कम्युनिस्ट कस्तो हुनुपर्छ ?

२०७९ जेष्ठ २२ गते, आईतवार

हस्तबहादुर केसी

“कम्युनिस्टको हृदय विशाल हुनुपर्छ, ऊ ईमानदार र सक्रिय हुनुपर्छ, क्रान्तिका हितहरूलार्ई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलार्ई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । पार्टीको सामुहिक जीवनलार्ई मजबुत तुल्याउन र पार्टी र जनताका सम्बन्धहरूलार्ई अझ बलियो पार्न उसले सधैँ र जहाँ पनि सही सिद्धान्तमा अडिरहनुपर्छ र सबै गलत विचार र कामहरूको विरोधमा अथक संघर्ष चलाउनुपर्छ; कुनै व्यक्तिकोभन्दा बर्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ र आफ्नोभन्दा बर्ता अरूहरूको वास्ता गर्नुपर्छ । यसो भए मात्र उसलार्ई कम्युनिस्ट मान्न सकिन्छ ।” – माओ त्सेतुङ, “उदारवादको विरोध गर” (सेप्टेम्वर ७, १९३७)

यस लेखमा कम्युनिस्ट कस्तो हुनुपर्छ ? कस्तो व्यक्तिलार्ई कम्युनिस्ट भन्ने ? कम्युनिस्ट बन्नलार्ई उसले के–के गर्नुपर्छ ? र के–के गर्नुहुँदैन ? साँच्चिकै कम्युनिस्टका असली विशेषताहरू के–के हुन् ? भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिनेछ । एउटा सच्चा क्रान्तिकारी कम्युनिस्टका बारेमा माथि कमरेड माओले भन्नुभएका कुराहरू साँच्चिकै मननयोग्य छन्् । वास्तविक रूपमा कम्युनिस्टको हृदय विशाल र फराकिलो हुनुपर्छ । उ संकुचित र संकीर्ण विचार र व्यवहारबाट मुक्त भएको हुनुपर्छ । संसारलार्ई हेर्ने, बुझ्ने भएकोले कुनै पनि कुरालई माक्र्सवादी द्वन्द्ववादी ढंगले हेर्ने र बुझ्ने गर्नुपर्दछ । उसले धेरै टाढाटाढासम्म हेर्न सक्ने र भविष्यमा भई आउने कुराको बारेमा पहिले आँकलन गर्न सक्ने अर्थात् दूरदर्शी हुनु आवश्यक हुन्छ । कम्युनिस्ट छोटो विचारको, साँगुरो विचार र दृष्टिकोण भएको हुनुहुँदैन ।

एउटा कम्युनिस्ट ईमानदार हुनुपर्छ । र ऊ सधैँ सक्रिय हुनुपर्छ । ऊ जनताप्रति, देशप्रति, क्रान्तिप्रति, पार्टीप्रति सधैँ ईमानदार हुनुपर्छ । उसले क्रान्तिका हितहरूलार्ई आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ । उसले आफ्नो व्यक्तिगत हितलार्ई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । कुनै पनि समय र कुनै पनि अवस्थामा कम्युनिस्टले आफ्नो व्यक्तिगत हितलार्ई पहिलो स्थान दिनुहुँदैन । उसले आफ्ना हितहरूलार्ई राष्ट्र र जनताका हितहरूको अधिनमा राख्नुपर्दछ । एउटा कम्युनिस्टले लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको सिद्धान्तलाई कडाइका साथ पालना गर्ने हुनुपर्दछ । कम्युनिस्टको कुनै पनि कुरा र काम जाँच्ने सर्वोत्तम कसी उनीहरूसित जनताको अति बहुसंख्याको सबभन्दा बढी हितहरू गाँसिएका छन्् छैनन् र समर्थन प्राप्त गर्छन् गर्दैनन् भन्ने हो भन्ने कुरो प्रत्येक कम्युनिस्टहरूले बुझेको हुनुपर्छ, जानेको हुनुपर्छ र उसले व्यवहारमा लागू गरेको हुनुपर्छ, तबमात्र ऊ सच्चा कम्युनिस्ट कहलिन सक्छ । स्वार्थीपना, शिथिलता, भ्रष्टाचार, आपूm प्रकाशमा आउन खोज्ने जस्ता विषयहरू कम्युनिस्टका निम्ति घृणित विषय हुन् । कम्युनिस्ट यी घृणित विषयहरूबाट मुक्त हुनुपर्छ । निःस्वार्थता, काममा तत्परता, जनताप्रतिको कर्तव्यपालना, हृदयदेखि नै जनताको सेवा गर्ने र साह्रै कठिन परिश्रम गर्ने भावनाले ओतप्रोत भएको व्यक्तिले मात्र कम्युनिस्टको सम्मान पाउँछ ।

कम्युनिस्ट सधैँ सत्यको पक्षमा डट्न तयार हुनुपर्छ, किनभने सत्य जनताको हितअनुकूल हुन्छ । असत्य बोल्ने, ढाँट्ने, छलकपट गर्ने, जाली, झेली, सिल्ली र षड्यन्त्रकारी चरित्र र व्यवहार भएको मानिस कम्युनिस्ट हुन लायक हुँदैन । कम्युनिस्टहरू सधैँ आफ्ना गल्तीहरू सच्याउन तयार हुनैपर्छ, किनभने गल्तीहरू जनहितको विरुद्धमा हुन्छन्् । कम्युनिस्टले आपूmलार्ई गल्तीहरूबाट जोगाउनु पर्छ । कदापि गल्ती गर्नु हुँदैन । गल्तीहरूबाट जोगिन र गल्तीहरूलार्ई सच्याउने एक मात्र माक्र्सवादी पद्धति छ, त्यो हो आत्मालोचना – स्वआलोचना गर्न सक्ने र आपूmले गरेका गल्तीहरूलार्ई आफैँ चिन्ने र ती गल्तीहरूलार्ई सच्याउन तयार हुने व्यक्ति मात्र कम्युनिस्ट हुनसक्छ । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले भन्नुभएको छ, “गल्ती नगर्ने मानिस नै हुँदैन र गल्ती नसच्याउने पनि मानिस हुँदैन । महान् लेनिनको यो भनाई ज्यादै मननयोग्य छ । कम्युनिस्ट पहिलो कुरा गल्ती गर्न भएन, यद्यपि गल्ती नै भइहाल्यो भने समयमै सच्याउन जो तयार हुन्छ ऊ मात्रै कम्युनिस्ट हुनसक्छ । कुनै पनि काम कम्युनिस्टले पहिले नै विचार पु¥याउनु पर्दछ । कम्युनिस्टहरूले सधैँ कुनै कुरामा पनि किन, केको निम्ति भनी खोतल्नु पर्छ, आफ्नो बुद्धि खियाउनुपर्छ र त्यो कुरा वास्तविकतासित मेल खान्छ खाँदैन साँच्चि नै तर्कयुक्त हो होइन भनी होशियारपूर्वक विचार गर्नुपर्छ । कुनै पनि किसिमबाट कम्युनिस्टहरूले आँखा चिम्लेर पछि लाग्नु हुँदैन र कुनै पनि प्रकारको दास्वत्वलार्ई हौसला दिनुहुँदैन । किनभने यी विषयहरू जनहितका विरुद्ध, देशहितका विरुद्ध रहेका हुन्छन्् ।

कम्युनिस्ट अब्बल दर्जाको सचेत प्राणी हो । कम्युनिस्टहरूले व्यवहारिक तथा दूरदर्शी हुनुमा दृष्टान्त प्रस्तुत गर्नैपर्छ । किनभने व्यवहारिक भए मात्र उनीहरू दिइएको कामलार्ई पुरा गर्न सक्छन्् र दूरदर्शिताले मात्र अघि लम्कने दिशाभुल्नुबाट आपूmलार्ई जोगाउन सक्छन्् । कम्युनिस्टहरू सधैँ सचेत अवस्थामा रहनुपर्छ । अर्को कुरा कम्युनिस्टहरू सबभन्दा बर्ता दूरदर्शी, सबभन्दा बर्ता त्यागी, सबभन्दा बर्ता दृढ हुनैपर्छ र परिस्थिति बुझ्नमा सबैभन्दा सिपालु र विनम्र हुनसक्नुपर्छ र जनसमुदायको बहुसंख्यामा भर गर्नुपर्छ र जनसमुदायकै समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । किनभने जनसर्मथनविनाको कम्युनिस्ट पानीविनाको माछासरह हुन्छ । जनसमर्थन प्राप्त गर्न ऊ जनताका बीचमा जानुपर्छ, जनतासंग घुलमिल गर्नुपर्छ र जनताका समस्याहरूलार्ई समाधान गर्न दृढ हुनुपर्छ । उसले जनदिशालार्ई प्रमुख काम बनाउनुपर्छ । कम्युनिस्टहरूले अध्ययनमा दृष्टान्त प्रस्तुत गर्नैपर्छ । उसले मालेमावादका आधारभूत सिद्धान्तकाबारेमा ज्ञान हासिल गरेकै हुनुपर्छ । उस आपूmलार्ई विश्वदृष्टिकोणबाट रूपान्तरण गराउन सधैँ तल्लीन हुनुपर्छ । सधैँभरि कम्युनिस्टहरूले जनताका शिष्य तथा शिक्षक बन्न सक्नुपर्छ । ऊ किताबी अध्ययन मात्र व्यवहारिक अध्ययनमा पनि निपुण हुनुपर्छ । जनताका सुखदुःखलार्ई पहिल्याउन र खुट्याउन चनाखो बन्ने र अग्रपंक्तिमा उभिएर जनताका ती समस्याहरू समाधान गर्न दृढ हुनुपर्छ । वैज्ञानिक अध्ययनविना, मालेमावादको व्यवहारिक अध्ययनविना न संसारलार्ई चिन्न सकिन्छ न त संसारलार्ई बदल्न नै सकिन्छ । जनआन्दोलन, जनसंघर्षमा सरिक भएको बेला होस् वा भीषण वर्गसंघर्षमा होमिएको बेला होस प्रत्येक कम्युनिस्ट जनताको साथी बनेको हुनुपर्छ, जनताको मालिक बन्ने होइन अथक गुरु बन्नुपर्ने हुन्छ र नोकरशाही राजनीतिज्ञ कहिल्यै बन्नु हुँदैन । र कम्युनिस्टहरू जनसमुदायको बहुसंख्याबाट कहिल्यै अलग्गिनु हुँदैन । जनताकै बीचमा हुनु अनिवार्य हुन्छ ।

कम्युनिस्टहरू बीउ झै र जनता माटो झै हुनुपर्छ । कम्युनिस्टहरू जहाँ पुग्छन््, त्यहाँ जनतासित एकाकार हुनुपर्छ, जनता मै जरा हाल्नु पर्छ र जनता मै फुल्नु पर्छ, जनता कै बीचमा फल्न सक्नु पर्छ । तबमात्र ऊ कम्युनिस्ट हुनसक्छ । उसले जनतालार्ई हेप्ने, गाली गर्ने गर्नु हुँदैन । जनतालार्ई माया र सम्मान दुवै गर्नुपर्दछ । कम्युनिस्टहरू नैतिकवान हुनुपर्छ । कम्युनिस्टहरू चरित्रवान हुनुपर्छ । आर्थिक रूपमा भ्रष्ट, यौन – प्रेम मामिलामा पतनशील व्यक्ति कम्युनिस्ट हुन सक्तैन । आर्थिक मामिलामा लामो हात गर्ने, परस्त्रीसित आँखा लगाउने व्यक्ति कम्युनिस्ट हुन सक्तैन । कम्युनिस्ट सदस्य बनेर पनि आर्थिक – साँस्कृतिक मामिलाबाट पार्टीले कारवाही गरी सदस्यबाट हटाएको, अनैतिक यौन – प्रेससम्बन्ध अर्थात् यौन साँस्कृतिक मामिला र परस्त्री पतित भएर साँस्कृतिक विचलन मुद्दामा कम्युनिस्ट पार्टीले अनुशासनात्मक कारवाही गरेको वा परेको व्यक्ति पनि कम्युनिस्ट हुन सक्तैन । किनभने ऊ जनसमुदायका बीचबाट विस्थापित भइसकेको हुन्छ । त्यसैले कम्युनिस्टहरूले कम्युनिस्ट नैतिकता, कम्युनिस्ट आदर्श,, सर्वहारा वर्गीय व्यवहार र कम्युनिस्ट चिन्तन अर्थात् माक्र्सवादी चिन्तन र व्यवहारलार्ई बचाई राख्नुपर्छ ।

                एउटा सच्चा कम्युनिस्टले जनतालार्ई, कुनै पनि व्यक्तिलार्ई ठग्नु हुँदैन र अर्काको सम्पत्तिलार्ई हानी नोक्सानी पु¥याउनु हुँदैन । त्यसैले कमरेड माओले “जनताको एक टुक्रा धागो र सियो समेत नलेऊ, सापटी लिएको चिजको पैँचो फिर्ता गर” भन्नुभएको छ । सम्पत्तिप्रति मोह भएको, निजी स्वार्थमा लिप्त भएको व्यक्ति कम्युनिस्ट बन्न सक्तैन । यो कुरा माथि पनि भनिएको छ । नेपालका कम्युनिस्ट भनाउँदाहरूको कुरा गरौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायतका नामधारी कम्युनिस्टहरू कम्युनिस्ट नै होइनन् । उनीहरूको व्यवहारले नै पुष्टि गरिसकेको छ कि उनीहरू संसदीय कम्युनिस्ट हुन् । कम्युनिस्ट पार्टीको नाम राख्दैमा कम्युनिस्ट पार्टीको झण्डा हल्लाउँदैमा कोही पनि कम्युनिस्ट हुँदैन । माथि पनि प्रशस्तै भनिएको छ, कम्युनिस्ट हुनलार्ई त कम्युनिस्ट दर्शन, कम्युनिस्ट विचार – सिद्धान्त र व्यवहार सर्वहारा वर्गीय हुनुपर्छ । आज उनीहरूले यी सबै कुरा परित्याग गरिसकेका छन्् । माक्र्सवाद – लेनिनवाद – माओवादीप्रति गद्दारी गरिसकेका छन्् । महान् नेपाली क्रान्तिप्रति गद्दारी गरिसकेका छन्् । महान् नेपाली जनताप्रति गद्दारी गरेर धोका दिँदै आएका छन्् । र, आज उनीहरू दक्षिणपन्थी संशोधनवादी हुँदै, नवसंशोधनवादी हुँदै प्रतिक्रियावादमा पतन भएर नेपालको प्रतिक्रियावादी सत्ताको नेतृत्व समेत गर्दै आएका छन्् । आज उनीहरू दलाल तथा नोकरशाही पुँजीपति वर्गमा परिणत भइसकेका छन्् । तर, पनि उनीहरूले आपूmलार्ई कम्युनिस्ट भएको प्रचार गरेर नेपाली जनता र विश्व जनताका बीचमा भ्रमको खेती गर्दै आएका छन्् ।

 यो नेपालको मात्र मामिला होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्रकै समस्या हो । संशोधनवादीहरूले जहाँ कही पनि आपूmलार्ई कम्युनिस्ट भएको बताएर जनतालार्ई खुलेआम ठगिरहेका छन्् । यसबाट सबै सचेत हुन जरुरी छ । को–को कम्युनिस्ट हुन्, को–को कम्युनिस्ट होइनन् भन्ने विषयमा माथि नै व्यापक रूपमा चर्चा गरिएको छ । यो सानो लेखमा सबै कुरा अटाउन सम्भव पनि छैन ।

(केसी – वरिष्ठ माक्र्सवादी लेखक एवम् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

[anycomment]