‘पार्टी हेडक्वाटरमाथि बमवार्ड गर’

२०७८ फाल्गुन १५ गते, आईतवार

हेडक्वाटरमाथि बमवार्ड गर  – माओ त्सेतुङ

हस्तबहादुर केसी

अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षार्थी कमरेड माओ त्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टीलाई आधुनिक संशोधनवादी निकिता ख्रुश्चोवका चेला चीनका संशोधनवादीहरुले चिनियाँ कम्युनिस्ट पार्टीलाई चारैतिरबाट घेराबन्दी गरेर क्रान्तिकारी चिनियाँ कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्न थालिसके पछि “चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीलाई बचाउनका लागि हेडक्वाटरमाथि बमवार्ड गर ! भनेर आदेश जारी गर्नुभएको थियो । त्यस्तै नेपालमा पनि यहाँका नामधारी कम्युनिस्ट पार्टीहरु, माक्र्सवादको खोल ओढेका नक्कली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आ– आफ्ना पार्टीका हेडक्वाटरहरुमा बमवारी गर्ने बेला आइसकेको छ । किनभने नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल कम्युनिस्ट (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेतका पार्टीहरु नामधारी कम्युनिस्ट पार्टी हुन्, माक्र्सवादको खाष्टो ओढेका नक्कली कम्युनिस्ट पार्टीहरु हुन् र माक्र्सवादको जामा पहिरिएर समाजवादी नाँच नाचिरहेका छन् । ती नक्कली तथा नामधारी कम्युनिस्ट पार्टीहरुको मुख्य नेतृत्व र मुख्य नेताहरुले आम नेपाली जनता, विश्वजगत र आफ्नै कार्यकर्ताहरुलाई ढाँटी मात्रै रहेका छैनन् कि उल्लु समेत बनाउँदै आएका छन् र महान् नेपाली क्रान्तिप्रति गद्दारी गर्दै आएका छन् र आपूmहरू मात्रै असली र क्रान्तिकारी कम्युनिस्ट भएको भ्रमपूर्ण खोती गरिरहेका छन् । तर, नेपाली जनताले पनि उनीहरूलाई नै कम्युनिस्ट देखिरहेका छन् । तिनै पार्टी भित्रका हजारौं असल तथा क्रान्तिकारी कार्यकर्ताहरुले पनि तिनीहरूलाई नै क्रान्तिकारी नेता मानेर तिनै पार्टीहरुमा जीवन हालिरहेका छन् । कार्यकर्ताहरुले आफ्नो पार्टीको मुख्य नेतृत्व र मुख्य नेताहरु यतिबिघ्न संशोधनवादी गद्दार भइसकेका र आमनेपाली जनता र आफ्नै क्रान्तिकारी कार्यकर्ताहरुलाई ढाँटेर, झुक्याएर, विभिन्न बहानाबाजी र षड्यन्त्र गरेर महान् नेपाली क्रान्तिलाई धोका मात्र दिएको नभई सिंगो महान् नेपाली क्रान्तिप्रति पटकपटक गद्दारी गर्दासम्म पनि चिन्न नसक्नुमा उनीहरूमा भएको चेतनाको अभावले गर्दा हो । किनभने दक्षिणपन्थी संशोधनवादको बाटो हुँदै प्रतिक्रियावादमा पतन भएर पटक–पटक प्रतिक्रियावादी सत्तामा गएर नेपाली जनतामाथि शोषण, दमन र उत्पीडन गर्दै आएका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई पार्टी स्कुलिङ गर्ने, माक्र्सवादका (माक्र्स– लेनिनवाद – माओवाद) आधारभूत सिद्धान्तहरुका बारेमा नियमित रुपमा स्कुलिङ गरेर उनीहरूको माक्र्सवादी ज्ञान – सिद्धान्तको भण्डारलाई सम्बृद्ध तुलाउने र क्रान्तिकारी बनाई राख्ने कुरै भएन । उनीहरूले त नेता र नेतृत्वको चाकडी र च्याप्लुसी गर्ने, दलाली गर्ने र नेतृत्व तथा नेताहरुलाई देवत्वकरण गर्ने खालका स्वाँठ र विचारविनाका चरम अवसरवादी तथा झोले झम्टे कार्यकर्ताहरु तयार पारेर आफ्नो निहित स्वार्थपूर्ति गरिदिने दास मानसिकता बोकेका कार्यकर्ताहरु तयार पार्ने गरेकै कारण आज उनीहरू चरम अवसरवादी भएर प्रतिक्रियावादी भइरहँदासम्म पनि आपूmलाई कम्युनिस्ट भनिरहेका छन् । दास जस्तै कार्यकर्ताहरु तयार पार्दै आएकै कारण उनीहरूले आज देश र जनताको हितविपरीत कार्य गर्दै आएका छन् । नेपाली क्रान्ति प्रति गद्दारी गरिरँहदासम्म पनि क्रान्तिकारी नेता र नेतृत्व देख्ने, साम्राज्यवाद तथा विस्तारवादका सामु लम्पसार परिरहँदासम्म पनि उनै नेताहरूलाई नै क्रान्तिकारी देखिरहने । नेपालका नदी–नालाहरु भारतलाई बेचिरहेका बेलासम्म पनि नेपालका भूभागहरु – कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत भारतले आफ्नो देशमा गाभिसक्दासम्म पनि भारतीय विस्तारवादी शनसकहरुका सामस ‘चुँ’ सम्म पनि गर्न नसक्ने नेता र मुख्य नेतृत्वलाई बढो देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी देखिरहने, नेपालको सिमानामा भारतले ७३ स्थानमा सिमा अतिक्रमण गरी करीब ६० हजार जमिन अडप्दासम्म पनि भारतीय विस्तारवादी शासकहरुका अगाडि ‘चुँ’ सम्म पनि गर्न जसकेर थरथर खुट्टा कमाउने नेताहरूलाई बढो देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी देखिरहने र हाम्रा नेताहरूले देश र जनताका हितखातिर बढो क्रान्तिकारी र बहादुरीपूर्ण काम गरिरहेका छन् भनेर तल बसेर ताली पिटेर जीवन विताउने जुन काम ती नामधारी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुमा भएको चेतनाको अभावले गर्दा हो । माक्र्सवाद – लेनिनवाद – माओवादका आधारभूत सिद्धान्तप्रतिको ज्ञानको अभावले गर्दा हो, स्कुलिङविनाका भेडा– गोठाला जस्तै कार्यकर्ता बनाइएको र बनेकाले गर्दा हो ।

यसप्रकारका कार्यकर्ताहरु विश्वदृष्टिकोणमा रुपान्तरण भइसकेका हुँदैनन् । त्यसैले उनीहरूले सही के हो ? गलत के हो ? भन्ने कुरा छुट्याउन सक्तैनन् । किनकि उनीहरूको दिमाग द्वन्द्ववादी हुँदैन । माक्र्सवादी ज्ञान – सिद्धान्तको बझाइको अभावका कारणले नै नेताहरुले देश र जनताका विरुद्ध महाअपराध गरिरहँदासम्म पनि, पार्टी भित्र मनोमानी गरिरहँदासम्म पनि, महाकाली नदीलाई भारतलाई बेच्दाखेरीसम्म पनि आफ्ना नेताहरुलाई नै देशभक्त, राष्ट्रवादी र क्रान्तिकारी देखिराख्ने र टुलुटुलु हेरिरहने गरिरहेका छन् । अब ती नामधारी तथा नक्कली कम्युनिस्ट पार्टीहरु भित्रका हजारौं इमानदार तथा क्रान्तिकारी कार्यकर्तनहरुले के कुरा बुझ्न जरुरी छ भने ऐतिहासिक झापा विद्रोह हुँदै माले – एमाले भइसके पछि दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै प्रतिक्रियावादमा पतन मात्रै होइन पटक–पटक प्रतिक्रियावादी सत्ता चलाउदै आएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र त्यसका नेता केपी ओली जस्तो घोर दक्षिणपन्थी संशोधनवादी, देशघाती, जनघाती, देशद्रोही, देश बेचुवा गद्दारहरुलाई क्रान्तिकारी देखिरहने र अर्कोतिर महान् दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको तत्कालीन नेकपा (माओवादी) हाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मुख्य नेतृत्व र खासगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरु पनि दक्षिणपन्थी नवसंशोधनवादी बाटो हुँदै नवप्रतिक्रियावादमा पतन भएर साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गरिसकेपछि महान् दस वर्षे जनयुद्धको प्रक्रियामा निर्माण हुन पुगेका नयाँ जनसत्ता, जनअदालत, जनकम्युन र जनसरकारहरुको खारेज गर्दै २०६३ साल मंसिर ५ गते तत्कालीन नेपालको प्रतिक्रियावादी सरकार र विद्रोही माओवादी बीचमा ‘विस्तृत शान्ति संझौता’ गर्दै जनमुक्ति सेनालाई तत्कालीन प्रतिक्रियावादी सत्ताको तत्कालीन शाही नेपाली सेना सामु आत्मसमर्पण गर्न लगाएर विघटन गरिरहँदासम्म, हतियार प्रतिक्रियावादी सत्तालाई बुझाउँदासम्म र पहिलो संविधानसभा विघटन गरेर प्रतिक्रियावादी सत्ता निर्माण गरेर प्रतिक्रियावादी संविधान बनाउने कार्य गरिरहँदासम्म पनि प्रचण्ड लगायतका दक्षिणपन्थी नवसंशोधनवादीमा पतन भएर प्रतिक्रियावादमा पतन भएर प्रतिक्रियावादी सत्तामा पटक–पटक सामेल हुँदै आइरहँदासम्म पनि क्रान्तिकारी भैरहेकोदेखि रहने र आज आएर एमसीसी जस्तो राष्ट्रघाती संझौताकाबारेमा प्रष्ट दृष्टिकोण दिन नसकि नेपाली काँग्रेस र नेकपा (एमाले) को मतियार भइरहँदासम्म पनि नेकपा (माओवादी केन्द्र) र त्यसको मुख्य नेतृत्वलाई क्रान्तिकारीदेखि रहने जुन प्रवृत्ति छ त्यहाँ अब उनीहरूले आपूmलाई रुपान्तरण गर्न जरुरी छ किनभने आज महाकाली सन्धि गर्ने एमालेका केपी ओलीहरु अहिले राष्ट्रघाती अमेरिकी सहयोग नियोग एमसीसी संझौता संसदबाट पारित गराउन मरिहत्ते गरिरहेका छन् । उता माओवादी केन्द्रका प्रचण्डहरुले पनि पटक–पटक राष्ट्रघात र जनघातका भयंकर घटनाहरु घटाउँदै आइरहेका छन् र आज राष्ट्रघाती एमसीसी संझौताको विषयमा कुरा गरिरहँदा राष्ट्रघाती एमसीसी संझौता संसदमा टेवुल गर्ने कार्यमा नेपाली काँग्रेस र एमालेको मतियारको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् । र प्रष्ट विश्वदृष्टिकोण नै छैन । त्यसो भएर नै प्रतिक्रियावादी सत्ता लालसाका कारण दोधारे चरित्र प्रदर्शन गर्दै आएको छ ।

अब नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मुख्य नेतृत्व अर्थात् केपी ओलीहरु परिवर्तन हुने, सुध्रिने र रुपान्तरित हुने कुनै सम्भावना नै छैन । उनीहरू उनीहरू अझै प्रतिक्रियावादी बन्दै जाने हो, अरु झनै राष्ट्रघाती र जनघाती बन्दै जाने हो र केपी ओलीहरु झनै प्रतिक्रियावाद र देशद्रोहीको दलदलमा उम्कनै नसक्ने गरी डुब्ने हो । त्यसैले उनीहरूले केन्द्रीकृत नेतृत्व निर्माण गरेर केपी ओली प्रति कार्यकर्ताहरुद्वारा देवत्वकरण गर्न लगाएर ‘केपी बा’ भन्न लगाएर भेडा गरेझैँ ‘भ्या भ्या’ गर्न लगाइरहेका छन् । केपी ओली जस्ता दक्षिणपन्थी संशोधनवादको बाटो हुँदै प्रतिक्रियावादमा पतन भएर पटक–पटक घोर प्रतिक्रियावादी सत्ता चलाउँदै आएर महाकाली सन्धि जस्तो राष्ट्रघाती संझौता गरेर देश बेचुवाको दर्जा पाएका छन् । र, एमालेको हेडक्वाटर केपी ओलीको चरम प्रतिक्रियावादी तत्वले चारैतिरबाट घेराबन्दी गरेर बन्दी बनाइरहेको छ र त्यहीँबाट देश र जनताका विरुद्ध योजना बनाउने, देश बेच्ने र जनता मार्ने योजना बनाउने मुख्य थलोको रुपमा प्ररयोग हुँदै आएको र त्यहीँबाट इमानदार तथा क्रान्तिकारी कार्यकर्ताहरुलाई तेजोबध गर्दै आएकोले अब त्यहीँ एमालेको हेडक्वाटरमा बसेर त्यस पार्टीका इमानदार तथा क्रान्तिकारी कार्यकर्ताहरुका लागि ढोका बन्द गरिएको छ र त्यहाँबाट देश र जनताको हितमा कुनै काम गर्न सम्भव नभएको र त्यसलाई बचाइराख्न दिने हो भने त्यस हेडक्वाटरले देश र जनताको विरुद्ध भयाङ्कर प्रकृतिका घातक काम हुँदै जाने भएकोले कमरेड माओले भन्नुभए झै अब नेकपा (एमाले) भित्र रहेका इमानदार तथा क्रान्तिकारी कार्यकर्ताहरुले नेकपा (एमाले) को हेडक्वाटरमा पनि बमवारी गरेर ध्वस्त पार्नुको विकल्प छैन । अब पनि ‘केपी बा’, ‘केपी बा’ भन्दै जीवन बर्बाद पार्नु हुँदैन ।

 त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र पनि महान् दस वर्षे जनयुद्ध समेत लडेर आएका हजारौंको संख्यामा इमानदार तथा क्रान्तिकारी कार्यकर्ताहरु छन् । अब प्रचण्डमण्डलीहरु पनि विश्वदृष्टिकोणमा रुपान्तरण हुने सम्भावना समेत छैन । उनीहरूको हेडक्वाटर पेरिसडाँडा पनि देश र जनताको विरुद्ध योजना बनाउन र कार्यान्वयन गर्ने थलोका रुपमा प्रयोग हुँदै आएको छ र त्यसलाई जति पछिसम्म जीवित राख्ने हो उति देश र जनतालाई क्षति पु¥याउँछ । त्यसो भएकोले छिटोभन्दा छिटो माओवादी केन्द्र भित्रका इमानदार तथा क्रान्तिकारी कार्यकर्ताहरुले कमरेड माओले भन्नुभए झैँ माओवादी केन्द्रको हेडक्वाटरमाथि बमबार्ड गर्नुको विकल्प छैन । यसलाई पनि जति ढिलोसम्म जीवित राखिन्छ, त्यति नै मात्रामा देश र जनतालाई नोक्सानी हुनेछ । त्यसो भएर नै त्यस पार्टी भित्रका इमानदार तथा क्रान्तिकारी कार्यकर्ताहरुले उनीहरूको हेडक्वाटरमा छिटोभन्दा छिटो बमबार्ड गर्न जरुरी छ। त्यो आँट माओवादी केन्द्र भित्रका इमानदार तथा क्रान्तिकारी कार्यकर्ताहरुले गर्नु नै देश र जनताको हितमा हुनेछ ।

 यहाँ लेखिएका यी विषयहरुका बारेमा उल्लेखित कुराहरु सुन्न र देख्ने समयमा सम्बन्धित पक्षलाई नमिठो लाग्न सक्छ । तर वास्तविकता यही नै हो । तितो सत्य हुन्छ । हामी माक्र्सवादीहरुको विश्लेषण र संश्लेषण पनि यही नै हो ।

(केसी वरिष्ठ माक्र्सवादी लेखक र राजनीतिक विश्लेषक हुन)

प्रतिक्रियाहरु

[anycomment]