बेमौषमी वर्षा, प्रचण्डको जीपलाईनको मज्जा र नेपाली सपना

२०७८ कार्तिक ९ गते, मंगलवार
नन्दलाल खरेल



मुलुकमा अविरल भएको बेमौसमी वर्षाले व्यापक धनजनको क्षती भएको बेला सत्ता गठवन्धनका प्रमुख नाइके आपूmलाई कम्युनिष्ट क्रान्तिकारी पार्टीको नायक सम्झने कमरेड प्रचण्ड अर्थात पुष्पकमल दाहालले धुलीखेलको जिपलाईनको मज्जा लिदै हुनु हुन्थ्यो । बाढी, पहिरो, डुवान जस्ता विपत्तिले देश जनता आक्रान्त भएको बेला ‘रोम जालिरहेको छ निरो बासुरी बजाइरहेको छ’ जस्तो प्रतित भएको छ । उनी जिपलाइनको मज्जा लिनुको सट्टा पिडित परिवारलाई भेट्न गई उनीहरुलाई मलमपट्टी लगाउनु पर्ने होइन ? जनता शोकमा डुवेको बेला प्रचण्डले हावामा सरर उड्न सुहाउथ्यो ? अनकुल परिस्थितिमा गएको भए जनताले कुनै नकारात्मक प्रतिक्रिया दिदैन थिए होलान् ।
जनयुद्ध देखि पहिलो संविधान सभाको चुनावसम्म लोकप्रिय रहकोे अभैm पनि केन्द्रिय राजनीतिमा अगाडी रहेका प्रचण्डले (जनता बाढी पहिरोमा, सलल नेता जिपलाइनमा सरर, हाम्रो नेपालमा) बेमौसमको बाजा बजाउन मिल्दैनथ्यो । प्रचण्ड एक सामान्य व्यक्ति मात्र होइनन्, उनी जनयुद्धका नाइके हुन् । अहिलेको परिवर्तन अर्थात लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसीता जस्ता उपलब्धीमा उनको केन्द्रीय भूमिका छ । यो प्राप्त गर्न १७ हजार जनताको बलिदानी भयो । के त्यो बलिदानी मोजमस्ती घुमफिर र ऐसआरामको जिन्दगीको लागि थियो ? जनयुद्धको कठिन समयमा सर्वहाराकरण र कम्युनिष्टकरण भन्दै व्यक्तिगत सम्पत्ति पाटीलाई बुझाउन तयार माओवादी पङ्त्ति शान्तिवार्ता पछि आर्थिक क्षेत्रमा सबैभन्दा भद्दा, कुरुप र पतीत देखा प¥यो । मूल्यहीन प्रकारले पार्टीको पैसा लुकाउने, भ्रष्टाचार गर्ने र जनताले कब्जा गरकोे जमिन बेचेर खाने, आफ्नो नाममा बनाउने सम्मको हर्कत गरे । प्रचण्ड मात्र होइन उनको वरिपरि घुम्ने अन्य नेताहरुको जिवन शैली आज हेरौ त ? के उनीहरुको जीवन शैली राजा महाराजाको भन्दा कम छ ?
नेपाली जनताले सामान्यतः २००७ साल वरिपरिबाट विशेषतः २०५२ साल फागुन १ गतेबाट सामन्ती एकात्मक र संसदीय प्रतिक्रियावादी राज्यसत्तामा क्रान्ति गर्न लगातार जनसङ्घर्ष र जनयुद्ध सञ्चालन ग¥यो । २०६३ सालयताको यात्रामा पनि राष्ट्रले स्वाधिनता र जनताले जनवादी राज्यसत्ता प्राप्त गर्न सकेनन् । बरु सत्ताको चरित्र सामन्ती निरङकुशताबाट दलाल पुँजीवादमा फेरियो । यस सत्ताको व्यवस्थालाई २०७२ असोज ३ गते जारी गरिएको कथित संविधानले सङ्घीय लोकतन्त्रिक गणतन्त्र नामकरण ग¥यो । देशमा अहिले कायम दलाल पुँजीपतिवर्गको सत्ता र यसका शासकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासकीय जलपले छेक्न नसक्ने प्रायः भएको छ । देशमाथि भइराखेको राष्ट्रघात, दलालीकरण, आत्मसमर्पण, जनयुद्ध र जनआन्दोलनबाट स्थापित जनताका राजनीतिक अधिकारहरुको कटौती, जनघात, भ्रष्टाचार कालोबजार, कमिसनको डर लाग्दो खेल, राजस्व छली जनताको दैनिक उपभोग्य वस्तुमा आतङ्क सिर्जना गर्ने मूल्यवृद्धि लगायत यावत समस्या वर्तमान दलाल पुँजीपति वर्गको सत्ता र यसका शासक संसदवादीहरुको उपज हो । नेपाली जनताको ऐतिहासिक एवम् निर्मम् पहलकदमीबाट कहालीलाग्दो अवस्थालाई नरोक्ने हो भने देश र जनताको अस्तित्व नै नामेट हुने खतराको सङ्केत देखिदैछ ।
मुलुकमा यतिबेला ५ दलिय गठवन्धन सरकार छ । गठवन्धन सरकारमा कमरेड प्रचण्डको भूमिका मुख्य छ । यो सरकारले पूर्णता पाउन अर्थात मन्त्रमिण्डल विस्तार गर्न ३ महिना लाग्यो । अहिले यो सरकारले सयदिनको मधुपास पुरा गरेको छ । जनताहरु यो सरकार प्रति ‘कागलाई बेला पाक्यो हर्ष न विष्मात’ को अवस्था छ । यो सरकारले राम्रा काम एउटा पनि गर्न सकेको छैन । जनभावना विपरित गजेन्द्र हमाललाई मन्त्री बनायो । विवाद बढेपछि हमाल आपैmले लज्जीत भएर राजीनामा दिए । ओली सरकारमा भएका भ्रष्टाचार काण्डहरुलाई छानवीन गर्नुको सट्टा कताबाट भ्रष्टाचार गर्न सकिन्छ त्यो छिद्रहरु खोज्न व्यस्त भएको देखिन्छ । मूल्य वृद्धि कालाबजारी दिन दो गुना राता चौ गुना बढेको छ । विकास निर्माणका कामहरु ठप्प भएका छन् । पुँजीगत खर्चको अवस्था अत्यन्तै कमजोर छ । व्यापार घाटा उच्चस्तरमा बढेको छ ।
मुलुकमा लोकतन्त्र स्थापना भएको १५ वर्ष भएको छ । तर आज नेपाली जनताले लोकतन्त्रको अनुभूति पाउन सकेका छैनन् । १५ वर्ष अघि लोकतन्त्र स्थापना हुदै गर्दा आम नागरिकले जुन सपना देखेका थिए ती आज पनि अधुरै छन्, अपुरै छन् । सिद्धान्ततः लोकतन्त्र र गरिवी एक अर्काका दुशमन हुन् अर्थात जहाँ वास्तविक लोकतन्त्र छ त्यहाँ गरिवी कम हुन्छ या हुदैन । तर हाम्रो मुलुकमा लोकतन्त्र र गरिवी एक अर्काका परिपूरक भएका छन् । अर्थात यिनीहरु विचको गहिरो सम्बन्ध दिन प्रतिदिन झागिदै गएको छ । लोकतन्त्रमा धनी भन्दा गरिव शक्तिशाली हुनुपर्ने हो । किनकी उनीहरुको संख्या बढी हुन्छ । तर त्यसो नभएर त्यसको विपरित हुन गएको छ । त्यहि भएर होला प्रसिद्ध विद्वान शोलमा अलिन्शेमले भनेका छन्, ‘बुद्धिमानका लागि जीवन सपना हो, मुर्खका लागि खेल, धनीका लागि सुखदायी र गरिवका लागि त्रासदी हो ।’
अन्त्यमा आम नेपाली जनताले के बुझ्न जरुरी छ भने मुलुकमा नेता परिवर्तन हुँद मात्र मुलुक समृद्ध हुदो रहेनछ । सत्ता नै परिवर्तन हुनुपर्दछ । आज हामी यहि दलाल पुँजीवादी राज्यसत्ताबाट ठूलो आशा राख्नु भूल हुनेछ ताला खोल्ने मिस्त्री फेर्नु भन्दा ताला चावी नै फेर्नु आवश्यक छ । जवसम्म देशको उत्पादन प्रणाली अर्थात आर्थिक प्रणाली फेरिदैन तवसम्म हामीले उही पुरानै प्रवृत्ति भोगीरहन्छौ । न हामी स्वाधिन रहन्छौ, न त सम्पन्न हुन्छौ । सवैलाई चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु