इतिहासले सुम्पेको ओझिलो अभिभारा

२०७९ जेष्ठ १२ गते, बिहीबार
ध्रबिन्द्र बि.क.’दृसं’


भूमिका
मानवजातिको मुक्तिकालागी बिश्वमा अनेकौ संघर्ष भएको पाउछौ । विशेष त मानवले मानव माथी गरेको थिचोमिचो, भेदवाब, अन्याय, अत्याचार, दमन, र शोषण को इतिहास निकै लामो र अत्यन्तै कारुणिक (दु:खद) छ । संसारमा आफुलाइ अब्बल दर्जाको ठान्ने साशक वर्गले केवल अफ्नो स्वार्थ प्राप्तिकालागि भएभरको कपुकल्पित भ्रम सिर्जना गरि सोझो, इमानदार र कम्जोर वर्ग समुदायमाथी अनेकौ तवरले समाजिक सत्ताको घण्टी बजाइराखे । समाजिक सत्ता मानव जातिको हित, रक्षा र बिकासकालागी हुनुपर्ने संरचना केवल आफ्नो (अब्बल वर्गको) स्वार्थ रक्षाका खाँतिर निर्माण शक्ति संयन्त्रको रुपमा स्थापित हुन पुग्यो । सामाजिक सत्ताको उदय नै कुर निरंकुशताको जहरिलो प्रतिबिम्ब हो । सामाजिक सत्ताले, सामाजवादी क्रान्ती हुनुपूर्व कतै पनि मानव जातिको अस्तित्वलाई स्वतन्त्र ढंगले बुझ्ने र त्यस्लाई आफ्नै बिशिस्टतामा हुर्कन दिएन । आम मानव जातिको पक्षमा सामाजिक न्याय, कानुन, मुल्यमान्यता, ज्ञान, सीप र आविष्कारका निर्माताहरुले तात्कालिक शासकहरु र तिनीहरुको शाशन ब्यवस्थाबाट अनेकौ ढंगले दण्डित हुनपर्‍यो । जतिसुकै कुर यातना र दण्ड दिएपनी उत्पीडित वर्ग सम्प्रदायले मानव भएर जिउन पाउनुपर्ने माग राख्दै बिद्रोहको मशाल बालिरहे । बिद्रोहको आवाज उठाउदै गर्दा ई.पु. ३९९ मा सुकरातलाई बीस पिलाईयो, बुद्धको हत्या गरियो, जेसस क्राईष्टलाई शुलिमा चडाईयो, स्पार्टकसलाई मारेर तख्तामा झुण्ड्याईयो, नेपोलियनलाई निर्वासित तथा नजरबन्द गरियो, अब्राहम लिंकनलाई गोलि हानियो, माक्र्स- लेनिनलाई निर्वासित गरियो, माओ-फिडेललाई प्रतिबन्ध लगाईयो, ह्युगो चावेज, हो-चि-मिनहलाई दमन गरियो, नेल्शन मण्डेलालाई २७ वर्ष जेल राखियो, चारुमजुम्दारको हत्या गरियो, कृष्णलाललाई जेलमै मारियो, गंगलाल, धर्माभक्त, शुकरात र दशरथलाई फाँसीमा झुण्ड्यो, यसै क्रममा तात्कालिक कम्युनिस्ट नेताहरूलाई सुखानिको जंगलमा गोलिहानेर पन्चायत सरकारले मार्यो भने महान दस वर्षे जनयुद्धमा पनि सर्वसाधारण निहत्या जनता सहित करिव १२ हजार उत्पीडित वर्ग समुदायले सहादत प्राप्त गर्नुपर्‍यो र एकीकृत जनक्रान्तिमा पनि दर्जनौ नेता कार्यकर्ताहरुलाई दलाल पुँजिवादी सरकारले ज्यान लियो र आस्थाकै आधारमा सयौ नेता कार्यकर्ताहरुलाई जेल र हजारौं नेता-कार्यकर्ताहरुलाई झुट्टा मुद्दा लगाई दमनको प्रयास गर्‍यो जो पछि तीन बुधे समझौता र वार्ता पश्चात् रोके पनि जनताको बिद्रोह गर्ने अधिकारलाई कुण्ठित बनाएको छ । सामाजिक सत्ताले जतिसुकै कुर दमन गरेपनि उत्पीडित वर्ग समुदायले आफ्नो मुक्तिको महासमरलाई झन-झन स्पातिलो र मनव जातिको सुनौलो जीवन निर्माणको अनिवार्यतलाई दिउँसोको घाम जत्तिकै छर्लङ्ग बनाउदै अघि बढिरहेको छ ।

निजि सम्पतिको मोह र लालसले मानवीय नैतिकता गुमाउन पुगेका सामाजिक सत्ताका मालिकहरुले दुनियाँ भरी लुट मात्र मच्चाएनन रचना, सिर्जना, आविष्कार र निर्माण जस्ता महत्वपूर्ण कार्यसम्पादन गर्ने श्रमिक समुदायलाई महाभारत पर्वत खण्डमा अछुतको व्यवहार नै गर्न पुगे । जस्ले गर्दा साँढी तीन सहश्राब्दिको सेरोफेरोमा आईपुग्दा यो समुदाय आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक र राजनीतिक लगाएतका इत्यादि कुराहरूबाट सामाजिक बन्चितिकरण हुन पुग्यो । श्रमिक समुदायका सुरुवाती पेशाको स्वामित्व क्रमशः आफ्नो हित अनुकुल त हडपे नै सँग-सँगै जातिय उत्पिडन तथा सामाजिक बहिष्करण जो सामन्ती युगिन दार्शनिक (बिचार-चिन्तन) उत्पादन सम्बन्ध सँग सम्बन्धित छ यस्लाई पनि कायमै राखिराखेको छ । इतिहासका विभिन्न काल खण्डमा उत्पीडनका बिरुद्ध गरेको संघर्ष र कुर्वानिको संक्षिप्त व्याख्या भुमिकामा भैसकेको छ । यसमा महत्वपूर्ण कुरा के छ भने वर्तमानको परिपेक्षमा सामाजिक सत्ताद्धारा हुने उत्पिडानको स्वरुप र उत्पीडित वर्गीय आन्दोलनको अवस्था लाई मध्यनजर गर्दै जातिय उत्पीडन तथा सामाजिक बहिष्करणमा परेका वर्ग-समुदायलाई न्याय दिलाउने कुरा नै २१ औं शताब्दीको उत्तरार्धमा इतिहासले सुम्पेको ओझिलो अभिभारा हो । जस्लाई आजका सभ्य, शिष्ट, बौद्धिक र शिक्षित मान्छेहरूले आत्मसात गर्नै पर्छ ।

उत्पिडनको स्वरुप
कुनै पनि कुराको सिर्जना, रक्षा र बिकास गर्नाका लागि सबैभन्दा ठूलो हतियार भनेको राज्यसत्ता हो । राज्यसत्ता निश्चित बिचार, दृष्टिकोण, नीति र संरचनामा आधारित हुन्छ । बिद्यमान राज्यसत्ता पुर्णरुपमा ध्वंस नहुन्जेलसम्मा यस्ले अख्तियारी गरेका सबै कुराहरु बैधानिक हुन्छन र प्रगतिशील बिचार धाराहरुले अबैधता बेहोर्नु पर्ने हुन्छ । हाम्रो मुलुकमा बिद्यमान राज्यसत्ताका आधरभुत पक्ष जो बिचार दृष्टिकोण हो त्यस्ले मुख्य रुपम सामन्ती चिन्तन प्रणाली सँग लामो समय देखि घनिष्ठ साँस्कृतिक सम्बन्ध कायम गर्दै आएको छ जस्का कारण मानिसहरुलाई आपसी सामाजिक विभेद बाट मुक्त हुनुपर्छ भन्ने चेतना माथी बिजय प्राप्त गर्न निकै कठिनाइ भैरहेको छ ।

राज्यसत्ताको उत्पती उत्पादनका श्रोत-साधन तथा सम्पती माथिको निजि स्वामित्वका कारण भइ उत्पत्ति काल देखि उत्पादनको श्रोत-साधन माथी स्वामित्व र पहुँच हुने वर्ग शासक र नहुने वर्ग शासित हुँदै यहाँ सम्मा पुगे पनि यश समयावधि बिचमा थुप्रै ऐतिहासिक र गौरवशाली संघर्षहरु भएका छन । जस्ले सामाजिक सत्ता भनेको निश्चिति वर्गको हितमा मात्रै नभएर आम मनवजाती, प्रकृति र भबिष्यका लागि पनि उतिकै हितयोग्य बनाउन कसरत गरेको छ । सामाजिक विभेद र बहिस्करण पनि वर्गिय उत्पिडनकै विस्तृत र बिकसित रुप हो यश कुरालाई सहि तरिकाले बुझ्ने कुराम कतिपय अधिकारकर्मी, राजनितिज्ञ, लेखक, कानुनवेत्ता र नीतिनिर्माताहरु समेत चुकेर सामाजिक जातिय विभेद तथा बहिष्करण वि रुद्ध न्याय तथा समानतको आन्दोलन कहिले अंसमा सिमित हुने त कहिले वर्ग संघर्ष बाट बिच्छेद हुने खतरा झेलिरहेको छ । तात्कालिक शासन व्यवस्था बाट जातिय उत्पीडन तथा सामाजिक बहिष्करणमा पर्दा जुन किसिमले विभिन्न अधिकारबाट बन्चितिकरण गरिएको थियो अझ सबै भन्दा बढी आर्थिक अधिकारबाट । त्यो क्षेदी पुर्ति हुने कुरा सुनिस्चित हुने संरचना बनाउनुपर्नेमा उल्टै विभेदजन्य कुरालाई राज्यले नै संरक्षित हुने व्यवस्था भएकोले जातिय विभेद र बहिष्करण मुक्त भनेता पनि यश किसिमको विभेद झनै फराकिलो र समृद्ध हुन पुगेको छ ।

राज्यले कानुनी रुपमा जातीय छुवाछुत तथा विभेद गर्ने जो कोहिलाई कानुनी दण्ड सजाय हुने भनेता पनि मानिसको पहिचान निकृष्ट वर्णश्रम जात व्यवस्थाले समाजम उच्च-निच छुट्याउनका लागि जुन जुन कथित शब्दावलीहरु प्रचलनमा ल्याएको थियो त्यसलाई यथावत राखेर अझ भनौ तात्कालिक समयमा श्रम क्षेत्रको कामलाई सम्हालेका वर्ग समुदायलाई कालान्तरमा जातिय विभेद र सामाजिक बहिष्करण गरियो हाल राज्यले त्यो वर्गलाई मात्र “दलित” शब्दले सम्बोधन गर्ने गरेको छ जस्ले गर्दा शासक वर्गले तात्कालिक श्रमिक वर्गमाथी गरेको सबै किसिमको शोषण उत्पिडन परिचय बन्न पुगेको छ । जुन वर्ग-समुदायको वास्तविक पहिचान भनेको ऐतिहासिक श्रमजीवी वर्ग हो, आदि सर्वहारा वर्ग हो र श्रमिक समुदाय हो । श्रमिक वर्गलाई “दलित”, “उत्पीडित”, जस्ता शब्दावली परिचय बनाउनुले यश समुदायको वास्तविक पहिचानलाई छाँयामा पार्नुको साथै मनोबैज्ञानिक उत्पिडन पनि लादिएको छ । त्यसैले यश समुदायको वास्तविक पहिचानलाई मान्यता दिदै कथित उच्च-निच छुट्याउन प्रयोग गरिएका प्रचलित जात थर भनिएका सबै शब्दावलीहरु खारेज गरेर सामाजिक समानता र आत्मासम्मान कायम हुने शब्दावली प्रयोग गर्नुपर्छ

जातिय उत्पिडन तथा सामाजिक बहिस्करणमा कथित वर्णाश्रम जात व्यवस्थाका आनुशार श्रम क्षेत्रको काम गर्नेहरु (जस्लाई शुद्र भनिन्छ) मात्र जातिय उत्पिडन तथा सामाजिक बहिष्करणमा परेका छैनन् जन्म, लिङ्ग, वर्ण इत्यादी कुराको आधारमा मानिस-मानिसहर बिच विभेद भैरहेको छ । परिवार, समाज र सिङ्गो राष्ट्रमा वर्णश्रम जात व्यवस्थाले सामन्त जन्माउछ र एकले अर्कोलाई अपहेलना गर्नु, कमसल ठान्नु र सबै प्रकारका शोषण उत्पिडन गर्नु वर्णश्रम जात व्यवस्थाको अर्थराजनितिक तथा सामाजिक साँस्कृतिक बिशेषता हो । वर्णश्रम जात व्यवस्थाको आधारमा मानिसहरूले परिवार, समाज र राष्ट्र बाट एउटै प्रकृतिको उत्पिडन खेपिरहेका छन । तसर्थ वर्तमान समयमा राजनीतिक प्रतिनिधित्वको नाममा निश्चित जातिय कोटा तोकिनु, एकाध छात्रवृत्तिको व्यवस्था गरिनु र एन्जिओ/आइएन्जिओ मार्फत जनचेतनामुलक कार्यक्रम गरिनु जस्ता सुधारात्मक कुराहरुले आदि सर्वहारा वर्ग (श्रमिक समुदाय) माथी उत्पीडन थप्नु बाहेक अरउ केही होइन । आज पनि श्रमिक समुदायको समस्या उत्पादनका श्रोत साधन (जमिन) को हो, निशुल्क शिक्षा र स्वास्थ्य उपचारको हो तर राज्यले बिदेशी कम्पनी र परियोजनाहरुलाई चाहिए जति जमिन उपलब्ध गराउछ तर यहाँका बुमिहिन श्रमिक समुदाय र सुकुमवासीहरुको बास जलाउछ, खेत बालिमा डोज्जर चलाउछ ।

उत्पीडित वर्गीय आन्दोलनको अवस्था
नेपाली समाजमा उत्पीडित वर्ग समुदाय भन्ने बितिकै हामिले न्यून आए आर्जन भएका र राज्यले ऐतिहासिक काल देखि जातिय छुवाछूत तथा सामाजिक बहिष्करणमा पारि राज्य द्धारा वितरण भैरहेका सेवा क्षेत्रबाट बन्चित गरिएका मानिस वा समुदायलाई बुझ्छौ । जातिय, वर्गीय र लिङ्गीय उत्पीडन विरुद्ध नेपाली समाजमा ऐतिहासिक कालदेखि विभिन्न कालखण्डमा संघर्ष बलिदान, बिजय र प्राजयको शिलशिला चलिरहेको छ । सँग सँगै धोका, कायर, गद्द्दारी, सम्झौता र व्यक्तिगत श्वार्थमा पतन भएका लज्जास्पद घटना परिघटनाहरु पनि छन । हाल जातिय विभेद तथा सामाजिक बहिष्करण बिरुद्धको आन्दोलन सबै तिर आआफ्नै तौर तरिकाले ब्यक्त भएको पाइन्छ । कसैले नचाहादा नचाहदै समर्थन मा त कसैले बिरोधमा भाग लिए पनि यो आन्दोलन राजनीतिक रुपमा ठूलो जागरण पैदा भए पनि परिणाममुखि नहुनुमा वर्णश्रम जात व्यवस्था भनेको ऐतिहासिक कालमा फरक मत राख्ने आफ्नो बिपक्षी वर्ग माथी सबै प्रकारका शोषण उत्पिडन गर्नाका लागि शासकहरु द्धरा बनाइएको शुत्र हो । जस्ले वर्गसंघर्षको उच्चतम रुपको प्रतिनिधित्व गर्ने गर्छ भन्ने कुरा बुझाईको समस्या हो । आर्थिक रुपमा केही साना ब्यापारी तथा ब्यवसायी सहरी क्षेत्रमा देखिए पनि ग्रामीण भूभागमा बहुसंख्यक यश समुदायका मानिसहरू न्यून आएआर्जनमा सिमित छन । कला साहित्यको क्षेत्रमा भने विभिन्न सिर्जना र लेखन मार्फत बिद्रोह र भण्डाफोर गरेको पाउछौ । सामाजिक-साँस्कृतिक क्षेत्रहरूमा भने कतिपयले खुलेरै वर्णश्रम जात व्यवस्थालाई त्यागे पनि बहुसंख्यक मानिसहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा जातिय विभेद तथा सामाजिक बहिष्करण गरिरहेका छन । पछिल्लो केही समय देखि लेखन, अन्तरक्रिया, गोष्ठी जस्ता ठाउँमा वर्णश्रम जात व्यवस्थाको बारेमा छलफल हुने भए पनि निर्णायक र खास खास ठाउँबाट यश बिषयलाई त्यति चासोका साथ हेरिदैन । संसदीय राजनीतिक दलहरुले यश बिषयलाई मुद्दाको रुपमा उठाए पनि काम कार्वाहीको बारेमा स्पष्ट खाका नहुदा राजनीति मोर्चाहरुले पनि श्रमिक समुदायलाई संगठित गरि मतदाता संख्या बढाउने बाहेक अरु खासै प्रगती भएको पाइदैन । अन्य सरकारी तथा गैर सरकारी संस्थाहरु श्रमिक समुदायको नाममा सामान्य विधि पुर्‍याएर खाने बाहेक अरु केही छैन । क्रान्तिकारी/प्रगतिशील धारका राजनीतिक दल तथा मोर्चाहरुले उत्पीडित वर्ग समुदायका मुद्दाहरूलाई जोड दिए पनि कतिपय बैधानिक तथा अबैधानिक पक्षलाई प्रयोग गर्न नसक्नुले जातिय उत्पीडन तथा सामाजिक बहिष्करणमा परेका वर्ग समुदाय संगठित भइ अधिकार प्राप्तिका लागि संघर्ष र जिविकोपार्जन गर्ने कुरा सँग-सँगै व्यवस्थापन गर्नै हम्य हम्य हुने भएकोले संसदवादी राजनीतिक दलहरुले आसवाशन र भ्रम सिर्जना गरि सशक्त आन्दोलनमा सहभागीता हुन रोकेको पाइन्छ । यसरी पिर पर्दा निकै आक्रोशित र आन्दोलित हुने र पिर नपर्दा आफ्नै जिविकोपार्जनमा सिमित हुने भएकोले केही सशक्त र प्रगतिशील राजनीतिज्ञ, बिचारक र अभियान्ताको संघर्ष र मेहनत पनि अपुरो हुने गरेको छ ।
अन्त्यमा
विश्व मानव जातिले प्रकृति सँग संघर्ष गर्दै गर्दा आर्जन गरेका ज्ञान, शिप र अनुभवहरुले २१ औं शताब्दीको उत्तरार्धमा पुग्दै गर्दा निर्माण गरेका चिन्तन प्रणाली र दर्शनले समय सापेक्ष आफुलाई परिमार्जन गर्दा मानव हित अनुकुल र एथावत राख्दा प्रतिकुल भइ कतिपय बिचार दर्शनहरु अलोकप्रीय समेत भएको पाउछौ । आजको समाज सुहाउँदो बिचार-दर्शनहरुको अनुशरणर, खोज अनुशन्धान र बिकास गर्न अपरिहार्य हुन्छ । नेपाली समाजमा रहेको कथित वर्णश्रम जात व्यवस्थाले कुनै समयमा निर्माण गरेको बिचार दर्शनले जसरी मानव मानव बिछ भेद पैदा गर्‍यो त्यसै गरि संसारबाट अलोकप्रीयताको हिस्सेदार पनि बनिरहेको छ । कुनै पनि खराबी आफै पन्छिदैन र समृद्ध पनि हुदैन । जातिय विभेद तथा सामाजिक बहिस्करण गर्ने बिचार दर्शन सहि नहुदा नहुदै पनि हाम्रो समाजमा ब्याप्त छ । किनकी यस्लाई तिरस्कार पनि यहि समाजले गरेको छ भने अनुशरण पनि यहि समाजले गरेको छ ।
आजका सचेत प्रगतिशील क्रान्तिकारी युवा बिचारकहरुले उन्नत बिचार दर्शन लाई आत्मसात गर्नु पहिलो कर्तव्य हुने छ र आत्मसात गरेको बिचार दर्शनलाई व्यबहारमा जोडनु अझै प्रगतिशील कार्य ठहरिन्छ । एउटा दु:खद कुरा के छ भने आधुनिक शिक्षा हासिल गरेका युवा पुस्ताहरुले जातिय विभेद तथा सामाजिक बहिष्करण जस्तो निकृष्ट सँस्कार माथी पुर्ण रुपमा बिजय प्राप्त नगर्नुले युग सुहाउँदो बिचार दर्शनहरुले हाम्रो समाजमा प्रवेश पाउँदा पन सबैतिर लागू हुन कयौ कठिनाइहरुको सामाना गर्नुपरिरहेको छ । यसर्थ यो समयावधि भनेको समाजमा भएका बिचार दर्शनहरुलाई विकसित बिज्ञानसम्बत भए नभएको कुरा प्रमाणित गर्दै हाम्रो बिचर दर्शन पहिल्याउने हो। यश कामका लागी आधारभूत वर्ग समुदायका युवाहरू सबैभन्दा अग्रमोर्चामा तैनाथ हुनपर्छ । यसरी राजनीति, आर्थिक, सामाजिक, साँस्कृतिक र कला-साहित्यको क्षेत्रमा हुने अभियानात्मक मोर्चाहरुले मात्र मानव जातिमा रहेको कालो धब्बा जातिय उत्पीडन र सामाजिक बहिष्करण जस्तो निकृष्ट संस्कार अन्त्य भएर जाने छ ।
लेखक: श्रमिक समुदाय मोर्चा नेपालका सचिवालय सदस्य तथा कर्णाली प्रदेशका संयोजक हुन्।

  • श्रमजीवी दृष्टिकोण द्वैमासिकबाट

प्रतिक्रियाहरु

[anycomment]