कम्युनिष्ट घोषणापत्रको सान्दर्भिकता

२०७८ माघ १६ गते, आईतवार
हस्तबहादुर केसी



कम्युनिष्ट घोषणापत्र माक्र्सवादी सिद्धान्तका प्रवर्तकद्वय कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सका महानतम् तथा अमर कृतिहरूमा एउटा हो । उक्त कृति परिपक्व माक्र्सवादको एउटा अत्यधिक महत्वपूर्ण तथा सर्वोत्कृष्ट रचना रहेको छ । कम्युनिष्ट घोषणापत्रको प्रकाशनलार्ई विश्व ऐतिहासिक महत्वको एउटा घटनाको रूपमा लिइएको छ । सन् १८४७ मा कम्युनिष्ट लिगले कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सलार्ई कम्युनिष्ट घोषणपत्र तयार गर्ने जिम्मा सुम्प्यो । एक वर्ष लगाएर तयार पारिएको उक्त घोषणापत्रलार्ई कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ को फरवरीमा प्रकाशित गर्नुभयो । तत्पश्चात माक्र्स र एंगेल्सद्वारा प्रतिपादित गरिएको कम्युनिष्ट घोषणापत्र विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्यो ।
घोषणापत्रमा चार अध्याय छन् । पहिलो अध्यायमा पुँजीपति र सर्वहारामा समाज विकासको नियमको आधारमा एक प्रकारको उत्पादन पद्धतिको अन्त्य भएर अर्को किसिमको उत्पादन पद्धति कायम हुनु अत्यन्त स्वाभाविक प्रक्रिया हो । हालसम्मको मानव जातिको इतिहास आदिम साम्यवादलार्ई छोडेर वर्गसंघर्षको इतिहास हो । यसका आधारमा पुँजीवादको पतन भएर समाज हुँदै साम्यवादमा पुग्नु अनिवार्य छ भन्ने रहेको छ ।
दोस्रो अध्यायमा सर्वहारा र कम्युनिष्ट आजको युगमा सबभन्दा प्रगतिशील उत्पादक शक्ति मजदूरवर्ग हो र कम्युनिष्ट तिनै सर्वहारा मजदूरवर्गको सबभन्दा सघर्षशील समुदाय हो । यसको सांगठनिक शक्तिले उनीहरूको युगान्तकारी परिवर्तनमा सबभन्दा महत्वपूर्ण नेतृत्व प्रदान गर्नसक्छ । कम्युनिष्टहरूको तात्कालीन लक्ष्य पुँजीपति वर्गको सत्ता पल्टाएर सर्वहारावर्गको राजनीतिक सत्ता कायम गर्नुपर्छ भन्ने रहेको छ ।
तेस्रो अध्यायमा समाजवाद र कम्युनिष्ट साहित्यमा केन्द्रीत समाजवादको नाममा देखापरेका विभिन्न किसिमका काल्पनिक तथा टुटपुँजीया विचारधाराहरूको खण्डन गरिएको छ । चौथो अध्यायमा विभिन्न विरोधी पार्टीहरू र कम्युनिष्टहरूको स्थितिबारे कार्यनीतिक समीक्षा गरिएको छ । माक्र्सवादको निर्माण अवधिको अन्तिम तर अत्यधिक महत्वपूर्ण कृति माक्र्स र एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र थियो । माक्र्सवादको ऐतिहासिक विकासमा यसको निकै महत्वपूर्ण स्थान रहेको छ । यो विश्व सर्वहारा आन्दोलनको पहिलो कार्यक्रमगत दस्तावेज थियो । यस्तो दस्तावेज, जसमा माक्र्सवादी विश्व दृष्टिकोणका आधारभूत तत्वहरूको ज्यादै उत्कृष्ट, विस्तृत र व्यवस्थित रूपबाट ब्याख्या गरियो । कम्युनिष्ट घोषणपत्रको एउटा ठूलो उपलब्धि के थियो भने त्यसले सर्वहारावर्गका नेता तथा संगठनकर्ताको रूपमा कम्युनिष्ट पार्टीसम्बन्धी सिद्धान्त र सो पार्टीका लागि आधारभूत कार्यनीतिको प्रतिपादन गरेको छ ।
कम्युनिष्ट घोषणापत्रमा भावी साम्यवादी समाजको विस्तृत वर्णन छैन, तर सारभूतरूपमा त्यसका मुख्य विशेषताहरू दिइएका छन । जस्तो मानिसद्वारा मानिसको शोषण तथा उत्पीडनको उन्मूलन, जातीय थिचोमिचोको अन्त्य, औपनिवेशिक दासत्वको अन्त्य, मानसिक तथा शारीरिक श्रमबीचको र गाउँ तथा शहरबीचको भेदको उन्मूलन, महिलाहरूको समानता, व्यक्तिको सच्चा स्वतन्त्रता, समाजका सारा सदस्यहरूको भौतिक तथा बौद्धिक खाँचोहरूको पूर्ण सन्तुष्टिको लागि उत्पादक शक्तिहरूको तीब्र विकास आदि । यस्तो समाजको स्थापना तुरुन्तै होइन, बरु विस्तार विस्तार पुरानो समाजको रूपान्तरणद्वारा मात्र गर्न सकिने कुरामा जोड दिइएको छ । घोषणापत्र ‘विश्वका मजदूरहरू होऊ’ भन्ने महान् नाराका साथ टुंगिएको छ । यस नारामा मजदूरहरूको अन्तर्राष्ट्रवादको विचार अभिव्यक्त भएको छ ।
अठारौं शताब्दीको उत्तराद्र्धमा युरोपमा सामन्तवादका विरुद्ध क्रान्तिहरू सफल भएका थिए र त्यहाँ पुँजीवादको स्थापना भइसकेको थियो । पुँजीवादको जन्म सँगसँगै उसका विरुद्ध संघर्ष गर्ने मजदूरवर्गको पनि जन्म भएको थियोे । मजदूरवर्गले आफ्नो जन्मकालदेखि नै आपूmमाथि भएका शोषण, दमन र अन्यायका विरुद्ध संघर्ष गर्न थालेको थियो । शुरु–शुरुमा यो वर्गसँग आफ्नो वर्ग आन्दोलनलार्ई मार्गदर्शन गर्ने निश्चित मार्गदर्शक सिद्धान्त पनि थिएन । तर, मजदूरुहरूले स्वस्पूmर्तढंगबाट एक्ला एक्लै पुँजीपतिहरूमाथि व्यक्तिगत आक्रमण गर्ने प्रवृतिको आन्दोलन चलाउँदै आएका थिए । विस्तारै मजदूरहरूले सचेत र संगठित भएर आन्दोलन गर्ने अनुभवहरू प्राप्त गर्न थाले । सन् १८११–१८१२ मा बेलायतका मजदूरहरूले स्वस्पूmर्तढंगले मेसिनतोड (लुडाइट) आन्दोलन चलाएका थिए । आन्दोलनमाथि निर्मम दमन भयो । त्यस दमनबाट अनुभव प्राप्त गरेर सन् १८१३ देखि उनीहरू संगठित हुन थालेका थिए । सन् १८३१ मा फ्रान्सको लियो शहरका कारखानामा कपडा बुन्ने मजदूरहरूले विद्रोह गरेका थिए । १८३२ देखि बेलायतका मजदूरहरूले मागपत्र (चार्टिष्ट) आन्दोलन शुरु गरेका थिए । लाखौं मजदूरहरू सहभागी रहेको उक्त आन्दोलन सन् १८४२ सम्म चलेको थियो । १८३२ मै पेरिसका मजदूरहरूले विद्रोह गरेका थिए । १८४४ मा जर्मनीको शिलेशिया शहरमा कपडा बुन्ने मजदूरहरूले पनि विद्रोह गरेका थिए । तर, ती मजदूर आन्दोलनहरूलार्ई मार्गनिर्देशन गर्ने सिद्धान्तको अभावमा सबै मजदूर आन्दोलहरू असफलतामा टुंगिएका थिए । जब कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिष्ट घोषणापत्रमार्फत् सन् १८४८ मा माक्र्सवादको प्रतिपादन गरे तब मात्र सर्वहारा (मजदूर) वर्गले आफ्नो वर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको रूपमा प्राप्त गरे ।
माक्र्सवादको अम्युदयपश्चात सन् १८४९ र १८५२ पछि युरोपमा ठूला– ठूला मजदूर आन्दोलनहरू भए तर ती सबै मजदूर आन्दोलनहरू असफल भएका थिए । सन् १८६४ मा लण्डनमा पहिलो कम्युनिष्ट अन्तर्राष्ट्रियको उद्घाटन भाषणमा कार्ल माक्र्सले ती आन्दोलनहरू असफल हुनुको पछाडि शिक्षाको अभाव रहेको बताएका थिए । सन् १८७१ मा पेरिसका मजदूरहरूले निर्माण गरेको सर्वहारा वर्गको पहिलो राज्यसत्ता पनि ७२ दिनपछि ढलेको थियो । माक्र्सवादको मार्गनिर्देशनमा अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान नेता भीआइ लेनिनले सोभियत कम्युनिष्ट पार्टी (वोल्सेभिक) को निर्माण गर्नुभयो । लेनिनको अगुवाइ र वोल्सेभिकको नेतृत्वमा सन् १९१७ अक्टुवर २५ तारिखका दिन महान सोभियत अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि एशिया, अफ्रिका, युरोप, अमेरिका तथा ल्याटिन अमेरिकालगायतका अनेकन देशहरूमा कम्युनिष्ट पार्टीहरू निर्माण भए । पूर्वी युरोपका विसौं राष्ट्रहरूमा सोभियत मोडेलको समाजवाद लागू गरिएको थियो भने चीन, उत्तर कोरिया, भियतनाम, कम्बोडिया र क्यूवामा माक्र्सवाद लेनिनवादको मार्गनिर्देशनमा ती देशहरूको विशिष्ट परिस्थितिमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै क्रान्तिहरू सम्पन्न भएका थिए । नेपालमा कम्युनिष्ट घोषणापत्रलार्ई वि.सं. २००५ सालमा पुष्पलालले नेपाली भाषामा उल्था गरेर माक्र्सवादलार्ई नेपालमा भित्र्याएका थिए । र, २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२) का दिन पुष्पलालकेै नेतृत्वमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । सन् १८८४ मा कम्युनिष्ट घोषणापत्र जारी भएपछि विश्व राजनीतिको रंगमञ्चमा हलचल पैदा भएको थियो । यस विषयमा कार्लमाक्र्सले लेख्नुभएको थियो– ‘युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ साम्यवादको हाउ । यस हाउलार्ई धपाउन भनेर पोप र जार, मेटर्निख र गिँजो, फ्रेन्च उग्रवादी र जर्मन खुफिया पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् । त्यस्तो कुन विरोधी पार्टी छ, जसलार्ई सत्ताधारीहरूले कम्युनिष्ट भनी बदनाम नगरेको होस् ? कुन त्यस्तो विरोधी पार्टी छ, जसले आपूmभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलार्ई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलार्ई समेत कम्युनिष्ट भएको घृणित आरोप नलगाएको होस् ?’
सन् १९९० को दशकमा पुगेर सोभियत मोडेलको समाजवादको पतनपश्चात विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको भए तापनि सर्वहारावर्ग विश्व राजनीतिको प्रमुख शक्ति र विश्व पुँजीवादको वैकल्पिक शक्तिको रूपमा स्थापित भइसकेको छ । आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण संघर्षको युग हो । एक दिन साम्राज्यवादको पतन र साम्यवादको विजय अवश्यंभावी छ । र, माक्र्सवाद अकाट्य सिद्धान्तको रूपमा रहेको छ । सर्वहारा श्रमजीवी वर्गको मुक्तिको निम्ति माक्र्सवादभन्दा अर्को कुनै वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त छैन । कम्युनिष्ट घोषणापत्र जारी भएको अहिले १ सय ६१ वर्ष पूरा भइसकेको छ तर विश्वक्रान्ति सम्पन्न गर्ने काम बाँकी नै रहेकोले यसको सान्दर्भिकता र महत्व झनै बढेर गएको छ । नेपालमा पनि एकातिर नेपाली समाजमा कम्युनिष्टहरूको प्रभाव प्रचुर मात्रामा बढ्दै गएको र वर्तमान संसदमा समेत ६२ प्रतिशत जनप्रतिनिधिहरू उपस्थित हुन सफल भइरहे तापनि नेपाली क्रान्ति सम्पन्न गर्ने काम बाँकी रहेकाले कम्युनिष्ट घोषणापत्रको सान्दर्भिकता र महत्व अरू बढ्न गएको छ । नेपाली क्रान्ति सम्पन्न गर्नका निम्ति कम्युनिष्ट आन्दोलनलार्ई माक्र्सवादीकरण गर्न र कम्युनिष्ट घोषणापत्रका निर्दिष्ट सिद्धान्त र शिक्षाहरूलार्ई आत्मसात गर्न नेपाली कम्युनिष्ट क्रान्तिकारीहरूका निम्ति अनिवार्य शर्त हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु