बहसको सट्टा तुच्छ विवाद किन ?

२०७९ बैशाख १२ गते, सोमबार

 

   विष्णु पन्त

नेपाल कम्युनिष्ट पार्टीभित्र एउटा तुच्छ विवाद कायम छ, त्यो हो सरकारले गर्न लागेको चुनावको प्रयोग वा बहिष्कार । आवश्यकता थियो एउटा महान् बहस ग¥यौँ भन्नेहरूले गरेका पछिल्लो भेटघाटहरूले पनि वास्तविकतालाई केही मात्रामा रहस्योद्घाटन गरिदिएका हुन् । हुँदाहुँदा विप्लव र प्रकाण्ड गद्दार अनि प्रचण्ड महान् भन्नेहरूको तर्क सुन्दा अनौठो लाग्छ । यो विवाद मित्रतापूर्ण थिएन र यसको उद्देश्य विभाजन थियो । यसको उद्देश्य विप्लव र प्रकाण्डमाथिको हमला थियो । मेरो विचारमा यो घुसपैठको उद्देश्य पार्टी, नेतृत्व र श्रमजीविवर्गलाई ध्वंश गर्नु थियो । बहस वा विवादको त एउटा तह हुन्छ नि । आरोपहरूको पनि एउटा सीमा हुन्छ । शुभचिन्तकहरूको प्रश्न छ ः यो तुच्छ विवाद किन ? विवाद कार्यनीतिक वा राजनीतिक मात्र हो भने अन्य घिनलाग्दा आरोप किन ? विवाद कार्यनीतिको भनिएको छ तर आरोप आर्थिक लगाइएको छ । पार्टीको पछिल्लो केन्द्रीय समितिको परिपत्रमा जनाइएअनुसार चैत मसान्तभित्र दाखिल गर्ने भन्ने रकम मुख्य विषय हुनसक्छ । नेपालीमा एउटा उखान छ ‘भुक्ने कुकरले टोक्दैन ।’ यसको अर्थ यो पनि हो कि टोक्ने कुकुरले धेरै भुक्दैन । दलाल पुँजीवादको एउटा सिद्धान्त हुन्छ, ‘विधि, पद्धतिलाई चुनौति दिने अनि संस्थालाई टाट पल्टाउन खोज्ने तर सीमित व्यक्ति धनी बन्ने ।

सायद, संस्थागत गर्ने अनि सबैले विधि पद्धतिको पालना गनुपर्ने विषयमा कडाइ हुन थालेपछि यो समस्या जन्मिएको हो । नेपालीमा एउटा उखान पनि छ– ‘संगत गुनाको फल ।’ संगतको आधारमा नेतृत्वको भित्री स्वार्थ अभिव्यक्त हुन्छ । आफ्ना अराजकता र अपराधहरूलाई छोप्न माक्र्स, लेनिन र माओका शब्दहरूको दुरूपयोग नगरौँ । त्यसकारण पार्टीभित्रको विवाद वास्तविक होइन र षड्यन्त्र हो । पैसा नछोड्ने बरू पार्टी छोड्ने निर्णयमा केही नेताहरू पुगे । अराजकता नछोड्ने बरू बाहिरिने निर्णयमा केही मान्छेहरू पुगे । मान्छे आपूm एकीकृत समाजवादी, माओवादी केन्द्र, एमाले अनि राप्रपामा छ तर विप्लवको प्रयोगको कार्यनीतिको विरोध गर्छ । यो हदसम्मको षड्यन्त्र किन ? आपूm अरू पार्टीका उम्मेदवार बनेको छ तर यता सहिदका फोटा राखेर नेतृत्वमाथि हमला गरेको छ । पार्टी बाहिर छ, पार्टीका नाममा चन्दा उठाएको छ तर भन्छ विप्लव र प्रकाण्ड गद्दार ! यी परिदृश्यहरूको सम्बोधन हुने नेपालीमा एउटा उखान छ –‘जो चोर उसको ठूलो स्वर । त्यसकारण षड्यन्त्र र अपराधको राजनीतिकरण गर्ने जुन सिद्धान्त छ त्यसलाई बुझ्नुपर्ने जरूरी छ । आजको परिदृश्य यही छ कि एकथरी मान्छेहरू विप्लव र प्रकाण्डलाई सत्तोसराप गरिरहेका छन् । त्यसको बदलामा विप्लव र प्रकाण्ड मौन, शालिन्, संयमित र सभ्य ढंगले अगाडि बढिरहेका छन् । त्यसकारण बहसलाई महान् बनाउँदा सकिने ठाउँ थियो त्यो हो ः चुनावको प्रयोग गरौं तर संसदवादमा नफस्ने विधि खोजौं ।

  पार्टी एकढिक्का र एकताबद्ध छ  :

मूल नेतृत्व र सिंगो पार्टीविरूद्ध भएको गम्भीर षड्यन्त्रको रहस्य विस्तारै खुल्छै छ । विस्तारै अराजकतावादको षड्यन्त्र आफैँ चकनाचुर हुँदैछ । अराजक र उच्छृङ्खल समूहले भोलि तिनीहरूका नेतालाई पनि खाइदिन्छ । पार्टी छोड्नेरूसँग संगठन चलाउने हैसियत भएको छैन । उनीहरूले केही महिना पनि पार्टी चलाउन सक्दैनौ । त्यागको परिणाम फेरि अर्काे शरण खोज्नुुपर्नेछ । शरण खोज्ने ठाउँ भनेको यात किरण हुन् यात प्रचण्ड हुन् । त्यसकारण नेपाली क्रान्तिको मुख्य समस्या नेतृत्वको विकास हो । नेतृत्व सही भएमा दायाँ वा बायाँ कदम स्वभाविक हुन्छन् । केही व्यक्तिहरू पार्टीबाट बाहिरिँदैमा पार्टी कमजोर हुँदैन । मूल नेतृत्व र पार्टीविरूद्ध भएका र हुने सम्भावित षड्यन्त्रका विरूद्ध समग्र पार्टी एकढिक्का छ । केही अराजक र अनुशासनहीन व्यक्तिहरूले होहोल्ला गर्दैमा पार्टीमा विभाजन आउँदैन । फुट र विभाजनको होहल्ला चलाइए पनि त्यो निरर्थक र प्रभावहीन हुनेछ । चैत मसान्तको समयसीमा सकिइसके छ । ठूलाठूला राजनीतिक बहस गर्ने दार्शनिकहरूले सबैभन्दा पहिले आफ्ना कमिकमजोरी सच्याउनुपर्छ । आफैँले दलालीकरण र भ्रष्टीकरणको नेतृत्व गर्ने अनि क्रान्तिका ठूलाठूला र उत्ताउला गफ गर्नु शोभनीय हुँदैन ।

  भ्रम धेरै दिन टिक्दैन :

भ्रमको खती गर्नमा सबैभन्दा सफल व्यक्ति हुन् प्रचण्ड अर्थात् पुष्पकमल दाहाल । भ्रमको सत्ता टिक्ने भए उनी सधैँ प्रधानमन्त्री हुन्थे । भ्रमको सिद्धान्तलाई प्रयोग गरेर उनले एउटा सफलता हासिल गरेका छन् त्यो हो उनी सधैँ पार्टी अध्यक्ष बनिरहेका छन् । नेपाली राजनीतिमा उनलाई भ्रमका पिता भने पनि हुन्छ । अहिले विप्लव र प्रकाण्डविरूद्ध गम्भीर हमलाहरू गरिँदैछ । पार्टीलाई ध्वस्त बनाउने उद्देश्यका साथ भ्रमका पहाडहरू सिर्जना गरिएको छ । विस्तारै षड्यन्त्रकारीहरू कमजोर र अलग–अलग भएका छन् । विस्तारै अनि क्रमिक ढंगले पार्टीको कार्यनीतिले सर्वस्वीकार्यता ग्रहण गर्दैछ । विस्तारै कुतर्क र कुप्रचारहरू प्रभावहीन बन्दैछन् । चुनावको प्रयोग, उपयोग र भण्डाफोर यी कुनै नयाँ विषय होइनन् । अहिलेको चिन्ता संसदवादमा नफसियोस् भन्ने हो र त्यो जायज छ । तत्कालीन कार्यनीतिक हिसाबले चुनावको प्रयोग गरेरै गए पनि त्यसपछि त्यहाँबाट निस्कने विधि के छ भनेर बहस गरेको भए त्यो महान् र वैज्ञानिक हुने थियो । त्यसकारण बहसको उद्देश्य समस्या र अवरोध सिर्जना गर्ने तर्फ केन्द्रित भयो तर, समाधान तर्फ भएन । विवाद शत्रुतावूर्ण भयो र मित्रतापूर्ण भएन । अर्काे शब्दमा रचनात्मक होइन ध्वंसात्मक विवाद गरियो । वैशाख ३० सम्म ठिक छ चुनावमा जाउँ त्यसपछि के गर्ने भन्ने विषयमा बहस केन्द्रित हुनुपथ्र्याे ।

 विधि, पद्धति र अनुशासनलाई फुटको कारक बनाइनु हुँदैन :

काल माक्र्सले एक ठाउँमा भनेका छन्– कानुनलाई पुँजीपतिहरूले शोषण गर्ने साधन बनाएका छन् । अर्थात् पुँजीवादमा कानुन शोषित वर्गलाई लाग्छ शासकहरूलाई होइन । यो प्रश्न कम्युनिष्ट पार्टीको हकमा पनि उठ्ने गर्छ । के विधि, पद्धति र अनुशासनको पालना केवल कार्यकर्ताहरूले मात्र गर्नुपर्ने हो ? पछिल्लो समय पार्टीभित्र संस्थागत पद्धतिको विकास गर्न खोजिएको छ । वैज्ञानिक समाजवादको नारा लगाउने तर निजी चन्दाको खोजी गर्दै हिँड्ने छुट दिनु हँुदैन । पार्टीको आर्थिक जीवनलाई पारदर्शी र संस्थागत गर्ने अभ्यासलाई चुनौति दिने काम स्वयम् सचिवालय स्तरका नेताबाट भयो । फेरि पछिल्लो कार्यनीतिको विवाद र आर्थिक अपचलनका घटनाहरूबीच तालमेल र संगति देखियो । आजको मुख्य समस्या भनेको उत्पादन र वितरणमा हो । त्यसलाई कसरी व्यवस्थित गराउने भन्ने विषयमा बहस भएको भए राम्रो हुन्थ्यो । पूर्णकालीन नेता कार्यकर्ताको व्यवस्थापन अर्काे चुनौति हो । सामूहिक नेतृत्व प्रणालीको विकास र प्रयोग अर्काे चुनौति हो । आजको विवाद हेर्दा स्पष्ट हुन्छ ः सचिवालयमा पनि महासचिवले शंका गर्नुपर्ने गम्भीर अवस्था रहेछ । कम्युनिष्ट पार्टीको जीवनमा यो गम्भीर समस्या देखाप¥यो । विगतमा पनि पार्टीका निर्णयहरू, परिपत्रहरू र दस्तावेजहरू तुरून्तै दुश्मनहरूकोमा पुग्ने समस्या थियो । आज विवाद र छलफलका सम्पूर्ण सूचनाहरू खुलेआम बाहिरिएका छन् । त्यसकारण पार्टीलाई विधि र पद्धतिमा चलाउने महासचिवको योजनामा अवरोध किन ? पैसा उठाउन नपउने भए पार्टी नै छोड्छु भन्ने धम्कि किन ? यी घटनाहरूको निष्कर्ष हुन्छ ः केही व्यक्तिहरू पार्टीबाट बाहिरिने ।

  निष्कर्ष  :

कार्यनीतिक बहसलाई मूल नेतृत्व र पार्टीलाई ध्वस्त गराउने रूपमा प्रयोग गर्ने एउटा गम्भीर षड्यन्त्र विस्तारै उदाङ्गो हुँदै गयो । चुनावको प्रयोगसम्बन्धी केन्द्रीय समितिले गरेको निर्णय विस्तारै सर्वस्वीकार्य बन्दै गएको छ । भ्रम, कुप्रचार र संकीर्णताका कालो बादलहरू विस्तारै हट्दै गएका छन् । पार्टी र नेतृत्वलाई एक्लाउने षड्यन्त्रहरू चकनाचुर भएका छन् । राजनीतिमा उतारचढावहरू आउँछन् तर त्यसलाई स्वीकार गर्न सक्नुपर्छ । सस्तो लोकप्रियताको कुटनीति पनि असफल सावित हुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा चुनावको प्रयोग, उपयोग वा भण्डाफोर एउटा अभ्यास हो भने बहिष्कार ध्वंश अनि प्रतिरोध अर्काे अभ्यास हो । कुन कार्यनीति अपाउने भन्ने कुराको निर्धाण खासगरी दुश्मनको कार्यनीति र आफ्नो शक्तिका बीचको हिसाव–कितावबाट गर्नुपर्छ । जे गर्दा दुश्मन कमजोर हुन्छ त्यही गर्नुपर्छ । हाम्रो बारेमा दुश्मनले चाहेजस्तो प्रतिक्रिया जनाउनु आफैँमा मुर्खता हुन्छ । त्यसकारण बिहस्कार वा प्रयोगका पुरानै अभ्यास आफैँमा संसदवादी गोलचक्कर हुन् । बहिष्कार भन्ने तर, तर पैसा खाने अनि कसैको प्रचार गर्ने त्यो झन ठूलो दुव्र्यसनी हुन्छ । संघर्षको नाममा हुने अर्काे पलायन र पतन हुन्छ । संसदीय चुनावलाई या त ध्वस्त गर्ने यता त प्रयोग गर्ने सही विकल्प हुन् । ध्वस्त गर्ने अनुकुल वातावरण वा परिस्थिति अहिलेलाई नभएको हुनाले प्रयोग गर्नु सही र वैज्ञानिक छ । यो विषयलाई मित्रतापूर्ण र सकारात्मक ढंगले बुझेको भए यही निष्कर्ष निस्किन्थ्यो । विषयलाई नकरात्मक र ध्वंसात्मक ढंगले बुझ्दा समस्या उत्पन्न भयो । जे भयो त्यो विगत भयो र अब के गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । अर्काे घटनाक्रम र परिणामले अन्र्तनिहित सत्यलाई उजागर गर्नेछ । राजनीतिमा नियतको प्रश्न प्रधान हुन्छ । बहस र विवादमा एउटा इमानदारीता, चिन्ता र दृष्टिकोण हुन्छ भने अर्काे षड्यन्त्र, अराजकता र नियोजित हमला हुन्छ । पहिलोलाई सम्मान गर्नुपर्छ भने दोस्रोलाई हटाइदिनु पर्छ अनौठो कुरा के छ भने व्यक्ति आपूm अर्काे संसदीय पार्टीमा गएको छ तर विप्लव र प्रकाण्डविरूद्ध उसैले दुश्प्रचार गर्छ । उता आपूm उम्मेदवार बनेको छ अन्य पार्टीबाट तर यता विप्लव सिद्धिए भन्छ । अराजक र दुश्मनको सहारा लिएर विवाद गर्नु आफैँमा नैतिकहीन कार्य हुन्छ । आपूmलाई बोक्ने मान्छेहरूको प्रवृतिलाई पनि चिन्नुपर्छ । फेरि पनि पार्टी एकढिक्का छ र समस्या छ भने केही सीमित व्यक्तिहरूमा मात्र छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

नेकपाको अगाडिका चुनौति र अवसर

२०८२ बैशाख ९ गते, मंगलवार