८ गते बेलुकी ९÷१० बजे वरपर नै उहाँको प्राण गएको जस्तो छ तर डाक्टरले राति १२ बजेतिर मृत घोषणा ग¥यो” भन्ने छ । यो उहाँको जीवनको अन्तिमतिरको क्षण हो । त्यसै बेला मलाई एक्कासी झल्याँस सम्झना आयो । के “संयोग” मात्र हो ? यो मेरो मनमा उब्जेको प्रश्न हो । त्यो सम्झनाले मैले त्यो समयमा उहाँको बारेमा बुझ्न कृति भाइलाई फोन गरेको हो । जतिवेला उहाँको बारेमा कुरा गरिरहेका थियौं, त्यतिबेला उहाँ आइसियुमा जीवनको अन्तिम क्षणमा हुनुहुँदोरहेछ । सायद यति बेला बीरजंग दाइले पनि यता हामीलाई सम्झी रहनु भएको थियो कि ? यसले मलाई यति अप्रमाणित तर अनुसन्धान गर्नुपर्ने एउटा प्रश्न छ — के कसैले कसैको बारेमा वा कुनै चीजको बारेमा सोच्ने बेला त्यो सोचका तर¨हरु हावामा जान्छन् कि जान्नन् ? जसरी पृथ्वीको एक कुनामा बोलेको, लेखेको चीजहरु पृथ्वीको अर्को कुनामा वा कुनै पनि कुनामा क्षणभरमा जान्छ । दिमागी तर¨हरु यसरी नै जान्छन् होला त ? एउटाले अर्कोलाई याद गरिरहेको बेला अर्को यादमा अर्थात मस्तिष्कको स्मण सेलहरुलाई प्रभावित पार्छ कि पार्दैन ? कतै बीरजंग दाइले सम्झिरहेको बेला त्यो तर¨ मेरो स्मरण सेलहरुलाई सक्रिय बनाएकोले त्यही बेला झल्याँस उहाँको याद आएको त होइन ? कतै यो दिमागी तर¨को प्रभाव त होइन ? वैज्ञानिकहरु र खोजकर्ताहरुलाई एउटा प्रश्न खडा भएको छ । नहुन पनि सक्छ, हुन पनि सक्छ । यो अनुसन्धानको विषय भयो । बीरजंग कमरेडले जीवनको अन्तिमतिर हामीलाई सम्झने बेला फैलिएका उहाँका दिमागी तर¨हरुले उहाँलाई सम्झने हाम्रो दिमागका फाइल सेलहरु भाइव्रेट भएर एक्टिभेट गरिदिँदा दिमागमा पैदा हुने स्मरणहरु, उहाँको बारेमा स्टोर भएका स्मरण केशिकाका सेलहरु तर¨ित हु“दा पैदा हुने परिणाम नै पो सम्झना हो कि ? एउटा कुनामा बोलेको ध्वनि तर¨ पृथ्वीको अर्को कुनामा कसरी क्षणभरमा सुनिन्छ, एउटा उपकरणको माध्यमबाट ? पृथ्वीको कुनै पनि कुनामा लेखिएको मेसेज हावाको तर¨बाट अर्को ठाउँमा जजिलरी कसरी जान्छ, तस्वीरहरु कसरी तर¨बाट जान्छन् कसरी एक मान्छेले क्षणभरमा रिसिभ गर्दछ । यस्तै दिमागी सोचका तर¨ पनि त यस्तै हुँदा हुन्, दिमागी तर¨ नाप्ने उपकरण, रिसिभ गर्ने उपकरण अझै बन्न सकेको छैन । यद्यपि सुनिन्छ वैज्ञानिकहरु यो प्रयासमा पनि छन् । कुनै दिन संभव हुन पनि सक्छ । कुनै घटनाहरु किन ठ्याक–ठ्याक मिल्न जान्छन् । एक मात्र भए “संयोग” हो तर यो उखानै बनेको अवस्था छ । खैर यो एउटा दिमागी तर¨ मात्र हो । अप्रमाणित कुरा हो, अनुमानको कुरा हो, खोजको कुरा हो । यसबारे वैज्ञानिक खोज–अनुसन्धान बाँकी नै छ । अहिलेलाई यो दिमागीे तर¨ मात्र हो । यसलाई यतिमात्र भनौं —
बीरजंग दाइलाई स्वास छँदै भेट्न नपाए पनि संझेको रहेछु वा उहाँले स्वास नजाँदै दिमाग क्रियाशिल रहँदै अन्तिम पटक संझनु भएछ भन्न मन लागेको छ । यो मेरो मनोगत कुरा मात्र हो । सत्य कुरा त उहाँसँग असोजको ३० गते बिहान दश बजेतिर मात्र केवल उहाँको पार्थिव शरीरसँग उहाँकै बूढो घरको प्राङ्गणमा भेट भयो तर मात्र पार्थिव शरीरसँग । अविर, माला र नेपाल कम्युनिष्ट पार्टीको रातो झण्डा अडायौं । अन्तिम पटक लालसलाम ग¥यौं । उहाँको शवयात्रामा सहभागी भयौं । गाउँले संस्कारअनुसार अन्तिम दाहसंस्कार ग¥यौं । अन्तिमा उहाँको चित्ताको खरानी छोएर बाचा ग¥यौं । दाइ तपाईले छाडेका अधुरा कार्य हामी पूरा गर्ने छौं । हामीले पनि अधुरो छाड्नु प¥यो भने हाम्रा पछिल्लो पिँढीले पूरा गर्ने छन् । किनकि हामी पनि चिनियाँ लोककाथाको त्यही “मूर्ख बूढो” को अनुयायी हौं ।

अव आदरणीय बीरजंग कमरेड हामीसँग हुनुहुन्न । उहाँ क्रान्तिको उर्जा बनेर हाम्रा विचार, व्यवहार, कार्यशैली, जीवनशैलीहरुमा प्रवेश गर्नु भएको छ । जहाँ आपति पर्छ, जहाँ समस्या पैदा हुन्छ, जहाँ आस्थाहरु डगमगाउँछन्, जहाँ प्रतिबद्धताहरु धर्मराउँछन्, आँच आउँछ, जुनजुन बेला राष्ट्रिय अस्मिता लुटिन्छ, स्वाधिनतामाथि साम्राज्यवादीहरु खुनी नङ्ग्राहरु गाढिन्छन् र जहाँ दलाली, चाप्लुसी, चाकडी बढ्छन्, जहाँ भ्रष्टाचार मौलाउँछ, वर्ग संघर्ष ओझेलमा पर्छ, क्रान्तिकारीहरु अझेल पर्ने र अवसरवादीहरुको हालिमुहाली बढ्छ, त्यहाँ त्यहाँ कमरेड बीरजंग विचारको उर्जा बनेर खडा हुनेछन्, खबरदारी गर्ने छन् । जेल र हिरासतहरुमा धैर्य, शक्ति र दृढ विचार बनेर उभिने छन् । वर्गसंघर्षमा बन्दुक, बारुद, बमगोला बनेर पड्कनेछन् । जुन दिन नेपालबाट साम्राज्यावादले सदाका लागि कुम्लो बोकेर भाग्नेछ, जुन दिन नेपालबाट दलाल पुँजीवाद चित्तामा जल्ने छ, त्यसबेला कमरेड बीरजंग हँसिया हथौडा अंकित रातो झण्डा बनेर फरफराउने छन र नारा लगाउने छन् — एकीकृत जनक्रान्ति — जिन्दावाद ! नेकपा — जिन्दावाद ! दलाल पुँजीवाद — मूर्दावाद, साम्राज्यवाद — मूर्दावाद ।
जुन विहान उहाँको कान्छो भाइ, एकीकृत जनक्रान्तिका प्रबर्तक, वैज्ञानिक समाजवादका चिन्तक, प्रनेता कमरेड विप्लवले एउटा झकिझकाउ राता सुनौलो रंगका हँसिया हथौडा अंकित झण्डाहरुको माझ चम्किलो समाजवादी मञ्चबाट देव्रे हातको चोर औंला ठड्याउँदै हजारौं–लाखौं जनता र कार्यकर्ताको तालीका गड्गडाहट बीच उभिएर वैज्ञानिक समाजवादको घोषणा गर्ने छन् —
आदरणीय जनसमुदायहरु !! आजबाट नेपालमा दलाल पुँजीवादको अन्त भएको छ,
तपाईंहरुको अन्तिम चाहना, वैज्ञानिक समाजवादको स्थापना भएको छ,
यो आदरणीय वीर सहिदहरुको रगत, लाखौं राता नेता, कार्यकर्ता, युवाहरु, बुद्धिजीवीहरु, पत्रकारहरु, देशभक्तहरु र तपाई करोडौं जनसमुदायको रगत–पसिनाले मात्र संभव भएको छ,
आजदेखि सारा उत्पीडनहरुको, असमानताहरुको, विभेदहरुको अन्त्य भएको छ,
बीर सहिदहरु — लाल सलाम ।
जनक्रान्ति — जिन्दावाद ।
कान्छो भाइले यो घोषणा गर्ने बेला कमरेड बीरजंग सुनौलो विहानी बनेर उदाउने छन्, शान्ति र समृद्धि बनेर आउनेछन्, सारा जनताको सुख–दुःखको साथी बनेर आउनेछन् । त्यति बेला साम्राज्यवादी डाँकाहरु उत्तरकोरियालाई झैं नेपाल र नेपाली जनतालाई नाकाबन्दी गर्न कोसिस गर्नेछन् । लेनिन र स्टालिनको समाजवादलाई सबै पुँजीवादी डाँकाहरु मिलेर हमला गरेझैं हमला गर्न सक्छन् । त्यति बेला कमरेड बीरजंग राष्ट्रिय सुरक्षा सेना बनेर उभिनेछन् । आज उहाँले रुप बदल्नु भएको छ, भेष बदल्नु भएको छ, शोक चिन्ता गर्नुभन्दा उहाँको पद पछ्याउँ, यो नै असलीमा उहाँप्रतिको श्रद्धाञ्जली हुने छ ।
अन्तमा उहाँ रिहाइपछि उपचार शुरु भएपछि शुरुदेखि अन्तसम्म सहयोगी भूमिका खेल्ने नवीन भाइलाई धेरै धेरै धन्यवाद । आदरणीय बीरजंग दाइलाई हार्दिक श्रद्धाञ्जली, परिवारजनमा धैर्यधारणको कामनासहित हार्दिक समवेदना, महासचिव कमरेडलाई यो दुःखको घडीमा धैर्यधारणको कामनासहित हार्दिक समबेदना छ र एकीकृत जनक्रान्तिमा अन्तिम विजयसम्म, जीवनको अन्तिम घडीसम्म साथ दिने प्रतिबद्धता र ऐक्यबद्धता जाहेर गर्दछु । कमरेड बीरजंग लालसलाम ।